Khabar Dabali १८ बैशाख २०८३ शुक्रबार | 1st May, 2026 Fri

एनआरएनए अमेरिकाको चुनावी नतिजामा आईसीसीको हस्तक्षेप, अध्यक्ष केसीले यसरी नतिजा लिक गरे

खबरडबली संवाददाता

काठमाडौँ । गैरआवसीय नेपाली संघ (एनआरएनए) अमेरिकाको चुनावमा कार्यकारी अध्यक्ष डा. बद्री केसीले गम्भीर गल्ती गरेका छन् । चुनावमा केसीले निर्वाचन समितिलाई जानकारी नदिएरै पहिलै सार्वजनिक गरेर गम्भीर गल्ती गरेका हुन् । 

कार्यकारी अध्यक्ष केसीले भेरो भोटिङ कम्पनीमार्फत निर्वाचन नतिजा पहिलै प्राप्त गरी नजिकका व्यक्तिलाई बाँडेका छन् । अस्ट्रेलियामा रहेको उक्त भोटिङ कम्पनी केसीकै हो । 

नतिजा निर्वाचन समिति भन्दा पछि प्राप्त गरेको दाबी गरेपनि केसीले आफ्नै कम्पनीबाट नतिजा सुरुमै लिएर तलमाथि गराएको आरोप सदस्यहरुले लगाएका छन् । केसीले केसीले कम्पनीबाट आफूले कम्पनीबाट नतिजाप्राप्त गरेको र पदाधिकारीलाई बाँडेको स्वीकार गरेका छन् । 

निर्वाचन समितिलाई नतिजा प्राप्तनभई सार्वजनिक भएको विरोध भएपछि केसीले गल्ती स्वीकार गर्दै एक विज्ञप्ति जारी गरेका छन् । नतिजा कम्पनीबाट आफैले प्राप्त गरी ह्वाट्सएप ग्रुपमा शेयर गरिएको पनि स्वीकार गरेका छन् । निर्वाचन समितिले नतिजा सार्वजनिक गर्न तयारी भइरहेको बेला मिडियामा चुहिएको देखिएकोले समेत विज्ञप्तिमा उल्लेख छ । 

“निर्वाचन समितिले आधिकारिक रुपमा सार्वजनिक गर्नु अगाडि संघका पदाधिकारीहरुबाट नतिजा चुहिनगएको आशंका भएको र यसले पारेको असुविधा प्रति संघ क्षमाप्रार्थी छ । भविश्यमा यस्तो त्रुटी नदोहोरिनका लागि ‘नतिजा सार्वजनिक गर्ने एक स्पष्ट कार्यविधि’बनाउने प्रतिवद्धता गर्दछौं । निर्वाचनलाई स्वच्छ, पारदर्शी र निष्पक्षगर्न अहोरात्र खटेको निर्वाचिन समितिको विश्वसनीयता प्रतिकुनै प्रश्न नउठाउन र नकारात्मक टिकाटिप्पणी नगर्न समेत सबै जनालाई अनुरोध गरिन्छ” विज्ञप्तिमा भनिएको छ ।

नतिजामा अध्यक्ष केसी सहित केही पदाधिकारीले आफू अनुकुल बनाउन कम्पनीबाट लिकगर्न लगाएको आरोप लागेको छ । सदस्यहरुले निर्वाचन निष्पक्ष नभएको भन्दै विरोध जनाएका छन् । उनीहरुले पुनःचुनाव हुनुपर्ने माग समेत गरेका छन् । 

एनआरएनएआईसीसी यही विषयमा विवाद भएपछि विभाजन समेत भएको थियो । निर्वाचन प्रणालीमा विवादले विभाज नभएको एनआरएनएबीच एकता भएकै बेला पुरानै समस्या पुनः देखा परेको हो । 

यज्ञराज सुवेदीले सामाजिक संजालमा निर्वाचन समितिले मात्रै हेर्न पाउने अधिकार आइसीसीले उलंघन गरेको लेखेका छन् । उनले आइसीसीले एनसीसीको अधिकारमा हस्तक्षेप गर्ने नैतिक अधिकार नभएको लेखेका छन् । 

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

जिफन्टले मनायो अन्तर्राष्ट्रिय श्रमिक दिवस

काठमाडौँ । १३८औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट अखिल नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट)ले काठमाडौँको भृकृट...

विदेशी नागरिकता लिने थप १९ चिकित्सकको लाइसेन्स खारेज

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले थप १९ जना चिकित्सकको दर्ता प्रमाणपत्र (लाइसेन्स) खारेज गरेको छ। काउन्सिलका रजिस्ट्रार डा सतिशकुमार देवका अनुसार ...

सिमरा सेजको ४९० बिघा जमिन अतिक्रमित

पर्सा । सिमरास्थित विशेष आर्थिक क्षेत्र (सेज) प्राधिकरण मातहत रहेको ४९० बिघा जमिन अतिक्रमण भएको छ । सेजको सो जग्गामा अहिले करिब छ सयभन्दा धेरैले घरटहर...

मे दिवसको प्रदर्शनमा अश्रुग्यास प्रहार, दर्जनौँ पक्राउ

काठमाडाैँ । टर्कीएको प्रहरीले शुक्रबार इस्तानबुलमा मे दिवसको प्रदर्शनमा अश्रुग्यास प्रहार गर्नुका साथै दर्जनौँ मानिसहरूलाई पक्राउ गरेको छ। सिएचडी लयर्...

रोल्पा जीप दुर्घटना : मृत्यु हुनेमा एकै घरका ७ सहित १४ आफन्त

राेल्पा  । रुकुमपूर्वबाट रोल्पाको जलजलातर्फ जाँदै गरेको जीप बिहीबार दिउँसो दुर्घटनामा पर्‍यो । उक्त दुर्घटनामा परी २० जनाको मृत्यु भयो भने एक जना घाइत...

सम्पत्ति शुद्धीकरण निवारण अध्यादेश जारी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल ले सम्पत्ति शुद्धीकरण निवारण (मनी लाउन्डरिङ) सम्बन्धी अध्यादेश जारी गरेका छन्। राष्ट्रपति कार्यालयका प्रवक्ता...

पेस्तोल र लागुऔषधसहित चार जना पक्राउ

काठमाडौँ । लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले एक थान पेस्तोल, म्यागेजिन र लागुऔषधसहित चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बूढानील...

शल्यक्रियापछि मृत्यु विवाद टुंगियो: १ लाख क्षतिपूर्ति सहमतिपछि परिवारले शव बुझ्यो

काठमाडौं । जनकपुरधामस्थित कृष्णा मेडिकल एण्ड टेक्निकल रिसर्च सेन्टरमा शल्यक्रियापछि एक महिलाको मृत्यु भएको घटनामा उत्पन्न विवाद सहमतिमा टुंगिएको छ। ...

डीएसपीसम्मको सम्पत्ति छानबिन दायरामा, विशेष आयोगलाई व्यापक अधिकार

काठमाडौं । सरकारले गठन गरेको सम्पत्ति छानबिन आयोगले सुरक्षा निकायका डीएसपी तहसम्मका अधिकृतहरूको सम्पत्ति जाँचबुझ गर्ने भएको छ। मन्त्रिपरिषद्को निर्...

अपराध बढेको रिपोर्टपछि अनलाइन छली नियन्त्रणमा भारतले कडाइ गर्दै

नयाँ दिल्ली । अनलाइन छलीमा वृद्धि हुँदा भारतले कडा सुरक्षा उपायहरू अपनाएको छ । भारतको केन्द्रीय बैङ्कले अनलाइन अपराधमा भएको वृद्धिलाई रोक्न सिफारिसहरू...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending