Khabar Dabali ६ चैत्र २०८२ शुक्रबार | 20th March, 2026 Fri
Investment bank

पाकिस्तानी युवती र भारतीय युवकबीच पब्जीबाटै परेको रोचक प्रेम, बिहेका लागि रोजे नेपाल

खबरडबली संवाददाता

काठमाडौं । पाकिस्तानी युवती सीमा गुलाम हैदर र भारतीय युवक सचिन मीणाबीचको प्रेम सम्बन्ध छिमेकी भारतमा चर्चित बनेको छ। आफूहरूबीच इन्टरनेटमा पब्जी खेल्दाखेल्दै प्रेम सम्बन्ध गाँसिएको उनीहरूले बताएका छन्।

उनीहरूबीच पहिलो भेट भने नेपालमा भएको थियो। त्यसैले भारत र पाकिस्तानमा चर्चामा रहेको ती दुई बीचको प्रेम प्रसङ्गमा नेपाल पनि जोडिन पुगेको हो। नेपाली अधिकारीहरूले सीमा दुई पटक नेपाल आएको पुष्टि गरेका छन्। उनीहरूका अनुसार पहिलो पटक आएर सीमा पाकिस्तान फर्किएको तर दोस्रो पटक नेपाल भित्रिएको मात्र देखिन्छ।

कतिपय भारतीय सुरक्षा मामिला विज्ञहरूले पाकिस्तानी युवती नेपाल हुँदै भिसा (प्रवेशाज्ञा) नलिई भारत पुग्न सफल भएको विषयलाई लिएर सुरक्षा चिन्तासँग समेत जोडेर हेरेको पाइएको छ।

नेपालका अध्यागमन अधिकारीहरूका अनुसार सीमा पहिलो पटक २०७९ साल फागुन २६ गते अर्थात् २०२३ मार्च १० तारिखमा नेपाल विमानबाट आएकी थिइन्। पब्जी खेल्दाखेल्दै आफूहरूले प्रेम सम्बन्ध गाँसेको उनले भारतीय प्रहरी र संवाददातालाई बताएकी छन्।

दुई पब्जी खेलाडी

पाकिस्तानकी सीमा हैदरको सन् २०१४ मा जकोबाबादका गुलाम हैदरसँग विवाह भयो। उनीहरूका चारजना सन्तान छन्। पछि दुवै कराँची गए र सन् २०१९ मा गुलाम हैदर कामको सिलसिलामा साउदी अरब गए।

यो त्यो समय थियो जब सीमाले सचिन मीणासँग कुरा गर्न थालिन् र भलाकुसारी गर्ने माध्यम बन्यो अनलाइन खेल। सीमा भन्छिन्, “हाम्रो प्रेमकथा पब्जीबाट शुरू भएको हो। सचिन पुराना खेलाडी थिए र म नयाँ। पब्जीमा मेरो नाम मारिया खान थियो। सचिनले मलाई खेल्न अनुरोध पठाए।”

“पब्जी खेल्ने क्रममा हामीले सम्पर्क नम्बर आदानप्रदान गर्‍यौँ। सचिनले अनलाइन गेम खेल्न आउँदा मलाई गुड मर्निङ, तिमी पनि आऊ भनेर मेसेज गर्नुहुन्थ्यो।”

सीमा भन्छिन्, “तीन-चार महिनासम्म पब्जी खेलेपछि हामी साथी बन्यौँ। म उहाँलाई भिडिओ कलमार्फत् पाकिस्तान देखाउँथे अनि उहाँले भारत देखाउनुहुन्थ्यो। दुई देशका मान्छेबीच कुरा हुँदा खुशी लाग्थ्यो।”

“भारतीय केटासँग कुरा भइरहेकोमा मलाई झन् खुशी लाग्थ्यो। यसरी हामी रातभरि कुरा गर्न थाल्यौँ। बानी पर्‍यो अनि हामीबीच माया बस्यो। प्रेम उत्कर्षमा पुगेपछि सीमा सचिनलाई भेट्नुपर्ने निष्कर्षमा पुगिन्। तर सीमाका लागि त्यो सहज भने थिएन।

सीमा हैदर भन्छिन्, “म पाकिस्तानलाई घृणा गर्छु भन्ने होइन, म त्यहीँ हुर्केकी हुँ, मेरो बाल्यकाल त्यहीँ बित्यो। मेरा दाजुभाइ, दिदीबहिनी, आमाबुवा सबै त्यहीँका हुन्। मेरा आमाबुवाको चिहान त्यहीँ छ।”

“मान्छेको चोला एक पटकलाई न हो, एक दिन त मर्नैपर्छ। केही वर्षपछि बुढ्यौली र त्यसपछि मृत्यु। मेरा बुवा कुनै बेला जीवित हुनुहुन्थ्यो, मेरै आँखै अगाडि उहाँको देहान्त भयो। अन्ततः मैले मेरो माया रोजेँ।”

पहिलो हवाई यात्रा

आफ्ना प्रेमीलाई भेट्न सीमाले नेपाल रोजिन्। त्यसपछाडि एउटा खास कारण पनि थियो। सीमा भन्छिन्, “हामी दुबईमा पनि भेट्न सक्थ्यौँ, तर सचिनसँग राहदानी थिएन। भारतीयहरू राहदानीबिना नेपाल जान सक्छन् भन्ने थाहा पाएँ। त्यसैले हामीले नेपालमा भेट्ने निर्णय गर्‍यौँ।”

भेटघाटको समय र स्थान तय गरेपछि सीमा नेपालको पर्यटक भिसा लिएर शारजाह हुँदै काठमाण्डू पुगिन्। सीमा भन्छिन्, “पहिलो पटक सन् २०२३ को मार्च १० तारिखमा पाकिस्तान छोडेर म साँझतिर काठमाण्डू पुगेँ। त्यो मेरो पहिलो हवाई यात्रा थियो। विमानभित्र म कान नसुन्ने भएकी थिएँ।”

“कान दुखेको कारण मैले बुझ्न सकिरहेकी थिइनँ। विमानमा भएका केहीलाई कान दुख्नुको कारण सोध्दा हवाई उडानमा त्यो समान्य कुरा भएको उनीहरूले बताए।”

नेपालमा बिहे, हिन्दू बनिन्

सचिन काठमाण्डू पुगेर सीमालाई पर्खिरहेका थिए। नयाँ बसपार्क क्षेत्रस्थित एउटा होटलमा कोठा भाडामा लिएका सचिनले भाडा बापत दैनिक ५ सय रुपैयाँ होटल मालिकलाई बुझाउँथे।

यस अवधिमा सीमा हैदरको इन्स्टाग्राममा यस्ता धेरै भिडिओ छन् जसमा दुवैजना काठमाण्डूमा घुमिरहेको देखिन्छ। यसै क्रममा उनीहरूले जीवनको ठूलो निर्णय लिएका हुन्।

सीमा भन्छिन्, “हामीले चैत १३ गते काठमाण्डूको पशुपतिनाथ मन्दिरमा विवाह गर्‍यौँ। एकजना ट्याक्सी चालक भाइको सहयोगमा हामी बिहे गर्न सफल भयौँ। हामीसँग भिडिओ पनि छन्...म आफैँले हिन्दूधर्म अवलम्बन गरेकी हुँ। मलाई कसैले दबाव दिएको होइन।”

“भिडिओमा गुलाम हैदर (सीमाका पति)ले मेरो दिमाग खराब भएको भनिरहेका छन्। यो कसैले भनेर मैले गरेकी होइन, म आफ्नै इच्छाले आएकी हुँ। म सचिनको प्रेममा आएकी हुँ। मैले प्रेममा हिन्दू धर्म स्वीकार गरेँ।”

बिहे त भयो तर सीमा भारत आउन सकिनन्। किनभने कराँचीमा चार सन्तान उनको पर्खाइमा थिए। उनी लाहोरस्थित दरगाह जाने बहानामा सचिनलाई भेट्न नेपाल आएकी थिइन्।

प्रेममा घर बेचिन्

सीमा पाकिस्तान त फर्किइन्। तर उनको मन त्यहाँ लागिरहेको थिएन। त्यसको दुई महिनापछि सीमाले आफ्ना छोराछोरीसहित सधैँका लागि पाकिस्तान छोड्ने निर्णय गरिन्।

सीमा भन्छिन्, “मसँग त्यति पैसा थिएन। मेरो नाममा एउटा घर थियो, जुन मैले १२ लाखमा बेचेँ। आफ्नो र मेरा छोराछोरीका लागि नेपालको भिसामा करिब पचास हजार रुपैयाँ खर्च भयो।”

यसपालि सीमाले नेपालबाट स्थलमार्ग भएर भारत जाने सोचेकी थिइन्। सीमाले मे १० तारिखका दिन यात्रा गर्ने तय गरिन्। त्यो नम्बर आफ्ना लागि फाप्ने उनलाई लाग्यो। किनभने त्यसअघि सचिनसँग उनले मार्च १० तारिखमा पहिलो पटक भेटेकी थिइन्।

सीमा भन्छिन्, “दोस्रो पटक आउन सजिलो भयो। किनकि एन्ट्री, एक्जिट र कनेक्टिङ फ्लाइटबारे मलाई ज्ञान भइसकेको थियो। मे ११ मा म काठमाण्डू पुगेँ। त्यहाँबाट पोखरा गएँ र राति त्यहीँ बसेँ।”

“मे १२ तारिख बिहान ६ बजे बालबच्चासहित म दिल्ली जाने बस चढेँ। मैले श्रीमान्‌को रूपमा सचिनको नाम लेखाएकी थिएँ। टिकट काट्नेले सचिनसँग फोनमार्फत् कुरा पनि गरे। मे १३ तारिखको बिहानको ११ बजेतिर हामी ग्रेटर नोएडा पुग्यौँ।”

त्यहाँ सचिनले उनीहरूलाई पर्खिरहेका थिए। उनीहरू रबूपुरा पुगे। सीमाका अनुसार सचिनले राम्रोसँग ठेगाना बताएका थिए। “सीमामा सुरक्षाकर्मीले धेरै सोधपुछ गरे अनि झोलाहरू जाँचे। परिचयपत्र मागेपछि मैले हराएको भनेँ। तीन दिनको यात्राको क्रममा बच्चाहरू बिरामी जस्तै भएका थिए। जेठी छोरीले बान्ता गरिरहेको देखेर सुरक्षाकर्मीलाई पनि दया लागेको होला,” उनले भनिन्।

गुलाम हैदरसँग मौखिक पारपाचुके

हाल साउदी अरबमा काम गरिरहेका सीमाका पति गुलाम हैदरले श्रीमती र बच्चाहरूलाई पाकिस्तान फर्काइदिन अपील गरेका छन्।

सीमाका अनुसार गुलाम हैदरसँग उनको जरबजस्ती बिहे गराइएको थियो। आफूले उनीसँग सम्बन्धविच्छेद गरिसकेको सीमा बताउँछिन्।

तर गुलाम हैदर सीमासँग सम्बन्धविच्छेद नभएको दाबी गर्छन्। सीमा भन्छिन्, “सन् २०१३ मा म कसैलाई माया गर्थेँ। ती व्यक्तिसँग बिहे नहोस् भनेर मेरो परिवारले गुलाम हैदरसँग जबरजस्ती बिहे गराइदियो। म १७ वर्षकी थिएँ।”

बीबीसी उर्दूसँग कुरा गर्दै सीमाका ससुराबुवा मीर जान जखरानीले सीमा घरबाट सात लाख रुपैयाँ र सात तोला सुन लिएर भागेको आरोप लगाएका छन्।

त्यसबारे सीमाले भनिन्, “मैले त्यस्तो गरेकी छैन। उनीहरू त्यति पैसावाल र हैसियत भएका मान्छे होइनन्। मसँग मेरो आमाले दिनुभएको सुन थियो।”

‘म जासुस होइन’

सीमा हैदर जसरी भारत प्रवेश गरिन् त्यसलाई लिएर कैयौँले उनी पाकिस्तानी जासुस हुनसक्ने आरोप लगाइरहेका छन्। पाकिस्तानी सेनामा भाइ जागिरे, सीमा हैदरबाट चारचारवटा मोबाइल फोन जफत हुनुले धेरैको आशङ्कालाई पुर्‍याएको छ।

ती आरोपबारे सीमाले भनिन्, “म जासुस होइन। सचिनसँग प्रेममा परेपछि बल्ल घरबाट निस्केर घुमघाम गर्न थालेकी हुँ। पासपोर्ट बनाएकी हुँ। म गरीब परिवारकी महिला हुँ, मैले धेरै पढेकी पनि छैन। अलिअलि अङ्ग्रेजी बोल्छु भन्दैमा मलाई अङ्ग्रेजी आउँछ भन्ने होइन।”

उनी अगाडि थप्छिन्, “मैले भारतीय प्रहरीसँग केही झूटो बोलेकी छैन। मेरो भाइको सन् २०२२ मा सेनामा जागिर भएको हो। मासिक करिब १८ हजार रुपैयाँ पाँउछन्।”

‘पाकिस्तान फर्कन चाहन्नँ’

सचिनसँग आफू खुशीका साथ बसिरहेको र भारतमै रहन चाहेको सीमा बताउँछिन्। तर बहिनीहरूलाई सम्झेपछि उनका आँखामा आँसु आउँछ।

उनी भन्छिन्, “बहिनीहरू सबैलाई प्यारा हुन्छन्। उनीहरूको याद आउँछ। जेठी दिदी र कान्छी बहिनी छन्। सचिनसँग मेरो त बिहे भइसक्यो। उनी मेरा छोराछोरीको ख्याल गर्छन् र मेरो इज्जत गर्छन्। मेरो लागि यही ठूलो कुरा हो।”

पाकिस्तान फर्कने कुरा सुन्दा मलाई रिस उठ्छ। “म मर्छु, सकिन्छु, यहीँ मरेर देखाउँछु। तर कुनै पनि हालतमा म फर्किन्नँ। त्यहाँ अब मेरो केही छैन। सचिन मीणा पनि त्यस्तै कुरा गर्छन्। उनी भन्छन्, “मैले सीमासँग बिहे गरिसकेको छु। म बाँचुन्जेल उसलाई भारतबाट जान दिन्नँ।”

हुन त अहिले जमानतमा रिहा भएका सीमा र सचिन सँगै बसिरहेका छन्। धर्म र भौगोलिक सीमा नाघेको यो प्रेमकहानी कहाँसम्म पुग्छ त्यो हेर्न बाँकी छ। बीबीसी

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गुल्मीमा ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु

गुल्मी । ट्याक्टरको ठक्करबाट मदाने गाउँपालिकाका एक जनाको मृत्यु भएको छ ।  जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर सारुका अनुसार म...

इन्धन जोगाउने प्रयासमा श्रीलंका, अब सातामा तीन दिन बिदा

तेल र ग्यास जोगाउन अरू देशले कस्तो उपाय अवलम्बन गरेका छन्?

सार्वजनिक सवारीसाधनको भाडा बढाउने तयारी

काठमाडौं । सरकारले सार्वजनिक सवारीसाधनको भाडादर समायोजन गर्ने तयारी थालेको छ।  पेट्रोलियम पदार्थको मूल्य बढेसँगै यातायात व्यवस्था विभागले सार्वजनिक...

सरकार गठन केही दिन सर्‍यो, अब १५ चैतभित्र मात्रै प्रधानमन्त्री नियुक्त

काठमाडौं । पूर्ववत् अभ्यास र परम्परा तोड्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले यसपटक सांसदको शपथपछि मात्रै सरकार निर्माण गर्ने तयारी गरेको छ । शपथ...

नवलपरासी पूर्वमा ४६ हजारले लगाए जापानिज इन्सेफलाइटिस विरुद्धको खोप

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा जापानिज इन्सेफलाइटिसविरुद्ध सञ्चालन भइरहेको विशेष खोप अभियानअन्तर्गत हालसम्म ४६ हजार ७७८ जनाले खोप लगाएका...

रुद्राक्ष खेतीबाट मनग्य आम्दानी

भोजपुर । भोजपुरका किसानका लागि रुद्राक्ष खेती बलियो आम्दानीको स्रोत बनेको छ । विशेष गरी दिङ्ला क्षेत्रमा अधिकांशले रुद्राक्षलाई मुख्य आम्दानीको माध्यम...

देउखुरीमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

दाङ । गए राति देउखुरीमा भएकाे मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । गढवा इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक डबलबहादुर बमका अनुसार ट्या...

बरण्डाभार जङ्गल क्षेत्रमा हाइकिङ र सन्ध्याकालीन सफारीको तयारी

चितवन । चितवनको बरण्डाभार जङ्गल क्षेत्रमा पर्ने टिकौलीदेखि पञ्चकन्या र चर्तुमुखी सामुदायिक वनसम्म करिब १२ किलोमिटर दुरीमा जिप सफारीसँगै हाइकिङ र सन्ध्...

प्रि-मनसुनः आज सामान्य, भोलिदेखि फेरि बदली बढ्ने

काठमाडौँ । प्रि–मनसुनका कारण पछिल्लो एक साता बदली र वर्षा भइरहेको छ । नेपालमा आज केही सुधार भएको मौसम बुधबार पनि साधारणतया सफा नै रहने तर बिहीबारदेखि ...

केरा खेतीको बिमा नहुँदा किसान मारमा

रौतहट । केरा खेतीको बिमा नहुँदा रौतहटका किसान मारमा परेका छन् । जिल्लाका विभिन्न स्थानीय तहमा लगाइएको केरा खेतीमा बिमा नहुँदा यहाँका किसान प्रकृति प्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: