Khabar Dabali २६ फाल्गुन २०८२ मंगलवार | 10th March, 2026 Tue
Investment bank

८७ मेगावाटको लान्द्रुक मोदीमा जुट्यो लगानी

खबरडबली संवाददाता

काठमाडौँ । सिंगटी हाइड्रो इनर्जी लिमिटेडको मुख्य लगानी रहेको कास्कीस्थित अन्नपुर्ण गाउँपालिकामा निर्माण हुने ८६.५९ मेगावाटको लान्द्रुक मोदी जलविद्युत आयोजनामा वित्तिय व्यवस्थापन सम्पन्न भएको छ । 

सिंगटी हाइड्रो इनर्जी लिमिटेडको मुख्य लगानी रहेको लान्द्रुक मोदी जलविद्युत आयोजनामा माछापुछ्रे बैंकको नेतृत्वमा ६ वटा बैंकले लगानी गर्ने गरी वित्तिय व्यवस्थापन सम्पन्न भएको हो । आइतबार आयोजनाको प्रवर्धक कम्पनी अन्नपुर्ण विद्युत विकास प्रालिका कार्यकारी अध्यक्ष बटु लामिछाने र माछापुछ्रे बैंक लिमिटेडको तर्फबाट बिनित कुमार झाले लगानी सम्झौतामा हस्ताक्षर गर्दै वित्तिय व्यवस्थापन टुंग्याएका हुन् ।

१६ अर्व ४० करोड लागत अनुमान गरिएको आयोजनामा बैंकहरुले ७५ प्रतिशत अर्थात १२ अर्ब २० करोड लगानी गर्ने छन् भने बाँकी २५ प्रतिशत सिंगटी हाइड्रोसहित प्रबर्धक कम्पनी र अन्य प्रमोटर लगानीकर्ताहरुले व्यवस्थापन गर्ने सिंगटी हाइड्रो इनर्जी लीमिटेडले जनाएको छ ।  

आयोजनामा ग्लोवल आइएमई, एभरेष्ट, एसबीआई, कृषि विकास र लुम्बीनी विकास बैंक समेत सहभागी भएका छन् । अन्नपुर्ण विद्युत विकास प्रालिद्धारा प्रबर्धित लान्द्रुक मोदी जलविद्युत आयोजना कास्की जिल्लाको अन्नपुर्ण गाउँपालिकामा पर्दछ । जलविद्युत विज्ञहरुका अनुसार यो आयोजना विश्वकै तेस्रो हाई हेड प्रोजेक्ट र नेपालको हकमा भने पहिलो अर्थात सबैभन्दा धेरै उचाइ भएको आयोजना हो । 

उक्त आयोजनाको हेडवक्स देखि विद्युत गृहसम्मको बास्तविक उचाई १४ सय १८ मिटर रहेको छ । नेपाली जलविद्युत आयोजनाहरुमा यो लेभलको उचाई सबै भन्दा धेरै हो । नेपाल विद्युत प्राधिकरणसँग यस अघिनै विद्युत खरिद सम्झौता पिपिए भैसकेको यो आयोजनामा आगामी कात्र्तिक महिनाबाट भौतिक निर्माणको काम सुरु हुने प्रबर्धक कम्पनी अन्नपुर्ण विद्युत विकासले जनाएको छ ।
 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

समानुपातिक सिट बाँडफाँट : कुन दलबाट कति महिला सांसद ?

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिक मतगणना अन्तिम चरणमा पुगेको छ । निर्वाचन आयोग का अनुसार मंगलबार अबेरसम्म मतगणना सकिने अनुमान छ । हा...

समानुपातिकतर्फ श्रम संस्कृति पार्टीलाई मधेसबाट ९ हजार १०३ मत, कुन क्षेत्रमा कति ?

काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनअन्तर्गत प्रत्यक्षतर्फको मत परिणाम सार्वजनिक भइसकेको छ भने समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ । जेनजी आ...

संखुवासभा–१ मा एमालेका अर्जुन कुमार कार्की विजयी

काठमाडौँ । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत संखुवासभा निर्वाचन क्षेत्र नं। १ बाट नेकपा (एमाले) का उम्मेदवार अर्जुन कुमार कार्की विजयी भएका छन् । कार्की...

धनुषा–१ मा नेकपाका मातृका यादव विजयी

काठमाडौं । धनुषा–१ मा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार मातृकाप्रसाद यादव विजयी घोषित भएका छन्। सर्वोच्च अदालतले अन्तरिम आदेश जारी नगरे...

खोटाङमा श्रम संस्कृति पार्टीलाई अर्काे सफलता

काठमाडौं । प्रतिनिधिसभातर्फ एउटै निर्वाचन क्षेत्र रहेको खोटाङ मा श्रम संस्कृति पार्टी ले प्रत्यक्षसँगै समानुपातिकतर्फ पनि अग्रता कायम गरेको छ। प्रत...

दुई मेयरसहित तीन स्थानीय जनप्रतिनिधिको सफलता, ११ स्थान पदविहीन

काठमाडौँ । स्थानीय तहको कार्यकाल बाँकी छँदै प्रतिनिधिसभा यात्रा तय गर्ने आकांक्षासहित चुनावी मैदानमा उत्रिएका अधिकांश जनप्रतिनिधि असफल भएका छन्। पदबाट...

एक लाख जरिबानामा पर्योे सेतोपाटी

काठमाडौं । निर्वाचन आयोगले सेतोपाटी सञ्चार प्रालिलाई एक लाख रूपैयाँ जरिबाना तोकेको छ । आयोगले सेतोपाटीले निर्वाचन आचारसंहिता २०८२ को दफा ४ को दण्ड (त)...

सभापतिबाट राजीनामा दिने तयारीमा गगन

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनमा पराजय व्यहोरेसँगै सभापति गगन थापा पदबाट राजीनामा दिने तयारीमा पुगेका छन् । अहिले नयाँ बानेश्वरमा उपसभापति ...

बाफलमा स्कुटर दुर्घटना हुँदा एक महिलाको मृत्यु

काठमाडौं । काठमाडौंको बाफलमा स्कुटर दुर्घटना हुँदा आज एक महिलाको मृत्यु भएको छ । काठमाडौं महानगरपालिका–१३ बाफलस्थित सडकमा बाप्र ०२–०४९ प १६३५ नम्बर...

भीम रावलको चुनावी खर्च १२ लाख नजिक

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता भीम रावलले निर्वाचन आयोगमा आफ्नो चुनावी खर्च विवरण बुझाएका छन् । अछाम जिल्ला, प्रतिनिधिसभा निर्वाचन क्षे...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE