काठमाडौं । ठमेलस्थित क्लब ओम्नियाका सञ्चालक राजेन्द्र गुरुङसहित त्यहाँका कर्मचारीलाई कुटपिट गरेको आरोपमा पक्राउ परेका सानुभाइ भनिने युवराज गुरुङले रिसको झोँकमा कुटपिट गरेको स्वीकारेका छन् ।
जिल्ला सरकारी वकिलको कार्यालयका अधिकारीहरुको उपस्थितिमा प्रहरीले लिएको बयानमा उनले १५ असारमा क्लबमा जाने क्रममा रिसेप्सन अगाडि उभिएका सञ्चालक र बाउन्सरहरुले आफू र साथीहरुलाई अपशब्द बोलेर धकेलेको बताएका छन् ।
‘त्यसरी धकेलेपछि रिसको सुरमा जाहेरवाला राजेन्द्र गुरुङ, सुरेश खड्का र नितेश खड्गी लगायतलाई हातपात लछारपछार गरेर कुटपिट गरेर हामी क्लबबाट भागेका थियौं’, गुरुङले भनेका छन्, ‘यसको १०÷१२ दिन पहिले पनि क्लबमा दुई पक्षबीच झगडा हुँदा सञ्चालक, बाउन्सर र अरु कर्मचारीले मेरो नाम जोडेर प्रहरी आउँदा सोफा पछाडि लुकेर बस्यो भन्दै तथानाम आरोप लगाएर हल्ला मच्चाएका रहेछन् ।’
घटना भएको दिन १५ असारमा आफ्नो जन्मदिन भएकाले साथीहरुसँग ठमेलस्थित चखेवा रेष्टुरेन्टमा बसेर मादक पदार्थ सेवन गरेर रमाइलो गर्न भन्दै क्लबमा गएको उनले बताएका छन् । त्यसक्रममा उक्त कुटपिटको घटना भएको गुरुङले बताएका छन् ।
‘म विगत ९/१० वर्षदेखि नुवाकोटमा बालुवा सम्बन्धी ठेक्कापट्टाको काम गर्दै काठमाडौंमा बस्दै आएको छु, जाहेरवाला मेरो गाउँको पुरानो साथी पनि हुन्’, सानुभाइले भनेका छन्, ‘कारोबार गर्ने क्रममा हिसाबको कारोबार नमिलेर हामीहरु आफ्नो आफ्नो बाटो लागेर व्यवसाय सञ्चालन गर्दै आएका थियौं ।’
सानुभाइ विगतमा गुण्डा नाइके कुमार घैंटेसँग जोडिएका व्यक्ति हुन् । घैंटे प्रहरी मुठभेडमा मारिएपछि उनी बलेट प्रुफ ज्याकेट लगाएर हिँड्न थालेका थिए । पछि प्रहरीले हतियार र ज्याकेटसहित पक्राउ गरेको थियो ।सानुभाइविरुद्धको अभद्र व्यवहारसम्बन्धी मुद्दा बुधबार जिल्ला अदालत, काठमाडौंमा सुनुवाइ हुँदैछ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ३ गते, २०८२ - १२:४३
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत बिहीबार बिहान सम्पन्न मतदानको मतगणना जारी छ। हालसम्म २,२७० भन्दा बढी मतमध्ये १,१३९ मत गनिसकिएको प्रार...
पौष ३ गते, २०८२ - १२:००
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उपमहासचिव पदको मतगणना जारी छ। प्रारम्भिक नतिजाअनुसार लेखराज भट्टले ४४० मत ल्याएर स्पष्ट अग्रता लिएका छ...
पौष ३ गते, २०८२ - ११:५४
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भृकुटीमण्डपमा जारी मतगणनामा महासचिव पदमा शंकर पोखरेलले स्पष्ट अग्रता लिएका छन्। पछिल्लो मतपरिणाम अ...
पौष ३ गते, २०८२ - ११:१५
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले नेपालको प्रशासनिक कार्यशैलीप्रति कडा असन्तुष्टि जनाउँदै सामाजिक सञ्जालमार्फत आक्रोश व्यक्त...
पौष ३ गते, २०८२ - ११:०४
काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनसँगै पार्टीभित्र नेतृत्व चयनको प्रतिस्पर्धा मात्रै होइन, भविष्यको राजनीतिक हैसियतबारे पनि गम्भीर बहस सुरु भएको ...
पौष ३ गते, २०८२ - १०:५४
काठमाडौं । नेकपा (एमाले)को ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि जारी मतगणनामा महासचिव पदमा कडा प्रतिस्पर्धा देखिएको छ। मतगणनाको सुरुवाती चरण...
पौष २ गते, २०८२ - १०:५५
मकवानपुर । वागमती प्रदेशले चालु आर्थिक वर्षको प्रथम पाँच महिनामा ४.४७ प्रतिशतमात्र पुँजीगत खर्च गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसा...
पौष २ गते, २०८२ - ०९:४६
विद्युतीय मतदानसहित एमाले नेतृत्व चयन प्रक्रिया सुरु
पौष २ गते, २०८२ - ०९:४३
काठमाडौँ । नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिनका लागि खुला रहने भएको छ। नागढुंगा–पिप्लामोड खण्डको साँघुरो भागमा दोस्रो तहको कालोपत्रको काम सकिएको ...
पौष २ गते, २०८२ - ०९:३९
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले आफ्नो यात्रा प्रतिबन्धको दायरा विस्तार गर्दै थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगाएको छ। य...




प्रतिकृया लेख्नुहोस्: