Ntc summer Offer
Khabar Dabali १ आश्विन २०८१ मंगलवार | 17th September, 2024 Tue
NIMB

गौर हत्याकाण्ड आन्दोलनमा माओवादी विभाजित

आन्दोलनमा माओवादीकाे सहभागिता नरहेकाे जिल्ला इन्चार्ज भट्टराईकाे स्पाेष्टाेक्ती

खबरडबली संवाददाता

गौर । गौर हत्याकाण्डको छानबिनको मागलाई लिएर रौतहट जिल्लामा नेकपा माओवादी केन्द्र विभाजित भएको छ । उक्त हत्याकाण्डका विषयलाई लिएर पछिल्लो समयमा जिल्लामा आन्दोलन र जुलुस जारी रहँदा रौतहटमा भने माओवादी विभाजित भएको हो । 

जिल्लाको एउटा समुहले सत्तारुढ ६ दलीय मोर्चामा बसेर आन्दोलन गरे पछि जिल्ला इन्चार्ज समिर भट्टराईले सो आन्दोलनमा आफ्नो पार्टीको संलग्नता नभएको प्रस्ट्याएका छन् । गौरमा केही दिन अघि माओवादी केन्द्रको ब्यानर’ सहित आन्दोलन सुरु भए पछि त्यसमा आफ्नो पार्टीको संलग्नता नरहेको उनको भनाई छ ।

‘आज भन्दा १७ वर्ष अगाडि भएको अमानवीय र क्रूर गौर हत्याकाण्डको विषयलाई लिएर केही दिन देखी रौतहटको गौरमा भइरहेको ६ दलीय संघर्ष समितिको नाममा धर्ना, जुलुस, विज्ञप्ति र ज्ञापनपत्रको दोहोरी चलिरहेको यो आन्दोलनमा हाम्रो पार्टीको कुनै प्रकारको संलग्नता नरहेको जानकारी गराउँछु,’ उनले विज्ञप्ति जारी गर्दै भनेका छन् ।
 ‘गौर हत्याकाण्ड माओवादी आन्दोलनले शान्तिपूर्ण राजनीतिक बाटो समातेपछि सबैभन्दा ठुलो कार्यकर्ताको क्षति ब्यहोरेको अमानवीय र निन्दनीय घटना भएकाले दोषीलाई हदैसम्मको कानुनी कारबाही हुनुपर्छ भन्ने कुरा प्रति हाम्रो पार्टी दृढ रहेको कुरा जानकारी गराउन चाहन्छौ, साथै आम जनता, सञ्चारकर्मी तथा पार्टी पङ्क्तिका मित्रहरूलाई भ्रम पार्ने र भ्रमित हुने कार्य प्रति सतर्क रहनु हार्दिक अनुरोध गर्दछ ।’  

आम जनता पार्टीले गौर हत्याकाण्डको दोषीलाई कारबाही गर्न माग गर्दै साउन पहिलो साता प्रदर्शन गरेको थियो । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवलाई पक्राउ गरेर अनुसन्धान गर्नुपर्ने भन्दै प्रभु साहको नेतृत्वमा सो आन्दोलन भए पछि सत्तारुढ दलले त्यसको काउन्टरमा ‘प्रभु साहलाई पक्राउ गर्नुपर्ने’ भन्दै आन्दोलन सुरु गरेको थियो । ६ दलीय सत्तारुढ गठबन्धनले गरेको साहविरूद्दको आन्दोलनमा माओवादी केन्द्रको पनि ब्यानर राखिए पछि भट्टराईले सो आन्दोलनमा आफ्नो पार्टीको संलग्नता नभएको प्रस्ट्याएका हुन ।

तर, सत्तारुढ गठबन्धनको आन्दोलनमा माओवादीको कुन तहका नेताहरू सहभागी छन ? भन्ने उनले विज्ञप्तिमा भने खुलाएका छैनन् । 

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

८७ मेगावाटको लान्द्रुक मोदीमा जुट्यो लगानी

काठमाडौँ । सिंगटी हाइड्रो इनर्जी लिमिटेडको मुख्य लगानी रहेको कास्कीस्थित अन्नपुर्ण गाउँपालिकामा निर्माण हुने ८६.५९ मेगावाटको लान्द्रुक मोदी जलविद्युत ...

राष्ट्रपतिबाट संसदको चालु अधिवेशन अन्त्य

काठमाडौं । राष्ट्रपति श्री रामचन्द्र पौडेलले  संसदको दुवै सदनको चालु अधिवेशनको अन्त्य गरेका छन् । मन्त्रिपरिषद्को सिफारिस अनुसार राष्ट्रपति पाैडेलले अ...

फिल्म ‘कल्ली’मा अभिनेता सौगात मल्ल अनुबन्धित

काठमाडौं । रेड बर्ड प्रोडक्शन र कस्तुरी प्रोडक्शनको ब्यानरमा निर्माण हुने फिल्म ‘कल्ली’मा अभिनेता सौगात मल्ल अनुबन्धित भएका छन् । फिल्ममा सौगातको भूमि...

देशभर ९ हजार ४८६ जनामा डेंगु पुष्टि, हुम्लाबाहेक सबै जिल्लामा पुग्यो भेटीए संक्रमित

काठमाडौं ।  हुम्लाबाहेक देशका सबै जिल्लामा डेंगु फैलिएको छ ।  इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाको तथ्यांकअनुसार देशभर ७७ जिल्लामध्ये हुम्ल...

कामदारको भेषमा २० दिनसम्म गोविन्दाको घरमा एक युवती

काठमाडौं । बलिउड अभिनेता गोविन्दा ९० को दशकका चर्चित स्टार मध्येका एक थिए । उनको फ्यान फलोइङ यति धेरै थियो कि उनको घर बाहिर वा फिल्मको सेटमा उनको एक झ...

लुम्बिनी प्रदेश योजना आयोगको उपाध्यक्षमा अर्याल नियुक्त

काठमाडौं ।  लुम्बिनी प्रदेश सरकारले प्रदेश योजना आयोगमा रिक्त पदाधिकारी नियुक्त गरेको छ ।  मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षमा आज बसेको मन्त्रिप...

बैतडी, दार्चुला र बझाङमा तीनदिनदेखि नेपाल टेलिकमको सेवा अवरुद्ध

काठमाडौं । सुदूरपश्चिम प्रदेशका तीन जिल्लामा शनिबारदेखि  नेपाल टेलिकमको सेवा अवरुद्ध  भएको छ । सुदूर पहाडका बैतडी, दार्चुला र बझाङमा नेपाल टेलिकमको  स...

पहिलोपटक सर्वसाधारणले गरे अन्तरिक्षमा यात्रा

काठमाडौं ।  मानव इतिहासमा पहिलोपटक सर्वसाधारण नागरिकले अन्तरिक्षमा यात्रा गरेको छ । स्पेस एक्सको पोलेरिस डन मिसन अन्तर्गत पहिलोपटक पृथ्वीबाट ७३७ किलोम...

सेकुवा पसलबाट ब्राउन सुगरसहित भारतीय नागरिक पक्राउ

वीरगन्ज । पर्सा प्रहरीले ठुलो परिमाणमा ब्राउन सुगरसहित एक जना भारतीयलाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जाँच गर्दा प्रहरीले वीरगन्जस्थित सेकुवा ...

बिक्री नहुँदा ५ सय मेट्रिक टन मह किसानकै घरमा थन्कियो

चितवन ।  चितवनमा मह बिक्री नहुँदा व्यावसायिक रूपमा मह उत्पादन गर्दै आएका किसान समस्यामा परेका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy