Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

लम्पी स्किनको महामारी : १० दिनदेखी अस्पतालमा छैनन्, प्रमुखसहितका डाक्टर र कर्मचारी

खबरडबली संवाददाता

दाेलखा । लम्पी स्किनको महामारी छोडेर दुई जिल्ला हेर्ने भेटेरिनरी अस्पताल चरिकोटका प्रमुख सहित डाक्टर तथा प्राविधिक कर्मचारीहरु १० दिनदेखि अस्पतालमा छैनन् ।

दोलखा र सिन्धुपाल्चोक दुई जिल्ला कार्य क्षेत्र भएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख सहित डाक्टर र अन्य कर्मचारीहरु १० दिन देखि कार्यालयमा उपस्थित नभएका हुन् ।

बुधबार अस्पताल पुग्दा एक जना प्राविधिक र एक कार्यालय सहयोगी मात्रै अस्पतालमा काम गरिरहेका थिए । दुई जिल्लाका अधिकांस किसानहरुले पालेका पशु चौपायाहरुमा लम्पी स्किनको संक्रमण देखिनुका साथै कतिपय पशुचौपाया मरिरहेको दर्दनाक स्थिति छोडेर कार्यालय प्रमुख तथा डाक्टरहरु अस्पतालमा नहुँदा सेवाग्राहीहरुले हदैसम्मको सास्ती व्यहोर्नुपरेको छ । 

साउने संक्रान्ति मनाउन घर गएका प्राविधिक कर्मचारीहरु अझै कार्यालय फर्किएका छैनन् । निमित्त कार्यालय प्रमुख पलट चौधरी साउन १ गते बिहान हाजिरी लगाएर निस्किएका थिए । उनी बुधबारसम्म अस्पताल आइपुगेका छैनन् । 

त्यस्तै सुचना अधिकारी समेत रहेका डा.ध्रुव डिसी पनि सोही समय देखि अस्पतालमा छैनन् । ११ जनाको दरबन्दी रहेको भेटेरिनरी अस्पताल तथा विज्ञ सेवा केन्द्रमा ७ जना मात्र कर्मचारी छन् । 

बुधबार दिउँसो १ः३० बजे अस्पताल पुग्दा एक जना प्राविधिक र एक जना कार्यालय सहयोगी मात्रै काममा व्यस्त थिए । उनीहरुले अन्य सबै कर्मचारी कोही बिदा तथा कोही हेटौंडा गोष्ठीमा गएको भन्ने जानकारी दिए  । २ जिल्लाका पशुहरुको उपचार हुने एक मात्र भेटेरिनरी अस्पतालको यो हालत हदैसम्मको लापरबाही भएको सरोकारवालाहरुले बताएका छन्। 

९ गतेको गोष्ठिका लागि १ गते देखि अस्पतालमा छैनन् कार्यालय प्रमुख 

यस विषयमा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र चरिकोटका निमित्त प्रमुख पलट चौधरीसँग टेलिफोन सम्पर्क गर्दा उनले आफु प्रदेश मन्त्रालयको गोष्ठिमा सहभागी हुन हेटौंडा गएको प्रतिक्रिया दिए । चौधरीले आफुसँगै डा. ध्रुब डिसी पनि सोही कार्यक्रममा भाग लिन हेटौंडा आएको जनाएका छन् ।

लम्पी स्किन सम्बन्धि यत्रो ठूलो महामारी चलिरँहदा लामो समय अस्पताल नै खाली किन भन्ने जिज्ञासामा चौधरीले प्रस्ट जवाफ दिएनन् । उनले संक्षिप्तमा आफु बाटोमा भएको र केही सुचना चाहिए बिहिबार अस्पताल आउन आग्रह गर्दै टेलिफोन राखेका थिए ।

बागमती प्रदेशको कृषि तथा पशुपन्छी मन्त्रालयका सुचना अधिकृत अनुप अधिकारीले साउन ९ गते मन्त्रालय मातहतका सबै कार्यालयहरुको समिक्षा गोष्ठि एक दिन मात्रै रहेको जनाएका छन् । उनले यसबारे आबश्यक सोधपुछ गर्ने र गलत भएको पाइएमा आफु भन्दा माथिल्लो तहमा छलफल गर्ने जनाएका छन् ।

दोलखाका प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमलाले कार्यालय छोड्दा समान्य जानकारी आएको तर अस्पताल जस्तो संबेदनशिल क्षेत्रमा यति लामो समय चिकित्सक तथा कर्मचारी नभएको भन्ने जानकारी प्राप्त नभएको बताएका छन् । प्रजिअ धमलाले त्यसबारे तत्काल अध्ययन गर्ने जानकारी दिए  ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चार लेनको मादी पुल अन्तिम चरणमा

तनहुँ । मुग्लिन–पोखरा सडकअन्तर्गत दमौली बजारमा निर्माणाधीन चार लेनको पुल आगामी वैशाखभित्र सम्पन्न गर्ने गरी कामलाई तीव्रता दिइएको छ । व्यास नगरपालिका–...

अर्बकुना सुन्तला उत्पादन कृषक समूहद्वारा ८७ लाखको सुन्तला बिक्री

स्याङ्जा । स्याङ्जाको एउटै समूहले यस वर्ष ८७ लाख मूल्यको सुन्तला बिक्री गरेको छ । स्याङ्जाको पुतलीबजार नगरपालिका–७ स्थित अर्बकुना सुन्तला उत्पादन कृषक...

मुस्ताङको ऐतिहासिक सांस्कृतिक गाउँ ‘झारकोट’ ओझेलमा

मुस्ताङ । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र–१ मा अवस्थित हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिर नजिकैको ‘झारकोट’ गाउँ प...

एमाले ११ औँ महाधिवेशन: उम्मेदवारीको अन्तिम नामावली सूचीसहित

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि उम्मेदवारीको अन्तिम नामावली सार्वजनिक भएको छ। केन्द्रीय निर्वाचन समितिले सार्वज...

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे, भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा हात्ती भैरहवा पुगेका छन् । बुधबार गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल हुँदै ती हात्...

मङ्गलाघाटमा पाखो सम्याएर खेलमैदान निर्माण

म्याग्दी । बेनी नगरपालिका–७ मङ्गलाघाटमा स्थानीयवासीले सातमुरे पाखो सम्याएर ३५ मिटर लम्बाइ र १५ मिटर चौडाइ भएको खेलमैदान निर्माण गरेका छन्। बेनी नगरपाल...

कोरियाली पर्यटक भित्र्याउन टान–काटा बीच समझदारीपत्रमा हस्ताक्षर

काठमाडौँ ।  ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) र कोरिया एसोसिएसन अफ ट्राभल एजेन्ट्स (काटा) बीच द्विपक्षीय पर्यटन प्रवर्द्धन र सहकार्य सुदृढ गर्...

नेकपा (संयुक्त) ले सात प्रदेश सम्मेलन आयोजक संयोजक तोक्यो

घनश्याम भुसाल संयोजक रहेको दस्तावेज लेखन समिति गठन

एमाले महाधिवेशनप्रति भीम रावलको तीखाे प्रहार, ‘ओलीको निरंकुशता अहिले पुष्टि हुँदैछ’

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता डा. भीम रावलले नेकपा एमालेको जारी ११औँ महाधिवेशनप्रति कडा प्रतिक्रिया दिएका छन्। सामाजिक सञ्जालमार्फत प्रति...

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षौंदेखि अलपत्र पारेर रुग्ण बनाइएका सिँचाइतर्फका २२ वटा ठेक्का तोडिएको छ । ठेक्का तोडिएका आयोजनाहरुको क...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending