Khabar Dabali २६ मंसिर २०८२ बिहीबार | 11th December, 2025 Thu
Investment bank

एनआरएनए अमेरिकाको चुनावी नतिजामा आईसीसीको हस्तक्षेप, अध्यक्ष केसीले यसरी नतिजा लिक गरे

खबरडबली संवाददाता

काठमाडौँ । गैरआवसीय नेपाली संघ (एनआरएनए) अमेरिकाको चुनावमा कार्यकारी अध्यक्ष डा. बद्री केसीले गम्भीर गल्ती गरेका छन् । चुनावमा केसीले निर्वाचन समितिलाई जानकारी नदिएरै पहिलै सार्वजनिक गरेर गम्भीर गल्ती गरेका हुन् । 

कार्यकारी अध्यक्ष केसीले भेरो भोटिङ कम्पनीमार्फत निर्वाचन नतिजा पहिलै प्राप्त गरी नजिकका व्यक्तिलाई बाँडेका छन् । अस्ट्रेलियामा रहेको उक्त भोटिङ कम्पनी केसीकै हो । 

नतिजा निर्वाचन समिति भन्दा पछि प्राप्त गरेको दाबी गरेपनि केसीले आफ्नै कम्पनीबाट नतिजा सुरुमै लिएर तलमाथि गराएको आरोप सदस्यहरुले लगाएका छन् । केसीले केसीले कम्पनीबाट आफूले कम्पनीबाट नतिजाप्राप्त गरेको र पदाधिकारीलाई बाँडेको स्वीकार गरेका छन् । 

निर्वाचन समितिलाई नतिजा प्राप्तनभई सार्वजनिक भएको विरोध भएपछि केसीले गल्ती स्वीकार गर्दै एक विज्ञप्ति जारी गरेका छन् । नतिजा कम्पनीबाट आफैले प्राप्त गरी ह्वाट्सएप ग्रुपमा शेयर गरिएको पनि स्वीकार गरेका छन् । निर्वाचन समितिले नतिजा सार्वजनिक गर्न तयारी भइरहेको बेला मिडियामा चुहिएको देखिएकोले समेत विज्ञप्तिमा उल्लेख छ । 

“निर्वाचन समितिले आधिकारिक रुपमा सार्वजनिक गर्नु अगाडि संघका पदाधिकारीहरुबाट नतिजा चुहिनगएको आशंका भएको र यसले पारेको असुविधा प्रति संघ क्षमाप्रार्थी छ । भविश्यमा यस्तो त्रुटी नदोहोरिनका लागि ‘नतिजा सार्वजनिक गर्ने एक स्पष्ट कार्यविधि’बनाउने प्रतिवद्धता गर्दछौं । निर्वाचनलाई स्वच्छ, पारदर्शी र निष्पक्षगर्न अहोरात्र खटेको निर्वाचिन समितिको विश्वसनीयता प्रतिकुनै प्रश्न नउठाउन र नकारात्मक टिकाटिप्पणी नगर्न समेत सबै जनालाई अनुरोध गरिन्छ” विज्ञप्तिमा भनिएको छ ।

नतिजामा अध्यक्ष केसी सहित केही पदाधिकारीले आफू अनुकुल बनाउन कम्पनीबाट लिकगर्न लगाएको आरोप लागेको छ । सदस्यहरुले निर्वाचन निष्पक्ष नभएको भन्दै विरोध जनाएका छन् । उनीहरुले पुनःचुनाव हुनुपर्ने माग समेत गरेका छन् । 

एनआरएनएआईसीसी यही विषयमा विवाद भएपछि विभाजन समेत भएको थियो । निर्वाचन प्रणालीमा विवादले विभाज नभएको एनआरएनएबीच एकता भएकै बेला पुरानै समस्या पुनः देखा परेको हो । 

यज्ञराज सुवेदीले सामाजिक संजालमा निर्वाचन समितिले मात्रै हेर्न पाउने अधिकार आइसीसीले उलंघन गरेको लेखेका छन् । उनले आइसीसीले एनसीसीको अधिकारमा हस्तक्षेप गर्ने नैतिक अधिकार नभएको लेखेका छन् । 

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेकपा नेता काशी महतोको निधन, पार्टी र समाजमा अपूरणीय क्षति

काठमाडौँ । महोत्तरीका पूर्व नेकपा (माओवादी केन्द्र) जिम्मेवार नेता तथा हाल नेपाली कम्युनिस्ट पार्टीका नेता काशी महतो (करण)को  निधन भएकाे छ । महतोको नि...

जुम्लामा ‘फायर हाइड्रेन्ट’ को सफल प्रयोग, जोगियो ठूलो क्षति

जुम्ला । जुम्लाको चन्दननाथ नगरपालिका–५, खलङ्गा बजारको एक मोबाइल पसलमा हालै भएको आगलागीलाई ‘फायर हाइड्रेन्ट’ को प्रयोग गरी नियन्त्रणमा लिइएको छ। दमकल छ...

एमाले महाधिवेशनअगाडि पोखरेलको फरक दस्तावेज, ओलीसँग छलफलको तयारी

काठमाडौँ । मंसिर २७ गतेदेखि सुरु हुने एमालेको ११औँ महाधिवेशन नजिकिँदै गर्दा पार्टीभित्र राजनीतिक प्रस्तावलाई लिएर मतभेद सतहमा आएको छ । अध्यक्ष केपी शर...

४ महिनाका शिशुको हत्या आरोपमा प्रहरी असई पक्राउ

काठमाडौँ । नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक (असई) पुष्कर कार्कीले आफ्नै चार महिनाका छोराको हत्या गरेको अभियोगमा पक्राउ परेका छन् । घटना काठमाडौँको...

विप्लव, प्रभाकर र घनश्याम सँग बलदेव आक्रमक: अन्तिममा तीनैजना ओलीकै पछि लाग्छन्

रुपन्देही । नेपाली कम्युनिष्ट पार्टीका नेता चक्रपाणि खनाल ‘बलदेव’ले कम्युनिष्ट आन्दोलनभित्र देखिएका असन्तुष्ट धारहरू अन्ततः केपी शर्मा ओलीतर्फै मोडिने...

सल्यानको कोटबारामा बस दुर्घटना

सल्यान । सल्यानको बाफुखोलाबाट दाङको तुलसीपुर आइरहेको ना४ख ६२३२ नम्बरको बस सल्यानको कोटबारामा दुर्घटना भएको छ । बसमा यात्रुहरु सवार नभएको र चालकलाई ...

राष्ट्रिय बायोग्यास कार्यक्रम कागजमै सीमित, मैदानमा प्रणाली बन्द

उपेक्षा र मर्मत अभावले बायोग्यास प्रणाली धराशायी, ऊर्जा रूपान्तरणमै संकट

जेनजी आन्दोलनपछिको चुनौतीबीच पनि तनहुँ प्रशासनको सेवा निरन्तर

तनहुँ  । जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीका कारण केही समय अवरुद्ध बनेको जिल्ला प्रशासन कार्यालय तनहुँले कठिन अवस्थाबीच पनि सेवा प्रवाहलाई निरन्तर...

नेपाल बैंक र क्यूरा हेल्थबीच स्वास्थ्य सेवामा छुटसम्बन्धी सम्झौता

काठमाडौँ । नेपालकै पहिलो बैंक नेपाल बैंक लिमिटेड र क्यूरा हेल्थ प्रा. लि.बीच स्वास्थ्य सेवामा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।...

मतपत्रमा १०७ चिन्ह: प्रतिनिधि सभा चुनावमा ११४ दल मैदानमा

काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा यसपटक मतदाताले फरक–फरक १०७ वटा निर्वाचन चिन्हमध्ये आफ्नो रोजाइ छान्नुपर्नेछ । निर्वाचन आयोगले चु...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending