Khabar Dabali ६ चैत्र २०८२ शुक्रबार | 20th March, 2026 Fri
Investment bank

बालेनले सामुदायिक विद्यालय उकास्न चालेका कदम अरू स्थानीय तहका लागि कति उपयोगी ?

खबरडबली संवाददाता

काठमाडौं । लुम्बिनीको पूर्वखोला गाउँपालिकामा अहिले पनि निजी विद्यालय सञ्चालनमा छैनन्। नयाँ संविधानअनुसार विद्यालय शिक्षा आफ्नो मातहतमा आएपछि गाउँपालिकाभित्र रहेका पाँचवटा निजी विद्यालय सामुदायिक विद्यालयमा गाभिएको उक्त गाउँ पालिकाका प्रवक्ता मेहर सिंह थापाले बताए।

सबै सामुदायिक विद्यालयले अङ्ग्रेजी माध्यममा पढाउन थालेको उल्लेख गर्दै उनी भन्छन्, “तीनवटा विद्यालयको भौतिक सम्पत्तिको रकम यसअघि नै बुझाइसकेका थियौँ र दुईवटाको बुझाउन बाँकी थियो। यो आर्थिक वर्षमा हामी त्यो पनि भुक्तानी गर्छौँ। अनि पूर्ण रूपमा शिक्षाको गुणस्तर बढाउन केन्द्रित हुन्छौँ।”

उनन्चालीसवटा सामुदायिक विद्यालय रहेको उक्त गाउँपालिकाले स्थानीय सरकारका रूपमा आफूले पाएको कानुनी अधिकार प्रयोग गर्दै निजी विद्यालयका झन्डै साढे ६ सय विद्यार्थीलाई करिब तीन वर्षअघि सरकारी विद्यालयहरूमा ल्याएको हो।

परिवर्तन

सङ्घीयता कार्यान्वयनमा आएपछि स्थानीय सरकारहरूले सामुदायिक शिक्षामा आफ्नो प्रभाव विस्तार गर्न चालेको एउटा कदमका रूपमा उक्त घटनालाई कतिपय विज्ञहरूले प्रस्तुत गर्ने गरेका छन्।

प्रवक्ता थापाका अनुसार विज्ञहरूको टोलीले शिक्षा सुधारका विषयमा अध्ययन गर्दा निजी र सामुदायिक विद्यालयहरूबीच एक किसिमको द्वन्द्व देखा परेपछि त्यसबेला विद्यालय गाभ्ने निर्णय गरिएको थियो। २०७२ सालमा जारी भएको संविधानले आधारभूत र माध्यमिक शिक्षाको जिम्मेवारी स्थानीय तहलाई दिएको छ।

गाउँपालिका राष्ट्रिय महासङ्घका कार्यकारी निर्देशक राजेन्द्रप्रसाद प्याकुरेल भन्छन्, “स्थानीय सरकारहरू अस्तित्वमा आएपछि विद्यालयहरूमा पहिलाको भन्दा बढी लगानी भएको छ। पहिला धेरै विद्यालय खोलिए तर अब विद्यालयहरू खोल्ने क्रम रोकिएको छ।”
उनका अनुसार शिक्षकका तालिममा सुधार र विद्यालयहरूको अनुगमनको काम यो बीचमा वृद्धि भएको छ।

स्थानीय तहहरूलाई संविधानले आफ्नो कामको व्यवस्थापनका लागि कानुन बनाएर अघि बढ्ने अधिकार दिएको भए पनि नयाँ सङ्घीय शिक्षा ऐन आइसकेको छैन। त्यो हुँदा कानुन नबनाई बसेका वा कानुन बनाए पनि अदालतको आदेशका कारण कार्यान्वयन गर्न नपाएका स्थानीय तहहरूले अपेक्षा गरेअनुसार काम गर्न नसकेको उनको भनाइ छ।

संविधान अनुसार २०७५ सालमा नै शिक्षा ऐन ल्याएको काठमाण्डू महानगरपालिकाले सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि केही नयाँ प्रयासहरू अघि बढाएको छ। महानगरले यो वर्षको आफ्नो बजेटमा महानगरभित्र शिक्षाका लागि १ अर्ब ३२ करोड रुपैयाँ छुट्ट्याएको छ।

महानगरको कार्यक्रममा निम्न परियोजना परेका छन्:

  • विद्यालयको पूर्वाधार विकास र गरिखाने शिक्षा महानगरको इच्छा कार्यक्रमका लागि ५० करोड रुपैयाँ विनियोजन
  • नियमित रूपमा विद्यालयको सरसफाइ र सुन्दरीकरणका लागि ५ करोड रुपैयाँ
  • सामुदायिक विद्यालयमा एक विद्यालय एक नर्स र एक सामाजिक सहजकर्ताको व्यवस्थापन
  • सामुदायिक विद्यालयका विद्यार्थीलाई खाजा खर्च
  • शिक्षकको तलब समयमै भुक्तानी गर्न शोधभर्ना कोष, सामुदायिक विद्यालयका प्रधानाध्यापकको मासिक भत्तामा वृद्धि
  • काठमाण्डू महानगरले चालेका कतिपय कदम विद्यालय शिक्षा सुधारमा महत्त्वपूर्ण हुनसक्ने विद्यालय शिक्षाका एकजना जानकार धनञ्जय शर्मा ठान्छन्।

उनले भने, “जसरी कार्यक्रमहरू ल्याइएको छ, जस्तै विद्यालयमा अतिरिक्त कार्यक्रमहरू पर्याप्त भएन भनेर झोला नलिइकन विद्यार्थीहरू शुक्रवार विद्यालयमा जान पाउने, खाजा रकम थप्ने र शिक्षकहरूलाई तालिम दिने काम भएको छ। अहिले जुन बजेट छुट्ट्याइएको छ यसले राम्रो परिणाम दिन्छ भन्ने मलाई लाग्छ।” शर्माले राम्रो परिणाम ल्याउनका लागि विद्यालयमा कार्यरत शिक्षकहरू आफ्नो जिम्मेवारीप्रति इमानदार हुनुपर्ने उल्लेख गरे।

विज्ञ के भन्छन्?

काठमाण्डू महानगरपालिकाका मेयर बालेन्द्र शाहले दलीय राजनीतिक तथा अन्य स्वार्थका कारण पठनपाठन अवरुद्ध पार्ने जुनसुकै संस्था वा कर्मचारीलाई कारबाही गर्ने चेतावनी दिएका थिए।

त्यस्तो चेतावनी सङ्घीय सरकारले समेत दिन नसकेका उल्लेख गर्दै शर्माले काठमाण्डू महानगर जस्तो ढङ्गले आफ्ना अडानहरू प्रस्तुत गर्ने सामर्थ्य अधिकांश स्थानीय तहमा नहुने बताउँछन्।

उनले भने, “काठमाण्डू महानगरमा स्रोतसाधन छ, राम्रो सोच राख्यो र पर्याप्त बजेटहरू छुट्ट्याएर काम गर्‍यो भने यहाँ परिवर्तन हुनसक्छ। पालिकाहरूमा पनि बजेट हुन्छ, तर समान आय आर्जनको स्रोत नभएकाले उनीहरूका केही सीमितता हुन्छन्। उनीहरूले शिक्षाका लागि यथेष्ट बजेट छुट्ट्याउन सक्दैनन्।”

जनतासँग जनप्रतिनिधिको सोझो पहुँच हुने हुनाले पूर्ण रूपमा विद्यालय शिक्षाको व्यवस्थापनको अधिकार स्थानीय सरकारहरूले प्रयोग गर्न पाउने हो भने त्यहाँको पढाइको गुणस्तर वृद्धि हुने शर्मा जस्ता कतिपय शिक्षाविद् ठान्छन्।

शिक्षा नीति तथा अभ्यास केन्द्र नामक संस्थाका शिक्षाकर्मी टीका भट्टराई विद्यालय शिक्षा स्थानीय सरकारको मातहत पुगेसँगै विद्यालयहरूमा लामो समय शिक्षकहरू अनुपस्थित हुने समस्या हल भएको बताउँछन्।

उनले भने, “अभिभावकहरूबाट विद्यालयमा सुधार गर्न दबाव बढाउने हिसाबमा काम गर्नुपर्छ भनेर दबाव स्थानीय सरकारहरूलाई दिन जरुरी छ। काठमाण्डूमा जति स्रोत अरूतिर हुँदैन। तर मतदाताहरूको दबाव बढ्यो भने अरू पालिकाहरूलाई पनि काम गर्न गाह्रो हुँदैन।” तर सङ्घीय सरकारको मुख नताकी आन्तरिक रूपमा नियमहरू बनाएर काम अघि बढाउने विद्यालयहरूमा सकारात्मक परिवर्तन देखिएको शर्माले बताए।

निजी र सामुदायिक विद्यालयको तुलना

शिक्षा मन्त्रालयका अनुसार नेपालमा २७,३४३ सामुदायिक र ७,३७३ संस्थागत विद्यालय छन्। झन्डै १५ हजार सामुदायिक विद्यालयले प्राथमिक शिक्षा दिने गर्छन्। २०७९ सालको एउटा आँकडाअनुसार कक्षा १ देखि ५ सम्म झन्डै ७० प्रतिशत विद्यार्थी सामुदायिक विद्यालयमा अध्ययन गर्छन् भने २९.१ प्रतिशत संस्थागत विद्यालयमा अध्ययन गर्छन्।

माध्यमिक तहसम्म पुग्दा सामुदायिक विद्यालयमा अध्ययन गर्नेको सङ्ख्या ७३ प्रतिशत र संस्थागत विद्यालयका विद्यार्थीको सङ्ख्या २७.२ प्रतिशत पुगेको देखिन्छ। विद्यालय र सामुदायिक विद्यालयबीच तुलना गर्नु सही नभएको बताउँदै कैयौँ स्थानमा सामुदायिक विद्यालयको गुणस्तर उच्च रहेको बताए।

उनले भने, “हामीले सीमित सङ्ख्याका निजी विद्यालयहरू हेरेर सार्वजनिक विद्यालयको गुणस्तर कमजोर छ भनिरहेका छौँ। तर त्यस्तो होइन्। शिक्षकको तालिम, पूर्वाधार जस्ता कुरा नै हेर्ने हो भने पनि बहुसङ्ख्यक निजी विद्यालयहरू सरकारी विद्यालयहरूभन्दा खराब छन्।”

उनले थपे, “सानो गाउँ ठाउँ र बजारमा भएका निजी विद्यालयको गुणस्तर सामुदायिक विद्यालयको भन्दा राम्रो छैन। मात्रै उनीहरूले अङ्ग्रेजी भाषामा पढाउँछन्। अङ्ग्रेजी भाषामा मात्रै जोड दिँदा कति ठाउँमा ज्ञानको दायर समेत निजी विद्यालयमा सतही देखिन्छ।”

के भन्छन् सञ्चालक ?

शिक्षा मन्त्रालयका प्रवक्ता दिपक शर्माले निजी र सामुदायिक विद्यालयहरू दुवैको आ-आफ्नो महत्त्व रहेको उल्लेख गर्दै राज्यले एउटा विद्यालयले अर्कोलाई निषेध गर्ने खालको नीति नअँगाल्ने बताए।

उनले थपे, “सार्वजनिक विद्यालयलाई अभिभावक र विद्यार्थीको पहिलो रोजाइको विद्यालय बनाउने हाम्रो प्रयत्न भएकाले हामीले सार्वजनिक विद्यालय रूपान्तरणको दशक भनिरहेका छौँ। स्थानीय तहहरू पनि त्यसमा लाग्नु भएको छ र केही ठाउँहरूमा सकारात्मक परिवर्तन पनि देखिएको छ।”

उनले संविधान जारी भएपछि नयाँ सङ्घीय शिक्षा ऐन नआए पनि यो बीचमा पुरानो कानुनलाई दुई पटक संशोधन गरिएको उल्लेख गर्दै कानुनकै कारण कक्षा कोठाका गतिविधि गर्न विद्यालयहरूलाई गाह्रो नपरेको बताए।

सरकारले यो वर्ष शिक्षा क्षेत्रमा १ खर्ब ९७ करोड रुपैयाँ छुट्याएको छ जसमा विभिन्न पाँच ठाउँमा नमुना आवासीय सामुदायिक विद्यालय स्थापनाको सम्भाव्यता अध्ययन अघि बढाइने उल्लेख छ। निजी विद्यालयहरूको छाता सङ्गठन प्याब्सनका अध्यक्ष डीके ढुङ्गानाले सामुदायिक क्षेत्रमा सुधार हुँदा शिक्षामा प्रतिस्पर्धा हुने भन्दै आफूहरू त्यसको पक्षमा रहेको बताए।

उनले भने, “निजी क्षेत्र शिक्षामा कैयौँ ठाउँमा एक्लै दौडिएको जस्तो देखिन्थ्यो। सामुदायिक क्षेत्रको सुधार हुनैपर्छ। अहिले जे भइरहेको छ यसले शिक्षाको क्षेत्रमा लगानीबिना गुणस्तर सुनिश्चित गर्न सकिँदैन भन्ने प्रस्ट हुन्छ।”

लगानी गरेपछि प्रतिफल आउने कुरा आफूहरूले पहिल्यै बुझेको उल्लेख गर्दै उनले थपे, “अब बल्ल चेत खुल्दैछ। त्यसले हामीलाई पनि राम्रो हुन्छ।” निजी विद्यालय सञ्चालकहरूले आफ्ना विद्यालय एकआपसमा गाभ्नसक्ने र सरकारसँग पनि पारस्परिक लाभ सुनिश्चित हुनेगरी साझेदारी गरेर सञ्चालन गर्न सकिने विकल्पमा पनि आफूहरू खुला रहेको बताउने गरेका छन्। बीबीसी 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गुल्मीमा ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु

गुल्मी । ट्याक्टरको ठक्करबाट मदाने गाउँपालिकाका एक जनाको मृत्यु भएको छ ।  जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर सारुका अनुसार म...

इन्धन जोगाउने प्रयासमा श्रीलंका, अब सातामा तीन दिन बिदा

तेल र ग्यास जोगाउन अरू देशले कस्तो उपाय अवलम्बन गरेका छन्?

सार्वजनिक सवारीसाधनको भाडा बढाउने तयारी

काठमाडौं । सरकारले सार्वजनिक सवारीसाधनको भाडादर समायोजन गर्ने तयारी थालेको छ।  पेट्रोलियम पदार्थको मूल्य बढेसँगै यातायात व्यवस्था विभागले सार्वजनिक...

सरकार गठन केही दिन सर्‍यो, अब १५ चैतभित्र मात्रै प्रधानमन्त्री नियुक्त

काठमाडौं । पूर्ववत् अभ्यास र परम्परा तोड्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले यसपटक सांसदको शपथपछि मात्रै सरकार निर्माण गर्ने तयारी गरेको छ । शपथ...

नवलपरासी पूर्वमा ४६ हजारले लगाए जापानिज इन्सेफलाइटिस विरुद्धको खोप

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा जापानिज इन्सेफलाइटिसविरुद्ध सञ्चालन भइरहेको विशेष खोप अभियानअन्तर्गत हालसम्म ४६ हजार ७७८ जनाले खोप लगाएका...

रुद्राक्ष खेतीबाट मनग्य आम्दानी

भोजपुर । भोजपुरका किसानका लागि रुद्राक्ष खेती बलियो आम्दानीको स्रोत बनेको छ । विशेष गरी दिङ्ला क्षेत्रमा अधिकांशले रुद्राक्षलाई मुख्य आम्दानीको माध्यम...

देउखुरीमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

दाङ । गए राति देउखुरीमा भएकाे मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । गढवा इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक डबलबहादुर बमका अनुसार ट्या...

बरण्डाभार जङ्गल क्षेत्रमा हाइकिङ र सन्ध्याकालीन सफारीको तयारी

चितवन । चितवनको बरण्डाभार जङ्गल क्षेत्रमा पर्ने टिकौलीदेखि पञ्चकन्या र चर्तुमुखी सामुदायिक वनसम्म करिब १२ किलोमिटर दुरीमा जिप सफारीसँगै हाइकिङ र सन्ध्...

प्रि-मनसुनः आज सामान्य, भोलिदेखि फेरि बदली बढ्ने

काठमाडौँ । प्रि–मनसुनका कारण पछिल्लो एक साता बदली र वर्षा भइरहेको छ । नेपालमा आज केही सुधार भएको मौसम बुधबार पनि साधारणतया सफा नै रहने तर बिहीबारदेखि ...

केरा खेतीको बिमा नहुँदा किसान मारमा

रौतहट । केरा खेतीको बिमा नहुँदा रौतहटका किसान मारमा परेका छन् । जिल्लाका विभिन्न स्थानीय तहमा लगाइएको केरा खेतीमा बिमा नहुँदा यहाँका किसान प्रकृति प्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: