Khabar Dabali ५ पुष २०८२ शनिबार | 20th December, 2025 Sat
Investment bank

के हो लम्पी स्किन ? कसरी बचाउने पशु चौपाया ?

खबरडबली संवाददाता

काठमाडौं । यत्तिखेर  देशभर पशुचौंपायमा लम्पी स्किन रोग देखा परेकाे छ ।  ७७ वटै जिल्लामा फैलिएको याे राेग विशेष गरी सुलुरपश्चिम प्रदेश धेरै प्रभावित बनेकाे छ ।

लम्पीस्किन रोगबाट हाल सम्म देशभर २८ हजारभन्दा बढी पशु चौंपायाहरु मरीसकेका छन् भने अर्बौ रुपैंयाको क्षती भइसकेको छ । हलसम्म ७ लाख ४२ हजार १ सय २४ पशु सक्रमित भइसकेका छन्  । अहिले पनि यस रोगबाट २ लाख, ३२ हजार ३ सय ९ पशु चौंपायाहरु सकृय संक्रमित रहेकाे पशु सेवा विभागका बरिष्ठ पशु विकास अधिकृत डा. चन्द्र ढकालले बताए । विभागका अनुसार हालसम्म दुई लाख ५० हजार ७ सय पशुमा खोप लगाइसकिएको छ ।

पशु सेवा विभागले यस प्रकोपबाट बचाउनका लागि विभिन्न उपायहरू सुझाएको छ । संक्रमित पशुहरूलाई अलग्गै राखेर उपचार गर्नेदेखि संक्रमति पशु चौपायाहरूलाई रोगको प्रकृति हेरेर उपचार गर्न विभागले सुझाव दिएको छ । 

लम्पी स्किन रोग सङ्क्रमित पशुहरुको उपचारको लागि प्रयोग गर्न सकिने उपचार विधि

लम्पी स्किन रोग गाई/गोरू / राँगा/भैंसीमा क्याप्रीपक्स भाइरस अन्तर्गतको लम्पी स्कीन डिजिज भाइरसका कारण लाग्ने रोग हो। यो रोग सामान्यतया टोक्ने वा रगत चुस्ने झिँगा (डाँस), लामखुट्टे, किर्ना, भुसुना जस्ता किराहरूको टोकाइ, सङ्क्रमित पशु एक स्थानबाट अन्यत्र लैजाँदा वा सङ्क्रमित पशुको सम्पर्कमा आएका अन्य पशुमा सजिलै सरी छोटो समयमा धेरै स्थानमा फैलिन सक्ने प्रकृतिको भएकोले यस रोगको शीघ्र पहिचान तथा नियन्त्रण गर्न आवश्यक छ ।

हाल नेपालका अधिकांश जिल्लामा यो रोग देखा परेको सन्दर्भमा फिल्डस्तरमा कार्यरत प्राविधिकहरूले सङ्क्रमित पशुहरुको उपचारको लागि निम्नानुसारको उपचार विधिको प्रयोग गर्न सकिने जानकारी गराईन्छ ।

रोग देखिएका पशुलाई गरिने उपचार विधिः
१. रोगी पशुलाई निरोगी पशुबाट छुट्टाई अलग्गै राख्ने

२. रोगी पशुलाई प्रशस्त मात्रामा पानी, कुँडो वा नरम घाँस, झोलिलो पदार्थ, सख्खर / गुँड पानी, इलोक्ट्रोलाइट खुवाउने
३. ज्वरो आएको पशुलाई आराम गराउने, जोत्ने, गाडा तान्ने काममा नलगाउने

४. रोगको लक्षणका आधारमा देहाय अनुसारको उपचार गर्ने

ज्वरो घटाउनका लागि

बजारमा उपलब्ध हुने पारासिटामोल १५०० एमजी र मेलोक्सिकेम १०० एमजी भएको बोलस वा इन्जेक्सन: 

ठूला पशु: २ बोलस हरेक ८ घण्टाको फरकमा खुवाउने वा १ एमएल प्रति १० केजी वा ताैल अनुसार सुई लगाउने ।

पाडापाडी/बाच्छाबाच्छी: १ बोलस हरेक ८ घण्टाको फरकमा मुखबाट खुवाउने वा १ एमएल प्रति १० केजी वा ताैल अनुसार सुई लगाउने ।  ८ घण्टाको फरकमा औंषधि दिँदा ज्वरो कम नभएमा ४ देखि ६ घण्टाको फरकमा पुनः प्रयोग गर्ने।
शरीरमा चिसो पानीमा भिजाइएको कपडा, बोरा प्रयोग गरी पानी पट्टी लगाउने ।

गाँठा गुठी/गिर्खा र चिलाउने कम गर्नका लागि
Chlorpheniramine maleate Pheniramine maleate:  

ठूला पशु: १०-१५ एमएल  २४ घण्टाको फरकमा सुई लगाउने
पाडापाडी/बाच्छाबाच्छी: ३-५ एमएल २४ घण्टाको फरकमा सुई लगाउने

दाना पानी खान नसकेका र अत्यन्तै कमजोर पशुमा २० प्रतिशत रिन्टोज / डेकस्ट्रोज सलाईन दिने

उच्च ज्वरो नभएको अवस्थामा Ivermectin 1% – 1ml/50kg bodyweight अनुसार १ पटक सुईबाट प्रयोग गर्ने

फुटेको तथा आलो घाउ सफा गरी एन्टिसेप्टिक र झिँगा नबस्ने (Fly Repellant ) मलहम वा स्प्रे प्रयोग गर्ने

भिटामिन ई र सेलेनियम मिसिएको बोलस खुवाउने वा सुई लगाउने

छाला, फोक्सो, पाचन प्रणाली, मुत्र प्रणालीमा सङ्क्रमण भएमा

गर्भिणी वा दुध दिने बाहेकका पशुमाः
Oxytetracycline plain 1 ml/ 5kg bodyweight दिनको २ पटक ३ देखि ५ सुई लगाउने वा Oxytetracycline Long Acting 1ml/ 10kg bodyweight ७२ घण्टाको फरकमा दुई पटक सुई लगाउने
अथवा Tetracycline Bolus 500 mg:
ठूला पशुलाई:- २ बोलस दिनको २ पटक खुवाउने
पाडापाडी/बाच्छाबाच्छीः- १ बोलस दिनको २ पटक खुवाउने
गर्भिणी वा दूध दिने पशुमाः
Procaine Penicillin 1ml/ 20kg bodyweight दिनको २ पटक ३ देखि ५ दिनसम्म सुई लगाउने वा
Procaine Penicillin Long Acting 1ml/ 20kg bodyweight ४८ घण्टाको फरकमा दुई पटक सुई लगाउने
माथि उल्लेखित औषधि नपाए Amoxicillin तथा Ampicillin पनि प्रयोग गर्न सकिने

सङ्क्रमण रोकथामका उपायः

१. सङ्क्रमित क्षेत्र भन्दा बाहिरका स्वस्थ ३ महिनाभन्दा बढी उमेर समूहका पशुलाई उत्पादकले तोकेको मात्रामा लम्पी स्किन विरूद्ध वर्षेनि खोप लगाउने

२. गर्भिणी सङ्क्रमित पशुबाट जन्मेका बाच्छबाच्छी / पाडापाडीलाई ४ महिनापछि खोप लगाउने

३. सङ्क्रमणबाट निको भएका पशुलाई १ वर्ष पछाडी मात्र खोप लगाउने

४. गोठमा झिँगा, लामखुट्टे, भुसुना लाग्न नदिन गोठ वरिपरि धुँवा लगाउने

५. गोठमा अनावश्यक व्यक्तिलाई आवतजावत गर्न नदिने, रोगी पशुलाई सामुहिक चरन / खर्क आहालमा नलैजाने

६. सङ्क्रमित क्षेत्रबाट पशुको ओसारपसार नगर्ने/नगराउने

७. सङ्क्रमित साँढे वा राँगो रोग निको नभएसम्म प्रजनन्‌को लागि प्रयोग नगर्ने/नगराउने

८. गोठखोर सफा राखी नियमित फिनेल पानी छर्किने

९. नयाँ पशु गोठमा भित्राउँदा बथानमा नमिसाई कम्तिमा २८ दिन अलग्गै राख्ने

१०. मरेका पशु र लसपस भएको सोत्तरलाई गहिरो खाडलमा पुर्ने

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

फैजुल्लाह आलमको निधनले प्रेस सेन्टर नेपालमा शोक

काठमाडौँ ।  प्रेस सेन्टर नेपालका साधारण सदस्य र अनुभवी फोटो पत्रकार फैजुल्लाह आलमको ५३ वर्षको अल्पायुमै निधन भएको छ। उनका निधनले संगठन र नेपाली पत्रका...

चिनी माग्ने बहानामा घर पसेर ९० भन्दा बढी चोट

झापा विद्रोहको रक्तरञ्जित शिकार बने सहिद उद्रकान्त राजवंशी

शेयर बजारमा ठगी र कृत्रिम मूल्य वृद्धि: ४९ लाख अवैध नाफा कमाएको आरोपमा दिपेन्द्र अग्रवाल पक्राउ

काठमाडौँ । धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसूरमा संलग्न रहेको आरोपमा दिपेन्द्र अग्रवाल पक्राउ परेका छन् । नेपाल धितोपत्र बोर्ड (सेबोन)को प्रारम...

जेन्जी आन्दोलनमा कारागारबाट फरार कैदीको लुटधन्दा, सुन पसलमा गोली प्रहार

रुपन्देही । दाङको लमही नगरपालिका–५ स्थित ‘जुनतारा सुनचाँदी’ पसलमा गोली प्रहार गर्ने व्यक्ति जेन्जी आन्दोलनका क्रममा कारागारबाट फरार भएका कैदी रहेको खु...

यस्तो छ आज कालीमाटीमा तरकारी र फलफूलको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्र...

बाँसका भौतिक संरचना निर्माण मार्गदर्शन सार्वजनिक भएपछि उत्साहित दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका

खोटाङ । नेपाल सरकारले बाँसबाट निर्माण हुने भौतिक संरचनाको डिजाइनसम्बन्धी मार्गदर्शन–२०८२ सार्वजनिक गरेपछि दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका जनप्रति...

धरौटीमा रिहा भएपछि रवि लामिछानेको पहिलो राजनीतिक कार्यक्रम, आज चितवनमा ‘विशेष सम्बोधन’ गर्ने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज चितवनको भरतपुर महानगरपालिका–१० स्थित चौबीसकोटीमा विशेष कार्यक्रम आयोजना गर्दैछ । बिहान ११ बजे सुर...

निर्वाचन आउन ७५ दिन बाँकी: देशभर १० हजार ९६७ मतदानस्थल तोकियो

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभर कूल १० हजार ९६७ मतदानस्थल कायम गरिएको छ । निर्वाचन आयोगले मतदातालाई सहज रू...

प्रधानमन्त्री कार्कीको १०० दिने दाबी: सुशासन र निर्वाचन सरकारको अर्जुन दृष्टि

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले जेन्जी आन्दोलनको भावनाअनुसार वर्तमान सरकारले सुशासन र निष्पक्ष निर्वाचनलाई आफ्नो अर्जुन दृष्टि बनाएको बताएकी ...

नेकपाको एकता सन्देश सभा आज काठमाडौँमा, ५० हजार सहभागी हुने दाबी

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज काठमाडौँमा एकता सन्देश सभा आयोजना गर्दैछ । भृकुटीमण्डपमा हुने उक्त सभामा करिब ५० हजार जनाको सहभागिता ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending