Ntc summer Offer
Khabar Dabali ४ आश्विन २०८१ शुक्रबार | 20th September, 2024 Fri
NIMB

किसानको घाउमा मल्हमपट्टी लगाउँदै सिन्धुलीको मरिण, सिन्धुलीका सांसद दाहाल पुगे श्रमदानमा

तस्विरः मरिण गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत
खबरडबली संवाददाता

सिन्धुली । सिन्धुलीको मरिण गाउँपालिकाले जनश्रमदान अभियान सुरु गरेको छ । गाउँपालिकाले जनतालाई विपद् पर्दा जनश्रमदान अभियान सुरु गरेको हो ।

गाउँपालिकाले वडा नम्बर ७ स्थित बाह्रबिसेमा खोलाले सिंचाइ कुलो बिगारे पछि कृषकलाई सिँचाई कुलोबाट पानी लैजानका जाली तार जाली भरीएको हो । बाह्रबिसे क्षेत्रमा २०५० सालबाट किसानले सिँचाई गदैँ आएको कुलो बाह्रबिसे खोलाले बगाएको थियो । खेतमा पानी लगाउन नपाएकोले रोपेको धान पनि मर्न लागेपछि जनताको गुनासो श्रमदान मार्फत सम्बोधन गरेर खोला नियन्त्रणको लागि एकसय पचास थान जाली भरीएको हो ।

सम्मुनत पालिका निर्काणको लागि गाउँपालिकाले सुरु गरेको जनतालाई विपद् पर्दा जनश्रमदान अभियान जिल्लामा नितान्त नयाँ कार्य भएको गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत ओम बहादुर दर्जीले बताए । उनका अनुसार गाउँपालिकाको आयोजनामा सुरु गरिएको जनश्रमदान अभियानमा सहभागि हुन नेकपा माओवादी केन्द्रका नेता तथा सिन्धुलीबाट निर्वाचित प्रतिनिधिसभा सदस्य लेखनाथ दाहाल (राजन) पनि शनिबार मरिण पुगेका थिए ।

श्रमदानमा प्रतिनिधिसभा सदस्य दाहाल, गाउँपालिकाका अध्यक्ष बिमर्श मोक्तान, उपाध्यक्ष बिमला माझि, वडा अध्यक्ष, वडा सदस्य, कर्मचारी तथा लगायत तीन सय भन्दा बढीको सहभागितामा एकै दिनमा एकसय पचास बढी तारजाली भरीएको प्रमुख प्रशासकिय अधिकृत दर्जीले बताए ।

बाह्रबिसे खोलाले कुलो भत्काएपछि ३ सय बिघाहा जमिनमा सिँचाई गर्न किसानलाई समस्या भएको र श्रमदान गरी खोलो नियन्त्रण तथा कुलो मर्मत गरिएको प्रतिनिधिसभा सदस्य दाहालले बताए । तत्काल सरकारको तर्फबाट बजेट बिनियोज भएर आउँदा सम्म समय निकै जाने र सिँचाइ नहुँदा यता धान खेतमै सुकेर जाने स्थिती देखिएकाले जनश्रमदानबाट किसानको समस्या समाधान तर्फ लागिएको उनको भनाइ छ ।

श्रमदानमा सहभागि सबैको जोस, जाँगरको साथ उल्लासमय सहभागिता रहेकाले श्रमदान गर्न उर्जा थपिएको गाउँपालिका अध्यक्ष मोक्तानले बताए । गाउँपालिकाले विपदमा परेकाहरुलाई श्रमदानबाट सहयोग गर्ने उदेश्यले महिनाको १ दिन श्रमदान अभियानको सुरुवात गरिएको मोक्तानको भनाइ छ ।

कुलो निर्माण नहुँदा हजारौँ मुरी उत्पादन हुने धान नष्ट हुने देखिएको र सबैजना श्रमदानमा जुटेपछि अबको समयमा खेतमा पानी लगाउन सफल भएको स्थानीयको भनाइ छ ।

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गायक यश कुमारले ल्याए मर्मस्पर्शी गीत ‘आँखा बन्द गरेर’

काठमाडौं । गायक यश कुमारले आज बिहीबार परेको संविधान दिवसको पूर्वसन्ध्यामा आफ्नो नयाँ गीत ‘आँखा बन्द गरेर’ बजारमा ल्याएका छन् । बुधबार राजधानीमा आयोजित...

दरबारमार्गको कन्सर्टमा पाँच हजार सुरक्षाकर्मी परिचालन

काठमाडौं ।  संविधान दिवसका अवसरमा काठमाडौंको दरबारमार्गमा आयोजित ‘नेसनल डे कन्सर्ट’ कार्यक्रममा पाँच हजार बढी सुरक्षाकर्मी परिचालन गरिएको छ । ‘नेसन...

संविधानको विरोधमा प्रदर्शन गरेको आरोपमा संसद भवन अगाडिबाट सात जना पक्राउ

काठमाडौं । नेपाल प्रहरीले नयाँ बानेश्वरस्थित संघीय संसद भवन अगाडिबाट सात जनालाई पक्राउ गरेको छ । संविधानको विरोधमा प्रदर्शन गरेको आरोपमा उनीहरूलाई निय...

बालबालिकाको पढाइमा सुधार नभएपछि अभिभावकलाई पढाउँदै शिक्षक

सर्लाही । सर्लाहीको बागमती नगरपालिका–१२, बथनीयाकी ५० वर्षीया कृष्णकुमारी कुशवार केही दिनयता पढ्न जान थालेकी छन् । ६ वर्षीया नातिनी पढ्दै गरेको विद्याल...

सर्वसाधारणका लागि खुला गरिएपछि धरहरा चढ्नेकोे भीड

काठमाडौं। आजदेखि सर्वसाधारणका लागि धरहरा खुला गरिएसँगै चढ्न आउनेको भीड लागेको छ। शुल्क निर्धारण नभएसम्मका लागि संविधान दिवसको अवसर पारेर आजदेखि निःशुल...

संविधान दिवसमा ‘सांसदसँग विद्यार्थी’ कार्यक्रम

बाँके । बाँकेको एक विद्यालयले सांसदसँग विद्यार्थी अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । बैजनाथ गाउँपालिका –५ स्थित प्रभात नमुना माध्यमिक विद्यालयले ब...

असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने

मुगु  । नेपालीहरुको महान चाडपर्वलाई लक्षित गरेर हिमाली जिल्ला मुगुमा सुपथ पसल आगामी असोज ७ गतेदेखि सञ्चालनमा आउने भएको छ ।  खाद्य व्यवस्था तथा व्या...

प्रदेश सरकारलाई बलियो बनाए मात्र गणतन्त्र मजबुत हुन्छः मुख्यमन्त्री सतिशकुमार सिंह

जनकपुर  । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेश सरकारलाई बलियो बनाएको खण्डमा मात्र लोकतन्त्र, गणतन्त्र मजबुत भइ संविधान बलियो हुने बताएका...

राजनीतिक स्थायित्वलाई बलियो बनाउन संविधान संशोधनः प्रदीप ज्ञवाली

जनकपुर । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले राजनीतिक स्थायित्वलाई बलियो बनाउन संविधान संशोधन आवश्यक रहेको बताएका छन् । बिहीबार जनकपुर विमानस्...

राजनीतिक स्थायित्वलाई बलियो बनाउन संविधान संशोधनः प्रदीप ज्ञवाली

जनकपुर । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले राजनीतिक स्थायित्वलाई बलियो बनाउन संविधान संशोधन आवश्यक रहेको बताएका छन् । बिहीबार जनकपुर विमानस्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy