Khabar Dabali १ पुष २०८२ मंगलवार | 16th December, 2025 Tue
Investment bank

सांसद सुनिल शर्माको काठमाडाैं मेडीकल कलेजमा करोडौं ब्रम्हलुट, विद्यार्थी आन्दोलित

तलव माग्न गएका कर्मचारीलाई नमाग्न शर्माले दिए चेतावनी

खबरडबली संवाददाता

काठमाडौं । सुशासन र कानुनको ठूला ठूला कुरा गर्ने काँग्रेस सांसद सुनिल शर्माले विद्यार्थी सँग सरकारले तोकेको भन्दा बढी शुल्क अनाधिकृत रुपमा लिएर फिर्ता नगरेको भन्दै एमबीबीएसका विद्यार्थीहरुले आन्दोलन सूरु गरेका छन् ।

सिनामंगलमा रहेको काठमाडौं मेडिकल कलेजमा एमबीबीएस २१औं ब्याजका इन्टर्नशिपमा रहेका विद्यार्थीहरूले आन्दोलन सूरु गरेका हुन् । 

अर्थमन्त्री प्रकाशशरण महतले बताए अनुसार आफ्नो व्यक्तिगत स्वार्थका केही मागहरु पूरा नभएपछी  वतर्मान गृहमन्त्री र अर्थमन्त्री बीरुद्ध आजकल संचार माध्यममा बोलेर भाईरल बनीरहेका शर्माले मेडिकल विद्यार्थीबाट सरकारले तोकेभन्दा बढी शुल्क असुलेपछि आन्दोलन गर्न बाध्य भएको आन्दोलनरत विद्यार्थीहरुले बताएका छन् ।

कलेजले अनाधीकृत रुपमा बिद्यार्थीहरुबाट शुल्क लिएर फिर्ता नगरेपछी हामी आन्दोलन गर्न बाध्य भएका शर्माको मेडिकल कलेजमा अध्ययनरत एमबीबीएस २१ औं ब्याजका एक विद्यार्थीले बताए ।  २०७७ सालमा शिक्षा मन्त्रालयले एमबीबीएस पढाउने कलेजको ३८ लाख ५० हजार भन्दा बढी शुल्क लिन नपाउने व्यवस्था गरेपनि कलेजले ईन्टर्नशिप शुल्क भनेर प्रतिविद्यार्थी सँग २ लाख दरले असुलेको बिद्यार्थीले बताएका छन् ।

विद्यार्थी भर्नाहुने बेला ईन्टर्नशिप शुल्क भनेर पैसा लिएको कलेजले अहिले फिर्ता नगरेकोले नै विद्यार्थीहरु आक्रोशीत बनेका हुन् । 

पहिला लिएको शुल्क फिर्ता माग्दा 'ईन्टर्नको बेला फिर्ता दिन्छौँ भनेर नदिएकाे  र अहिले फिर्ता दिनुस भन्दा व्यवस्थापन फेरियो दिन सकिन्न भन्ने गरेकाे आन्दोलनरत  बिद्यार्थीहरु बताउँछन् । एक सय जनाबाट लिएको २ लाखका दरले लिएको रकमको पाँच वर्ष त खाए,  अहिले फिर्ता गर्ने भनेको २ लाख पनि नदिएकाे उनीहरुकाे भनाइ छ ।

यसैगरी सांसद शर्माले कलेजका कुनैपनि कर्मचारीहरुलाई जेठ महिना देखिको तलब दिएका छैनन् । ४ महिना लाग्दासम्म पनि तलब नपाएपछी आक्रोशीत कर्मचारीहरु साहु शर्मासँग तलवको कुरा गर्न जाँदा, ‘साउन १५ सम्म तलबको कुरा नगर्नु होला र गरे ठिक हुँदैन’ भन्दै धम्क्याएको एक कर्मचारी  बताए । 

जनप्रतिनिधी बनेर जनताको सेवा गर्ने भन्दै राजनीतिमा आएका शर्माले आफ्नो कलेजका कर्मचारी, शिक्षक, बिद्यार्थीहरु प्रति देखाएको व्यवहारले राजनीतिकै बेइज्जत भएको छ भन्दै आन्दोलनरत एक डाक्टरले  आक्रोश व्यक्त गरे । 
संसद शर्माको स्वामित्वमा केएमसी, नोवेल, पिपल्स डेण्टल लगायतका कलेज सञ्चालनमा रहेका छन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चार लेनको मादी पुल अन्तिम चरणमा

तनहुँ । मुग्लिन–पोखरा सडकअन्तर्गत दमौली बजारमा निर्माणाधीन चार लेनको पुल आगामी वैशाखभित्र सम्पन्न गर्ने गरी कामलाई तीव्रता दिइएको छ । व्यास नगरपालिका–...

अर्बकुना सुन्तला उत्पादन कृषक समूहद्वारा ८७ लाखको सुन्तला बिक्री

स्याङ्जा । स्याङ्जाको एउटै समूहले यस वर्ष ८७ लाख मूल्यको सुन्तला बिक्री गरेको छ । स्याङ्जाको पुतलीबजार नगरपालिका–७ स्थित अर्बकुना सुन्तला उत्पादन कृषक...

मुस्ताङको ऐतिहासिक सांस्कृतिक गाउँ ‘झारकोट’ ओझेलमा

मुस्ताङ । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र–१ मा अवस्थित हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिर नजिकैको ‘झारकोट’ गाउँ प...

एमाले ११ औँ महाधिवेशन: उम्मेदवारीको अन्तिम नामावली सूचीसहित

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि उम्मेदवारीको अन्तिम नामावली सार्वजनिक भएको छ। केन्द्रीय निर्वाचन समितिले सार्वज...

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे, भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा हात्ती भैरहवा पुगेका छन् । बुधबार गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल हुँदै ती हात्...

मङ्गलाघाटमा पाखो सम्याएर खेलमैदान निर्माण

म्याग्दी । बेनी नगरपालिका–७ मङ्गलाघाटमा स्थानीयवासीले सातमुरे पाखो सम्याएर ३५ मिटर लम्बाइ र १५ मिटर चौडाइ भएको खेलमैदान निर्माण गरेका छन्। बेनी नगरपाल...

कोरियाली पर्यटक भित्र्याउन टान–काटा बीच समझदारीपत्रमा हस्ताक्षर

काठमाडौँ ।  ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) र कोरिया एसोसिएसन अफ ट्राभल एजेन्ट्स (काटा) बीच द्विपक्षीय पर्यटन प्रवर्द्धन र सहकार्य सुदृढ गर्...

नेकपा (संयुक्त) ले सात प्रदेश सम्मेलन आयोजक संयोजक तोक्यो

घनश्याम भुसाल संयोजक रहेको दस्तावेज लेखन समिति गठन

एमाले महाधिवेशनप्रति भीम रावलको तीखाे प्रहार, ‘ओलीको निरंकुशता अहिले पुष्टि हुँदैछ’

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता डा. भीम रावलले नेकपा एमालेको जारी ११औँ महाधिवेशनप्रति कडा प्रतिक्रिया दिएका छन्। सामाजिक सञ्जालमार्फत प्रति...

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षौंदेखि अलपत्र पारेर रुग्ण बनाइएका सिँचाइतर्फका २२ वटा ठेक्का तोडिएको छ । ठेक्का तोडिएका आयोजनाहरुको क...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending