Khabar Dabali ८ चैत्र २०८२ आईतवार | 22nd March, 2026 Sun
Investment bank

बाढीमा बेपत्तालाई मृतक सरह राहत उपलब्ध गराउन सिफारिस

खबरडबली संवाददाता

किमाथाङ्का । सङ्खुवासभामा गत असार २ गते राति अविरल वर्षापछि आएको बाढीमा बेपत्ता भएकालाई मृतक सरह राहत उपलब्ध गराउन सिफारिस गर्ने निर्णय गरिएको छ । 

जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले बाढीपहिरामा परेर बेपत्ता भएकालाई मृतक सरह राहत उपलब्ध गराउन गृह मन्त्रालयमा सिफारिस गर्ने निर्णय गरेको हो ।  

केही दिनअघि जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीको अध्यक्षतामा बसेको विपद् व्यवस्थापन समितिको बैठकले यस्तो निर्णय गरेको हो । बाढीमा परी जिल्लाका विभिन्न स्थानका २० जना बेपत्ता भए भएका थिए । 

बेपत्ता खोजी कार्यका लागि प्रहरीले विभिन्न संयन्त्र अपनाएको थियो । बाढीमा पुरिएको वा बगाएको स्थानमा मेसिन तथा औजारको सहयोगमा खन्ने, खोज्ने र प्रहरीको तालिमप्राप्त कुकुर लगाएर खोजी गर्दा फेला पार्ने नसकेपछि समितिको बैठकले मृतक सरह राहत उपलब्ध गराउन सिफारिस गर्ने निर्णय गरेको हो । बेपत्ता भएका २० जनामध्ये एक जनाको एक महिनापछि शव फेला परेको प्रहरीले जनाएको छ । 

गत असार २ गतेदेखि हालसम्म निरन्तर रूपमा खोज तलास गर्दासमेत केही चिनोसमेत नभेटिएपछि अब मृतक सरह नै सरकारबाट राहत सुविधाका लागि अन्तिम नामावली गृह मन्त्रालय पठाउने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी तथा विपद् व्यवस्थापन समितिका अध्यक्ष कार्कीले बताए । लामो समय खोज तथा उद्धारको कार्यमा लागे पनि हालसम्म उनीहरूको अवस्था अज्ञात रहेकाले उनीहरूलाई मृतक सरह राहत उपलब्ध गराउनका लागि गृह मन्त्रालयमा सिफारिस गर्ने निर्णय गरिएको प्रजिअ कार्कीको भनाइ छ । 

बाढीमा परी सुपर हेवाखोला हाइड्रोपावरका १६, अपरहेवाखोला जलविद्युत् आयोजनाका एक, अमर कन्स्ट्रक्सन (सडक निर्माण कम्पनी) का एक जना र पहिरोमा परी सभापोखरी–३ सुनाम्लामा दुई जना गरी हालसम्म २० बेपत्ता रहेका छन् । उनीहरूलाई अब मृतक सरह राहत उपलब्ध गराउन गृह मन्त्रालयमा सिफारिस गरिएको हो । 

बाढीपहिराले सङ्खुवासभामा २९ घर विस्थापित भएका छन् । तीमध्ये १४ घर पूर्ण क्षति र १५ घरमा आंशिक क्षति भएको छ । बाढीले भौतिक संरचना बगाउँदा करोडौँको क्षतिको भएको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ । जिल्लाभर  पुल, नहर गरी २८ वटा भौतिक क्षति भएका छन् भने ठूला आयोजनाअन्तर्गतका सडक, पक्की पुल र झोलुङ्गे पुल गरी १३ वटा क्षति भएको छ । हेवाखोलाको पक्की पुल बगाउँदा पाँचखपन र चैनपुरको आवतजावत नै बन्द भएको छ । 

जिल्लाभर सुपरहेवा हाइड्रोपावर, अपरहेवा हाइड्रोपावर, पिलुवाखोला हाइड्रोपावर, मायाखोला हाइड्रोपावर, रिभर फल्स हाइड्रो पावर, शुभम् पावर हाइड्रो, लङखुवा हाइड्रो पावर, अरुण तेस्रो अडिट–२ आम्राङलगायत १३ हाइड्रो पावरमा करोडौँ रूपैयाँ बराबरको क्षति भएको छ भने तीन वटा ठूला खानेपानी आयोजनामा क्षति पुगेको जिल्ला विपद् व्यवस्थापन समितिले उल्लेख गरेको छ ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सवारीसाधान आवागमनमा रोक लगाएर धुलिखेल-खावा सडक स्तरोन्नति थालियो

काभ्रे । अरनिको राजमार्गअन्तर्गत यहाँस्थित धुलिखेल–खावा सडकखण्डमा सवारीसाधान आवागमनमा रोक लगाई स्तरोन्नति थालिएको छ । यसका लागि डिभिजन सडक कार्यालय भक...

घर घरमै चिकित्सा सेवा पुर्‍याउँदै डा चेवन

झापा । उपचारका लागि बारम्बार धाइरहनुपर्ने अवस्थाका बिरामीलाई अस्पतालको सेवा घरमै पुर्याउने सोचबाट स्थापना भएको ‘जीवन रक्षा होम केयर’ झापामा लोकप्रिय ब...

पाल्पा टिपर दुर्घटनाः मृतकको सङ्ख्या चार पुग्यो

 पाल्पा । पाल्पामा शनिबार  बेलुकी भएको टिपर दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ ।  मृत्यु हुनेमा अर्घाखाँचीको शीतगङ्गा नगरपालिका–४ सिद्धा...

ब्रोइलर कुखुराबाट वार्षिक ५८ अर्ब आम्दानी

काठमाडौं । नेपालमा कुखुरापालक किसानले ब्रोइलर कुखुरा बेचेर वार्षिक करिब ५८ अर्ब आम्दानी गर्ने गरेका छन्। कुखुरापालनमा व्यवसायिकीकरण भएसँगै किसानले कुख...

नेपाली भूमि लिपुलेक पास हुँदै चीनसँग व्यापार खुलाउने भारतको तयारी

काठमाडौँ । नेपालको विरोधका बाबजुद भारतले लिपुलेक पास हुँदै चीनसँग व्यापारको तयारी गरेको छ । लिपुलेक पास नेपालको पश्चिमी सीमा लिम्पियाधुराबाट ५६ किलोमि...

कांग्रेसमा ब्युँतियो विवाद- गगनलाई काउन्टर दिन पुरानै केन्द्रीय समिति बैठक राख्दै देउवा पक्ष

काठमाडौं । विशेष महाधिवेशनपछि सुरु भएको प्रतिनिधिसभा निर्वाचन प्रक्रियाले सुस्तिएको कांग्रेसभित्रको आन्तरिक विवादलाई पुनः सतहमा ल्याएको छ ।  निर्वा...

कांग्रेस बैठक- सभापति थापाको राजीनामा अस्वीकृत गर्ने

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आजपनि बस्दै छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बिहान ८ः३० बजदेखि बैठक सुरु हुनेछ।  यसअ...

बस्ती संरक्षण गर्न १४ स्थानमा तटबन्ध

बागलुङ। चालु आर्थिक वर्षमा बागलुङका १४ स्थानमा बस्ती संरक्षणका लागि तटबन्ध गर्न थालिएको छ। बर्खाको समयमा कटानको जोखिममा रहेकाले बस्ती संरक्षण गर्न ...

पौवादुङमाका किसान उद्यममा जोडिदै

भोजपुर। पौवादुङमा गाउँपालिकाले किसानलाई लक्षित गर्दै सञ्चालन गरेको उन्नत जातका गाई वितरण कार्यक्रमले यहाँका ग्रामीण बस्तीमा आर्थिक गतिविधि विस्तार गर्...

आज कोशी र लुम्बिनी प्रदेशमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणाली साथै स्थानीय वायुको प्रभाव छ ।  साथै  कोशी, मधेस र बागमती प्रदेशलगायतका पहाडी र हिमाली भूभागमा साधारणत...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: