Khabar Dabali २३ मंसिर २०८२ सोमबार | 8th December, 2025 Mon
Investment bank

प्रधानमन्त्री प्रचण्डको सक्रियताले पहिलो पटक किसानले पाए खेतीको समयमै रासायनिक मल, छैन कतै हाहाकार

खबरडबली संवाददाता

काठमाडौं ।  सरकारले चाहेमा  आम किसानले भोग्नुपरेका सास्ती र हैरानीलाई कसरी अन्त्य  गर्न सक्दोरहेछ भन्ने कुरा यसपटकको धान रोपाइँपूर्वको अवस्थाले पुष्टि गरेको छ । 

कृषिप्रधान देशको किसानले नै रासायनिक मल (युरिया, डिएपी र पोटास) प्राप्त गर्न  भोग्नुपरेका सङ्घर्षका कथा आफैँमा अत्यन्त्य पीडादायी हुने गर्दथे ।  ‘मानो रोपेर मुरी उब्जाउने बेला’ अर्थात् असारे धान रोपाइँका समयमा  मल प्राप्त गर्न पनि देशैभरका किसानले सधैं धेरै पसिना बगाउनुपर्दथ्यो । 

वर्तमान सरकारको ‘रासायनिक मलको अभाव हुन नदिने’ नीतिलाई कार्यान्वयन गर्ने क्रममा गरेको दूरदृष्टि निर्णयले यसपटक कहीँकतै रासायनिक मलको  हाहाकार नभएको हो ।  

विशेष गरी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मलको अभाव हुन नदिन निरन्तर गरेको निगरानी, समन्वय, सहजीकरण र चासोले गर्दा वर्षौंदेखिको समस्या यसपटक दोहोरिन पाएन । विशेष गरी असारे धान रोपाइँका समयमा मल अभाव हुने नेपालका लागि दीर्घकालीन रोग हो ।   

रासायनिक मल आयातका लागि स्वीकृति पाएका निकायले समयअगावै मल ल्याएका र किसानले भने जति पाएकाले पनि सङ्घीय सदनमा यससम्बन्धी आवाज उठ्नै पाएन । मल अभावसम्बन्धी कुरा जननिर्वाचित सर्वोच्च निकायमा उठान नभएको सम्भवतः पहिलोपटक हुनसक्छ । 

देशभर रासायनिक मलको अभाव | Indrenionline.com

यसपटक कुरा उठान भयो त– “स्वदेशमा नै रासायनिक मल कारखाना स्थापना गर्नुप¥यो, किन बजेट विनियोजन गरिएन?”  

खण्डवृष्टि भएकाले अहिले  आधाआधी  रोपाइँ सकिएको छ । धमाधम रोपाइँ जारी रहँदा कहीँकतै मलको अभाव भएको किसानले गुनासो गरेका छैनन् । किसानले आफूलाई पायक पर्ने स्थानबाट आफूले चाहेको जति मल प्राप्त गरिरहेका छन् । उनीहरुका लागि समयमा मल, बीउ र तत्काल प्राविधिक सहयोग पाउनु नै खुसीका विषय हुन् । ती कुराहरु सहज उपलब्ध गराउनु  सरकारको दायित्व  नै हो । 

उसो त सरकारले यस वर्ष समयमै विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पु¥याएर वर्षौंदेखिको समस्यालाई अन्त्य गरेको थियो । विद्यार्थी र किसानबाट सरकारले प्राप्त गरेको ऐतिहासिक स्यावासीलाई जोगाइ राख्नु जरुरी देखिन्छ ।   

साल्ट टे«डिङ कर्पोरेशन लिमिटेडका प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले भनिन्, “प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मल अभाव हुन नदिन निरन्तर राख्नुभएको चासो, अर्थ मन्त्रालयको सहयोग, कृषिमन्त्री, कृषिमन्त्रालयसका सचिव र सहसचिवको ताकेता र समन्वयले गर्दा यसपटक रासायनिक मलको समस्या हटेको हो ।”  

रासायनिक मल आयातका लागि स्वीकृति पाएका निकायमध्येको कर्पोरेशन पनि एक हो । तत्कालीन प्रधानमन्त्री डा बाबुराम भट्टराईले कर्पोरेशनलाई पहिलो पटक रासायनिक मल आयातको लागि स्वीकृति प्रदान गर्न सहयोग र समन्वय गर्नुभएको थियो । तत्कालीन समयमा कर्पोरेशनले पहिलोपटक ८५ हजार मेट्रिक टन मल समयअगावै ल्याई आफ्ना डिपोमार्फत वितरण गरेको थियो । यसबाट कर्पोरेशनले आफ्नो चुस्त व्यवस्थापनको क्षमता पुष्टि गरेको थियो । 

कर्पोरेशनको व्यवस्थापन अत्यन्त चुस्त र पारदर्शी भएकाले त्यसपछि हरेक वर्ष सरकारले उसलाई मल आयातका लागि कोटा निर्धारण गरी स्वीकृत दिँदै आएको छ । 

“हामीलाई सरकारले सहजीकरण गरिदिएमा सरकारले भनेका समयमा भने जति  मल ल्याउन सक्छौं, यसका लागि हाम्रो व्यवस्थापन समक्ष छ”, उनले भने, “हामीले ल्याएका मलको सही प्रयोग कसरी गर्ने भन्ने बारेमा किसानलाई जानकारी पनि दिने गर्दछौँ । यसबाट किसान औधि खुसी छन् ।” 

कार्यकारी अधिकृत श्रेष्ठका अनुसार आर्थिक वर्ष २०७९/०८० मा कर्पोरेशनलाई युरिया, डिएपी र पोटास गरी कूल एकलाख ९८ हजार मेट्रिक टन मल ल्याउन सरकारले स्वीकृति दिएको थियो । सो परिमाणमध्ये अधिकांश मल भित्रिसकेको छ । स्वदेश भित्रिन बाँकी २० हजार  मेट्रिक टन युरिया, २६ हजार दुई सय ८५ मेट्रिक डिएपी र दुई हजार पाँचसय मेट्रिक टन पोटास मार्गस्थलमा रहेको र यही साउनभित्र आइसक्ने कर्पोरेशनले जनाएको छ । 

कर्पोरेशनको गोदाममा २३ हजार ५२ मेट्रिक टन युरिया, ३२ हजार पाँच सय ८५ मेट्रिक टन डिएपी र दुइहजार पाँच सय चार मेट्रिक टन पोटास गरी ५८ हजार एक सय ४१ मेट्रिक टन मौज्जाद रहेको बताइएको छ ।    

आव २०८०/०८१ को प्रथम चौमासिकका लागि सरकारले कर्पोरेशनलाई ४९ हजार मेट्रिक टन युरिया र ३० हजार मेट्रिक टन डिएपी ल्याउन स्वीकृृति दिएको छ । कर्पोरेशनको कार्यकारी अधिकृत श्रेष्ठले भन्नुभयो, “सरकारले प्रथम चौमासिकका लागि स्वीकृति दिएको मल आयातका लागि बोलपत्र गरी सम्झौता गरिसकिएको छ । अब एलसी खोल्ने क्रममा छौँ ।” 

कर्पोरेशनले ल्याएको मल प्रमुख जिल्ला अधिकारीको संयोजकमा रहने समितिले आवश्यकताका आधारमा  प्रदेश र स्थानीय पालिकाका सिफारिसमा स्थानीय ‘डिलरले’ले बिक्री वितरण गर्ने गर्दछन् ।

एक अध्ययनका अनुसार नेपालमा कृषियोग्य जमिन खुम्चिदै जाँदा पनि चार लाख मेट्रिक टन युरिया, तीनलाख मेट्रिक टन डिएपी र ८० हजार मेट्रिक टन पोटास मल खपत हुने जनाइएको छ । चालु आवको लागि सरकारले मलका लागि रु ३० अर्ब अनुदान दिने जनाएको छ ।  रासस

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कांग्रेस-एमाले गठबन्धन ब्यूँताउने गृहकार्य, राष्ट्रियसभा चुनावमा मिलेर जाने तयारी

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलनपछि कमजोर बनेको नेपाली कांग्रेससँगको सम्बन्ध पुनः जोगाउने प्रयास थालेका छन्। आन्दोलनपछि...

वीरगञ्ज महानगरपालिकाद्वारा तरकारी तथा फलफूल बजार सञ्चालन

वीरगञ्ज । वीरगञ्ज महानगरले रेल्वेसडकस्थित छपकैयाँमा निर्माण गरेको तरकारी तथा फलफूल बजार  सञ्चालनमा ल्याएको छ । वीरगञ्जमा थोकबजारको अभावलाई यसले परिपूर...

मुस्ताङमा हिउँ चितुवा अध्ययन गर्न ‘क्यामेरा ट्यापिङ’ गरिँदै

मुस्ताङ । हिमाली जिल्ला मुस्ताङमा दुर्लभ हिउँ चितुवाको सङ्ख्या पत्ता लगाउन अध्ययन सुरुआत गरिएको छ । बायोकोस नेपाल र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, ...

निर्वाचनमा होमियो प्रलोपा, तीन समिति गठन

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)ले निर्वाचन परिचालन समिति गठन गरेको छ ।  तीनकुनेस्थित केन्द्रीय कार्यालयमा बसेको पार्टीको अध्यक्ष...

नागढुङ्गा-नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने

काठमाडौँ । सडक निर्माणमा अपेक्षित प्रगति नभएपछि सरकारले नागढुङ्गा नौबिसे मलेखु सडक खण्ड आंशिक बन्द गरेर प्रक्रिया अगाडि बढाउने भएको छ ।  भौतिक पूर्...

वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि रिलायन्सको साधारण शेयर

काठमाडौँ। वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले आजदेखि साधारण शेयर बिक्री गर्ने भएको छ । कम्पनीले एक लाख १५ हज...

सार्वजनिक संस्थानमा गरेको करिब ४७ अर्ब लगानीको हिसाब गडबड

काठमाडौँ । सार्वजनिक संस्थानमा गरिएको करिब रु ४७ अर्ब सरकारी लगानीको हिसाब नमिलेको देखिएको छ । अर्थ मन्त्रालय र सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनु...

एमालेले महाधिवेशन प्रतिनिधिलाई नेता कार्यकर्ताको घर र कोठामा राख्ने

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी एमालेले आसन्न ११औँ राष्ट्रिय महाधिवेशनमा सहभागी हुन आउने प्रतिनिधिहरूका लागि बसोबासको व्यवस्थापन मिलाएको छ। यसपट...

चाडपर्वहरूले सांस्कृतिक पहिचानलाई मजबुत बनाएका छन् : प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशविदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा उधौली, योमरी पुन्हि त...

सिन्धुलीबाट सौराहा घुम्न आएकी किशोरीको होटलको छतबाट खसेर मृत्यु

चितवन  । रत्ननगर नगरपालिका–६ मा रहेको पार्क साइट होटलको छतबाट खसेर बुधबार राति १८ वर्षीया स्नेहा पाख्रिनको मृत्यु भएको छ । गम्भीर घाइते भएकी उनको उपचा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending