काठमाडौं । त्रिभूवन विमास्थलको भन्सार कार्यालयबाट करिब एक सय किलो सुन पास भएको विषयलाई लिएर राजश्व अनुसन्धान विभागले छानविन थालेको छ । राजश्व अनुसन्धान विभागको टोलीले करिब १ क्विन्टल सुन बुधबार बरामद गरेसँगै विभागले अनुसन्धानका लागि टोली खटाएको हो ।
भन्सार विभागको एक टोली अहिले त्रिभूवन विमास्थल भन्सार कार्यालय पुगेको छ । अहिले विभागको टोली त्रिभूवन विमास्थल भन्सार कार्यालयमा अनुसन्धानमा व्यस्त रहेको छ ।
दुई शाखा अधिकृतलाई निलम्वनकाे तयारी
यसअघि बुधबार जाँचपास गर्ने क्रममा कार्यालयका शाखा अधिकृत सन्तोष चन्द र नायब सुब्बा कुमार ढकाल जिम्मेवारीमा थिए । उनीहरुले दुबैलाई निलम्बन गर्ने तयार विभागले गरेको छ ।
हालसम्म ६ जना पक्राउ
करिब एक क्वीन्टल सुन बरामद प्रकरणमा प्रहरीले हालसम्म ६ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा दोलखा मेलुङ गाउँपालिका–३ घर भई हाल काठमाडौं स्वयम्भू बस्ने ५३ वर्षीय रामकुमार भुजेल, मेलुङ–३ घर भई हाल काठमाडौं साँखु बस्ने २१ वर्षका दीलिप भुजेल, भोजपुर अरुण गाउँपालिका–४ भई हाल बूढानीलकण्ठ बस्ने ४९ वर्षीय हर्कराज राई र भारत घर भई हाल काठमाडौं पानीपोखरी बस्ने भारतीय नागरिक वर्ष ५३ छिरिङ थुप्देन पक्राउ परेका हुन् ।
काे हुन् हाल सम्म पक्राउ परेका आराेपी ?
दिलिप भुजेल स्कुटरको ब्रेक शु आयातकर्ता कम्पनी रेडी ट्रेडर्सका सञ्चालक हुन भने सुन पास गराउन सहयोग गर्ने राम कुमार भुजेल दिलिपका मामा हुन् । हर्कराज राई कम्पनी स्थापना गर्न सहयोग गर्ने व्यक्ति हुन् । छिरिङ तिब्बतियन मुलका भारतीय नागरिक हुन् । यस्तै सुन बोक्ने ट्याक्सी चालक र अन्य दुई भन्सार एजेण्ट पनि पक्राउ परेका छन् ।
सुन पक्राउ परेको विषयमा विभागसहित प्रहरीले अनुसन्धान तीब्र पारेको छ । यता पक्राउ परेको सुनको परिणाम नेपाल राष्ट्र बैंकमा जोखिँदैछ ।
सुन बरामद भएपछि व्यवसायी दीपक मल्होत्राले भने पत्रकार सम्मेलन गरेर सुन तस्करीमा आफ्नो संलग्नता नरहेको दावी गरेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर ३० गते, २०८२ - १०:१८
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनमा केही चर्चित युवा नेताहरू केन्द्रीय सदस्यको सूचीमा स्थान बनाउन लागेका छन्। प्रतिनिधि मनोनयन पश्चात् यी नयाँ अ...
मंसिर ३० गते, २०८२ - १०:१०
मकवानपुर । मकवानपुरको मनहरी–६ सिस्नेरी पाखामा सिकार खेल्न गएका दुईजनामध्ये एक जनाको लडाइँबाट अन्यको मृत्यु भएको छ। राक्सिराङ–८ राजराङका ४५ वर्षीय ग...
मंसिर ३० गते, २०८२ - १०:०६
महासचिवमा प्रदीप ज्ञवालीको अडान, ओली–पोखरेल भिडन्त जारी
मंसिर ३० गते, २०८२ - १०:००
ईश्वर पोखरेल अध्यक्ष, महासचिवमा सुरेन्द्र पाण्डे तय
मंसिर ३० गते, २०८२ - ०९:४५
सिन्धुपाल्चोक । बाह्रबिसे–कोदारी राजमार्गअन्तर्गत पर्ने इको पहिरो दुई महिनाभित्र दीर्घकालीन रूपमा नियन्त्रण गरी बस्ती संरक्षणको काम थाल्ने सहमति भएपछि...
मंसिर ३० गते, २०८२ - ०९:३०
भोजपुर । भोजपुरका किसानका लागि सुन्तला खेती भरपर्दो आम्दानीको आधार बन्दै गएको छ। व्यावसायिक रूपमा सुन्तला उत्पादन गर्दै आएका किसानले बजार विस्तार र रा...
मंसिर ३० गते, २०८२ - ०९:१०
भत्किएका संरचना, स्क्र्याब र फुटपाथ अतिक्रमणले दुर्घटनाको जोखिम बढ्दो
मंसिर ३० गते, २०८२ - ०९:०५
खाेटाङ । राजनीति गर्दैमा अरू कुनै पेसा गर्न नहुने भन्ने मान्यता छैन। बरु राजनीतिलाई मात्रै पेसा बनाउँदा देशमा भ्रष्टाचार बढेको आरोप लाग्दै आएको छ। यही...
मंसिर ३० गते, २०८२ - ०८:४०
काठमाडौँ । सरकारले आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन घोषणा गरेसँगै देशभर चुनावी माहोल तातेको छ। नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा लगायत दल...
मंसिर ३० गते, २०८२ - ०८:२५
काभ्रेपलाञ्चोक । इलाका प्रहरी कार्यालय मंगलटारको हिरासतभित्र रहेको शौचालयमा झुण्डिएको अवस्थामा एक युवक मृत फेला परेका छन्। भ्रेपलाञ्चोकको रोशी गाउँपाल...




प्रतिकृया लेख्नुहोस्: