Ntc summer Offer
Khabar Dabali ४ आश्विन २०८१ शुक्रबार | 20th September, 2024 Fri
NIMB

सांस्कृतिक एकताको प्रवर्द्धनमा भानुभक्तको विशिष्ट योगदान छः उपप्रधानमन्त्री श्रेष्ठ

खबरडबली संवाददाता

काठमाडौं ।  उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपालको संस्कृतिक एकताको प्रवर्द्धन तथा नेपाली भाषाको विकासमा आदिकवि भानुभक्त आचार्यको विशिष्ट योगदान रहेको बताएका छन्  । 

भानु जयन्तीका अवसरमा आज नेपाल प्रज्ञा प्रतिष्ठानको सहयोगमा भानु प्रतिष्ठानले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले सम्पर्क भाषा बनेको नेपाली भाषालाई घरघरमा स्थापित गराउन भानुभक्तको महत्वपूर्ण भूमिका रहेको उल्लेख गरेका हुन् ।

“भानुभक्तले नेपालको सांस्कृतिक एकताको प्रवर्द्धन गर्नुभयो । आज नेपालीमात्र होइन, नेपाली मूलका सबै विदेशी नागरिकले पनि भानुजयन्ती मनाउँछन्”, उनले भने, “भानुलाई सम्झेर नेपालसँग कुनै न कुनै प्रकारको साइनो, सम्बन्ध र एकताको भाव पैदा हुन्छ । सांस्कृतिक एकताका निम्ति भानुको योगदान अविष्मरणीय छ ।”   उपप्रधानमन्त्री श्रेष्ठले नेपालको राष्ट्रिय स्वाधीनताको रक्षा गर्दै राष्ट्रिय एकता प्रवर्द्धन गर्न भानुभक्तबाट पनि प्रेरणा लिनुपर्ने उल्लेख गरे ।     

“आदिकवि भानुभक्त आचार्य हाम्रो राष्ट्रिय विभूति हुनुहुन्थ्यो । हामी सबैको हृदयमा भानुभक्त अङ्कित छ, भानुभक्तले नेपालीमा रामायण लेख्नुभयो, रामायण सबैको मुखमुखमा पुग्यो, त्यस कारणले पनि हामी उहाँलाई स्मरण गर्छौं”, उनले भने, “तर त्यतिमात्र होइन, उहाँले हामी सबैको आज मुख्य सम्पर्क भाषा बनेको, हामी सबैलाई जोड्ने माध्यम बनेको नेपाली भाषालाई स्थापित गर्न र घरघरमा पुर्याउन महत्वपूर्ण योगदान पुर्याउनुभयो ।” 

भानुभक्तले न्याय र जीवनको सार्थकताको पक्षमा आवाज उठाउनुभएको उल्लेख गर्दै उपप्रधानमन्त्री श्रेष्ठले जीवनको सार्थकता हरेकलाई बोध गराउन तथा न्यायको पक्षमा भूमिका निर्वाह गर्न प्रेरित गर्नुभएको स्मरण गराए ।     

“आज विश्वका साथै नेपालमा पनि उपभोक्तावाद जबर्जस्तरुपमा अगाडि बढिरहेका बेलामा यो जीवन केका लागि रु धनी भईकन मैले पनि समाजलाई केही गर्न सकिनँ, मेरो जीवनको के काम, एउटा घाँसीले केही गरिराखेको छ, मैले केही गर्न सकिनँ भन्नुभयो”, उनले भने, “यो सामान्य घटनाजस्तो लाग्छ । हाम्रो नेपाली समाजलाई चेतनशील बनाउन, जीवनको सार्थकता हरेकलाई बोध गराउन, सामाजिक कर्तव्य निर्वाह गराउन र न्यायको पक्षमा भूमिका निर्वाह गर्न उद्घोष गर्नुभयो ।”     

जीवनको सार्थकता र मूल्यबोध गर्ने विषयमा मनन गर्न आवश्यक रहेको उल्लेख गर्दै उपप्रधानमन्त्री श्रेष्ठले जीवनको सार्थकतालाई ग्रहण गर्न भानुभक्तबाट सिक्नुपर्ने बताए । “हामी व्यक्तिगत स्वार्थमा केन्द्रित हुने, व्यक्तिगतरुपमा कसरी सुविधाभोगी जीवन बिताउने भन्नेमा मात्रै केन्द्रित हुँदा हाम्रो देश र आफ्नो जीवन बर्बाद हुने खतरा हुन्छ”, उनले भने, “आफ्नो जीवन बचाउने हो भने समाज र राष्ट्रलाई अगाडि बढाउने हो भने पनि जीवनको सार्थकतालाई बोध गर्न भानुभक्तबाट प्रेरणा लिन आवश्यक छ ।”     

नेपालको पहिचान र गौरव कायम गर्न, नेपाली हुनाको गौरव स्थापित गर्न र भानुभक्तले निर्वाह गर्नुभएको भूमिका कायम राख्नका लागि राष्ट्रिय सार्वभौमिकता, स्वाधीनता, अखण्डता र स्वाभिमानको रक्षा गर्दै राष्ट्रिय एकतालाई सुदृढ बनाउनु आवश्यक रहेको उपप्रधानमन्त्री श्रेष्ठले बताए ।  

“भानुभक्तले आवाज उठाउनुभएको सुशासनको पक्षमा हामीले काम गर्नुछ । सरकारले सामाजिक न्यायसहित समृद्धिको लक्ष्य हासिल गर्नका लागि राष्ट्रिय विभूतिबाट शिक्षा ग्रहण गरी त्यसबाट प्रेरणा लिँदै सुशासन स्थापना गर्ने मुख्य कार्यभारका साथ सरकारले काम गरिरहेको छ”, उनले भने ।     

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले भानुभक्तले भाषा एकीकरणका सम्बन्धमा क्रान्तिकारी योगदान गर्नुभएको बताउनुभयो । सम्पर्क भाषाका रुपमा नेपाली भाषाको विकास हुनुमा उहाँको अतुलनीय योगादन रहेको उनको भनाइ थियो । 

“भोलि भनेर टार्ने राणाकालीन प्रशासनिक र न्यायप्रणालीको ढिलासुस्तीमाथि त्यो जमानामा भानुभक्तले व्यङ्ग्य गर्नुभएको थियो । भानुभक्तले कवितामार्फत गर्नुभएको प्रहार चानचुने साहस थिएन”, उनले भने । आज पनि नेपालमा भोलिवाद भन्ने परम्परा कायम रहेको भन्दै उहाँले के हामी भोलिवादबाट मुक्त छौँ रु भनी प्रश्न गरे । मन्त्री किराँतीले भने, “मलाई लाग्छ, अहिले पनि हामी भोलिवादबाट मुक्त छैनौँ, भोलिवादलाई समाप्त गरेर देश र जनताप्रति समर्पित हुने संस्कृति हामीलाई चाहिएको छ ।”     

भोलिवादलाई समाप्त गर्ने दायित्व हामी सबैको काँधमा आएको उल्लेख गर्दै मन्त्री किराँतीले भानुभक्तको औचित्य आज पनि उत्तिकै सान्दर्भिक रहेको बताए । कार्यक्रममा विभिन्न साहित्यिक व्यक्तित्व तथा संस्थालाई सम्मान गरिएको थियो ।     

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

लेबनानमा त्रासः फ्लाइटमा पेजर र वाकीटकी लैजान कतार एयरवेजले लगायो प्रतिबन्ध

काठमाडौ । कतार एयरवेजले लेबनान जाने उडानमा यात्रुहरुलाई पेजर र वाकीटकी बोक्न प्रतिबन्ध लगाएको छ। लेबनानका तीन क्षेत्रमा वाकीटकी, ह्यान्डहेल्ड रेडियो र...

तनहुँमा पनि स्ट्रबेरीखेती

तनहुँ ।  तनहुँको ऋषिङ गाउँपालिकाले परीक्षणका रूपमा स्ट्रबेरीखेती थालेको छ। गाउँपालिका–७ पुरानोथोकमा ऋषिङ साना किसान कृषि सहकारीसँगको सहकार्यमा पालिकाल...

फिल्म ‘रंगी’ को गीत ‘छ नि माया’ रेकर्ड

काठमाडौं । सलोन सलिना फिल्मस् प्रालिको व्यानरमा निर्माण हुने फिल्म ‘रंगी’ को गीत ‘छ नि माया’ रेकर्ड गरिएको छ । काठमाडौंको स्टुडियो डाइनामिकमा रेकर्ड ग...

ट्रंकलाइन बक्यौता तिर्न कात्तिक ८ को अल्टिमेटम

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड तथा ट्रंकलाइन बक्यौतो रकम तिर्न डेढ महिनाको अल्टिमेटमसहित उद्योगीलाई पुनः पत्र पठाएको छ । प्राधिकरणका ...

मोटरसाईकल दुर्घटनामा एकजनाको मृत्यु

रौतहट । रौतहटको कटहरियामा गएराती भएको मोटरसाइकल दुर्घटनामा परेर एकजना युवकको मृत्यु भएको छ । कटहरिया बजारदेखि पश्चिम लालबकैया पुल पारी कटहरिया गम्ह...

लगातार घटेको सुनको मूल्य शुक्रबार बढ्यो

काठमाडौं। नेपाली बजारमा लगातार घटेको सुनको मूल्य शुक्रबार बढेको छ । शुक्रबार सुन तोलामा १५ सयले बढेको हो । बढेको मुल्य अनुसार आज सुन प्रतितोला १ ला...

बागलुङका स्वास्थ्य संस्थामा डेंगी परीक्षण किट अभाव

बागलुङ ।  धौलागिरि अस्पताल, गलकोट र बुर्तिवाङका प्राथमिक स्वास्थ्य केन्द्रमा डेंगी परीक्षण गर्ने किट अभाव भएको छ । धौलागिरि अस्पतालकी सूचना अधिकारी...

संविधान जारी भएपछि प्रदेशमा थुप्रै उपलब्धिहरू भएका छन् : मुख्यमन्त्री लामा

हेटौंडा । विभिन्न आन्दोलन तथा संघर्षबाट मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था कार्यान्वयनमा आएको छ। जनताबाट निर्वाचित प्रतिनिधिले ...

अखिल (क्रान्तिकारी) को २३ औं राष्ट्रिय सम्मेलन असोज १० खि काठमाडौंमा हुने

काठमाडौं। माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)  को २३ औं राष्ट्रिय सम्मेलन यही असोज १० देखि सुरु हुने भएको छ। असोज १० देखि १२ गते...

गायक यश कुमारले ल्याए मर्मस्पर्शी गीत ‘आँखा बन्द गरेर’

काठमाडौं । गायक यश कुमारले आज बिहीबार परेको संविधान दिवसको पूर्वसन्ध्यामा आफ्नो नयाँ गीत ‘आँखा बन्द गरेर’ बजारमा ल्याएका छन् । बुधबार राजधानीमा आयोजित...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy