Ntc summer Offer
Khabar Dabali १ आश्विन २०८१ मंगलवार | 17th September, 2024 Tue
NIMB

१६ देखि २८ वर्षका युवाहरु लागु औषधको कुलतमा

एक आर्थिक वर्षमा चार सय ३० जना बिरुद्व लागुऔषध दुर्व्यसनकाे मुद्दा

खबरडबली संवाददाता

नवलपुर । पछिल्लो समय नवलपुरमा लागु औषधको कुलतमा बढी मात्रामा युवाहरु फस्ने गरेका छन् । लागुऔषधको कुलतमा फसेकामध्ये ९५ प्रतिशत युवा रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रमुख प्रहरी उपरीक्षक चुवनेश्वर तिवारीले बताए ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वले पछिल्लो एक आर्थिक वर्षमा चार सय ३० जना लागुऔषध दुर्व्यसनीहरुलाई पक्राउ गरी मुद्दा चलाएको छ । ती सबै १६ देखि २८ वर्ष उमेर समूहको रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वले जनाएको छ । कुलतमा फसेका दुव्र्यसनीहरुले ब्राउन सुगर, स्पासमो, फेन्सी डिल, टिडिजिसी लगायतका लागुऔषधहरु प्रयोग गर्ने गरेको प्रहरीले दिएको तथ्याङ्कबाट पुष्टि भएको छ । 

ब्राउन सुगर बाहेक स्पासमो, फेन्सी डिल, टिडिजिसी भारतमा निर्वाध रुपमा विक्री वितरण हुने भएकोले पनि यो भारतको बाटो भएर नेपाल भित्रिने गरेको प्रहरी उपरीक्षक तिवारीले बताए। स्पासमो, फेन्सी डिल र टिडिजिसी नेपालमा डाक्टरले सिफारिस गरेको बिरामीले मात्र खान पाउने र अन्यको हकमा प्रतिबन्धित औषधि हो । यसलाई अहिले युवा पिढीले आगुऔषधको रुपमा प्रयोग गर्ने गरेका छन् । 

देवचुली, अरुरणखोला, गैँडाकोट र कावासोती, चोरमारा, दुुम्कीबास लगायतका क्षेत्रमा समातिएका केही युवा नारायणी नदी किनार र गैँडाकोट र कावासोती, चोरमारा, अरुरणखोलाका जङ्गलमा बसेर आगुऔषध प्रयोग गरिरहेको अवस्थामा धेरै युवा पक्राउ पर्नै गरेका छन् । कावासोतीमा पक्राउ गरेका युवाहरु कोही मन्दिर, जङ्गल र सडकको कल्भर्डमा त कोही भारतबाट लागु पदार्थ मोटरसाईकल, बस लगायतका साधनहरुमा ल्याउँदै गर्दा पक्राउ परेका हुन् । 

नेपाल भारत खुल्ला सिमाना रहेको कारण नेपालमा भित्रिने अधिकांश लागुऔषध भारतबाट नेपाल भित्रिने गर्दछ । यसको लागि नेपालकै मुख्य नाका त्रिवेणी, महेशपुर, बर्दघाटदेखि सुनवल सम्मको इलाका बन्ने गरेको छ । 

प्रहरीले अहिलेसम्म पक्राउ गरेका युवाहरुले बर्दघाट वा सुनवल क्षेत्रबाट लागुऔषध किनेर ल्याएको पाइएको छ । नेपाल भित्रिने लागुऔषध भारतबाट खुला सिमानाका कारण नेपाल भित्रिने र ती लागुऔषध बर्दघाट, सुनवल लगायतका क्षेत्रलाई मुख्य नाका बनाएर बुटवल, नारायणगढ, पोखरासम्म ओसारपोसार हुने गरेको प्रहरीको भनाइ छ । 

नवलपरासी पूर्वमा मात्रै एक वर्षमा चार सयदेखि पाँचसम्म बढी युवाहरु लागुऔषध मुद्धामा पक्राउ परेका छन् । पक्राउ परेका युवाहरुले भारतबाट लागुऔषध भित्र्याएको र गाँउघरमै बेच्ने गरेको बयानमा उल्लेख गर्ने गरेका प्रहरीले जानकारी दिएको छ । 

नवलपरासी पूर्वमा १६ देखि २८ वर्षका युवाहरु लागु औषधको कुलतमा परेको एक अध्ययनले समेत देखाएको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

८७ मेगावाटको लान्द्रुक मोदीमा जुट्यो लगानी

काठमाडौँ । सिंगटी हाइड्रो इनर्जी लिमिटेडको मुख्य लगानी रहेको कास्कीस्थित अन्नपुर्ण गाउँपालिकामा निर्माण हुने ८६.५९ मेगावाटको लान्द्रुक मोदी जलविद्युत ...

राष्ट्रपतिबाट संसदको चालु अधिवेशन अन्त्य

काठमाडौं । राष्ट्रपति श्री रामचन्द्र पौडेलले  संसदको दुवै सदनको चालु अधिवेशनको अन्त्य गरेका छन् । मन्त्रिपरिषद्को सिफारिस अनुसार राष्ट्रपति पाैडेलले अ...

फिल्म ‘कल्ली’मा अभिनेता सौगात मल्ल अनुबन्धित

काठमाडौं । रेड बर्ड प्रोडक्शन र कस्तुरी प्रोडक्शनको ब्यानरमा निर्माण हुने फिल्म ‘कल्ली’मा अभिनेता सौगात मल्ल अनुबन्धित भएका छन् । फिल्ममा सौगातको भूमि...

देशभर ९ हजार ४८६ जनामा डेंगु पुष्टि, हुम्लाबाहेक सबै जिल्लामा पुग्यो भेटीए संक्रमित

काठमाडौं ।  हुम्लाबाहेक देशका सबै जिल्लामा डेंगु फैलिएको छ ।  इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाको तथ्यांकअनुसार देशभर ७७ जिल्लामध्ये हुम्ल...

कामदारको भेषमा २० दिनसम्म गोविन्दाको घरमा एक युवती

काठमाडौं । बलिउड अभिनेता गोविन्दा ९० को दशकका चर्चित स्टार मध्येका एक थिए । उनको फ्यान फलोइङ यति धेरै थियो कि उनको घर बाहिर वा फिल्मको सेटमा उनको एक झ...

लुम्बिनी प्रदेश योजना आयोगको उपाध्यक्षमा अर्याल नियुक्त

काठमाडौं ।  लुम्बिनी प्रदेश सरकारले प्रदेश योजना आयोगमा रिक्त पदाधिकारी नियुक्त गरेको छ ।  मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षमा आज बसेको मन्त्रिप...

बैतडी, दार्चुला र बझाङमा तीनदिनदेखि नेपाल टेलिकमको सेवा अवरुद्ध

काठमाडौं । सुदूरपश्चिम प्रदेशका तीन जिल्लामा शनिबारदेखि  नेपाल टेलिकमको सेवा अवरुद्ध  भएको छ । सुदूर पहाडका बैतडी, दार्चुला र बझाङमा नेपाल टेलिकमको  स...

पहिलोपटक सर्वसाधारणले गरे अन्तरिक्षमा यात्रा

काठमाडौं ।  मानव इतिहासमा पहिलोपटक सर्वसाधारण नागरिकले अन्तरिक्षमा यात्रा गरेको छ । स्पेस एक्सको पोलेरिस डन मिसन अन्तर्गत पहिलोपटक पृथ्वीबाट ७३७ किलोम...

सेकुवा पसलबाट ब्राउन सुगरसहित भारतीय नागरिक पक्राउ

वीरगन्ज । पर्सा प्रहरीले ठुलो परिमाणमा ब्राउन सुगरसहित एक जना भारतीयलाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जाँच गर्दा प्रहरीले वीरगन्जस्थित सेकुवा ...

बिक्री नहुँदा ५ सय मेट्रिक टन मह किसानकै घरमा थन्कियो

चितवन ।  चितवनमा मह बिक्री नहुँदा व्यावसायिक रूपमा मह उत्पादन गर्दै आएका किसान समस्यामा परेका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy