गोरखा । गोरखा जिल्लाभित्र विभिन्न प्रकारका हिंसामा परेका महिलाको उद्धार गरी मनोसामाजिक परामर्ससहित नि:शुल्क उपचार सेवा प्रदान गरिएको छ । गोरखा अस्पतालमा आइपुगेका हिंसा पीडितलाई एकद्वार सङ्कट व्यवस्थापन केन्द्रमार्फत अस्पतालले आवश्यक नि:शुल्क उपचार तथा परामर्श सेवा प्रदान गर्दै आएको छ ।
अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा हरिकुमार श्रेष्ठले हिंसापीडित व्यक्तिलाई मनोसामाजिक परामर्शसहित स्वास्थ्य सेवा प्रदान भइरहेको बताए । उनले भने, “गत एकवर्षमा अस्पतालले ३६ हिंसापीडित महिलालाई एकद्वार गरी उपचार सेवा प्रदान गरिएको छ ।”
केन्द्रमार्फत पीडितहरुको वास्तविक समस्या बुझेर पीडितको जीवनको सुरक्षा प्रत्याभूत गराएर मात्र घर फर्काउने गरिएको उनले बताए । “स्वास्थ्य अवस्था ठिक भएका हिंसापीडितलाई उपचारपछि घर पठाउने गरिएको छ, मेडिकल सुपरिटेण्डेन्ट श्रेष्ठले भने, “चाहे घरेलु हिंसा होस् चाहे लैङ्गिक वा यौन हिंसा होस् परेका हुन् सबै हिंसापीडितलाई आवश्यक उपचार र परामर्स सेवा प्रदान गरिँदै आएको छ ।”
उपचारपछि पनि स्वास्थ्य अवस्था ठिक नभएका हिसांपीडितहरुलाई स्वास्थ्य अवस्था ठीक नभएसम्मका लागि सामाजिक विकास कार्यालय गोरखाको सहयोगमा खाने वस्ने सुविधासहित ‘सेफ हाउस’मा राख्ने गरिएकोसमेत उनले जानकारी दिए। ‘गोरखा अस्पताल र जिल्ला प्रहरी कार्यालय गोरखाको सिफारिसमा हिसांपीडित व्यक्तिलाई खाना बस्नको लागि सामाजिक विकास कार्यालय गोरखाले जिम्मा लिने गरेको छ ।अहिलेसम्मको तथ्याङक अनुुसार हिसांपीडित मध्येपनि धेरै यौन हिंसामा परेका पीडितले अस्पतालबाट मनोसामाजिक परामर्श सेवा लिएको पाइएको अस्पतालले जनाएको छ ।
“समाजका अगाडि पीडितहरुले सबै कुरा खोल्न गाह्रो मानिरहेका हुन्छन्, मेडिकल सुपरिटेण्डेन्ट श्रेष्ठले भने, “वास्तविक समस्या बुझेर उनीहरुका पीडा कम गर्ने र जीवनजिउने आत्माविश्वास बढाउँदै अस्पतालले उपचारको जिम्मा लिएर नि:शुल्क उपचारसँगै परामर्शको जिम्मा लिने गरेको छ ।”
हिंसामा परेका पीडितले नि:शुल्क उपचार र मनोसामाजिक परामर्शले बाँच्ने हिम्मत बढाएको बताएछन् । अस्पतालमा पुगेर उपचार गराएपछि आत्माविश्वास बढेको उनीहरुको भनाइ छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १ गते, २०८२ - १०:४३
सुनसरी। हरिनगर गाउँपालिका–१ मा गएराति सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय २५ वर्षीया दीपक दास रहेको जिल्ला प्रहरी कार्यालय...
चैत्र १ गते, २०८२ - १०:३२
सल्यान। सल्यानमा वन क्षेत्रमा लाग्ने डढेलो न्यूनीकरण तथा नियन्त्रणका लागि जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले आइतबारदेखि विविध कार्यक्रम सञ्चालन हुँदैछ...
चैत्र १ गते, २०८२ - १०:२१
काठमाडौँ । फागुन २१ को निर्वाचनमा लज्जास्पद हार बेहोरेपछि एमाले नेताहरू एकअर्काविरुद्ध आक्रोश र आलोचनामा उत्रिएका छन्। आलोचना र आरोप–प्रत्यारोपका क...
फाल्गुन ३० गते, २०८२ - १७:२४
काठमाडौँ। यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा चार दशमलव सात प्रतिशत मत बदर भएको निर्वाचन आयोगले जनाएको छ । आयोगका सहायक प्रवक्ता...
फाल्गुन ३० गते, २०८२ - १७:१०
काठमाडौं । हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा समानुपातिक तर्फ ४ सांसद पाउने गरी मत प्राप्त गरेपछि श्रम संस्कृति पार्टीले समानुपातिक सांसदका ला...
फाल्गुन ३० गते, २०८२ - १५:४७
काठमाडौं । नेकपा एमालेले समानुपातिकतर्फ प्रतिनिधित्वका लागि चयन हुने १६ जना सांसदको नाम टुंगो लगाएको छ। शनिबार पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवा...
फाल्गुन ३० गते, २०८२ - १५:३५
काठमाडौँ । नेपाली सेनाले लेबनानमा तैनाथ नेपाली शान्ति सैनिक सुरक्षित रहेको पुष्टि गरेको छ। लेबनानस्थित नेपाली शान्ति सैनिकको बटालियन हेडक्वार्टरमा हवा...
फाल्गुन ३० गते, २०८२ - १४:४४
काठमाडौँ । नेकपा (एमाले) को केन्द्रीय सचिवालय बैठक सुरु भएको छ । भक्तपुरस्थित गुन्डुमा सचिवालय बैठक सुरु भएको हो । अध्यक्ष केपी शर्मा ओली बाबुको शोकम...
फाल्गुन ३० गते, २०८२ - १४:२७
ललितपुर। ललितपुर महानगरपालिकाको लखनखेलस्थित नव निर्मित प्रशासकिय भवन (ब्लक सि)को शनिवार उद्घाटन गरिएको छ । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्...
फाल्गुन ३० गते, २०८२ - १४:०६
काठमाडौँ। सरकारले पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउने नयाँ नीति कार्यान्वयनमा ल्याएको छ । मन्त्रिपरिषद्ले जारी गरेको ‘पेट्रोलमा इथानोल मिश...


प्रतिकृया लेख्नुहोस्: