Ntc summer Offer
Khabar Dabali १ आश्विन २०८१ मंगलवार | 17th September, 2024 Tue
NIMB

चटपटे बेचेर राम्रो आम्दानी गर्दै सुनसरीका मदन

खबरडबली संवाददाता

सुनसरी । सुनसरीको प्रकाशपुर मङ्गलवारेका मदन चन्द्रवंशी कुनै नौलो नाम होइन । विद्यालय जान थालेका बालबालिकादेखि  कपाल फुलेका बुढापाकाले समेत मदनलाई चिन्छन् । उनी चटपटे बेचेर चर्चित भएका छन् । 

२०४२ मा बाबुसँग साथ लागेर १२ वर्षको उमेरदेखि नै चटपटे बेच्दै आएका उनको आधा जिन्दगी चटपटे घोलेरै बितिसकेको छ । चटपटे बेचेर उनले राम्रो आम्दानीसमेत गरेका छन्। 

दिउँसो बेच्ने चटपटेका लागि चाहिने आवश्यक सामग्री बिहानै जुटाउनु उनको पहिलो काम हो । पहिला टाउकोमा चटपटेको बाकस बोकेर हटिया हटिया डुलाएर बेच्ने मदनले २० वर्षदेखि ठेला बनाएर चटपटे बेच्दै आएका छन् । 

प्रकाशपुर, राजावासका युवापुस्ता र विद्यालय जाने बालबालिका चटपटेको कुरा गर्नेबित्तिकै मदनलाई सम्झन्छन्। गाउँमै बसेर तीन दशकदेखि निरन्तर चटपटे बेच्दै आउनुभएका मदनले प्रकाशपुरमा १३ कठ्ठा जग्गासमेत जोडेका छन् ।

मदन भन्छन्, ‘सानो व्यवसाय भनेर हेला गर्न नहुने र निरन्तर लागीराखे त्यहीबाट जीवनलाई सफल बनाउन सकिन्छ । चटपटेबाटै चार जना  छोराछोरीलाई पढाएको छु । जेठो छोराले १२ कक्षा सकेको छ । माइलो स्नातक पढ्दै छ। कान्छो १२ मा पढ्दै छ। एक छोरीको एसईई पासपछि बिहे गरिसकेको छु। तीनतले पक्का घरसमेत बनाएको छु । मेरो अहिले सम्मको आम्दानीको स्रोत भनेकै त्यही चटपटे बेचेर आउने पैसा हो।’’

निरन्तर रुपमा लगनशील भएर लागेपछि चटपटे व्यापारले घर व्यवहार चलेर सम्पत्ति जोडेको उनको अनुभव छ। उनको पसलमा सामान्य चना, भुजिया, मटर, भटमास, मसला, नुन खोर्सानी, टमाटर, कागती हुन्छ। यिनै कुरा मिसाएर चटपटे बनाएर प्रकाशपुरका बासिन्दालाई चटक्क मुख मिठ्याउने सीप उनीसँग छ । उनी दैनिक रुपमा चटपटे बेचेर त्यसैबाट आम्दानी गरेको रकम  स्थानीय सहकारीमा बचत गर्छन् ।

 मदन चटपटेका पाराखीहरु लोभ्याउने चटपटे बनाउने भएकैले उनकोमा चटपटे खान सधै आउने गरेको बराहक्षेत्र १० का वडाध्यक्ष तेजबहादुर गुरुङ्ले बताए ।  दैनीक सात सयको सामान हाल्दा दुई हजारसम्म दैनिक आम्दानी गर्ने उनको भनाइ छ ।

मदनको परिवारलाई गाउँ घरमा चटपटेको परिवार भनेर चिनिन्छ। मदनको दाजु पनि चटपटे बेच्दै आएका छन् । सानो काम र ठुलो काम छुट्याउनेलाई मदन उदाहरण बनेका छन्। चटपटे बेचेरै मदनले सानो कामबाटै लाखौं आम्दानी मात्र गरेका छैन घर, परिवारको रेखदेख र खुशीलाई सँगसँगै अगाडि बढाएका छन् । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

८७ मेगावाटको लान्द्रुक मोदीमा जुट्यो लगानी

काठमाडौँ । सिंगटी हाइड्रो इनर्जी लिमिटेडको मुख्य लगानी रहेको कास्कीस्थित अन्नपुर्ण गाउँपालिकामा निर्माण हुने ८६.५९ मेगावाटको लान्द्रुक मोदी जलविद्युत ...

राष्ट्रपतिबाट संसदको चालु अधिवेशन अन्त्य

काठमाडौं । राष्ट्रपति श्री रामचन्द्र पौडेलले  संसदको दुवै सदनको चालु अधिवेशनको अन्त्य गरेका छन् । मन्त्रिपरिषद्को सिफारिस अनुसार राष्ट्रपति पाैडेलले अ...

फिल्म ‘कल्ली’मा अभिनेता सौगात मल्ल अनुबन्धित

काठमाडौं । रेड बर्ड प्रोडक्शन र कस्तुरी प्रोडक्शनको ब्यानरमा निर्माण हुने फिल्म ‘कल्ली’मा अभिनेता सौगात मल्ल अनुबन्धित भएका छन् । फिल्ममा सौगातको भूमि...

देशभर ९ हजार ४८६ जनामा डेंगु पुष्टि, हुम्लाबाहेक सबै जिल्लामा पुग्यो भेटीए संक्रमित

काठमाडौं ।  हुम्लाबाहेक देशका सबै जिल्लामा डेंगु फैलिएको छ ।  इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाको तथ्यांकअनुसार देशभर ७७ जिल्लामध्ये हुम्ल...

कामदारको भेषमा २० दिनसम्म गोविन्दाको घरमा एक युवती

काठमाडौं । बलिउड अभिनेता गोविन्दा ९० को दशकका चर्चित स्टार मध्येका एक थिए । उनको फ्यान फलोइङ यति धेरै थियो कि उनको घर बाहिर वा फिल्मको सेटमा उनको एक झ...

लुम्बिनी प्रदेश योजना आयोगको उपाध्यक्षमा अर्याल नियुक्त

काठमाडौं ।  लुम्बिनी प्रदेश सरकारले प्रदेश योजना आयोगमा रिक्त पदाधिकारी नियुक्त गरेको छ ।  मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षमा आज बसेको मन्त्रिप...

बैतडी, दार्चुला र बझाङमा तीनदिनदेखि नेपाल टेलिकमको सेवा अवरुद्ध

काठमाडौं । सुदूरपश्चिम प्रदेशका तीन जिल्लामा शनिबारदेखि  नेपाल टेलिकमको सेवा अवरुद्ध  भएको छ । सुदूर पहाडका बैतडी, दार्चुला र बझाङमा नेपाल टेलिकमको  स...

पहिलोपटक सर्वसाधारणले गरे अन्तरिक्षमा यात्रा

काठमाडौं ।  मानव इतिहासमा पहिलोपटक सर्वसाधारण नागरिकले अन्तरिक्षमा यात्रा गरेको छ । स्पेस एक्सको पोलेरिस डन मिसन अन्तर्गत पहिलोपटक पृथ्वीबाट ७३७ किलोम...

सेकुवा पसलबाट ब्राउन सुगरसहित भारतीय नागरिक पक्राउ

वीरगन्ज । पर्सा प्रहरीले ठुलो परिमाणमा ब्राउन सुगरसहित एक जना भारतीयलाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जाँच गर्दा प्रहरीले वीरगन्जस्थित सेकुवा ...

बिक्री नहुँदा ५ सय मेट्रिक टन मह किसानकै घरमा थन्कियो

चितवन ।  चितवनमा मह बिक्री नहुँदा व्यावसायिक रूपमा मह उत्पादन गर्दै आएका किसान समस्यामा परेका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy