Khabar Dabali ६ चैत्र २०८२ शुक्रबार | 20th March, 2026 Fri
Investment bank

कक्षा कोठामा अपशब्द प्रयोग गर्ने क्याम्पस प्रमुखविरुद्ध बोल्दा परीक्षामा फेल

खबरडबली संवाददाता

विराटनगर । कक्षा कोठामा अपशब्द प्रयोग गर्ने क्याम्पसप्रमुख विरुद्ध आवाज उठाउँदा तीन जना विद्यार्थी प्रयोगात्मक परीक्षामा फेल भएका छन्।  विराटनगरस्थित कोसी हेल्थ एन्ड साइन्स क्याम्पसको बीपीएच चौथो वर्षमा अध्ययनरत तीन जना विद्यार्थीलाई कलेज प्रशासनले नियोजित रूपमा प्रयोगात्मक परीक्षामा फेल (अनुत्तीर्ण) गराएको हो। 

पूर्वाञ्चल विश्वविद्यालयको बीपीएच सातौं सेमेस्टरको परीक्षामा रूपा न्यौपाने, मनीषा यादव र अन्नयिया भगत फेल भएका हुन्। कलेज प्रशासनको लापरबाही र नियतवश प्रयोगात्मक परीक्षामा अनुत्तीर्ण गराइएको उनीहरूले विराटनगरमा आयोजित एक पत्रकार सम्मेलनमा बताए। 

पूर्वाञ्चल विश्वविद्यालयले बीपीएच सातौं सेमेस्टरको परीक्षा २०७९ पुस २६ देखि २९ गतेसम्म लिएको थियो। जेठ १ गते प्रकाशित नतिजाअनुसार न्यौपाने र भगत दुई विषयको प्रयोगात्मक परीक्षामा अनुत्तीर्ण भएका थिए। सैद्धान्तिक परीक्षामा उनीहरू पास भएका छन्। 

क्याम्पसले विश्वविद्यालयबाट बाह्य परीक्षकको रूपमा आएका परीक्षकहरूले प्रयोगात्मक परीक्षा लिएको जनाएको छ। तर, अनुत्तीर्ण भएका विद्यार्थीले प्रयोगात्मक परीक्षा लिन आएका बाह्य परीक्षकसँग बुझ्दा कुनै पनि विद्यार्थीलाई फेल हुने गरी मूल्यांकन नगरेको विद्यार्थी न्यौपानेले बताइन्।

‘प्रयोगात्मक परीक्षाको अंक क्याम्पसले दिने गरेको बाह्य परीक्षकले पनि भनेका छन्। कलेज प्रशासनले पनि आफ्नो गल्ती स्वीकार गरेको छ,’ विद्यार्थी न्यौपानेले भनिन्, ‘हामी तीनजना विद्यार्थीलाई नियोजित रूपमा प्रयोगात्मक परीक्षामा कम अंक दिएर अनुत्तीर्ण गराएका हुन्।’ 

यता कलेजका प्रिन्सिपल सूर्यनारायण चौधरीले विद्यार्थीलाई अनुत्तीर्ण गराउन कलेजको कुनै हात नहुने बताए। ‘पूर्वाञ्चल विश्वविद्यालयबाट बाह्य परीक्षकको रूपमा आएका परीक्षकहरूबाट प्रयोगात्मक परीक्षा लिने र ग्रेडिङ गरेर अंक दिने हो,’ प्रिन्सिपल चौधरीले भने, ‘फेल र पास गराउनेमा हाम्रो कुनै हात नै हुँदैन।’ यो समाचार अन्नपूर्ण पोस्टमा छ ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गुल्मीमा ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु

गुल्मी । ट्याक्टरको ठक्करबाट मदाने गाउँपालिकाका एक जनाको मृत्यु भएको छ ।  जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर सारुका अनुसार म...

इन्धन जोगाउने प्रयासमा श्रीलंका, अब सातामा तीन दिन बिदा

तेल र ग्यास जोगाउन अरू देशले कस्तो उपाय अवलम्बन गरेका छन्?

सार्वजनिक सवारीसाधनको भाडा बढाउने तयारी

काठमाडौं । सरकारले सार्वजनिक सवारीसाधनको भाडादर समायोजन गर्ने तयारी थालेको छ।  पेट्रोलियम पदार्थको मूल्य बढेसँगै यातायात व्यवस्था विभागले सार्वजनिक...

सरकार गठन केही दिन सर्‍यो, अब १५ चैतभित्र मात्रै प्रधानमन्त्री नियुक्त

काठमाडौं । पूर्ववत् अभ्यास र परम्परा तोड्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले यसपटक सांसदको शपथपछि मात्रै सरकार निर्माण गर्ने तयारी गरेको छ । शपथ...

नवलपरासी पूर्वमा ४६ हजारले लगाए जापानिज इन्सेफलाइटिस विरुद्धको खोप

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा जापानिज इन्सेफलाइटिसविरुद्ध सञ्चालन भइरहेको विशेष खोप अभियानअन्तर्गत हालसम्म ४६ हजार ७७८ जनाले खोप लगाएका...

रुद्राक्ष खेतीबाट मनग्य आम्दानी

भोजपुर । भोजपुरका किसानका लागि रुद्राक्ष खेती बलियो आम्दानीको स्रोत बनेको छ । विशेष गरी दिङ्ला क्षेत्रमा अधिकांशले रुद्राक्षलाई मुख्य आम्दानीको माध्यम...

देउखुरीमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

दाङ । गए राति देउखुरीमा भएकाे मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । गढवा इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक डबलबहादुर बमका अनुसार ट्या...

बरण्डाभार जङ्गल क्षेत्रमा हाइकिङ र सन्ध्याकालीन सफारीको तयारी

चितवन । चितवनको बरण्डाभार जङ्गल क्षेत्रमा पर्ने टिकौलीदेखि पञ्चकन्या र चर्तुमुखी सामुदायिक वनसम्म करिब १२ किलोमिटर दुरीमा जिप सफारीसँगै हाइकिङ र सन्ध्...

प्रि-मनसुनः आज सामान्य, भोलिदेखि फेरि बदली बढ्ने

काठमाडौँ । प्रि–मनसुनका कारण पछिल्लो एक साता बदली र वर्षा भइरहेको छ । नेपालमा आज केही सुधार भएको मौसम बुधबार पनि साधारणतया सफा नै रहने तर बिहीबारदेखि ...

केरा खेतीको बिमा नहुँदा किसान मारमा

रौतहट । केरा खेतीको बिमा नहुँदा रौतहटका किसान मारमा परेका छन् । जिल्लाका विभिन्न स्थानीय तहमा लगाइएको केरा खेतीमा बिमा नहुँदा यहाँका किसान प्रकृति प्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: