Khabar Dabali २७ श्रावण २०८३ बुधबार | 12th August, 2026 Wed
Investment bank

कामदारको भेषमा २० दिनसम्म गोविन्दाको घरमा एक युवती

खबरडबली संवाददाता

काठमाडौं । बलिउड अभिनेता गोविन्दा ९० को दशकका चर्चित स्टार मध्येका एक थिए । उनको फ्यान फलोइङ यति धेरै थियो कि उनको घर बाहिर वा फिल्मको सेटमा उनको एक झलक पाउन फ्यानहरू खासगरी केटीहरू लाइनमा उभिएर बसेका हुन्थे ।

गोविन्दाकी श्रीमती सुनिताले एक अन्तरवार्तामा अभिनेतालाई स्टेजमा देखेपछि केटीहरू बेहोस हुने गरेको बताएकी छन् । एकपटक एउटी महिला फ्यान उनीहरूको घरमा २० दिनसम्म घरेलु कामदार बनेर बसेको पनि उनले बताइन् ।  ‘हाम्रो घरमा एउटी केटी २०–२२ दिनसम्म काम गर्न बसिन् । उनी हेर्दा हुनेखाने परिवारको जस्तो देखिन्थिन् । ती केटीलाई भाँडाकुँडा धुन आउँदैनथ्यो, न त घर कसरी सफा गर्ने भन्ने नै थाहा छ भनेर मैले सासू आमालाई भनेँ । उनी जवान थिइन् । तर मेरो मनमा शङ्का पलाइरहेको थियो’ सुनिताले भनिन् ।

हरेक दिन ती केटी ढिलोसम्म जागा बसेर गोविन्दालाई पर्खिन्थिन् । यो देखेर आफू छक्क पर्थे । उनी को हुन्, के हुन् भन्ने सकसक बढ्दै गएपछि सुनिताले  उनको ब्याकग्राउण्ड चेक गरिन् । यस क्रममा उनी गोविन्दाको फ्यान भएको र कुनै ठुला मन्त्रीकी छोरी भएको थाहा पाइन् । युवतीलाई केरकार गरेपछि उनी रुन थालिन् । यो घटना सार्वजनिक भएपछि ती युवतीका पिता चार–चारवटा कार लिएर उनलाई लिन आएका थिए।

चार वर्षदेखि फिल्ममा देखिएका छैनन् गोविन्दा

आफ्नो ३७ वर्षको करियरमा गोविन्दाले करिब १७० चलचित्रमा काम गरेका छन् । उनको अघिल्लो फिल्म चार वर्षअघि २०१९ मा आएको रंगीला राजा थियो । यो फिल्म फ्लप भयो । त्यसपछि गोविन्दाले कुनै फिल्ममा काम पाएका छैनन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रगताम्ये जुुत्ता चप्पलः कप्तानगञ्जको गोलीकाण्डदेखि मधेशको मौन आक्रोशसम्म

काठमाडौं । रातको समय थियो । दिनभरको काम सकेर मानिसहरू घर फर्किसकेका थिए । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा पनि बस्ती विस्तारै निदाउने तयार...

वरिष्ठ साहित्यकार डा. राजेन्द्र बिमलको निधन

जनकपुरधाम । नेपाली, मैथिली र हिन्दी साहित्यका अध्येता तथा वरिष्ठ साहित्यकार डा. राजेन्द्र बिमल अब रहेनन् । ७९ वर्षको उमेरमा सोमबार राति उनको निधन भएको...

कालीमाटीमा पार्सलेको मूल्य १ हजार ५ सयसम्म, आलु ३५ रुपैयाँदेखि

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजारमा आज विभिन्न कृषि उपजको थोक मूल्य सार्वजनिक भएको छ। बजारमा तरकारी, फलफूल, सागसब्जी तथा माछाको मूल्यमा वस्तु ...

च्यातिएको कपडा, सादा जीवन : हर्क साम्पाङको फरक पहिचान

काठमाडौं ।  सार्वजनिक जीवनमा रहेका व्यक्तिको पहिरन प्रायः उसको व्यक्तित्व र हैसियतसँग जोडेर हेरिन्छ। महँगा कपडा, आकर्षक जुत्ता र चिटिक्क परेको पहिरन र...

स्याङ्जामा ‘एक सामुदायिक वन–एक पोखरी’, ३४ पोखरीले जोगाउँदै पानीका मुहान

स्याङ्जा । कुनै समय जंगलको माथिल्लो भागमा पानीका मुहान भेटिन्थे, तलका बस्तीमा धाराहरू चल्थे । तर पछिल्ला वर्षमा अवस्था फेरिँदै गएको छ । पानी पर्ने समय...

आहारा बढेपछि शुक्लाफाँटामा बढ्दै बाघ, चार वर्षमै १४ थपिए

कञ्चनपुर । कुनै समय शुक्लाफाँटाको जंगलमा बाघको संख्या घट्दै जान थालेपछि चिन्ता थियो। अहिले अवस्था फेरिएको छ। जंगलमा आहारा बढेको छ, पानीको पर्याप्त स्र...

बढ्यो अण्डाको मूल्य, प्रतिक्रेट ५६० रुपैयाँ पुग्यो

चितवन । बजारमा अण्डाको माग बढेसँगै व्यवसायीले अण्डाको समर्थन मूल्य बढाएका छन्। नेपाल लेयर्स कुखुरापालक सङ्घले मंगलबारदेखि लागू हुने गरी अण्डाको नयाँ स...

दुई साता बित्दा पनि कर्णाली सरकार अधुरै, मुख्यमन्त्री शाहीमाथि आफ्नै दल र एमालेको दबाब

सुर्खेत । मुख्यमन्त्री नियुक्त भएको दुई साता बितिसक्दा पनि मन्त्रिपरिषद् विस्तार गर्न नसकेपछि कर्णालीका मुख्यमन्त्री मंगलबहादुर शाहीमाथि राजनीतिक दबाब...

ब्रोड पिक हिमपहिरोमा ज्यान गुमाएका तीन नेपालीको शव आज काठमाडौं ल्याइँदै

काठमाडौं । पाकिस्तानको ब्रोड पिकमा हिमपहिरोमा परी ज्यान गुमाएका तीन नेपाली आरोहीको शव आज काठमाडौं ल्याइँदै छ। गत साउन १४ गते ब्रोड पिकमा गएको हिमपह...

कोलम्बियामा शक्तिशाली भूकम्प : १११ जनाको मृत्यु, सयौँ घाइते, हजारौँ घरमा क्षति

काठमाडौं । कोलम्बियाको पश्चिमी क्षेत्रमा गएको शक्तिशाली ७.४ म्याग्निच्युडको भूकम्पले ठूलो मानवीय तथा भौतिक क्षति पुर्‍याएको छ। भूकम्पमा परी कम्तीमा ११...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending