Ntc summer Offer
Khabar Dabali १ आश्विन २०८१ मंगलवार | 17th September, 2024 Tue
NIMB

कोशीमा डेंगी स्रक्रमितको संख्या उच्च, मुलुकभर संक्रमणको त्रास

खबरडबली संवाददाता

काठमाडौं । पछिल्लो समय मुलुक भर  डेंगी संक्रमण फैलिएको छ । हाल देशभर ६९ वटा जिल्लामा डेंगी संक्रमण फैलिसकेको छ । 

वर्षा लागेसंगै उच्च हुने डेंगी संक्रमण मुलुकभरका १० वटा जिल्ला बढी प्रभावित बनेका छन् । संक्रमणदर सबैभन्दा बढि रहेको सुनसरीमा ७ जनाको मृत्यु समेत भइसकेको छ । गत वर्ष काठमाडौंमा महामारीको रुपमा देखिएको डेंगी संक्रमण यो वर्ष भने सुनसरी, संखुवासभासहितका पूर्वका जिल्लामा बढ्दो क्रममा रहेको छ ।

ईपिडिमियोलोजी तथा सरुवा रोग निन्त्रण महाशाखाका अनुसार गत ६ महिनाको अवधिमा डेंगी संक्रमण ६९ जिल्लामा फैलिएको छ । महाशाखाको तथ्यांक अनुसार १० वटा जिल्ला सबै भन्दा बढि प्रभावित बनेका छन् । 

सबैभन्दा बढी संक्रमण रहेको जिल्ला सुनसरी हो । धादिङ, दार्चुला, कास्की, संखुवासभा, काठमाडौं, कंञ्चनपुर, भक्तपुर, म्याग्दी र झापा डेंगीबाट अति प्रभावित जिल्लाहरु हुन् । 
पछिल्लो ६ महिनाको अवधिमा यी १० वटा जिल्लामा ४ हजार २ सय ८९ जनामा संक्रमण पुष्टि भएको छ । जसमा सुनसरीमा मात्रै २ हजार ५ सय ४२ जनामा संक्रमण पुष्टि भएको तथ्याङ्क रहेको छ । सुनसरीमा सबैभन्दा बढि संक्रमण धरानमा देखिएको छ । धरानमा ७ जनाको ज्यान गएको छ ।

गत वर्ष अतिप्रभावित भएकाबाहेकका जिल्लामा पनि यो वर्ष डेगी संक्रमण बढ्दै गएको छ । गतवर्षको तुलनामा संक्रमण दर बढ्दो देखिएकाले संक्रमण रोकथाम गर्ने कामलाई तिव्रता दिएको इपिडिमियोलोजि तथा रोग नियन्त्रण महाशाखाले जनाएको  छ ।

सुनसरीपछि धादिङमा डेंगी संक्रमण तीव्र देखिन्छ । तथ्यांक अनुसार धादिङमा पुष अन्तिम साता यता ४ सय १ जनामा संक्रमण देखिएको थियो । 

त्यस्तै, कास्कीमा २ सय ८, दार्चुलामा एक सय ९०, काठमाडौंमा ८०, संखुवासभामा ६४, म्याग्दीमा ५४, कञ्चनपुरमा ५२, रूपन्देहीमा ४५ र मोरङमा ३८ जनामा संक्रमण देखिएको छ । एक महिना अघिसम्म सातामा दुई तीन जना मात्रै डेंडी संक्रमित भेटिन्थे । तर पछिल्लो समय संक्रमितको संख्या ह्वात्तै बढेको छ।

गत वर्ष काठमाडौं उपत्यकामा महामारीको रूप देखिएको डेंगी संक्रमण यो पटक सबैभन्दा धेरै कोशी प्रदेशमा फैलिएको छ । पुसको अन्तिम सातादेखि कोशी प्रदेशमा दुई हजार सात सय ५४, मधेसमा २२, बागमतीमा ६ सय ६७, गण्डकीमा तीन सय ४४, लुम्बिनीमा एक सय ६६,  कर्णाली प्रदेशमा २० र  सुदूरपश्चिममा तीन सय १६ जनामा संक्रमण देखिएको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

८७ मेगावाटको लान्द्रुक मोदीमा जुट्यो लगानी

काठमाडौँ । सिंगटी हाइड्रो इनर्जी लिमिटेडको मुख्य लगानी रहेको कास्कीस्थित अन्नपुर्ण गाउँपालिकामा निर्माण हुने ८६.५९ मेगावाटको लान्द्रुक मोदी जलविद्युत ...

राष्ट्रपतिबाट संसदको चालु अधिवेशन अन्त्य

काठमाडौं । राष्ट्रपति श्री रामचन्द्र पौडेलले  संसदको दुवै सदनको चालु अधिवेशनको अन्त्य गरेका छन् । मन्त्रिपरिषद्को सिफारिस अनुसार राष्ट्रपति पाैडेलले अ...

फिल्म ‘कल्ली’मा अभिनेता सौगात मल्ल अनुबन्धित

काठमाडौं । रेड बर्ड प्रोडक्शन र कस्तुरी प्रोडक्शनको ब्यानरमा निर्माण हुने फिल्म ‘कल्ली’मा अभिनेता सौगात मल्ल अनुबन्धित भएका छन् । फिल्ममा सौगातको भूमि...

देशभर ९ हजार ४८६ जनामा डेंगु पुष्टि, हुम्लाबाहेक सबै जिल्लामा पुग्यो भेटीए संक्रमित

काठमाडौं ।  हुम्लाबाहेक देशका सबै जिल्लामा डेंगु फैलिएको छ ।  इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाको तथ्यांकअनुसार देशभर ७७ जिल्लामध्ये हुम्ल...

कामदारको भेषमा २० दिनसम्म गोविन्दाको घरमा एक युवती

काठमाडौं । बलिउड अभिनेता गोविन्दा ९० को दशकका चर्चित स्टार मध्येका एक थिए । उनको फ्यान फलोइङ यति धेरै थियो कि उनको घर बाहिर वा फिल्मको सेटमा उनको एक झ...

लुम्बिनी प्रदेश योजना आयोगको उपाध्यक्षमा अर्याल नियुक्त

काठमाडौं ।  लुम्बिनी प्रदेश सरकारले प्रदेश योजना आयोगमा रिक्त पदाधिकारी नियुक्त गरेको छ ।  मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षमा आज बसेको मन्त्रिप...

बैतडी, दार्चुला र बझाङमा तीनदिनदेखि नेपाल टेलिकमको सेवा अवरुद्ध

काठमाडौं । सुदूरपश्चिम प्रदेशका तीन जिल्लामा शनिबारदेखि  नेपाल टेलिकमको सेवा अवरुद्ध  भएको छ । सुदूर पहाडका बैतडी, दार्चुला र बझाङमा नेपाल टेलिकमको  स...

पहिलोपटक सर्वसाधारणले गरे अन्तरिक्षमा यात्रा

काठमाडौं ।  मानव इतिहासमा पहिलोपटक सर्वसाधारण नागरिकले अन्तरिक्षमा यात्रा गरेको छ । स्पेस एक्सको पोलेरिस डन मिसन अन्तर्गत पहिलोपटक पृथ्वीबाट ७३७ किलोम...

सेकुवा पसलबाट ब्राउन सुगरसहित भारतीय नागरिक पक्राउ

वीरगन्ज । पर्सा प्रहरीले ठुलो परिमाणमा ब्राउन सुगरसहित एक जना भारतीयलाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जाँच गर्दा प्रहरीले वीरगन्जस्थित सेकुवा ...

बिक्री नहुँदा ५ सय मेट्रिक टन मह किसानकै घरमा थन्कियो

चितवन ।  चितवनमा मह बिक्री नहुँदा व्यावसायिक रूपमा मह उत्पादन गर्दै आएका किसान समस्यामा परेका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy