Khabar Dabali ७ चैत्र २०८२ शनिबार | 21st March, 2026 Sat
Investment bank

चीनको ‘जीवन्त गाउँ’ परियोजना सिन्धुपाल्चोकबाट सुरु

खबरडबली संवाददाता

सिन्धुपाल्चोक । दक्षिण एसियाली मुलुकहरूमा गरिबी निवारण गर्ने उद्देश्यका साथ चीन सरकारले अघि सारेको ‘जीवन्त गाउँ’ परियोजना सिन्धुपाल्चोकबाट सुरु भएको छ । 

चीन सरकारले सिन्धुपाल्चोकको कुविण्डेलाई जीवन्त गाउँ बनाउने भएको हो । पूर्वसभामुख अग्निप्रसाद सापकोटा र नेपालका लागि चिनियाँ दूतावासका आर्थिक तथा वाणिज्य काउन्सुलर सियूले चीन–दक्षिण एसियाली मुलुक गरिबी निवारण तथा विकास सहयोग केन्द्रको ‘जीवन्त गाउँ’ नमूना परियोजनाको  संयुक्तरूपमा उद्घाटन गरे। 

परियोजनाअन्तर्गत जीवन्त गाउँका लागि चौतारा साँगाचोकगढी नगरपालिका–४ कुविण्डेलाई कृषि र पशुपालनका लागि चीन सरकारले आर्थिक र प्राविधिक सहयोग उपलब्ध गराउने छ । दूध पकेट क्षेत्रका रूपमा परिचित कुविण्डेलाई कृषि र पशुपालनमार्फत नै जीवन्त गाउँ बनाउने योजना रहेको चिनियाँ अधिकारीले बताएका छन् । 

कुविण्डेलाई जीवन्त गाउँ बनाउन आफूहरू प्रतिबद्ध रहेको भन्दै काउन्सुलर सियुले सो परियोजना दक्षिण एसियामा नै पहिलोपटक नेपालको सिन्धुपाल्चोकबाट सुरु गरेको बताए। कुविण्डेलाई पहिलो चरणमा कृषि र पशुपालनका लागि सहयोग गर्ने र सो सँगै सडक, शिक्षा, खानेपानी जस्ता पूर्वाधारमा सहयोग गर्दै जाने योजना रहेको बताए। 

पूर्वसभामुख सापकोटाले जीवन्त गाउँ परियोजनामार्फत कुविण्डेलाई जीवन्त गाउँ बनाउने चिनियाँ परियोजनालाई सबैले सघाउनुपर्ने बताए। समारोहमा कृषि तथा ग्रामीण विकास आयोग चीनका निर्देशक लि जिउहोङ र साउथवेष्ट विश्वविद्यालय चीनका लि छुयेङले परियोजनाबाट कुविण्डे जीवन्त गाउँ बन्नुका साथै आर्थिक स्तरोन्नतिका लागि परियोजना वरदान सावित बताए। 

समारोहमा काउन्सुलर सियुले कुविण्डे दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष प्रेम सापकोटालाई दूध प्याकिङ मेसिन हस्तान्तरण गरे। साथै पूर्वसभामुख सापकोटा र काउन्सुलर सियुले संयुक्तरूपमा वडा ४ का चार सय ३६ विद्यार्थीलाई १८ किसिमका शैक्षिक र स्वास्थ्य सामग्रीसहितको विद्यालय झोला वितरण गरे। 

नगरपालिकाको कुनै एक गाउँलाई नमूना गाउँ बनाउनका लागि नगरपालिकाको योजना रहेको र सोअनुसार कूटनीतिक पहलद्वारा कुविण्डेलाई जीवन्त गाउँका रूपमा विकास गर्न चीन सरकार सहमत भएको नगरप्रमुख कृष्णप्रसाद सापकोटाले बताए। 

चीन सरकारले यो परियोजनका लागि नेपालका पाँच गाउँलाई छनोट गरे पनि अन्तिममा कुविण्डेलाई रोजेको हो । भूगोल, हावापानी, वातावरण र रहनसहनको अध्ययन पश्चात जीवन्त गाउँ परियोजनाअन्तर्गत कुविण्डे चीन सरकारको रोजाइमा परेको हो ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गुल्मीमा ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु

गुल्मी । ट्याक्टरको ठक्करबाट मदाने गाउँपालिकाका एक जनाको मृत्यु भएको छ ।  जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर सारुका अनुसार म...

इन्धन जोगाउने प्रयासमा श्रीलंका, अब सातामा तीन दिन बिदा

तेल र ग्यास जोगाउन अरू देशले कस्तो उपाय अवलम्बन गरेका छन्?

सार्वजनिक सवारीसाधनको भाडा बढाउने तयारी

काठमाडौं । सरकारले सार्वजनिक सवारीसाधनको भाडादर समायोजन गर्ने तयारी थालेको छ।  पेट्रोलियम पदार्थको मूल्य बढेसँगै यातायात व्यवस्था विभागले सार्वजनिक...

सरकार गठन केही दिन सर्‍यो, अब १५ चैतभित्र मात्रै प्रधानमन्त्री नियुक्त

काठमाडौं । पूर्ववत् अभ्यास र परम्परा तोड्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले यसपटक सांसदको शपथपछि मात्रै सरकार निर्माण गर्ने तयारी गरेको छ । शपथ...

नवलपरासी पूर्वमा ४६ हजारले लगाए जापानिज इन्सेफलाइटिस विरुद्धको खोप

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा जापानिज इन्सेफलाइटिसविरुद्ध सञ्चालन भइरहेको विशेष खोप अभियानअन्तर्गत हालसम्म ४६ हजार ७७८ जनाले खोप लगाएका...

रुद्राक्ष खेतीबाट मनग्य आम्दानी

भोजपुर । भोजपुरका किसानका लागि रुद्राक्ष खेती बलियो आम्दानीको स्रोत बनेको छ । विशेष गरी दिङ्ला क्षेत्रमा अधिकांशले रुद्राक्षलाई मुख्य आम्दानीको माध्यम...

देउखुरीमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

दाङ । गए राति देउखुरीमा भएकाे मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । गढवा इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक डबलबहादुर बमका अनुसार ट्या...

बरण्डाभार जङ्गल क्षेत्रमा हाइकिङ र सन्ध्याकालीन सफारीको तयारी

चितवन । चितवनको बरण्डाभार जङ्गल क्षेत्रमा पर्ने टिकौलीदेखि पञ्चकन्या र चर्तुमुखी सामुदायिक वनसम्म करिब १२ किलोमिटर दुरीमा जिप सफारीसँगै हाइकिङ र सन्ध्...

प्रि-मनसुनः आज सामान्य, भोलिदेखि फेरि बदली बढ्ने

काठमाडौँ । प्रि–मनसुनका कारण पछिल्लो एक साता बदली र वर्षा भइरहेको छ । नेपालमा आज केही सुधार भएको मौसम बुधबार पनि साधारणतया सफा नै रहने तर बिहीबारदेखि ...

केरा खेतीको बिमा नहुँदा किसान मारमा

रौतहट । केरा खेतीको बिमा नहुँदा रौतहटका किसान मारमा परेका छन् । जिल्लाका विभिन्न स्थानीय तहमा लगाइएको केरा खेतीमा बिमा नहुँदा यहाँका किसान प्रकृति प्र...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: