काठमाडौं । पछिल्लाे समय त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलकाे भन्सार पास भएर सिनामंगलमा समातिएकाे सुन प्रकणमा राकेशकुमार अडुकिया चर्चामा रहेका छन् । एक क्विन्टल सुन तस्करी प्रकरणमा व्यापारी अडुकियाको घरमा बुधबार राजस्व अनुसन्धान विभागको टोलीले छापा मारेपछि एकाएक उनी चर्चामा आएका हुन् ।
तस्करीमा संलग्न भएको आरोपमा कमलपोखरीस्थित अडुकियाको घरमा छापा मार्दा भने उनले नेपाल छाडिसकेका थिए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारबाट पास हुँदै गर्दा तस्करीको १ क्विन्टल सुन बरामद गरेको एक साता बितेपछि राजस्वको टोलीले अडुकियाको पनि संलग्नता रहेको आशंका देखेको थियो । त्यसपछि बुधबार राजस्वको टोलीले उनको घरमा छापा मारेको हाे ।
अनुसन्धानका क्रममा उनी नेपाल भारत दुबै देशको राहदानी भएका व्यवपारी रहेको खुलेको स्रोतको दाबी छ । उनले काठमाडौं, दिल्ली, दुबई, हङकङको भ्रमण गरिरहने गरेको रिपोर्ट कार्ड देखिएपछि झनै संकामा आएको विभागको दाबी छ।
को हुन् अडुकिया ?
एक क्विन्टल सुन तस्करी प्रकरणमा राजस्व अनुसन्धान विभागको सर्वाधिक खोजी सूचीमा रहेका पात्र हुन् अडुकिया। उनी सेयर बजारका चर्चित खेलाडीसमेत हुन्।
अडुकिया जेड ६३९६४२१ नम्बरको भारतीय राहदानी बोकेर विदेश भ्रमण गर्ने गरेको खुलेको छ । अहिले हङकङबाट काठमाडौं आएको १ क्विन्टल सुन बरामद हुनु र उनी यसको ठिक एक महिना अघि मात्रै हङकङ जानुले यो सुनको साइनो अडुकियासम्म पुग्ने आशंका राजस्व अनुसन्धान विभागको रहेकाे छ।
उनी गत जुन २६ मा नेपाल वायु सेवा निगमको उडानमार्फत् दिल्ली पुगेका थिए । दिल्लीबाट उनी हङकङ पुगेका थिए । हङकङमा अडुकियाले १२ दिन बिताएका थिए । १२ दिनसम्म हङकङमा बसेर के गरे भन्ने नखुले पनि उनले त्यहाँ अहिले बरामद भएको सुनको सम्पूर्ण बन्दोबस्द मिलाउने काम गरेको आशंका गरीएकाे छ ।
जुलाई ५ मा उनी हङकङबाट दुबई हुँदै काठमाडौं आइपुगेका थिए । उनले हङकङ जान विशेष गरी दिल्ली, दुबई, थाइल्याण्डको रुट प्रयोग गर्ने गरेको अनुसन्धानमा संलग्न अधिकारी बताउँछन् ।
पछिल्लो ६ महिनादेखि हङकङ आउजाउ गरिरहेको देखिएकाले यो सुन तस्करी प्रकरणमा उनको संलग्नता हुनसक्ने आशंका गरिएको छ । हङकङको टुर संकास्पद देखिएपछि उनको घरमा छापा हाने पनि अडुकियाले भने देश छाडिसेकका पाइएको छ । गोर्खा विकास बैंक काण्डपछि उनी सेयर बजारको ठूलो खेलाडीबाट विस्थापित भएका थिए । त्यसपछि उनी सुनको धन्दामा लागेको हुनसक्ने आशंका गरिएकाे छ ।
गोर्खा विकासमार्फत् सर्वसाधारणको करौडौं निक्षेप डुबाउनेमा पनि उनको मुख्य भूमिका रहेको थियो । गोर्खा बैंक प्रकरणमा उनी पक्राउ परेर पुनरावेदन अदालतले अन्तरिम आदेश दिएपछि छुटेका थिए । उनीविरुद्ध बैंकिङ कसुरको मुद्दा भने कायमै रहेको छ । पछि उनले वेल्थ एक्सचेन्ज नामको कमोडिटी मार्केटिङ कम्पनी समेत खोलेका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ३ गते, २०८२ - १२:४३
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत बिहीबार बिहान सम्पन्न मतदानको मतगणना जारी छ। हालसम्म २,२७० भन्दा बढी मतमध्ये १,१३९ मत गनिसकिएको प्रार...
पौष ३ गते, २०८२ - १२:००
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उपमहासचिव पदको मतगणना जारी छ। प्रारम्भिक नतिजाअनुसार लेखराज भट्टले ४४० मत ल्याएर स्पष्ट अग्रता लिएका छ...
पौष ३ गते, २०८२ - ११:५४
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भृकुटीमण्डपमा जारी मतगणनामा महासचिव पदमा शंकर पोखरेलले स्पष्ट अग्रता लिएका छन्। पछिल्लो मतपरिणाम अ...
पौष ३ गते, २०८२ - ११:१५
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले नेपालको प्रशासनिक कार्यशैलीप्रति कडा असन्तुष्टि जनाउँदै सामाजिक सञ्जालमार्फत आक्रोश व्यक्त...
पौष ३ गते, २०८२ - ११:०४
काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनसँगै पार्टीभित्र नेतृत्व चयनको प्रतिस्पर्धा मात्रै होइन, भविष्यको राजनीतिक हैसियतबारे पनि गम्भीर बहस सुरु भएको ...
पौष ३ गते, २०८२ - १०:५४
काठमाडौं । नेकपा (एमाले)को ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि जारी मतगणनामा महासचिव पदमा कडा प्रतिस्पर्धा देखिएको छ। मतगणनाको सुरुवाती चरण...
पौष २ गते, २०८२ - १०:५५
मकवानपुर । वागमती प्रदेशले चालु आर्थिक वर्षको प्रथम पाँच महिनामा ४.४७ प्रतिशतमात्र पुँजीगत खर्च गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसा...
पौष २ गते, २०८२ - ०९:४६
विद्युतीय मतदानसहित एमाले नेतृत्व चयन प्रक्रिया सुरु
पौष २ गते, २०८२ - ०९:४३
काठमाडौँ । नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिनका लागि खुला रहने भएको छ। नागढुंगा–पिप्लामोड खण्डको साँघुरो भागमा दोस्रो तहको कालोपत्रको काम सकिएको ...
पौष २ गते, २०८२ - ०९:३९
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले आफ्नो यात्रा प्रतिबन्धको दायरा विस्तार गर्दै थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगाएको छ। य...




प्रतिकृया लेख्नुहोस्: