धनगढी । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद तोसिमा कार्कीका पीए श्रीकान्त रानाले डिलासैनी गाउँपालिकामा पनि नियुक्ति लिएको खुलेको छ । करिब ४र५ महिना अघि रानाले डिलासैनीमा राजनीतिक नियुक्ति लिएको खुलेको हो।
सद्भावना दूत एवं स्वयंसेवकका रूपमा रानाले नियुक्ति लिएर भत्ता लिइरहेको बताइएको छ । दोहोरो जिम्मेवारी लिएर सरकारी सेवासुविधा लिइरहेका उनको बारेमा विभिन्न टीकाटिप्पणी भइरहेको छ।
गाउँ कार्यपालिकाबाट कार्यविधि बनाएर उनीहरूलाई नियुक्ति दिइएको थियो । जनप्रतिनिधि लगायतको ‘चाकडी’ गरेर उनले सो नियुक्ति लिएको आरोपसमेत लागेको छ।
यता गाउँपालिकाका अध्यक्ष सन्तोषप्रकाश जोशीले भने यो विषयलाई स्वाभाविक लिनुपर्ने बताए । उनले समाजमा रहेका विकृति न्यूनीकरण तथा सामाजिक सद्भाव कायम गर्नका लागि चारजना नियुक्त भएकामध्ये उनी पनि एक भएको उनको भनाइ छ ।
उनीहरूको सेवा सुविधाका सन्दर्भमा भने एउटा कार्यविधि बनाएर सोही अनुसार दिने गरेको अध्यक्ष जोशीले बताए । तर उनले विस्तृत खुलाउन चाहेनन् । रानाले काठमाडौंमै बसेर १५ हजार मासिक भत्ता बुझिरहेका स्रोतको भनाइ छ ।
यस्तै डिलासैनीकै कर्मचारीहरूले पनि यसको विरोध गरेका छन्। पालिकाका एक कर्मचारीले यो सबै कार्यकर्ता पोस्न राजनीनिक रुपमा नियुक्ति दिइएको आरोप लगाए।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ५ गते, २०८२ - ०९:४१
भोजपुर । भोजपुर नगरपालिका–९ काफ्ले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा सक्रिय रूपमा जुटेको छ । वडाभित्र उल्लेख्य सङ्यामा ऐतिहासिक,...
पौष ५ गते, २०८२ - ०९:४०
काठमाडौँ । पछिल्ला दशकमा नेपालले गलगाँड (इन्डेमिक गोइटर) अर्थात् कण्ठरोग निवारणमा ऐतिहासिक सफलता हासिल गरेको छ । विगतमा आयोडिनयुक्त नुनको अभावका कारण ...
पौष ५ गते, २०८२ - ०९:३४
पाँचथर । सरकारले कृषकले उत्पादन गरेका स्थानीय उपजको प्रवर्धन र बजार व्यवस्थापनमा सहयोग गर्ने निर्णय गरेको छ। शनिबार पाँचथरको फिदिम पुग्नुभएका कृषि ...
पौष ५ गते, २०८२ - ०९:३२
पश्चिम नवलपरासी । तराईमा विगत केही दिनदेखि बढेको अत्यधिक चिसो र शीतलहरका कारण जनजीवन प्रभावित भएपछि रामग्राम नगरपालिकाले राहत कार्य सुरु गरेको छ। न...
पौष ५ गते, २०८२ - ०९:२८
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको ५१ औँ दीक्षान्त समारोह यही पुस १० गते दशरत रंगशालामा आयोजना हुने भएको छ। विश्वविद्यालयले जारी गरेको सूचना...
पौष ५ गते, २०८२ - ०९:२४
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले ठेक्का तोडिएका सडक र पुल निर्माण योजनाको काम सुन...
पौष ५ गते, २०८२ - ०९:२१
तनहुँ । भदौ २४ गतेको जेन्जी आन्दोलनका क्रममा तनहुँ कारागारबाट फरार भएका ६८ जना कैदीबन्दी अझै फर्किएका छैनन् । कारागारमा रहेका ३२७ जनामध्ये २ सय ५९ ...
पौष ५ गते, २०८२ - ०९:१८
काठमाडौँ । प्रेस सेन्टर नेपालका साधारण सदस्य र अनुभवी फोटो पत्रकार फैजुल्लाह आलमको ५३ वर्षको अल्पायुमै निधन भएको छ। उनका निधनले संगठन र नेपाली पत्रका...
पौष ५ गते, २०८२ - ०९:१५
झापा विद्रोहको रक्तरञ्जित शिकार बने सहिद उद्रकान्त राजवंशी
पौष ५ गते, २०८२ - ०९:०१
काठमाडौँ । धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसूरमा संलग्न रहेको आरोपमा दिपेन्द्र अग्रवाल पक्राउ परेका छन् । नेपाल धितोपत्र बोर्ड (सेबोन)को प्रारम...




प्रतिकृया लेख्नुहोस्: