Ntc summer Offer
Khabar Dabali २६ पुष २०८१ शुक्रबार | 10th January, 2025 Fri
Investment bank

विद्युत् सट भएर रसुवामा आगलागी तीन घर जले

खबरडबली संवाददाता

रसुवा । विद्युत् सट भई लागेका आगोबाट कालिका गाउँपालिका-१ ग्राङ इलाका क्षेत्रमा बिहीबार तीन घर जलेर नष्ट भएको छ । आगलागीका कारण घर तथा लत्ता कपडा, भाडाकुँडा, गरगहना नगदसमेत जलेर नष्ट हुँदा करिब २७ लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको जिल्ला प्रहरी प्रमुख केशव भट्टराईले जानकारी दिए । 

भौगोलिक हिसाबले विकटबस्तीका रुपमा रहेको ग्राङको घुमाउने क्षेत्रमा पासाङ म्हेन्दो तामाङको घरमा बिहीबार  विद्युत् सट हुँदा आगलागी भएको ग्राङ प्रहरी चौकीले जनाएको छ । सोही घरबाट तार तानी विद्युत् उपयोग गरिरहेका छिमेकी दुई घरसमेत जलेर नष्ट भएको प्रहरीले जनाएको छ । 

मौजुदा विद्युत् ऐन, नियममा एउटाको घरमा जोडिएको मिटरबाट तार तानी अर्को घरमा बत्ति बाल्न नपाइने कानुनी व्यवस्था भएपनि रसुवाका दुर्गम गाउँबस्तीमा यो नियम पालना भएको देखिँदैन । यसरी गैरकानुनीरुपमा विद्युत बत्ति प्रयोग गर्ने सम्बन्धमा स्थानीय जनतालाई सुसूचित गरी त्यसपछि पनि यस किसिमको अवैधानिक गतिविधिमा संलग्न जो कोहीलाई कानुनबमोजिम कारबाही गर्नुपर्ने रसुवा जिल्ला प्रहरी प्रवक्ता एवं प्रहरी निरीक्षक सुन्दर चौलागाईं बताउँछन् । 

घरमा विद्युत् सट भई लागेको आगो नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना र स्थानीय बासिन्दा समेतको सहयोगमा दिउँसो नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । 

साविक राम्चे गाविस-३ तथा हाल कालिका गाउँपालिका-१ निवासी नेमानुर्पु तामाङ, छिरिङ तेम्बा तामाङ र पासाङनुर्पु तामाङको घर जलेर नष्ट भएको प्रहरी निरीक्षक एवं प्रवक्ता चौलागाईंले बताए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पाेखरामा स्कुटर चोरीकाे आरोपमा तीन पक्राउ

पाेखरा । स्कुटर चोरीको आरोपमा पोखराबाट तीन जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेहरूमा कास्कीको मादी गाउँपालिका–३ घर भइ पोखरा बस्दै आएका २७ वर्षीय कि...

अप्राकृति गठबन्धन अनि अलोकतान्त्रिक सरकार: प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको सरकार अब नचल्ने दाबी गरेका छन् । शुक्रबार सिंहदरबारमा विपक्षी दलहरूसँगको छ...

नवलपुरको दुम्किबासमा पुल भाँचिदा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

नवलपुर । नवलपुरको विनयी त्रिवेणी गाउँपालिका– १ दुम्किबासको विनयी खोलामा पुल भाँचिएको छ । नवलपुरका प्रमुख जिल्ला अधिकारी अरुण पोख्रेलले शुक्रबार साँ...

नागार्जुनमा जेसीबीको ठक्करबाट ११ वर्षीया बालिकाको मृत्यु

काठमाडौं । काठमाडौंको नागार्जुन नगरापलिकाल–६ स्थित ह्वाईट गुम्बा नजिकै सडकमा जेसीबीको ठक्करबारे ११ वर्षीया बालिकाको मृत्यु भएको छ ।  बा २ क ६०८८ नम...

कला र फोटोग्राफीमा प्रतिलिपि अधिकार विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

काठमाडौं । राष्ट्रिय फोटो पत्रकार समूह नेपाल र नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको संयुक्त आयोजनामा  शुक्रवार ‘कला र फोटोग्राफीमा प्रतिलिपि अधिकार’ विष...

व्यवस्थापनमा आधुनिकिकरण ल्याएर उद्योग अगाडि बढाउनुपर्छः उपप्रधानमन्त्री सिंह

काठमाडौं । उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले व्यवस्थापनमा आधुनिकिकरण ल्याएर उद्योग सञ्चालन गर्नुपर्ने बताएका छन् ।  नेपाल उद...

निर्माण ब्यावसायीकाे २२ अर्ब बढी भुक्तानी, ६ अर्ब बाँकी

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारको सदासयतालाई कमजोरी नठान्न निर्माण व्यवसायीहरुलाई चेतावनी दिएका छन् ।  नेपाल ...

समाजवादी मोर्चा सक्रिय पारिने, माघ २ मा विशेष छलफल

काठमाडौं । समाजवादी मोर्चा फेरी सक्रिय हुने भएको छ । नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच समाजवादी मोर्चालाई सक्रिय बनाउने सहमति भएसँगै बि...

१२ बुँदे सम्झौताको औचित्य समाप्त भयाे: कमल थापा

काठमाडाैं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले ०६२–०६३ मा नेपालमा राजनीतिक परिवर्तनका लागि भारतको नयाँ दिल्लीमा भएको १२ बुँदे सम्झौताको औचित्य समाप्त ...

कांग्रेसका ३७ विभागका सचिव मनोनित

काठमाडाैं । नेपाली कांग्रेसका ३७ विभागमा सचिवहरू मनोनयन गरिएको छ । मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार शुक्रबार सभापति शेरबहादुर देउवाले सचिव मनोनित...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy