Khabar Dabali २ जेष्ठ २०८३ शनिबार | 16th May, 2026 Sat
Investment bank

भारतमा मूल्य अकासिएपछि नेपालबाट गोलभेँडा तस्करी !

खबरडबली संवाददाता

काठमाडौं । भारतमा गोलभेँडाको मूल्य अकासिएपछि उत्तर प्रदेशसँग जोडिएको नेपाल-भारत सीमामा यसको तस्करी बढेको छ। भारतमा गोलभेँडाको मूल्य ग्रामीण क्षेत्रमा प्रतिकिलो १५० भारतीय रुपैयाँ र सहरी क्षेत्रमा २०० भारतीय रुपैयाँ पुगेको छ ।

यसले सर्वसाधारणलाई मार पारे पनि तस्करहरूले भने कमाउने अवसर पाए जस्तो देखिन्छ। हालै झन्डै ३,००० केजीभन्दा बढी टमाटर भरिएका दुईवटा पिकअप ट्रक सीमा क्षेत्रबाट नियन्त्रणमा लिइएको छ।

पश्चिम नेपालको नेपालगन्जस्थित बीबीसी संवाददाता विमला चौधरी त्यहाँका तरकारी व्यवसायीले नेपालबाट ठूलो परिमाणमा टमाटर भारत पठाउने गरेको बताउँछिन्। नेपालगन्जको तरकारी बजारमा अहिले गोलभेँडाको मूल्य प्रतिकिलो ६० रुपैयाँजति छ। सीमापारि भारतमा त्यसको मूल्य ३२० रुपैयाँ (२०० भारतीय रुपैयाँ) रहेको व्यवसायीहरू बताउँछन्।

सल्यानको कपुरकोटबाट ट्रकमा ढुवानी भएर आउने टमाटरमध्ये ६० प्रतिशत नेपालगन्जमा खपत हुने र ४० प्रतिशत भारतमा निकासी हुने गरेको व्यापारी मोहम्मद सलिम राईले बताए।

झन्डै एक महिनादेखि नेपालबाट त्यसरी गोलभेँडा भारत पठाइँदै आएको उनले बताए। नेपालगन्जको रानीतलाउस्थित तरकारी बजार व्यवस्थापन समितिका अध्यक्ष मोतीसरा थापाले नेपालगन्जबाट दैनिक १५ देखि २० टन टमाटर भारत पठाइने गरेको बताइन्।

तर उनका अनुसार अहिले नेपालगन्ज भन्सार कार्यालयले गरेको कडाइका कारण गोलभेँडा निकास गर्न कठिन भएको छ।

तस्करीको बाटो: महाराजगन्ज र गोरखपुर

उत्तर प्रदेशको महाराजगन्ज जिल्लाका स्थानीय पत्रकार आशिष सोनीका अनुसार नेपाल-भारत सीमामा जुन महिनादेखि गोलभेँडा तस्करी भइरहेको छ । पत्रकार सोनीलाई सीमामा गोलभेँडा तस्करी गर्ने एक युवाले बताएअनुसार “नेपालमा गोलभेँडा प्रतिकिलो ४० देखि ६० नेपाली रुपैयाँमा पाइन्छ।”

ती युवक भन्छन् , “नेपालको रूपन्देही, सल्यान र अर्घाखाँचीका बजारबाट गोलभेँडा किनेर भारत पठाइन्छ। भारतका महाराजगन्ज र गोरखपुरको तरकारीबजारमा प्रतिकिलो ७० देखि ८० भारतीय रुपैयाँमा बिक्री हुने गरेको छ।” तर के चीनबाट नेपाल आएको गोलभेँडा पनि भारत पुगिरहेको छ? 

यसबारे नेपालका तरकारी व्यवसायी र सीमापार काम गर्ने मानिसहरूले "भारत पुग्ने गोलभेँडा नेपालको बुटवल बजार र स्थानीय किसानका खेतबारीको रहेको" बताए।

नेपालमा गोलभेँडा खेती ठूलो मात्रामा हुने र भारतीय बजारमा अहिले मूल्य बढेकाले मात्रै नेपालबाट गोलभेँडा तस्करी हुने गरेको स्थानीय पत्रकारहरू बताउँछन्। उनीहरूले हाल गोलभेँडा मात्र नभई बन्दा र काँक्रो पनि तस्करी हुने गरेको बताए।

सोनौली जाँच चौकीबाट तस्करी?

उत्तर प्रदेशको महाराजगन्ज जिल्ला नेपाल–भारत सीमामा छ। उक्त जिल्लाको झन्डै ८४ किलोमिटर भागमा नेपाल र भारतबीच खुला सीमा छ। महाराजगन्ज नेपालको दक्षिणमा र उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको क्षेत्र गोरखपुरको उत्तरमा पर्छ।

यहाँ दुई देशबीच मुख्य दुईवटा सीमा जाँच चौकी छन्। तीमध्ये सबैभन्दा प्रचलित नाका सोनौली हो। सोनौलीबाट नेपालको भैरहवा केही किलोमिटरको दूरमा मात्र छ। अर्को नाका ठूठीबारी हो।

सीमामा भारततर्फ सशस्त्र सीमा बल, भन्सार, यूपी प्रहरी लगायतले सुरक्षा व्यवस्था र आयात–निर्यातको निगरानी राख्छन्। तर खुला सीमाका कारण यहाँ तस्करी सहज हुने गरेको छ। तस्करहरूले दुवै देशको बजार हेरिरहेका हुन्छन् र दुई देशबीच मूल्य फरक भए समान मूल्यमा तस्करी गर्न थाल्छन्।

सीमावर्ती गाउँपालिकामा बसोबास गर्ने व्यापारी, बेरोजगार र गाउँलेहरू यस्ता गतिविधिमा संलग्न हुने गरेका छन् । स्थानीय बासिन्दालाई सीमा आसपासका हरेक सडकपेटी र गल्लीबारे जानकारी भएकाले सजिलै सामान ओसारपसार गर्न सक्ने बताइन्छ।

अरू के कुराको तस्करी हुन्छ?

एक वर्ष पहिले ठूलो मात्रामा केराउ तस्करी भइरहेको समाचार आएको थियो। केराउ व्यापारमा अधिकांश सीमावर्ती युवाहरू संलग्न रहेको प्रहरीको दाबी छ। केराउ क्यानडाबाट आयात गरिएको थियो र भारत हुँदै नेपाल लगिएको थियो।

बिहानै र अँध्यारोमा सिमानामा सवारीसाधन तयार राखिने र मौका मिल्नासाथ सीमापार गरेर भारतीय बजारका गोदाममा जम्मा गर्ने गरिएको बताइन्छ । यो केराउ नेपालबाट लगेर भारतका कुनाकुनामा बेचिन्थ्यो। 

धेरै पटक सीमामा कडाइ गर्नका लागि सुरक्षाकर्मीका गस्ती बढाइएपछि तस्करहरूले स्थानीय मानिसहरूलाई प्रयोग गरे। उनीहरूले नेपालको बगैँचामा केराउ लुकाएर राख्थे र मौका मिल्नासाथ साइकलमा बोरा राखेर भारततिर ओसार्ने गर्थे। 

पछिल्लो समय ती सीमाक्षेत्रमा "चिनियाँ स्याउ"को तस्करी ह्वात्तै बढेको बताइन्छ। तर अधिकारीहरू ती स्याउ चीनमा उत्पादित भए नभएको पुष्टि गर्न नसकिएको बताउँछन्। 

नेपालबाट आउने स्याउ प्रतिकिलो ६० देखि ७० भारतीय रुपैयाँमा आउने गरेको थियो भने भारतीय बजारमा १०० देखि १२० भारतीय रुपैयाँमा बिक्री हुने गरेको थियो । त्यसैगरी चिनी र युरियाको तस्करी पनि बेलाबेलामा तीव्र गतिमा भइरहेको छ। यसका लागि लखिमपुर खेरीसँग जोडिएको भारत-नेपालको सीमा क्षेत्र चर्चित छ। 

नियम

नेपालगन्ज भन्सार कार्यालयका सूचना अधिकारी डिल्लुप्रसाद शर्मा भने नेपालबाट भारतमा टमाटर पठाएको कुनै जानकारी नआएको बताउँछन्। उनले भने, “हामीसँग भारतबाट आएको तरकारीको विवरण छ तर नेपालबाट तरकारी पठाएको अभिलेख छैन।”

कृषक सङ्गठनकी मोतीसरा थापा भन्छिन्, "नेपालमा ठूलो परिमाणमा उत्पादन हुने तरकारी भन्सारमार्फत् पठाउन नपाएपछि हामी नेपाली किसान समस्यामा परेका छौँ।" निकासीमा प्रतिबन्धका कारण गोलभेँडा नेपालमा सस्तो भएको थापाले बताइन्।

एक भारतीय भन्सार आयुक्त आरती सक्सेना नेपाल–भारत सीमामा निश्चित आयातनिर्यात नाका रहेकाले एसएसआई प्रमाणपत्रबिना कुनै पनि आयातकर्ताले आयात गर्न नपाउने बताउँछिन्।

यी तोकिएका बिन्दुहरूलाई भूमि भन्सार स्टेशन अर्थात् एलसीएस भनिन्छ। तर नेपाल–भारत सीमा लामो छ र दुई देशबीच मानिसको आवतजावत उच्च रहने गर्छ। लखनऊ भन्सार कार्यालयले उत्तराखण्ड र उत्तर प्रदेश राज्यहरूको सिमानामा रहेका सबै नेपाल-भारत सीमाको निगरानी गर्ने गर्छ।

तर भन्सार विभागका अधिकृतको उपस्थिति तोकिएका निश्चित ठाउँमा मात्रै छ र सशस्त्र बलजस्तै ती पूरै सीमा क्षेत्रमा उपस्थित हुँदैनन्। बीबीसी

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending