Ntc summer Offer
Khabar Dabali ५ आश्विन २०८१ शनिबार | 21st September, 2024 Sat
NIMB

मापदण्ड विपरीत धनकुटाका अधिकांश माछा पसल

खबरडबली संवाददाता

धनकुटा । धनकुटामा अधिकांश माछा पसल मापदण्ड विपरीत सञ्चालन भएको पाइएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र धनकुटाले बिहीबार आयोजना गरेको संयुक्त अनुगमनको क्रममा यस्तो पाइएको हो ।

जिल्ला सदरमुकाममा सञ्चालित करिब एक दर्जन माछा पसल अधिकांश खुल्ला स्थानमै सञ्चालन गरेको, माछालाई डिफ्रिज वा बरफ सँगै राख्नु पर्ने भए पनि त्यो समेत नगरेको पाइएको छ ।

त्यस्तै प्रतिबन्धित माछा समेत धनकुटामा बिक्री गरेको पाइएको कार्यालय प्रमुख लोकनाथ ढुङ्गानाले बताए । सदरमुकाममा अधिकांश पसल दर्ता समेत नगरी सञ्चालन गरेको पाइएको उनको भनाइ छ । यसरी सञ्चालीत पसलहरुलाई पहिलो पटक सचेत गरिएको र पुनः यस्तो पाइएमा कारवाही गरीने उनको भनाइ छ । 

त्यस्तै धनकुटा तथा हिलेमा सञ्चालित वधशाला समेत सरसफाइ नभएको पाइएको छ । मासु काट्ने स्थान तथा  मासुबाट निस्कने फोहोर व्यवस्थापनमा समस्या रहेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र धनकुटाका पशु प्रबिधि पुष्प दाहालले जानकारी दिए । अनुगमनकै क्रममा जिल्लामा सञ्चालित भेटेरिनरी पसलमा केहीमा म्याद सकिएको औषधि समेत पाइएको उनले बताए । 

बिहीबार जिल्लाको धनकुटा बजार, हिले र सिदुवा बजारका दुई दर्जन भन्दा बढी भेटेरिनरी, मासु, माछा पसल र वधशालामा अनुगमन गरिएको हो । अनुगमनमा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको टोली सहित जिल्ला प्रशासन कार्यालय, कृषि ज्ञान केन्द्र, खाद्य प्रविधि तथा गुण नियन्त्रण, घरेलु कार्यालयका प्रतिनिधिको उपस्थिति रहेको थियो । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

लेबनानमा त्रासः फ्लाइटमा पेजर र वाकीटकी लैजान कतार एयरवेजले लगायो प्रतिबन्ध

काठमाडौ । कतार एयरवेजले लेबनान जाने उडानमा यात्रुहरुलाई पेजर र वाकीटकी बोक्न प्रतिबन्ध लगाएको छ। लेबनानका तीन क्षेत्रमा वाकीटकी, ह्यान्डहेल्ड रेडियो र...

तनहुँमा पनि स्ट्रबेरीखेती

तनहुँ ।  तनहुँको ऋषिङ गाउँपालिकाले परीक्षणका रूपमा स्ट्रबेरीखेती थालेको छ। गाउँपालिका–७ पुरानोथोकमा ऋषिङ साना किसान कृषि सहकारीसँगको सहकार्यमा पालिकाल...

फिल्म ‘रंगी’ को गीत ‘छ नि माया’ रेकर्ड

काठमाडौं । सलोन सलिना फिल्मस् प्रालिको व्यानरमा निर्माण हुने फिल्म ‘रंगी’ को गीत ‘छ नि माया’ रेकर्ड गरिएको छ । काठमाडौंको स्टुडियो डाइनामिकमा रेकर्ड ग...

ट्रंकलाइन बक्यौता तिर्न कात्तिक ८ को अल्टिमेटम

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड तथा ट्रंकलाइन बक्यौतो रकम तिर्न डेढ महिनाको अल्टिमेटमसहित उद्योगीलाई पुनः पत्र पठाएको छ । प्राधिकरणका ...

मोटरसाईकल दुर्घटनामा एकजनाको मृत्यु

रौतहट । रौतहटको कटहरियामा गएराती भएको मोटरसाइकल दुर्घटनामा परेर एकजना युवकको मृत्यु भएको छ । कटहरिया बजारदेखि पश्चिम लालबकैया पुल पारी कटहरिया गम्ह...

लगातार घटेको सुनको मूल्य शुक्रबार बढ्यो

काठमाडौं। नेपाली बजारमा लगातार घटेको सुनको मूल्य शुक्रबार बढेको छ । शुक्रबार सुन तोलामा १५ सयले बढेको हो । बढेको मुल्य अनुसार आज सुन प्रतितोला १ ला...

बागलुङका स्वास्थ्य संस्थामा डेंगी परीक्षण किट अभाव

बागलुङ ।  धौलागिरि अस्पताल, गलकोट र बुर्तिवाङका प्राथमिक स्वास्थ्य केन्द्रमा डेंगी परीक्षण गर्ने किट अभाव भएको छ । धौलागिरि अस्पतालकी सूचना अधिकारी...

संविधान जारी भएपछि प्रदेशमा थुप्रै उपलब्धिहरू भएका छन् : मुख्यमन्त्री लामा

हेटौंडा । विभिन्न आन्दोलन तथा संघर्षबाट मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था कार्यान्वयनमा आएको छ। जनताबाट निर्वाचित प्रतिनिधिले ...

अखिल (क्रान्तिकारी) को २३ औं राष्ट्रिय सम्मेलन असोज १० खि काठमाडौंमा हुने

काठमाडौं। माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)  को २३ औं राष्ट्रिय सम्मेलन यही असोज १० देखि सुरु हुने भएको छ। असोज १० देखि १२ गते...

गायक यश कुमारले ल्याए मर्मस्पर्शी गीत ‘आँखा बन्द गरेर’

काठमाडौं । गायक यश कुमारले आज बिहीबार परेको संविधान दिवसको पूर्वसन्ध्यामा आफ्नो नयाँ गीत ‘आँखा बन्द गरेर’ बजारमा ल्याएका छन् । बुधबार राजधानीमा आयोजित...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy