पोखरा । गण्डकी प्रदेशसभामा विषयगत समिति गठनका लागि दलहरु आन्तरिक छलफलमा जुटेका छन् ।
प्रदेशसभाका चार समितिको नेतृत्वमा दलहरुले आ–आफ्नै दाबीअघि सारेका छन् । प्रदेशसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले दुई समितिको सभापति आफूले पाउनुपर्ने माग गरिरहेको छ ।
सार्वजनिक लेखा समितिसहित दुई समितिको नेतृत्वमा प्रमुख प्रतिपक्षी नेकपा ९एमाले०ले दाबी गरेको छ । सत्ता गठबन्धनको दोस्रो ठूलो घटक नेकपा ९माओवादी केन्द्र०ले अर्थ तथा विकास समितिको सभापति आफूले पाउनुपर्ने जनाएको छ ।
नेपाली कांग्रेस गण्डकी प्रदेशसभा संसदीय दलका प्रमुख सचेतक नन्दप्रसाद न्यौपानले प्रदेशसभाको सबैभन्दा ठूलो दलका हिसाबले समितिको सभापति लिनेमा कांग्रेसको दाबी स्वाभाविक भएको बताए ।
“सार्वजनिक लेखा समिति प्रमुख प्रतिपक्षीले पाउने कुरा पक्का जस्तै छ, यो संसदीय प्रचलन पनि हो, बाँकी तीन समितिको नेतृत्व कांग्रेस र माओवादी मिलेर टुङ्गो लगाउँछौँ”, उनले भने ।
नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक गोविन्दबहादुर नेपालीले प्रदेशसभामा दलीय हैसियतअनुसार समितिको सभापति चयन हुनुपर्ने बताए । “प्रदेशसभामा एमाले दोस्रो ठूलो दल हो, दुई समितिको सभापतिमा हाम्रो दाबी रहन्छ”, उनले भने, “समिति गठनलाई छिटो टङ्ग्याएर प्रदेशसभालाई थप गतिशील र प्रभावकारी बनाउनुपर्छ ।”
उनले अब सरकारले ल्याउने विधेयक विषयगत समितिमा छलफल भएपछि मात्र प्रदेशसभामा लैजानुपर्ने बताए ।
माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक कुसुम बुढाले समितिमा पठाउने सदस्यका विषयमा दलभित्र आन्तरिक गृहकार्य भइरहेको बताइन् । उनले अर्थ तथा विकास समितिमा माओवादीको दाबी रहने बताइन् ।
प्रदेशसभा सचिवालयका प्रवक्ता प्रेम सुवेदीले प्रदेशसभा बैठकले पारित गरेको प्रदेशसभा नियमावली सभामुखबाट प्रमाणीकरण भएपछि समिति गठनको प्रक्रिया अगाडि बढ्ने बताए । “एकरदुई दिनभित्रैमा सभामुखज्यूबाट प्रदेशसभा नियमावली प्रमाणीकरण हुन्छ, त्यसपछि सभामुखज्यूले समिति गठनको प्रस्ताव गर्नुहुन्छ”, उनले भने, “अहिले सदन स्थगित छ, अबको बैठकमा समितिको विषयले प्रवेश पाउँछ, अब विषयगत समिति गठनमा ढिलाइ हुँदैन ।”
प्रदेशसभा नियमावली समयमा नबन्दा दोस्रो कार्यकाल सुरु भएको सात महिनापछि बल्ल विषयगत समिति गठन हुन लागेको हो । ‘मिनी संसद्’ले चिनिने विषयगत समिति गठनमा ढिलाइ हुँदा सरकारले ल्याउने विधेयक दोहोरो बहस र छलफलबिनै सोझै प्रदेशसभा बैठकबाट पारित हुँदै आएको थियो । प्रदेशसभा सदस्यहरु नै कानुन निर्माणका अभ्यासमा भाग लिन पाएका थिएनन् ।
प्रदेशसभा नियमावलीमा रहेको प्रावधानअनुसार विषयगत समितिको गठन प्रक्रिया अगाडि बढ्ने प्रवक्ता सुवेदीले बताए । “सभामुखज्यूले समितिका सदस्यको सङ्ख्या तोक्नुहुन्छ, अनि दलहरुबाट समितिमा बस्ने सदस्यहरुको नाम माग्नुहुन्छ”, उनले भने, “गठन भएको समितिले नै पछि सभापति चयन गर्छ, पहिलो बैठक ज्येष्ठ सदस्यको अध्यक्षतामा बस्छ ।”
सरकार फेरबदललगायत राजनीतिक घटनाक्रमले प्रदेशसभा नियमावली मस्यौदा समितिको काम प्रभावित हुँदा विषयगत समिति गठन पनि पछाडि धकेलिँदै आएको थियो । नियमावलीमा चार विषयगत समितिको व्यवस्था छ । पहिले रहेका विषयगत समितिका नाम र कार्यविभाजनमा हेरफेर गरिएको छ ।
प्रदेशसभा अब अर्थ तथा विकास समिति, सार्वजनिक लेखा समिति, प्रदेश मामिला तथा कानुन समिति र सामाजिक विकास तथा कृषि समिति रहनेछ । पहिलेको विधायन समिति हटाइएको छ भने सामाजिक विकास तथा कृषि समिति नयाँ थप भएको हो ।
विसं २०७४ को प्रदेशसभा नियमावलीमा व्यवस्था भएबमोजिम प्रदेशसभाको अघिल्लो कार्यकालमा विधायन, सार्वजनिक लेखा, अर्थ तथा विकास र प्रदेश मामिला गरी चारवटा विषयगत समिति क्रियाशील थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ३ गते, २०८२ - १६:२४
बागलुङ। प्रभावित ढोरपाटनका बिरामीमध्ये ६७ जना घर फर्केका छन् भने २० जनाको ‘आइसोलेसन’मा उपचार भइरहेको छ । फागुनको पहिलो सातादेखि ढोरपाटनमा फैलिएको द...
चैत्र ३ गते, २०८२ - १६:०१
काठमाडौँ । मोरङको मनमोहन टेक्निकल इन्स्टिच्युटमा चिनियाँ राष्ट्रपति सी जिनपिङद्वारा लिखित ‘द गभर्नेन्स अफ चाइना’ पुस्तक जलाइएको घटनाप्रति चीनले चासो द...
चैत्र ३ गते, २०८२ - १५:३४
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुकुम (पश्चिम) स्थित चौरजहारी नगरपालिकाका नगर प्रमुख पुष्प वादी र सोही नगरपालिकाका असिस्टेन्ट सब–इन्जिनिय...
चैत्र ३ गते, २०८२ - १५:०४
काठमाडौँ । प्रतिनिधि सभाका नवनिर्वाचित सांसदहरूको पद तथा गोपनीयताको शपथ ग्रहण र प्रारम्भिक बैठकहरू सिंहदरबारभित्र पुतली बगैँचामा बन्न लागेको नयाँ संसद...
चैत्र ३ गते, २०८२ - १४:२९
घोराही । दाङको लमही नगरपालिकाले घरदैलोमै नागरिकलाई जन्म र मृत्यु दर्ताको प्रमाणपत्र वितरण गर्न सुरु गरेको छ । ‘लमही नगर निर्माण महाअभियान’ अन्तर्गत...
चैत्र ३ गते, २०८२ - १३:५९
दुबई। मध्यपूर्वमा युद्ध तीव्र बन्दै गर्दा संयुक्त अरब इमिरेट्सले अस्थायी रूपमा विमान उडान रोकेको घोषणा गरेको छ। दुबईमा मङ्गलबार बिहान विस्फोट सुन्न सक...
चैत्र ३ गते, २०८२ - १३:३६
तानसेन। पाल्पाबाट यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइइ)मा चार हजार ७९२ जना विद्यार्थी सहभागी हुने भएका छन् । आगामी चैत १९ गतेदेखि हुने एसइइ परीक्षा...
चैत्र ३ गते, २०८२ - १३:०९
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेल आज पितृशोकमा रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेट्न गुन्डु पुगेका छन्। पूर्व प्रधानमन्त्री समेत रहेक...
चैत्र ३ गते, २०८२ - १३:०२
काठमाडौं । रास्वपा का उपसभापति डोलप्रसाद अर्यालले नवनिर्वाचित सांसदहरूलाई इतिहास लेख्ने सुवर्ण अवसर आएको बताउँदै त्यसलाई सदुपयोग गर्न आग्रह गरेका छन्।...
चैत्र ३ गते, २०८२ - १२:५०
काठमाडौं । काठमाडौंमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नवनिर्वाचित सांसदहरूका लागि दुई दिने अभिमुखीकरण कार्यक्रम ललितपुरको होटल रोयल टुलिपमा जार...


प्रतिकृया लेख्नुहोस्: