Khabar Dabali ४ पुष २०८२ शुक्रबार | 19th December, 2025 Fri
Investment bank

स्टाफ कलेजको आकस्मिक निरीक्षणमा एकसाथ पुगे मन्त्री मोदी र सचिव पुष्कर

खबरडबली संवाददाता

ललितपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान (स्टाफ कलेज) को आकस्मिक निरीक्षणका लागि संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमन लाल मोदी र सचिव डा. कृष्णहरी पुष्कर एकसाथ पुगेका छन् । 

शुक्रबार बिहान १० बजे मन्त्री मोदी र सचिव पुष्कर निरीक्षणका लागि स्टाफ कलेज पुगेका हुन् । 

यसअघि विभिन्न सञ्चारमाध्यममा मन्त्री र सचिवकाबीच मेलमिलाप नरहेको भनी प्रकाशित समाचार आइरहेकै बेला मन्त्री र सचिव एकसाथ अनुगमनमा निस्किएका हुन् । अनुगमन सहसचिव कमल भट्टराई पनि उपस्थित थिए ।

निरीक्षणका क्रममा मन्त्री मोदी र सचिव पुष्करले स्टाफ कलेजको प्रशासनिक तथा व्यवस्थापकीय क्षेत्रमा गर्नुपर्ने सुधारका लागि मन्त्रालय साथ र सहयोग गर्न तयार रहेको प्रतिबद्धता जनाए । 

मन्त्री मोदीले प्रशासनिक तथा व्यवस्थापकीय सुधारको माध्यमबाट सुशासन कायम गर्नका लागि आफूले मन्त्रालय र मातहतका निकायको नियमित अनुगमन गरिरहेको बताए । 

“मैले पदभार ग्रहण गर्दाखेरि नै सुशासन कायम गर्ने विषय मेरो प्राथमिकतामा छ भनेको थिए, सुशासन कायम गर्ने सिलसिलामा नै हामीले अहिले मन्त्रालय र मातहतको निकायको नियमित अनुगमन गर्दै आएका छौँ” मन्त्री मोदीले भने । 

अनुगमनका क्रममा मन्त्री र सचिवले स्टाफ कलेजको निर्माणधीन संरचनाको पनि निरीक्षण गरेका थिए । स्टाफ कलेजका कार्यकारी निर्देशक डा. राजन खनालले स्टाफ कलेजबाट भइरहेको काम र आगामी कार्ययोजनाबारे जानकारी गराएका थिए ।

मन्त्री मोदीले प्रशासकीय तथा व्यवस्थापकीय सुधारमार्फत् सुशासन कायम गर्ने प्रतिबद्धता अनुसार विभिन्न कार्यालयको नियमित अनुगमन गर्दै आएका छन् । उनले यसअघि पटकपटक मन्त्रालय, निजामती कर्मचारी अस्पताल,  राष्ट्रिय किताबखाना (निजामती) लगायतका कार्यालयको अनुगमन गरिसकेका छन् । 

मन्त्री मोदीले कर्मचारी प्रशासन सुधारका लागि चालेका कदमबाट केही सुधार समेत हुँदै आएको छ । उनले बढुवा भएका कर्मचारीसहित अतिरिक्तका कर्मचारीलाई अनिवार्य रुपमा स्थानीय तहमा खटाउनेखि निमित्त प्रमुख प्रशासकीय अधिकृत हटाउनेसम्मका कामहरु भइरहेको छ । 

स्टाफ कलेजले प्रशासनिक क्षेत्रमा कार्यरत कर्मचारीहरुको क्षमता अभिवृद्धि गर्न सेवा प्रवेश तालिमदेखि निवृत्तिभरण पश्चातको जीवनयापनसम्मका तालिमका कक्षा सञ्चालन र व्यवस्थापन गर्दै आएको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले पदाधिकारी पदमा मतगणना जारी – १,१३९ मत गन्दा कसले पाए कति ?

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत बिहीबार बिहान सम्पन्न मतदानको मतगणना जारी छ। हालसम्म २,२७० भन्दा बढी मतमध्ये १,१३९ मत गनिसकिएको प्रार...

एमाले उपमहासचिवमा लेखराज भट्टको धमाकेदार अग्रता, विष्णु रिमाल शीर्ष तीनमा अटाउन असफल

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उपमहासचिव पदको मतगणना जारी छ। प्रारम्भिक नतिजाअनुसार लेखराज भट्टले ४४० मत ल्याएर स्पष्ट अग्रता लिएका छ...

एमाले महासचिवमा शंकर पोखरेलको अग्रता कायमै, २४९ मत प्राप्त

 काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भृकुटीमण्डपमा जारी मतगणनामा महासचिव पदमा शंकर पोखरेलले स्पष्ट अग्रता लिएका छन्। पछिल्लो मतपरिणाम अ...

शिक्षामन्त्री पुनको आक्रोश : ‘कछुवाको गतिलाई पनि कृपावादी पापी समूहहरूले अल्झाए’

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले नेपालको प्रशासनिक कार्यशैलीप्रति कडा असन्तुष्टि जनाउँदै सामाजिक सञ्जालमार्फत आक्रोश व्यक्त...

ईश्वर पोखरेलको भविष्यलाई लिएर उठेका प्रश्नः एमालेमा दोहोरिन्छ कि भिम रावलको इतिहास ?

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनसँगै पार्टीभित्र नेतृत्व चयनको प्रतिस्पर्धा मात्रै होइन, भविष्यको राजनीतिक हैसियतबारे पनि गम्भीर बहस सुरु भएको ...

एमाले महासचिवमा निर्णायक भिडन्त, मतगणनामा पोखरेल ९ मतले अगाडि

काठमाडौं । नेकपा (एमाले)को ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि जारी मतगणनामा महासचिव पदमा कडा प्रतिस्पर्धा देखिएको छ। मतगणनाको सुरुवाती चरण...

वागमतीमा पुँजीगत खर्च ४.४७ प्रतिशतमात्र

मकवानपुर । वागमती प्रदेशले चालु आर्थिक वर्षको प्रथम पाँच महिनामा ४.४७ प्रतिशतमात्र पुँजीगत खर्च गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसा...

ओली–पोखरेल समूहबीच मतदानको जोश, भृकुटीमण्डपमा व्यस्त माहोल

विद्युतीय मतदानसहित एमाले नेतृत्व चयन प्रक्रिया सुरु

नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिन खुला रहने

काठमाडौँ । नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिनका लागि खुला रहने भएको छ। नागढुंगा–पिप्लामोड खण्डको साँघुरो भागमा दोस्रो तहको कालोपत्रको काम सकिएको ...

ट्रम्प प्रशासनले थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगायो

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले आफ्नो यात्रा प्रतिबन्धको दायरा विस्तार गर्दै थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगाएको छ। य...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending