काठमाडौँ । बालबालिको सिकाइमा गुणस्तर तथा प्रभावकारिता बढाउन बहुभाषिक माध्यमको सिकाइसम्बन्धी नीति ल्याउनुपर्ने एक अध्ययनको निष्कर्ष छ ।
‘नेपालमा बालबालिकाको सिकाइ उपलब्धिमा भाषा र भाषा नीतिको प्रभावप्रतिको बुझाइ’ शीर्षकमा शिक्षा तथा मानव स्रोत विकास केन्द्र, भाषा आयोग, युनेस्को र ब्रिटिश काउन्सिलको सहकार्यमा युनिसेफ नेपालले गरेको अध्ययनमा हालसम्म बहुभाषिक माध्यमको सिकाइबारे कुनै एकरुप नीति नभएकाले कक्षाकोठा, कार्यस्थल र समाजमासमेत यसबारे स्पष्ट बुझाइ हुनुपर्ने सुझाव दिइएको हो ।
“नेपालमा सबै प्रकारका विद्यालयमा बहुभाषिकताका आधारमा सिकाइ हुनुपर्छ । यो सिकाइमा अवरोध या समस्या नभई सकारात्मक सोच हुनेछ,” अध्ययनको निचोडमा भनिएको छ, “सिकाइस्तरको मूल्याङ्कन पनि एकै भाषाका आधारमा नभई बहुभाषिकताका आधारमै हुनुपर्छ ।” संविधानत: सबै मातृभाषा राष्ट्रभाषा भनिए पनि व्यवहारत: सबै भाषाको समान मान्यता नरहेको अवस्थामा अध्ययन प्रतिवेदनले सबै भाषाको सवलीकरणका लागि सरकारको प्रतिबद्धता समानरुपमा व्यक्त हुन सकेमा न्याय र समानता मिल्ने उल्लेख गरेको छ ।
डा प्रेमप्रसाद पौड्याल र डा ट्रयासी कोष्टीले नेतृत्व गरेको सो अध्ययनले बहुभाषाका माध्यममा पढाइनुलाई समस्या वा चुनौती नठान्न भनिएको छ । बालबालिकालाई उनीहरुको बोलिचालीको भाषामा पढाएमा कक्षा कोठामा सहजता हुनाका साथै धेरै अन्तक्र्रिया भई सिकाइमा अभ्यस्त हुने र सिकाइको आधारस्तम्भ बलियो हुने अध्ययनको सार रहेको छ ।
अध्ययन प्रतिवेदन सार्वजनिक गर्न आज आयोजित कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला कुमारीले प्राप्त सुझावलाई थप अध्ययन गरी शिक्षामा विद्यमान गुणस्तर सुधार्ने लक्ष्यका साथ नीतिगत परिवर्तन गरिने बताइन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुवेदीले बहुभाषिक सिकाइ नीतिलाई चरणबद्ध कार्यान्वयनमा लान सकिने जानकारी दिए । बहुभाषी नेपालमा एक सय २४ मातृभाषा छन् भने करिब ४५ प्रतिशतले खस नेपाली भाषी छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ७ गते, २०८२ - १५:५७
रामेछाप । सहरी विकास, ऊर्जा, जलस्रोत तथा सिँचाइ तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले अर्थ मन्त्रालयमा रोक्का रहेका विकास आयोजना छिट्...
पौष ७ गते, २०८२ - १५:२४
काठमाडौँ । प्रतिनिधिसभा पुनर्स्थापनाका लागि जनता समाजवादी पार्टी, जनमत पार्टी र एक स्वतन्त्र सांसदले हस्ताक्षर गरेका छन्। उनीहरूले हस्ताक्षर गर्ने क्र...
पौष ७ गते, २०८२ - १५:०९
काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तर्गत देशभर १० लाख १६ हजार ७ सय ५४ जना नयाँ मतदाता थपिएका छन्। निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नारायणप...
पौष ७ गते, २०८२ - १४:४३
काठमाडौं । सर्वपक्षीय सरकार गठनको माग गर्दै सोमबार माइतीघरमा प्रदर्शन गरिएको छ । ‘जेनजीको माग चुनाव होइन, सुशासन’ भन्ने नारासहित मिरज ढुंगाना, रविकिरण...
पौष ७ गते, २०८२ - १४:३३
काठमाडौँ । प्रतिनिधिसभा पुनर्स्थापना माग गर्दै नेपाली कांग्रेसका ६५ तथा अन्य दलका ३ गरी ६८ सांसदको हस्ताक्षर सोमबार सर्वोच्च अदालतमा बुझाइने तयारी गरि...
पौष ७ गते, २०८२ - १४:२०
काठमाडौं । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी संघ काठमाडौंको दोस्रो अधिवेशनले विष्णुलाल गिरीलाई अध्यक्ष पदमा निर्वाचित गरेको छ । आज सम्पन्न निर्वाचनमा...
पौष ७ गते, २०८२ - १४:१७
काठमाडौं। गीतकार श्रीराम राईको ‘छैन क्यारे मेरो लागि दुख्ने मुटु पनि’ गीत ओसियन म्युजिक नेपालको यूट्युब च्यानलबाट सार्वजनिक भएको छ। संगीतकार ओमप्रक...
पौष ७ गते, २०८२ - १३:२७
काठमाडौँ । भक्तपुरको सूर्यविनायक नगरपालिका–७ स्थित देउराली जंगलमा एक युवकको शव फेला परेको छ। भोजपुरको अरुण गाउँपालिका–३ घर भई ललितपुरको लुभुमा बस्दै आ...
पौष ७ गते, २०८२ - १३:१७
काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले परम्परागत प्रतिकार्य केन्द्रित विपद् व्यवस्थापनको दृष्टिकोणलाई परिवर्तन गरी जोखिमको ज्ञान, पूर्वतयारी र पूर्वा...
पौष ७ गते, २०८२ - १३:०१
काठमाडौं । सर्वपक्षीय सरकार गठनको माग गर्दै मिराज ढुंगानासहितका युवाहरूले माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्। प्रदर्शनका क्रममा प्रहरीले रविकिरण ह...




प्रतिकृया लेख्नुहोस्: