सल्यान । सल्यानको शारदा नगरपालिका वडा नम्बर १४ का जोगदेखोला, स्यालपानी, बरला आपसापका क्षेत्रको धान बालीमा काँडेदार खपटे किराको प्रकोप देखिएको छ । शारदा नदीको किनारमा भएका खेतमा किराको प्रकोप तीव्र रुपमा फैलिएको हो ।
किराको प्रकोपका कारण अहिले १ सय किसान परिवार प्रभावित भएका छन् । तीब्र रुपमा फैलिरहेकाले आसपासका किसान समेत चिन्तित भएका छन् । अहिले वर्षात् भइरहेकाले र किसानले रासायनिक मल प्रयोग गर्दा खपटे किराको प्रकोप चारैतिर फैलिएको जानकार बताउँछन् ।
खपटेकिराका कारण बरला, स्यालपानी र जोगदेखोला आसपासमा किसानले लगाएको झन्डै ५ हेक्टर भन्दा बढी खेतमा लगाएको धानबालीमा क्षति पुगेको कृषि विकास कार्यालय सल्यानका वसन्त रेग्मीले बताए । खपटे किराको लार्भाले हरियो भाग खाँदा धानका पात सुक्दै गएको र बयस्क किराले धानको टुप्पा खाने गरेको उनले जानकारी गराए ।
उनका अनुसार किसानले रोग र किरा लागेको अवस्था छुट्याउन नसकी फाट्टफुट्ट किरा देखिएको बेला रासायनिक मल प्रयोग गर्दा खपटे किरा तीब्र रुपमा फैलिरहेको हो । किरा नियन्त्रणका लागि किसानलाई विभिन्न किसिमका सल्लाह र विषादी उपलब्ध गराएको उनको भनाइ छ ।
खेतमा लगाएको धानबालीका पात सुक्दै गएको भन्दै किसानले खबर गरेपछि किसानको खेतमा पुगेको र रोग नभई किराको प्रकोप देखिएकाले किरा नियन्त्रणका लागि विषादी र विभिन्न सल्लाह दिएको शारदा नगरपालिका सल्यानका कृषि शाखा प्रमुख प्रकाश खड्काले बताए । विषादी छरेर किरा नियन्त्रणमा आउने उनले जानकारी गराए । खपटे किराका कारण धानका पात सुक्दै गएपनि त्यसले खासै असर नपुर्याउने उनको भनाइ छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ३ गते, २०८२ - १२:४३
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत बिहीबार बिहान सम्पन्न मतदानको मतगणना जारी छ। हालसम्म २,२७० भन्दा बढी मतमध्ये १,१३९ मत गनिसकिएको प्रार...
पौष ३ गते, २०८२ - १२:००
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उपमहासचिव पदको मतगणना जारी छ। प्रारम्भिक नतिजाअनुसार लेखराज भट्टले ४४० मत ल्याएर स्पष्ट अग्रता लिएका छ...
पौष ३ गते, २०८२ - ११:५४
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भृकुटीमण्डपमा जारी मतगणनामा महासचिव पदमा शंकर पोखरेलले स्पष्ट अग्रता लिएका छन्। पछिल्लो मतपरिणाम अ...
पौष ३ गते, २०८२ - ११:१५
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले नेपालको प्रशासनिक कार्यशैलीप्रति कडा असन्तुष्टि जनाउँदै सामाजिक सञ्जालमार्फत आक्रोश व्यक्त...
पौष ३ गते, २०८२ - ११:०४
काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनसँगै पार्टीभित्र नेतृत्व चयनको प्रतिस्पर्धा मात्रै होइन, भविष्यको राजनीतिक हैसियतबारे पनि गम्भीर बहस सुरु भएको ...
पौष ३ गते, २०८२ - १०:५४
काठमाडौं । नेकपा (एमाले)को ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि जारी मतगणनामा महासचिव पदमा कडा प्रतिस्पर्धा देखिएको छ। मतगणनाको सुरुवाती चरण...
पौष २ गते, २०८२ - १०:५५
मकवानपुर । वागमती प्रदेशले चालु आर्थिक वर्षको प्रथम पाँच महिनामा ४.४७ प्रतिशतमात्र पुँजीगत खर्च गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसा...
पौष २ गते, २०८२ - ०९:४६
विद्युतीय मतदानसहित एमाले नेतृत्व चयन प्रक्रिया सुरु
पौष २ गते, २०८२ - ०९:४३
काठमाडौँ । नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिनका लागि खुला रहने भएको छ। नागढुंगा–पिप्लामोड खण्डको साँघुरो भागमा दोस्रो तहको कालोपत्रको काम सकिएको ...
पौष २ गते, २०८२ - ०९:३९
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले आफ्नो यात्रा प्रतिबन्धको दायरा विस्तार गर्दै थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगाएको छ। य...




प्रतिकृया लेख्नुहोस्: