सन्धिखर्क । अर्घाखाँचीमा बाँदरले मकै खान थालेपछि कृषक चिन्तित बनेका छन् ।बाँदरले मकै सखाप पार्न थालेपछि किसान रातभर जाग्राम बस्न थालेका छन् ।
सन्धिखर्क नगरपालिकाको धरम्पानी, तुमकोट, किमडाडा, खाबडाडा, वागला, डिभर्ना , भुमिकास्थानको धनचौर ढिकुरा, शितगंगा नगरपालिका, पाणिनि गाउँपालिका ,मालारानी गाउँपालिका र छत्रदेव गाउँपालिकाका अधिकांश गाउँमा बाँदरले मकै सखाप पारेपछि किसान चिन्तित बनेका हुन् ।
किसान मकै जोगाउन काम छोडेर बाँदर धपाउन लागिपरेका छन् । 'बाँदरको हुल पस्यो भने छिनभरमा बारीभरिको मकै सखाप पार्छ,बिहानैको झिसमिसेदेखि रात नपरुञ्जेलसम्म बाँदर धपाउन परिवारका सदस्य आलोपालो गरेर बारीमा बस्ने गरेको सन्धिखर्क २ भलायडाँडाका कृषक ठाकुर शालिक पोख्रेलले बताए ।
सन्धिखर्क ८ किमडाँडाका किसान उमकला बन्जाडेले बाँदरले मकैबाली नष्ट गर्न थालेपछि भोकमरी पो हुने हो कि भन्ने चिन्ताले सताउन थालेको दुखेसो पोखे। वर्षभरिलाई पुग्ने खाद्यान्न एकैछिनमा सखाप पार्न थालेपछि अरू कामधन्दा छाडेर बाँदर धपाउनमै व्यस्त हुने गरेको भलायडाँडाका कृषक दुर्गा चुँदालीले बताए ।
बाँदरबाट बाली जोगाउन एकाबिहानै खेतबारी पुग्नेका कृषक साँझ नपरुञ्जेलसम्म बाली कुरेर बस्ने गर्छन् । उनीहरूले खाना र खाजा खाने समय समेत पाउँदैनन् । बाँदर हेर्न बसेको ठाउँमै खाना–खाजा पुर्याइदिने गरेको सन्धिखर्क –२ भलायडाँडाका कृषक भेषराज बन्जाडेले बताए ।
खेतबारीमा फल्दै गरेका बाली मात्र नभइ मान्छे नभएको मौकामा घरभित्रै पसेर समेत अन्नपात सखाप पारिदिने गर्छन् । बाँदरले खाद्यबालीसँगै तरकारी र फलफूल सखाप गरिदिने गरेको सन्धिखर्क–८ का अगुवा कृषक पुष्करनाथ बन्जाडेले बताए ।
बाँदरकै समस्याका कारण कतिपय कृषकले बाली लगाउनै छाडेका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ३ गते, २०८२ - १२:४३
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत बिहीबार बिहान सम्पन्न मतदानको मतगणना जारी छ। हालसम्म २,२७० भन्दा बढी मतमध्ये १,१३९ मत गनिसकिएको प्रार...
पौष ३ गते, २०८२ - १२:००
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उपमहासचिव पदको मतगणना जारी छ। प्रारम्भिक नतिजाअनुसार लेखराज भट्टले ४४० मत ल्याएर स्पष्ट अग्रता लिएका छ...
पौष ३ गते, २०८२ - ११:५४
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भृकुटीमण्डपमा जारी मतगणनामा महासचिव पदमा शंकर पोखरेलले स्पष्ट अग्रता लिएका छन्। पछिल्लो मतपरिणाम अ...
पौष ३ गते, २०८२ - ११:१५
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले नेपालको प्रशासनिक कार्यशैलीप्रति कडा असन्तुष्टि जनाउँदै सामाजिक सञ्जालमार्फत आक्रोश व्यक्त...
पौष ३ गते, २०८२ - ११:०४
काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनसँगै पार्टीभित्र नेतृत्व चयनको प्रतिस्पर्धा मात्रै होइन, भविष्यको राजनीतिक हैसियतबारे पनि गम्भीर बहस सुरु भएको ...
पौष ३ गते, २०८२ - १०:५४
काठमाडौं । नेकपा (एमाले)को ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि जारी मतगणनामा महासचिव पदमा कडा प्रतिस्पर्धा देखिएको छ। मतगणनाको सुरुवाती चरण...
पौष २ गते, २०८२ - १०:५५
मकवानपुर । वागमती प्रदेशले चालु आर्थिक वर्षको प्रथम पाँच महिनामा ४.४७ प्रतिशतमात्र पुँजीगत खर्च गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसा...
पौष २ गते, २०८२ - ०९:४६
विद्युतीय मतदानसहित एमाले नेतृत्व चयन प्रक्रिया सुरु
पौष २ गते, २०८२ - ०९:४३
काठमाडौँ । नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिनका लागि खुला रहने भएको छ। नागढुंगा–पिप्लामोड खण्डको साँघुरो भागमा दोस्रो तहको कालोपत्रको काम सकिएको ...
पौष २ गते, २०८२ - ०९:३९
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले आफ्नो यात्रा प्रतिबन्धको दायरा विस्तार गर्दै थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगाएको छ। य...




प्रतिकृया लेख्नुहोस्: