काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज पनि बस्दैछ । सानेपामा मंगलबारदेखि जारी बैठक ११ बजेदेखि तेस्रो दिनपनि सुरु हुँदैछ।
हिजो केन्द्रीय सदस्य र प्रदेश सभापतिहरूले विभिन्न धारणा राख्दै पार्टी नेतृत्वलाई सुझावहरू दिएका छन् । अधिकांशले पार्टी संरचनालाई चुस्त बनाउन नेतृत्वलाई सुझाव दिएका छन् ।
कांग्रेसले वडादेखि केन्द्रसम्म संरचना बनाएपनि नेतृत्वमा केन्द्रिकृत मानसिकता हट्न नसकेको अधिकांश नेताले बताएका छन् । प्रदेश सभापतिहरूले पनि प्रदेश समितिलाई बेवास्ता गरिएको पार्टी विधि र विधानअनुरुप चल्न नसकेको गुनासो गरे ।
केही सदस्यले गठबन्धनको समर्थन गरेका थिए भने केहीले चुनावअघिको गठबन्धन आवश्यक नरहेको बताएका छन् । बैठकमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले सभापति शेरबहादुर देउवालाई दबाबमा राख्ने धेरैको अनुमान थियो ।
तर, बैठकको परिदृश्य फेरियो । देउवाकै प्रस्तावमा कांग्रेसले सम्भवतः नेपालमै पहिलो पटक पार्टीको बैठक लाइभ गरिरहेको छ । शीर्ष तहबाट तय भएको कांग्रेसका १० वटा एजेण्डामा अहिले छलफल भइरहेको छ ।
छलफलमा नेताहरुले पार्टी नेतृत्वको चर्को आलोचना गरिरहेका छन् । पार्टी बैठकमा एउटा कुरा गर्ने तर बाहिर महामन्त्री थापाले मिडियामा आफू अनुकूल प्रचार गर्ने आरोप लागिरहेको बेलामा देउवाले बैठक लाइभ गर्ने रणनीति अख्तियार गरेको कतिपयको विश्लेषण छ ।
महामन्त्री थापा देउवाबाट पार्टी नचल्ने निष्कर्षसहित नेतृत्व परिवर्तनको एजेण्डा जबरजस्त छलफलमा ल्याउने प्रयासमा थिए । तर, अहिले बैठकमा महामन्त्री थापाले प्रस्तुत गरेको एक वर्षे कार्ययोजनामै केन्द्रित भएर छलफल चलिरहेको छ । महामन्त्री थापाले प्रस्तुत गरेको कार्ययोजना पनि कार्यान्वयनमा नेताहरुले उत्तिकै आशंका गरेका छन् ।
तर, बैठकमा गगनले स्थापित गराउन खोजेको नेतृत्व परिवर्तनको एजेण्डालाई इतर पक्षको नेतृत्व गरिरहेका डा। शेखर कोइरालाले नै अंगीकार नगरेपछि गगन अप्ठेरोमा परेका छन् । उनलाई अर्का महामन्त्री विश्वप्रकाश शर्मासहित केही युवा नेताहरुको मात्रै साथ छ ।
तर, अहिलेसम्म कांग्रेसमा देउवाकै बलियो पकड छ । हिजो ४६ जनाले धारणा राखेका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २५ गते, २०८२ - ०८:२७
काठमाडौं । नेपाली कांग्रेसका केही पूर्व सांसदहरूले विघटित प्रतिनिधि सभा पुनर्स्थापनाको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेपछि उक्त दलकै वर...
मंसिर २५ गते, २०८२ - ०८:२१
काठमाडौं । २३ र २४ भदौका घटना जाँचबुझ गर्न गठित आयोगले नीतिगत निर्णय गर्ने र निर्देशन दिने तहका अधिकारीहरूको बयान लिन थालेको छ । तर तत्कालीन प्रधानमन्...
मंसिर २५ गते, २०८२ - ०८:१७
काठमाडौं । शनिबारदेखि सुरु हुने नेकपा (एमाले) को एघारौँ महाधिवेशनमा अध्यक्षका लागि केपी शर्मा ओली र ईश्वर पोखरेलबीच प्रतिस्पर्धा तय भइरहेका बेला महासच...
मंसिर २५ गते, २०८२ - ०७:३९
जेनेभा । अन्तर्राष्ट्रिय हवाई यातायात सङ्गठनका अनुसार विश्वभरका विमान कम्पनीहरूले विभिन्न आर्थिक तथा राजनीतिक चुनौतीका बाबजुद सन् २०२६ मा करिब पाँच अर...
मंसिर २५ गते, २०८२ - ०७:३५
काठमाडौँ । निर्वाचन आयोगले मतदाताको सहजताका लागि देशका विभिन्न मतदानस्थलको पुनरावलोकन गर्ने भएको छ । आयोगले एक सूचनामार्फत सहज रुपमा मतदान गर्ने प्रयो...
मंसिर २५ गते, २०८२ - ०७:३२
महोत्तरी । पूर्व–पश्चिम राजमार्ग विस्तारका लागि महोत्तरी जिल्लामा ६ हजार २७ रुख कटान गरिने भएको छ । पूर्व–पश्चिम राजमार्ग विस्तारअन्तर्गत कमला–ढल्...
मंसिर २५ गते, २०८२ - ०७:३०
काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी ...
मंसिर २५ गते, २०८२ - ०७:२६
काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत इलिमिनेटरमा आज अपराह्न ४ः०० बजे काठमाडौँ गोर्खाज र लुम्...
मंसिर २५ गते, २०८२ - ०७:२२
बागलुङ । यसवर्ष बागलुङमा धान उत्पादन बढेको छ । समयमा वर्षा हुँदा उत्पादन वृद्धि भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । गत वर्षको तुलनामा यसवर्ष ८४ दश...
मंसिर २५ गते, २०८२ - ०७:१८
काठमाडौँ । चर्चित ब्रिटिस र्यापर क्लार्क स्यामुयलले आफूले चलाएको कारको ठक्करबाट एक नेपाली युवकको ज्यान गएको स्वीकार गरेका छन् । बेलायतको महानगरीय ...




प्रतिकृया लेख्नुहोस्: