Khabar Dabali ६ चैत्र २०८२ शुक्रबार | 20th March, 2026 Fri
Investment bank

नेपाल भाषाको गीत ‘ज्वरा ज्वरा पर्सि’ (जोडा जोडा फरिया) सार्वजनिक

खबरडबली संवाददाता

काठमाडौं ।  लोकप्रिय कलाकार मदनकृष्ण श्रेष्ठ तथा गंगाबहादुर मालीद्वारा रचना गरिएको नेपाल भाषाको गीत ‘ज्वरा ज्वरा पर्सि’ (जोडा जोडा फरिया) सार्वजनिक भएको छ ।

मह जोडीका म अर्थात कलाकार एवं गायक मदनकृष्ण श्रेष्ठको साथमा सरिता शाही र रोजी डङ्गोल श्रेष्ठको संयुक्त स्वरमा स्वरबद्ध भएको उक्त गीतको म्युजिक भिडियो काठमाडौंमा प्रीमियर गरिएको छ । यो म्युजिक भिडियो रामकृष्ण खड्गीको निर्देशनमा बनेको छ । उक्त भिडियोमा मदनकृष्ण श्रेष्ठका साथमा अभिनेत्रीद्वय बसुन्धरा भुषाल तथा सूर्यमाला शर्मा खनालले अभिनय गरेका छन् ।

कलाकार हरिवंश आचार्यको मुख्य आतिथ्यमा आयोजित समारोहमा विशेष अतिथिका रुपमा निर्देशक, कवि, लेखक, रेडियोकर्मी प्रकाश सायमीले यो भिडियो नेपाल भाषाको संगीत क्षेत्रमा एउटा मानक कायम गर्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा म्युजिक भिडियोमा अभिनय गर्ने कलाकार सूर्यमाला शर्मा, नेवाः म्युजिक भिडियोका प्रथम निर्देशक विजयरत्न असंबर् समेतले आ(आफ्नो मन्तव्य व्यक्त गरेका थिए । गोपालकृष्ण महर्जनको प्रस्तुतिमा निर्माण भएको ‘ज्वरा ज्वरा पर्सि ’ म्यूजिक भिडियोको निर्देशन र कन्सेप्ट परिकल्पना रामकृष्ण खड्गींले गरेका हुन् ।

गोपालकृष्ण महर्जनको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा गायिका रोजी डंगोलले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् । गीत र भिडियोका बारेमा गायक तथा अभिनेता मदनकृष्ण श्रेष्ठ तथा भिडियोका निर्देशक रामकृष्ण खडगीले आफ्ना धारणा राखेका थिए ।

यो गीतको भिडियो छायांकन लुजः सिंह र सम्पादन बालकृष्ण बंशीले गरेका हुन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रमाणपत्र हातमा, आँखामा शहीद छोराको तस्बिर

काठमाडौं। प्रतिनिधिसभाको समानुपातिकतर्फ निर्वाचित ११० सांसदलाई बिहीबार निर्वाचन आयोगले प्रमाणपत्र प्रदान गरेको छ। आयोग परिसरमा उत्साह, गम्भीरता र जिम्...

बुबा मजदुरी गर्न साउदी, नेपालमा छोरी सांसद

काठमाडौँ । जनकपुरधाम उपमहानगरपालिका–१४ धनुषाकी रुबी कुमारीलाई सानैमा बिहेका प्रस्ताव आउन थाल्यो । आफूलाई भन्दा उनका आमाबुबालाई छोरीको बिहे गरिदिन प्रस...

२८ हजार ९ सय अमेरिकी डलरसहित तीनजना पक्राउ

काठमाडौं । २८ हजार ९ सय अमेरिकी डलरसहित तीनजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा अनिता लामा, संगिता लामा र विनोद लामा रहेका छन् । अनिताको साथबाट १०...

प्रतिनिधिसभा सदस्य निर्वाचनः प्रति मतदाता सरदर २८४ रुपैयाँ खर्च

काठमाडौं । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन प्रतिमतदाता २८४ खर्च भएको निर्वाचन आयोगले जनाएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनको स...

रास्वपाका शीर्षस्थ नेताहरू छलफलमा

काठमाडौँ । रास्वपाका शीर्ष नेताहरू छलफलमा जुटेका छन् ।  उपसभापति स्वर्णिम वाग्लेले सामाजिक सञ्जालमा एक तस्बिर सेयर गर्दै लेखेका छन् '..राजकाज आज स...

सरकार गठनको बाटो खुला, के–के छन् अबका संवैधानिक प्रक्रिया?

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मतपरिणामसहितको प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश भएसँगै नयाँ सरकार गठनको संवैधानिक प्रक्रिया औपचारिक रूपमा...

प्रतिनिधिसभामा १७९ पुरुष, ९६ जना महिला उम्मेदवार निर्वाचित

काठमाडौं । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा १७९ पुरुष र ९६ जना महिला सांसद निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ । आयोगका प्रवक्ता ना...

अत्यधिक रक्तश्रावबाट पीडित सुत्केरीको हेलिकप्टरमार्फत उद्धार

सङ्खुवासभा । अत्यधिक रक्तश्रावबाट पीडित एक सुत्केरीको हेलिकप्टरबाट उद्धार गरिएको छ । जिल्ला अस्पताल सङ्खुवासभामा भर्ना भएकी मकालु गाउँपालिका–१ की २८ व...

जुवातास खेलिरहेको अवस्थामा सर्लाही र दाङबाट १८ जना पक्राउ

काठमाडौं  । सर्लाही र दाङमा जुवातास खेलिरहेको अवस्थामा १८ जनालाई प्रहरीले पक्राउ गरेको छ। सर्लाहीको लालबन्दी नगरपालिका–१६ परवानीपुरबाट ४३ वर्षीय सन...

सामाजिक सञ्जालमार्फत महिलाको चरित्रहत्या गर्ने युवक पक्राउ

काठमाडौं । सामाजिक सञ्जाल प्रयोग गरी एक महिलामाथि चरित्रहत्या गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। काठमाडौं महानगरपालिका–१६ नयाँबजार बस...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: