Khabar Dabali ३ असार २०८३ बुधबार | 17th June, 2026 Wed
Investment bank

भ्रष्टाचारमा संलग्न जुनसुकै पार्टी र परिवार भए पनि कारबाही हुन्छ : उपप्रधानमन्त्री श्रेष्ठ

कमिसन र भ्रष्टाचारीले देशलाई बर्बाद बनाए

खबरडबली संवाददाता

काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचार, बेथिती र ठगी प्रकरणमा संलग्नलाई कारबाहीको दायरामा ल्याइने बताएका छन् । गोकर्णेश्वरको जगडोलस्थित राष्ट्रिय सहिद तथा शान्ति उद्यानमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले भ्रष्टाचारमा जुनसुकै राजनीतिक दल, परिवार तथा ओहोदाका व्यक्ति संलग्न भए पनि कारबाही गरिने बताए । 

वर्तमान सरकारले सुशासनलाई पहिलो सर्त बनाएको उल्लेख गर्दै उपप्रधानमन्त्री श्रेष्ठले सुशासनबिना समृद्धिको यात्राले फड्को मार्न नसक्ने बताए । “भ्रष्टाचार, बेथिती र ठगी विरोधी अभियान रोकिँदैन”, उनले भने, “जुनसुकै राजनीतिक पार्टी, परिवार, व्यापारिक घराना र नातासम्बन्धका हुन्, कसैसँग सरकारलाई मतलब छैन, अनुसन्धानका आधारमा दोषी देखिन्छ भने कारबाहीको दायरामा ल्याइन्छ ।”

मुलुकमा सुशासन स्थापना गर्न सरकारले चालेको भ्रष्टाचारविरुद्धको अभियानमा सबैको साथ आवश्यक रहेको उपप्रधानमन्त्री श्रेष्ठले उल्लेख गरे । “आम जनता अब देशमा केही हुन्छ भन्नेमा आशावादी छन्”, उनले भने, “भ्रष्टाचारविरुद्धको अभियानको विपक्षमा उभिनेका सम्बन्धमा सचेत हुनुपर्छ ।” भ्रष्टाचार विरोधी अभियानको विपक्षमा आवाज उठाउनेबाट सरकारको यस अभियानलाई कुनै पनि हालतमा विश्राम दिन नसक्ने उनको भनाइ थियो ।  

भ्रष्टाचार र कमिसनले जरा गाड्दा रानजीतिक परिवर्तनपछि समृद्धिको यात्राले गुणात्मक फड्को मार्न नसकेको उल्लेख गर्दै उपप्रधानमन्त्री श्रेष्ठले कमिसन र भ्रष्टाचारले देशलाई बर्बाद बनाएको बताए । उनले समृद्धिको यात्रालाई अगाडि बढाएर मुलुकलाई समुन्नत बनाउने सहिदका सपना पूरा गर्न बाधक बनेको भ्रष्टाचारलाई जरैदेखि उन्नुलन गर्नु आवश्यक रहेको उल्लेख गरे । “अब भ्रष्टाचार र कमिसनखोरी अन्त्य गरिदिनुपर्छ, जसले नियमविपरित काम गरेका छन् तिनलाई कानूनको दायरामा ल्याउनुपर्छ”, उनले भने, “तबमात्रै सुशासन स्थापित हुन्छ । यसबाट मात्रै समृद्धिको लक्ष्य हासिल हुन सक्छ ।”

समृद्धिपछि मात्रै सामाजिक न्याय स्थापित गर्न सकिने उल्लेख गर्दै उपप्रधानमन्त्री श्रेष्ठले  राजनीतिक परिवर्तनको उद्देश्य पूरा गर्न राजनीतिक दलका नेता कार्यकर्ताले सोच्नुपर्ने बताए। “राजनीतिक परिवर्तनलाई माध्यम बनाएर सामाजिक, आर्थिक रुपान्तरण कसरी गर्ने ? नसोची आफ्नो पद कसरी प्राप्त गर्ने, पदको दुरुपयोग गरेर परिवारको मात्रै समृद्धिको कल्पना गर्ने, संविधान र कानूनलाई तोडेर भए पनि आफ्ना पार्टी वरिपरिका मान्छेलाई कसरी पोस्ने भनेर सोच्यौँ भने सहिदको सपना पूरा हुँदैन”, उनले भने ।

उपप्रधानमन्त्री श्रेष्ठले राजनीतिक दलका नेता कार्यकर्ता तथा राज्यका निकायले सहिदलाई सम्झेर आफूलाई सच्याउनुपर्ने बताए । “मजदुर, किसान, महिला, दलित र पिछडिएका क्षेत्रका जनता, सबै सीमान्तकृत समुदायले परिवर्तनको लाभ प्राप्त गर्यौ भन्ने अनुभूति दिलाउनुपर्छ”, उनले भने, “यो परिवर्तनको रक्षा जनताले नै गर्ने अवस्था हामीले बनाउनुपर्छ ।”

उपप्रधानमन्त्री श्रेष्ठले सामाजिक र आर्थिक रुपान्तरणको प्रक्रियालाई तीव्र पारेर त्यसको प्रतिफल आम नागरिकले सहजै प्राप्त गर्ने वातावरणको सिर्जना गर्नु राजनीतिक दलको दायित्व भएको बताए । सो अवसरमा उपप्रधानमन्त्री श्रेष्ठले उद्यानमा रहेको सहिद स्मारकको अवलोकन र सहिदप्रति माल्यार्पण गरेका थिए । उनले उद्यान परिसरमा वृक्षरोपणसमेत गरेका थिए ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बिमा बन्द हुँदा सरकारी अस्पतालमा बिरामीको चाप

चितवन। चितवनका दुई ठुला निजी शिक्षण अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम बन्द भएपछि त्यसको प्रत्यक्ष प्रभाव भरतपुरका सरकारी अस्पतालहरूमा परेको छ । बिराम...

अध्ययन बिदामा गएर नफर्किएका प्राध्यापकलाई १५ दिनभित्र तलब–भत्ता फिर्ता गर्न त्रिविको अन्तिम चेतावनी

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदा लिएर सेवामा नफर्किएका शिक्षक तथा कर्मचारीलाई तलब–भत्ता तथा अन्य दायित्वको रकम फिर्ता गर्न अन्तिम पटक १...

बालकलाई ठक्कर दिएर फरार भएका चालक पक्राउ

बाजुरा। बाजुरामा जिपले बालकलाई ठोकेर फरार भएका चालकलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला सल्यान बागचौर नगरपालिका वडा नं(७ बस्ने २४ वर्षीया गोपाल वली...

टिपरको ठक्करबाट गौरादहमा एकको मृत्यु

दमक। झापाको गौरादहमा टिपरले किच्दा एक साइकल यात्रुको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार गौरादह नगरपालिका–१ स्थित नवदुर्गा पेट्रोल...

वर्षायाममा सडक खन्न रोक, अनुमति बिना उत्खनन गर्न नपाइने

काठमाडौँ। १ असारदेखि भदौ मसान्तसम्म कुनै पनि निकायले विनाअनुमति सडक खन्न नपाउने भएका छन्। वर्षायाममा धारा, ढल, बिजुली, टेलिफोन लगायतका प्रयोजनका ला...

बजेटमाथिको छलफल कर्मकाण्डी भएको ओलीको टिप्पणी, नयाँ आयोजनाभन्दा पुराना सम्पन्न गर्न जोड

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुश्बु ओलीले सरकारको कार्यशैली तथा बजेट विनियोजनको प्राथमिकतामाथि प्रश्न उठाएको छिन्।...

सरकारले ‘ब्लक बजेट’ को अवधारणा अपनाएको भन्दै नेकपा सांसद दुलालको असन्तुष्टि

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी ( नेपाली कम्युनिष्ट पार्टीका) का मुख्य सचेतक युवराज दुलालले बजेटमा सांसदहरूले सिफारिस गरेका योजनाहरू स्पष्ट रूपमा न...

भाइरल भिडियोबारे सांसद सृष्टि भट्टराईको यस्तो स्पष्टीकरण

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की समानुपातिक सांसद सृष्टि भट्टराईले सामाजिक सञ्जालमा भाइरल भइरहेको आफ्नो एउटा भिडियोबारे स्पष्टीकरण दि...

सर्लाहीको गोडैता–५ का वडाध्यक्ष गुप्ता पक्राउ

सर्लाही। सर्लाहीको गोडैता नगरपालिका–५, रामवनका वडाध्यक्ष प्रकाशप्रसाद गुप्तालाई प्रहरीले पक्राउ गरेको छ । केही दिनअघि सर्लाही जिल्ला अदालतको फैसला ...

रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको स्थल परिवर्तन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनको स्थल परिवर्तन गरिएको छ। अब महाधिवेशन भरतपुरस्थित चितवन उद...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending