Ntc summer Offer
Khabar Dabali १ आश्विन २०८१ मंगलवार | 17th September, 2024 Tue
NIMB

मान्छे मर्दा एकाेहाेराे शंख नबजाउने काभ्रेकाे नाला

खबरडबली संवाददाता

काभ्रेपलाञ्चोक । बनेपा नगरपालिका–३, नालामा मानिसको मृत्यु भएपछि शङ्ख बजाउँदै घाट लिएर जाने चलन हटेको पाँच सय वर्ष भइसकेको छ । शङ्ख नबजाउने मात्रै होइन, मलामीले अघि अघि छर्दै हिँड्ने लाजा र पैसा (टिलो)समेत बाटोमा छरिँदैन ।

स्थानीय हुमनाथ बजगाईंले विसं १५८५ मा तत्कालीन राजा त्रैलोक्य मल्लले कुश बिर्ता दिएको सो गाउँमा मानिसको मृत्यु भएपछि शङ्ख बजाउन नहुने विश्वासकै कारण स्थानीयको मृत्युपछि शङ्ख नबजाउने गरेको जानकारी दिए  ।

जिजुबाजेका पालादेखि कसैको मृत्यु भएमा घाटसम्म लिएर जाँदा एकोहोरो शङ्ख बजाउन नहुने विश्वास रहेकाे र याे नै परम्परा बन्न पुगेको  उनले बताए । एक हजार रोपनी जग्गा बिर्ता पाएको सो स्थानमा अहिले दुई सय घरपरिवार बस्दै आएका छन् । 

स्थानीय ज्येष्ठ नागरिक लोकनाथ बजगाईंले परापूर्वकालदेखि नै स्थानीयको मृत्युपछि शङ्ख नबजाउने र बजाएमा अनिष्ट हुने विश्वास रहेको बताए । सयौँ वर्षदेखि निरन्तर रूपमा चल्दै आएको परम्परा अहिलेसम्म कायम रहेको बताउँदै उनले आफ्नो बिर्ता जमिनसम्म शङ्ख बजाए अनिष्ट हुने जनविश्वास रहेको बताए ।

स्थानीय बलराम बजगाईंले मानिसको मृत्युपछि एकाघर परिवारले ‘गाह्रो प(यो दाजुभाइ’ भनेर तीन पटक बोलाएपछि दाजुभाइ भेला भएर शवलाई घाटसम्म लिएर जाने र १३ दिनसम्मका सबै कार्यमा सहभागी हुने गरेका छन् । यसरी कसैको मृत्यु भएपछि दाजुभाइ बोलाउने परम्परा नेपालका अरू ठाउँमा विरलै हुने उनले बताए ।

सो गाउँबाट दुई किलोमिटर परको घट्टेकुलोमा पुगेपछि बिर्ता सकिन्छ । त्यसपछि एकोहोरो शङ्ख बजाउने, लाजा र टिलो छर्ने गरिन्छ । सो गाउँका मानिसको अयन्त्र कुनै ठाउँमा पुगेर मृत्यु भएमा शव उठाउने समयमै एकोहोरो शङ्ख बजाइन्छ ।

विसं १५८५ मा काशीप्रसाद उपाध्याय बजगाईंले सो स्थान कुश बिर्ताबापत पाउनुभएको थियो । बिर्ता भएको जमिनमा स्थानीय मात्रै हैन बाटो हिँडेका मानिसको मृत्यु भए पनि एक दिनका लागि खेतबारीमा खनजोत रोकिन्छ । सो दिन खेतीपातीको खनजोत गर्न नहुने मान्यता छ । दुर्घटनाजन्य र प्राकृतिक विपत्तिमा परेर कसैको निधन भएमा समेत बिर्ता पाएको क्षेत्रभित्र शङ्ख बजाइँदैन ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

८७ मेगावाटको लान्द्रुक मोदीमा जुट्यो लगानी

काठमाडौँ । सिंगटी हाइड्रो इनर्जी लिमिटेडको मुख्य लगानी रहेको कास्कीस्थित अन्नपुर्ण गाउँपालिकामा निर्माण हुने ८६.५९ मेगावाटको लान्द्रुक मोदी जलविद्युत ...

राष्ट्रपतिबाट संसदको चालु अधिवेशन अन्त्य

काठमाडौं । राष्ट्रपति श्री रामचन्द्र पौडेलले  संसदको दुवै सदनको चालु अधिवेशनको अन्त्य गरेका छन् । मन्त्रिपरिषद्को सिफारिस अनुसार राष्ट्रपति पाैडेलले अ...

फिल्म ‘कल्ली’मा अभिनेता सौगात मल्ल अनुबन्धित

काठमाडौं । रेड बर्ड प्रोडक्शन र कस्तुरी प्रोडक्शनको ब्यानरमा निर्माण हुने फिल्म ‘कल्ली’मा अभिनेता सौगात मल्ल अनुबन्धित भएका छन् । फिल्ममा सौगातको भूमि...

देशभर ९ हजार ४८६ जनामा डेंगु पुष्टि, हुम्लाबाहेक सबै जिल्लामा पुग्यो भेटीए संक्रमित

काठमाडौं ।  हुम्लाबाहेक देशका सबै जिल्लामा डेंगु फैलिएको छ ।  इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाको तथ्यांकअनुसार देशभर ७७ जिल्लामध्ये हुम्ल...

कामदारको भेषमा २० दिनसम्म गोविन्दाको घरमा एक युवती

काठमाडौं । बलिउड अभिनेता गोविन्दा ९० को दशकका चर्चित स्टार मध्येका एक थिए । उनको फ्यान फलोइङ यति धेरै थियो कि उनको घर बाहिर वा फिल्मको सेटमा उनको एक झ...

लुम्बिनी प्रदेश योजना आयोगको उपाध्यक्षमा अर्याल नियुक्त

काठमाडौं ।  लुम्बिनी प्रदेश सरकारले प्रदेश योजना आयोगमा रिक्त पदाधिकारी नियुक्त गरेको छ ।  मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षमा आज बसेको मन्त्रिप...

बैतडी, दार्चुला र बझाङमा तीनदिनदेखि नेपाल टेलिकमको सेवा अवरुद्ध

काठमाडौं । सुदूरपश्चिम प्रदेशका तीन जिल्लामा शनिबारदेखि  नेपाल टेलिकमको सेवा अवरुद्ध  भएको छ । सुदूर पहाडका बैतडी, दार्चुला र बझाङमा नेपाल टेलिकमको  स...

पहिलोपटक सर्वसाधारणले गरे अन्तरिक्षमा यात्रा

काठमाडौं ।  मानव इतिहासमा पहिलोपटक सर्वसाधारण नागरिकले अन्तरिक्षमा यात्रा गरेको छ । स्पेस एक्सको पोलेरिस डन मिसन अन्तर्गत पहिलोपटक पृथ्वीबाट ७३७ किलोम...

सेकुवा पसलबाट ब्राउन सुगरसहित भारतीय नागरिक पक्राउ

वीरगन्ज । पर्सा प्रहरीले ठुलो परिमाणमा ब्राउन सुगरसहित एक जना भारतीयलाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जाँच गर्दा प्रहरीले वीरगन्जस्थित सेकुवा ...

बिक्री नहुँदा ५ सय मेट्रिक टन मह किसानकै घरमा थन्कियो

चितवन ।  चितवनमा मह बिक्री नहुँदा व्यावसायिक रूपमा मह उत्पादन गर्दै आएका किसान समस्यामा परेका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy