Khabar Dabali १ पुष २०८२ मंगलवार | 16th December, 2025 Tue
Investment bank

बुर्तिबाङ- ढोरपाटन सडकको अवस्था नाजुक, उत्तर गङ्गामा पुल नबन्दा पर्यटकलाई समस्या

खबरडबली संवाददाता

ढोरपाटन । ढोरपाटनमा बर्खामा हरियाली वातावरणसँग रमाउने र हिउँदमा हिउँ खेल्नेको भीड नै लाग्ने गर्छ । बुर्तिबाङ बजारदेखि ढोरपाटन पुग्ने सडकको अवस्था त बिजोग नै छ । यद्यपि आन्तरिक पर्यटक जसोतसो ढोरपाटन पुग्ने गरेका छन् ।     
यो याम ढोरपाटन घुम्नका लागि निकै उपयुक्त मानिन्छ । उच्च पहाडी क्षेत्र भएको हुँदा शान्त वातावरण र स्वच्छ हावापानी यहाँ पाइन्छ । बजारको गर्मीले आजित बनेकाहरु शीतलताका लागि बर्खायाममा ढोरपाटन पुग्छन् । ढोरपाटनसम्म साना खहरे खोला पार गर्दै पुगे पनि उत्तरगङ्गा नदी तर्न गाह्रो पर्छ ।     

हरेक वर्षात्को समयमा उत्तरगङ्गा नदीमा पानीको बहाव बढ्ने हुँदा ढोरपाटन बराह मन्दिर क्षेत्रबाट पारीपट्टीका सेलपाखे, सिकार आरक्ष कार्यालय क्षेत्रलगायतका ठाउँमा पुग्न पैदल यात्रा नै गर्नुपर्ने बाध्यता छ । विशेषगरी सेलपाखे र सिकार आरक्ष क्षेत्र घुम्न अतिउपयुक्त मानिन्छ । पुल नबन्दा ढोरपाटन पुग्ने धेरै जसो पर्यटक यी ठाउँमा पुग्नबाट वञ्चित हुने गरेका छन् ।     

बुर्तिबाङदेखि ढोरपाटन सडकले जोडिएको दशक बढी हुन थाल्यो, तर उत्तरगङ्गामा पुल निर्माण गर्नेतर्फ कसैको ध्यान जान सकेको छैन । उत्तरगङ्गा नदी हिउँदमा वारपार गर्न सकिने हुँदा स्थानीयले पशुचौपाया पनि खोला तार्ने गर्छन् भने गाडी पनि सहजरुपमा वारपार गर्न सक्छन् ।     

केही दिनदेखिको वर्षाले उत्तरगङ्गा बढेर सतह पार गरेको छ । मान्छे वारपार गर्न नवी र मोराङ दोगाडी घाटमा झोलुङ्गे पुल बने पनि मोटरेवल पुल भने अहिलेसम्म बन्न सकेको छैन । सेलपाखे मैदानमा यतिबेला वनफूलसँगै विभिन्न प्रकारका फूलले भरिएको र पारी पुग्ने पुल नहुँदा टाढैबाट पर्यटक लोभिने गरेका छन् ।     

उत्तरगङ्गा नदीमा पुलको माग गरेको वर्षौं भए पनि अहिलेसम्म बन्नका लागि कुनै प्रक्रिया अगाडि नबढेको स्थानीय कुलबहादुर सुनारले बताउनुभयो । उहाँले नदिमाथि पुल बने ढोर बराह मन्दिरमा आउने सबै पर्यटक सिकार आरक्ष कार्यालय क्षेत्र तथा ठूलो समरथर मैदानमा पुग्नसक्ने बताए । 

सुनारले भने, “ढोरपाटन मोटरबाटोले जोडिएदेखि हामी यहाँका गाउँलेले सरकारलाई धेरैपटक पुल बनाउनका लागि माग गर्यौँ, तर अहिलेसम्म कुनै पनि निकायबाट सुनुवाइ हुन सकेको छैन, मान्छे तर्ने झलुङ्गे पुल पनि दुई ठाउँमा मात्रै छ, बीच भागमा मोटर गुड्न पुल बने धेरै सजिलो हुने थियो, घुम्न आउने पनि गाडीमै ढोरपाटन उपत्यका घुम्न पाउँथे, अहिले त बराह मन्दिर नजिक गाडी पार्किङ गरेर पारी पुग्नुपर्ने अवस्था छ ।”     

ढोरपाटन नगरपालिकाका नगर उपप्रमुख धनबहादुर कायतले उत्तरगङ्गा नदीमा एउटा पनि मोटरेवल पुल निर्माण नहुँदा स्थानीय र पर्यटकलाई वारपारमा समस्या भएको बताए । हिउँदको समयमा कुनै समस्या नपर्ने र बर्खामा नदीमा बाढी आउँदा यात्रा गर्न नसकिने उनको भनाइ छ । उनले नगरपालिकाले आर्थिक वर्ष २०७९/८० मा नवी गाउँ नजिकै पुल निर्माणका लागि विस्तृत अध्ययन प्रतिवेदन डिपिआर तयार गरेको बताए । डिपिआर तयार गर्दा नगरपालिकाले रु १० लाख खर्च गरेको उपप्रमुख कायतको भनाइ छ ।     

“ढोरपाटन प्राकृतिक सौन्दर्यले गर्दा विश्वमा चर्चित बन्यो, तर यहाँ अहिलेसम्म ठूलाठूला विकास निर्माणका काम हुन सकेका छैनन्, हामी निर्वाचित भएर आएपछि केही कामको थालनी गरेका छौँ, अहिले तत्कालका लागि उत्तरगङ्गामा पुल आवश्यक छ, नगरपालिकाको बजेटले भ्याउँदैन, केन्द्र र प्रदेश सरकारसँग सहकार्य गरेर बनाउने योजना छ”, उनले भने, “पुल नबन्दा ढोरपाटन पुगेका हजारौँ पर्यटक वास्तविक ढोरपाटन देख्न र घुम्नबाट बञ्चित भएका छन्, अहिले त नदी बढेर माथिमाथि आएको छ, केही दिन अगाडि म ढोरपाटन पुगेको थिए, खोला तर्न सकिएन, अब हिउँद नलागेसम्म यस्तै हो ।”        
ढोरपाटन पुग्न छैन सहज     

बुर्तिबाङ बजारदेखि बोबाङ गाउँसम्म सडक सहज भए पनि दुनेपँधेरा, फल्लेघर हुँदै ढोरपाटन पुग्न भने निकै अप्ठ्यारो छ । साँघुरो सडक खाल्डाखुल्डी र हिलाम्य हुँदा पर्यटकका सवारी साधन ढोरपाटन पुग्न सक्दैनन् । यसबेला अधिकांश पर्यटक मोटरसाइकल र जीपमा यात्रा गर्ने गर्दछन् । पर्यटकले प्रयोग गर्ने सवारी साधन बीचबाटोमै बिग्रने हुँदा उनीहरुसमेत अलपत्र पर्ने गरेको स्थानीय बुद्धिमान पुनले बताए ।     

वर्षाले सडकमा लेदोसहितको हिलो र ढुङ्गा थुपारेको हुँदा यात्रा गर्न निकै कठिन हुने पुन बताउनुहुन्छ । यो सडक राष्ट्रिय प्राथमिकताको योजनाअन्तर्गतको सालझन्डी–ढोरपाटन आयोजनाअन्तरगत पर्छ । 

सडकले रुपन्देहीको सालझन्डीदेखि अर्घाखाँची हुँदै ढोरपाटन जोडेको छ । सडकको दूरावस्था हुँदा पर्यटकसँगै ढोरपाटनका स्थानीयसमेत सहजरुपमा यात्रा गर्न पाएका छैनन् । सडक निकै साँघुरो र हिलाम्मे हुँदा बस्तुभाउ तथा मान्छेलाई लेकबेँसी गर्न सकस पर्ने पुनको भनाइ छ ।     

 

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चार लेनको मादी पुल अन्तिम चरणमा

तनहुँ । मुग्लिन–पोखरा सडकअन्तर्गत दमौली बजारमा निर्माणाधीन चार लेनको पुल आगामी वैशाखभित्र सम्पन्न गर्ने गरी कामलाई तीव्रता दिइएको छ । व्यास नगरपालिका–...

अर्बकुना सुन्तला उत्पादन कृषक समूहद्वारा ८७ लाखको सुन्तला बिक्री

स्याङ्जा । स्याङ्जाको एउटै समूहले यस वर्ष ८७ लाख मूल्यको सुन्तला बिक्री गरेको छ । स्याङ्जाको पुतलीबजार नगरपालिका–७ स्थित अर्बकुना सुन्तला उत्पादन कृषक...

मुस्ताङको ऐतिहासिक सांस्कृतिक गाउँ ‘झारकोट’ ओझेलमा

मुस्ताङ । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र–१ मा अवस्थित हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिर नजिकैको ‘झारकोट’ गाउँ प...

एमाले ११ औँ महाधिवेशन: उम्मेदवारीको अन्तिम नामावली सूचीसहित

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि उम्मेदवारीको अन्तिम नामावली सार्वजनिक भएको छ। केन्द्रीय निर्वाचन समितिले सार्वज...

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे, भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा हात्ती भैरहवा पुगेका छन् । बुधबार गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल हुँदै ती हात्...

मङ्गलाघाटमा पाखो सम्याएर खेलमैदान निर्माण

म्याग्दी । बेनी नगरपालिका–७ मङ्गलाघाटमा स्थानीयवासीले सातमुरे पाखो सम्याएर ३५ मिटर लम्बाइ र १५ मिटर चौडाइ भएको खेलमैदान निर्माण गरेका छन्। बेनी नगरपाल...

कोरियाली पर्यटक भित्र्याउन टान–काटा बीच समझदारीपत्रमा हस्ताक्षर

काठमाडौँ ।  ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) र कोरिया एसोसिएसन अफ ट्राभल एजेन्ट्स (काटा) बीच द्विपक्षीय पर्यटन प्रवर्द्धन र सहकार्य सुदृढ गर्...

नेकपा (संयुक्त) ले सात प्रदेश सम्मेलन आयोजक संयोजक तोक्यो

घनश्याम भुसाल संयोजक रहेको दस्तावेज लेखन समिति गठन

एमाले महाधिवेशनप्रति भीम रावलको तीखाे प्रहार, ‘ओलीको निरंकुशता अहिले पुष्टि हुँदैछ’

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता डा. भीम रावलले नेकपा एमालेको जारी ११औँ महाधिवेशनप्रति कडा प्रतिक्रिया दिएका छन्। सामाजिक सञ्जालमार्फत प्रति...

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षौंदेखि अलपत्र पारेर रुग्ण बनाइएका सिँचाइतर्फका २२ वटा ठेक्का तोडिएको छ । ठेक्का तोडिएका आयोजनाहरुको क...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending