काठमाडाैं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका दुई कर्मचारीलाई कारबाही गरिएको छ । करिब सय किलो सुन तस्करीमा मुछिएका विमानस्थल भन्सार कार्यालयमा कार्यरत नायब सुब्बा कुमार ढकाल र भन्सार अजेन्ट यादव पराजुलीलाई भन्सार विभागले निलम्बन गरेको हो।
विभागले एक जनालाई निलम्बन गर्न सिफारिश गरेको छ। भन्सार अधिकृत सन्तोष चन्दलाई निलम्बन गर्न अर्थ मन्त्रालयमा सिफारिश गरिएकाे हाे । सुन आउने वेला ड्यूटीमा रहेका तीनै जनालाई कारबाही अगाडि बढाइएको भन्सार विभागका निर्देशक एवं सूचना अधिकारी पुण्यविक्रम खड्काले जानकारी दिए ।
अधिकृतलाई विभागबाट गर्न नमिल्ने भएकाले निलम्बन गर्न मन्त्रालयलाई सिफारिश गरिएको उनले बताए ।
साउन ३ गते साँझ मोटरसाइकल र स्कूटरको ‘ब्रेक शू’ मा राखेर १०० किलो सुन ल्याइएको थियो । हङकङबाट आएको सुनलाई विमानस्थल भन्सार कार्यालयबाट गेट पास गरेर बाहिर ल्याउँदै गर्दा राजस्व अनुसन्धान विभागको टोलीले नियन्त्रणमा लिएको थियो।
भन्सारबाट पास गराउँदा बनाइएका कागजात अनुसार भन्सार अधिकृत चन्द, सुब्बा ढकाल र भन्सार अजेन्ट यादव ड्यूटीमा रहेका थिए । कागजातमा भन्सार अधिकृत यादवको हस्ताक्षर रहेको पाइएको छ ।
भन्सार विभागले छानबिन गर्न छानबिन समिति गठन गरेको छ । विभागका अनुसन्धान शाखाका निर्देशक मानबहादुर पौडेलको नेतृत्वमा गठन भएको छानबिन समितिले काम शुरू गरिसकेको बताइएकाे छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २ गते, २०८२ - १०:५५
मकवानपुर । वागमती प्रदेशले चालु आर्थिक वर्षको प्रथम पाँच महिनामा ४.४७ प्रतिशतमात्र पुँजीगत खर्च गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसा...
पौष २ गते, २०८२ - ०९:४६
विद्युतीय मतदानसहित एमाले नेतृत्व चयन प्रक्रिया सुरु
पौष २ गते, २०८२ - ०९:४३
काठमाडौँ । नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिनका लागि खुला रहने भएको छ। नागढुंगा–पिप्लामोड खण्डको साँघुरो भागमा दोस्रो तहको कालोपत्रको काम सकिएको ...
पौष २ गते, २०८२ - ०९:३९
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले आफ्नो यात्रा प्रतिबन्धको दायरा विस्तार गर्दै थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगाएको छ। य...
पौष २ गते, २०८२ - ०९:३८
पर्सा । पर्सा प्रहरीले वीरगञ्ज महानगर–१७ अलौ क्षेत्रमा पिकअप भ्यानमा लुकाइराखिएको १७६ किलो गाँजा बरामद गरेको छ। बरामद भएको पिकअप भ्यान बा२१च ७८५५ नम्ब...
पौष २ गते, २०८२ - ०९:३४
काठमाडौं । नेकपा एमालेका नेता कृष्णगोपाल श्रेष्ठले पार्टीभित्र कुनै पक्ष वा विपक्ष नरहेको स्पष्ट पारेका छन्। बुधबार भृकुटीमण्डपमा सञ्चारकर्मीहरूसँग कु...
पौष २ गते, २०८२ - ०९:३०
सर्लाही । गोडैता नगरपालिका–४ रोहुवास्थित उखुबारीमा सोमबार दिउँसो लागेको भीषण आगलागीबाट करिब ५०–६० बिघा उखु बाली जलेर नष्ट भएको छ। प्रारम्भिक अनुमान अन...
पौष २ गते, २०८२ - ०९:२८
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई यसअघि महान फुटबलर पेलेसँग तुलना गरेर चर्चामा आएका नेता कृष्णगोपाल श्रेष्ठले अब पार्टीमा नयाँ नेतृ...
पौष २ गते, २०८२ - ०९:२४
काठमाडौं । नेकपा एमालेका नेता महेश बर्तौलाले पार्टीभित्रको नेतृत्व प्रतिस्पर्धा स्वस्थ र स्वच्छ रहेको बताएका छन्। बुधबार भृकुटीमण्डपमा सञ्चारकर्मीहरूस...
पौष २ गते, २०८२ - ०९:१५
काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदानस्थल पुगेका प्रतिनिधिहरूलाई केपी शर्मा ओली पक्षले आफ्नो प्यानलका उम्मेदवा...




प्रतिकृया लेख्नुहोस्: