Ntc summer Offer
Khabar Dabali १८ बैशाख २०८१ मंगलवार | 30th April, 2024 Tue
NIMB

देशमा कुनै किसिमको अशान्ति छैन, किन सेनाको सङ्ख्या बढी चाहियो ?: सांसद राई

खबरडबली संवाददाता

काठमाडौँ । सांसद डा. बिमला राई पौड्यालले नेपाली सेनालाई सुदृढ र प्रभावकारी बनाउन माग गरेकी छन् । राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा सांसद पौड्यालले नेपाली सेना देश र जनताको रक्षाका लागि अपरिहार्य रहेको भन्दै सेनाको प्रभावकारिता कसरी बनाउने र सुदृढ सङ्गठन निर्माण गर्नेमा ध्यान दिनुपर्ने खाँचो औँल्याइन् ।

सांसद पौडयालले अहिले देशमा द्वन्द्व नभएको र शान्ति स्थापनाले पूर्णता पाएको हुनाले सेनाको सङ्ख्यामा बहस गरिनुपर्ने तर्क राखे । उनले भनिन्, “नेपाली सेना अब्बल शक्तिका रुपमा छ । देशमा नेपाली सेनाको सङ्ख्या कति आवश्यक पर्ने हो, त्यसको समीक्षा गरेर व्यवस्थापन गरिनुपर्छ । हिजो द्वन्द्व थियो सेनाको सङ्ख्या बढाइयो तर अहिले देशमा कुनै किसिमको अशान्ति छैन, त्यसैले किन सेनाको सङ्ख्या बढी चाहियो ।”

सांसद मायाप्रसाद शर्माले वर्तमान सरकारले सुशासन प्रवर्धनका लागि जनताले अनुभूत गर्नेगरी काम गरेको बताए । उनले सरकारले अर्थतन्त्रको सुधार, भ्रष्टाचार नियन्त्रणमा काम गरेको भन्दै प्रशंसा गरे । उनले देश विकासको पूर्वाधार शिक्षा भएको बताउँदै नीतिगत तहबाटै सुधारको खाँचो औल्याए । सांसद शर्माले कर्णाली प्रदेशमा भएका जडीबुटी प्रशोधनका  लागि सङ्घीय सरकारले प्रदेश सरकार र स्थानीय तहसँगको समन्वय गर्नुपर्नेमा जोड दिए ।

बैठकमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्यहोरा जानकारी गराएका थिए । राष्ट्रपति रामचन्द्र पौडेलबाट विभिन्न मितिमा प्रणाणीकरण भएका विधेयक–२०८०, आर्थिक विधेयक–२०८० र राष्ट्रऋण उठाउने विधेयक प्रमाणीकरणको विवरण उनले पढेर सुनाएका थिए ।

समितिमा सदस्यहरुको हेरफेर
 अध्यक्ष तिमिल्सिनाले सङ्घीय संसद् अन्तर्गत गठिन संयुक्त समितिमा रहनुहुने सांसद सदस्यको नाम फेरफेर गरेका छन् । जसअनुसार राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिमा सांसद भैरवसुन्दर श्रेष्ठको सट्टा सांसद बिमला घिमिरे सदस्य रहनेगरी हेरफेर गरेका हुन् । उक्त प्रस्तावित नामलाई बैठकले सहमति जनाएको थियो ।

विद्युतीय व्यापार विधेयक विधायन समितिमा
 
राष्ट्रियसभाको आजको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले ‘विद्युतीय व्यापार विधेयक, २०८० लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए ।  उक्त प्रस्तावलाई बैठकको सर्वसम्मतिले स्वीकृत गरेको थियो । राष्ट्रियसभाको अर्को बैठक यही साउन ११ गते बिहान ११ बजेर १ मिनेटमा बस्नेछ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुशासनका निम्ति सबैले आवाज उठाउनुपर्छ: सरस्वती बजिमय

काठमाडौँ । वर्तमान संसदीय अभ्यासप्रति मेरा केही फरक मत छन् । संसद्मा जे पनि बोल्नहुने जस्तो देखिन्छ । संसदीय मर्यादाविपरीतका अभ्यास भइरहेको छ । एकअर्क...

डढेलोले उदयपुरमा तीन सय हेक्टर वनमा क्षति

उदयपुर । केही दिनदेखि जिल्लाको पूर्वी क्षेत्र चौदण्डीगढी, बेलका र त्रियुगा नगरपालिका क्षेत्रको जङ्गलमा लागेको डढेलोका कारण तीन सय हेक्टरभन्दा बढी जङ्ग...

नुहाउने क्रममा सेती नदीमा एक जना बेपत्ता

डोटी। सेती नदीमा नुहाउने क्रममा एक जना डुबेर बेपत्ता भएका छन्। शिखर नगरपालिका-८ लुवाखडीनजिकै नदीमा धनगढी उपमहानगरपालिका-३ बस्ने अन्दाजी ४० वर्षीय नरबह...

बझाङ प्रदेशसभामा एमालेका दमन भण्डारी विजयी

बझाङ । बझाङ प्रदेशसभा 'क'मा नेकपा एमालेका उम्मेदवार दमन भण्डारी विजयी भएका छन्। नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहलाई पराजित गर्दै भण्डारी...

भक्तपुरमा ६१ वर्षीय वृद्धद्वारा १६ वर्षीया किशोरी बलात्कृत

भक्तपुर। भक्तपुरमा १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना वृद्ध पक्राउ परेका छन्।  भक्तपुर नगरपालिका-३ खौमा बस्ने ६१ वर्षीय लक्ष्...

सिरहामा तीन वर्षीया बालिकाको हत्या आरोपमा आमाछोरी पक्राउ

सिरहा। सिरहामा तीन वर्षीया बालिकाको हत्या आरोपमा प्रहरीले दुई महिलालाई पक्राउ गरेको छ। सिरहा नगरपालिका-१८ रमेश यादवकी तीन वर्षीया छोरी रिया कुमारीक...

बझाङमा एमालेका भण्डारी मतान्तर बढाउँदै

बझाङ। बझाङ प्रदेश सभा (क) मा नेकपा एमालेका उम्मेदवार दमन भण्डारी बतान्तर बढाउँदै गएका छन्। १०५६१ मतका साथ भण्डारीले लिड गरिरहेका हुन्। नेपाली कांग्...

भोजपुरको पारकुवामा जिप दुर्घटनाः एक जनाको मृत्यु

भोजपुर। भोजपुरको आमचोक गाउँपालिका वडा नम्बर ८ पारकुवामा जिप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ। बालाङ्खाबाट दुम्माना हुँदै मैयुटार जाँदै गरेको को...

इलाम उपनिर्वाचन: माङ्सेबुङ–५ मा स्वतन्त्रले एक हजार ३२ मत पाउँदा ठूला दलको ६९ कटेन

इलाम । प्रतिनिधिसभा सदस्यका लागि इलाम–२ मा भएको उपनिर्वाचनको मतगणना जारी छ । हालसम्म फाकफोकथुम, चुलाचुली र माङ्सेबुङ गाउँपालिकाको मतगणना सकिएको मुख्य ...

लगानी सम्मेलनको दोस्रो दिन, विभिन्न विषयका फरकफरक सत्र सञ्चालन हुँदै

काठमाडौँ । आइतबारदेखि यहाँ जारी लगानी सम्मेलनको आज दोस्रो दिन विभिन्न विषयमा १२ वटा सत्र सञ्चालन हुने भएका छन् ।  बिहानदेखि फरकफरक चारवटा सभाहलमा स...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies