Khabar Dabali ९ असार २०८३ मंगलवार | 23rd June, 2026 Tue
Investment bank

देशमा कुनै किसिमको अशान्ति छैन, किन सेनाको सङ्ख्या बढी चाहियो ?: सांसद राई

खबरडबली संवाददाता

काठमाडौँ । सांसद डा. बिमला राई पौड्यालले नेपाली सेनालाई सुदृढ र प्रभावकारी बनाउन माग गरेकी छन् । राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा सांसद पौड्यालले नेपाली सेना देश र जनताको रक्षाका लागि अपरिहार्य रहेको भन्दै सेनाको प्रभावकारिता कसरी बनाउने र सुदृढ सङ्गठन निर्माण गर्नेमा ध्यान दिनुपर्ने खाँचो औँल्याइन् ।

सांसद पौडयालले अहिले देशमा द्वन्द्व नभएको र शान्ति स्थापनाले पूर्णता पाएको हुनाले सेनाको सङ्ख्यामा बहस गरिनुपर्ने तर्क राखे । उनले भनिन्, “नेपाली सेना अब्बल शक्तिका रुपमा छ । देशमा नेपाली सेनाको सङ्ख्या कति आवश्यक पर्ने हो, त्यसको समीक्षा गरेर व्यवस्थापन गरिनुपर्छ । हिजो द्वन्द्व थियो सेनाको सङ्ख्या बढाइयो तर अहिले देशमा कुनै किसिमको अशान्ति छैन, त्यसैले किन सेनाको सङ्ख्या बढी चाहियो ।”

सांसद मायाप्रसाद शर्माले वर्तमान सरकारले सुशासन प्रवर्धनका लागि जनताले अनुभूत गर्नेगरी काम गरेको बताए । उनले सरकारले अर्थतन्त्रको सुधार, भ्रष्टाचार नियन्त्रणमा काम गरेको भन्दै प्रशंसा गरे । उनले देश विकासको पूर्वाधार शिक्षा भएको बताउँदै नीतिगत तहबाटै सुधारको खाँचो औल्याए । सांसद शर्माले कर्णाली प्रदेशमा भएका जडीबुटी प्रशोधनका  लागि सङ्घीय सरकारले प्रदेश सरकार र स्थानीय तहसँगको समन्वय गर्नुपर्नेमा जोड दिए ।

बैठकमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्यहोरा जानकारी गराएका थिए । राष्ट्रपति रामचन्द्र पौडेलबाट विभिन्न मितिमा प्रणाणीकरण भएका विधेयक–२०८०, आर्थिक विधेयक–२०८० र राष्ट्रऋण उठाउने विधेयक प्रमाणीकरणको विवरण उनले पढेर सुनाएका थिए ।

समितिमा सदस्यहरुको हेरफेर
 अध्यक्ष तिमिल्सिनाले सङ्घीय संसद् अन्तर्गत गठिन संयुक्त समितिमा रहनुहुने सांसद सदस्यको नाम फेरफेर गरेका छन् । जसअनुसार राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिमा सांसद भैरवसुन्दर श्रेष्ठको सट्टा सांसद बिमला घिमिरे सदस्य रहनेगरी हेरफेर गरेका हुन् । उक्त प्रस्तावित नामलाई बैठकले सहमति जनाएको थियो ।

विद्युतीय व्यापार विधेयक विधायन समितिमा
 
राष्ट्रियसभाको आजको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले ‘विद्युतीय व्यापार विधेयक, २०८० लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए ।  उक्त प्रस्तावलाई बैठकको सर्वसम्मतिले स्वीकृत गरेको थियो । राष्ट्रियसभाको अर्को बैठक यही साउन ११ गते बिहान ११ बजेर १ मिनेटमा बस्नेछ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ

काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेल पक्राउ परेका छन्। गृहमन्त्रालय स्रोतका अनुसार सम्पत्ति शुद्धीकरण सम्बन्धी अन...

रास्वपाको बन्द सत्र स्थगित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनअन्तर्गत सोमबारका लागि तय गरिएको बन्द सत्र स्थगित भएको छ। महाधिवेशन प्रतिनिधिको नामावलीम...

पासपोर्ट ठेक्का प्रकरणमा सिद्धार्थ थापा र मनिन्द्र मल्लविरुद्ध पनि भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ई–पासपोर्ट खरिद (पासपोर्ट ठेक्का) प्रकरणमा जर्मन कम्पनी भेरिडोसका नेपाल प्रतिनिधि सिद्धार्थ थापा र म्यूल...

रास्वपाको बन्दसत्र आज नहुने सम्भावना, भोली बिहान गर्नेबारे छलफल

काठमाडौं । चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत बन्दसत्र कार्यक्रम आज नहुने सम्भावना बढेको छ। महाधिवेशन प्रत...

राहदानी छपाइ प्रकरण: आरजु राणासहित १८ जनाविरुद्ध मुद्दा दायर

काठमाडौँ । राहदानी छपाइ तथा प्रणाली व्यवस्थापनसम्बन्धी ठेक्का प्रक्रियामा भएको भनिएको अनियमितताबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान पूरा ...

रास्वपा महाधिवेशनमा खानाको मेन्यू, काउलीदेखि खसीको मासुसम्म

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन चितवनमा जारी रहेको छ। आइतबारदेखि सुरु भएको महाधिवेशन तीन दिनसम्म सञ्चालन हुने कार्यक्र...

यसवर्षको मनसुन कोशीदेखि विस्तार हुँदै

काठमाडौं । यस वर्षको मनसुन प्रणाली कोशी प्रदेशको सम्पूर्ण भू-भाग, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही भाग र लुम्बिनी प्रदेशको पूर्वी क्षे...

नेप्से परिसूचक १.४६ अंकले घट्यो, ४ अर्ब ४४ करोडभन्दा बढीको कारोबार

काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ। नेप्से १.४६ अंकले घट्दै २७००.६५ विन्द...

गर्मी बढेपछि विद्यालयमा चार दिन बिदा

धनगढी। कैलालीको धनगढी उपमहानगरपालिकाले पालिकाभित्र रहेका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयमा चार दिन बिदा दिने निर्णय गरेको छ ।  अत्यधिक गर्...

बेलायती प्रधानमन्त्री कीर स्टार्मरद्वारा राजीनामाको घोषणा

लन्डन । बेलायतका प्रधानमन्त्री सिर कीर स्टार्मरले प्रधानमन्त्री पद र लेबर पार्टीको नेतृत्व दुवैबाट राजीनामा दिने घोषणा गरेको छन् । बुधबार लन्डनस्थि...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending