Khabar Dabali १७ माघ २०८२ शुक्रबार | 30th January, 2026 Fri
Investment bank

मैथिमैथिली भाषा सङ्कटमा

हिमांशु चौधरी
हिमांशु चौधरी

काठमाडौं । समग्रमा नेपालभित्र बोलिने भाषाहरूमध्ये मातृभाषाका रूपमा दोस्रो र प्रदेश नं २ मा पहिलो स्थानमा रहेको मैथिली भाषा रहे पनि मगही, हिन्दी र मधेसी भाषाको चर्चा परिचर्चाले प्रदेशमा मैथिली भाषालाई कामकाजको भाषा निर्धारण सन्दर्भ ओझेलमा छ । भाषा आयोगले स्पष्टरुपमा प्रदेशमा मैथिली भाषाको अग्रता उल्लेख गरे पनि सम्पर्क भाषाको प्रसङ्गले मैथिली भाषाको भविष्यमाथि नै प्रश्न उब्जेको छ ।     
     
 सम्पर्क भाषामा हिन्दी तथा मातृभाषामा मगही भाषाको प्रश्रयको बहसले गर्दा मैथिली भाषाको भविष्यबारे चिन्तन मनन् हुन थालेको छ । हुन त विश्व प्रसिद्ध सन्दर्भग्रन्थ साउथ एशियन एण्ड द मिडिल इष्टमा सङ्कटापन्न भाषाको सूचीमा मैथिली भाषाको उल्लेख नभएका कारण तत्काल यो भाषा सुरक्षित रहेको सन्तोष गर्न सकिन्छ । त्यस ग्रन्थमा नेपालको तीन भाषा नेपाली, मैथिली र भोजपुरीलाई सुरक्षित भएको उल्लेख छ । तर सुक्ष्म विश्लेषणले सन्तोष लिने अवस्था सम्भवतः भविष्यमा विद्यमान नरहने सङ्केत पनि दिइरहेको छ । कतिपयले मैथिली भाषाको मृत्यु हुने कारक तत्व पनि उल्लेख गर्न थालेका छन् ।     
     
 इतिहासको कालखण्डमा मैथिली भाषा मिथिला क्षेत्रमा मात्र सीमित नरहेर काठमाडौं उपत्यका र पाल्पासम्म आफ्नो प्रभाव कायम गरेको पाइन्छ । साहित्य क्षेत्रमा समेत विशिष्ट स्थान ओगटेको यस भाषाको आफ्नै लिपि पनि रहेको छ । सेन राजाहरूले समेत मैथिली भाषालाई राजभाषा बनाएको पाइन्छ । नेपालको पुरातन गरिमालाई सम्झाउने मैथिली भाषाका साहित्य, संस्कृति, कलाको समुन्नत स्थिति, भाषाको माधुर्य, अभिव्यक्तिको सौन्दर्य एवं लचिलोपनले गर्दा काठमाडौं उपत्यकाभित्रका मल्ल राजाहरूले पनि नाटक, काव्य तथा गीत रचनामा मैथिलीलाई प्रशस्त माध्यम बनाएको अनुसन्धानबाट पुष्टि हुन्छ ।     
     
 मिथिला क्षेत्रको भाषा मैथिली हो । प्राचीन मिथिलाको मातृभाषा मैथिली रहेको दाबी विद्वानहरूको छ । वाल्मीकी रामायणको सुन्दरकाण्डको श्लोक १८ मा उल्लेख गरिएअनुसार रावणले सीतालाई हरण गरी अशोक बाटिकामा राखेको बेला हनुमानले सीतासँग मैथिली मातृभाषामा संवाद गरेका थिए । संस्कृत भाषामा कुरा गरेमा रावणका गणहरूले सरल ढङ्गले ब्झ्ने भएकाले एक आपसमा बुझिने भाषाको प्रयोग गर्नु बाध्यता रहेको थियो ।     
     
 डा. दुर्गानन्द झाद्वारा लिखित मैथिली साहित्य साहित्यको इतिहास नामक पुस्तकअनुसार मिथिलाको अस्तित्व वेदकालदेखि नै रहेको छ । वेद, पुराण, उपनिषद, मीमांशामा वर्णित वातावरण, वनस्पति, जीवजन्तु, मिथिलासङ्ग मेल खान्छन् ।ंं जनक वंशको उदयपछि विधिवत रूपमा मिथिला राज्यको स्थापना भएको थियो र जसको राजधानी जनकपुरधाम रहेको थियो ।     
     
 इतिहासकारहरूले जनक वंशको कार्यकाल इसापूर्व ३००० देखि ६०० सम्म उल्लेख गरेका छन् । यस बीचमै सीताको जन्म भएको थियो । कोशी, कमला, बाग्मती ,गण्डकी तथा गङ्गाजस्ता नदीहरूको मध्यमा रहेको यस भूमिलाई तीरभूक्ति अर्थात् तीनतिरबाट घेरिएको भनिन्छ । आठौं शताब्दीमा लिखित सिद्ध ग्रन्थ मैथिली भाषामा रहेको छ । त्यस बेलाका डाक, भास, भुसुप्पालगायत सिद्ध कविका दोहा तथा गान अहिले पनि उपलब्ध छ । यी स्रष्टाका अधिकांश रचना नेपालका तराई भूमिमा प्राप्त भएको छ । भारोपेली भाषा समूहको भाषामध्ये सबैभन्दा प्राचीन ग्रन्थ ज्योतिश्वरको धु्रत समागम मैथिली भाषामा उपलब्ध छ । भाषाविद् डा. रामावतार यादवका अनुसार राष्ट्रिय अभिलेखालयमा सन् ९०० देखि १८औँ शताब्दीभित्र लेखिएको नाटकको १५० पाण्डुलिपि रहेकोमध्ये मैथिलीमा ११५, नेवारीमा २६ र बङ्गालीमा पाँच वटा रहेका छन् । अहिलेसम्म पुष्टिको आधारमा भारतीय आर्य समुदायका २८ भाषामध्ये मराठीपछि मैथिली नै पुरानो रहेको छ ।     
     
 उन्नाइसौँ शताब्दीमा जर्ज अब्राहम गियर्सनद्वारा गरिएको सर्वेक्षणमा तराई र विहारको अधिकांश क्षेत्रमा मैथिलीको स्वतन्त्र साहित्यिक परम्परा रहेको उल्लेख गरिएको छ । इतिहासकार डा. तुलसीराम वैद्यद्वारा सिम्रोनगढमा गरिएको अनुसन्धानबाट कर्णाटवंशीय राजाहरूको शासनकालमा मैथिली भाषालाई राजकीय संरक्षण प्राप्त भएको देखिन्छ । चौधौँ शताब्दीको पूर्वाद्र्धदेखि नै कान्तिपुर, ललितपुर, भक्तपुर, बनेपालगायतका स्थानमा व्यापक प्रभाव थियो । इतिहास शिरोमणि बाबुराम आचार्यका अनुसार सेन राजाहरूको कामकाज मैथिली भाषामा हुन्थ्यो ।     
     
 चौधौँ शताब्दीमा मैथिलीका महाकवि विद्यापतिको जन्म भइसकेको थियो । सन् १३४० को वरिपरि जन्मेका विद्यापतिले एक दर्जनभन्दा अधिक गद्य पद्यको रचना गरेका थिए । विद्यापतिलाई रवीन्द्रनाथ टैगोरले समेत काव्य गुरू स्वीकार गरेका छन् । विद्यापति जनकपुरधामकै नजिक बनौली गाउँमा वास बसेको बेला भगवत गीताको मैथिली अनुवाद र आधा दर्जन पुस्तक लेखेको प्रमाणिक आधारहरू विद्यमान छ ।     
     
 पृथ्वीनारायण शाहले उपत्यकामाथि विजय गर्नुअघि त्यहाँको कामकाजको भाषा मैथिली रहेको पाइन्छ । मल्ल राजाहरू मैथिलीमा बोल्थे, साहित्य पनि गर्थे । पृथ्वीनारायणले मैथिली भाषा–संस्कृतिमाथि रोक लगाएर नेपालीलाई कामकाजको मान्यता दिएको देखिन्छ । पछि राजा महेन्द्रले ‘एउटै राजा एउटै देश, एउटै भाषा एउटै भेष’ नीतिको नाममा मैथिली भाषा–संंस्कृतिमाथि प्रहार गरी पहिचानलाई समाप्त गर्ने पडयन्त्र गरिएको अध्याय इतिहासमा पाइन्छ ।     
     
 यस अवस्थामा इतिहास, व्यवहार र वैज्ञानिक सिद्ध आधारमा समृद्ध मैथिली भाषाको अस्तित्व नै सङकट पार्ने विरूद्धको भाषिक आन्दोलनलाई अतिक्रमणको मारबाट बचाउने अभियानका रूपमा लिनु जरूरी देखिएको छ । किनकी भाषाको सम्बन्ध संस्कृति, सभ्यता, स्वाभिमान र पहिचानसँग गाँसिएको छ । विगतका शाहकालका शासकले सत्ता, हैकम, राजनीति कायम गर्न मैथिली भाषाप्रति गरेको प्रहारका कारण मैथिली भाषा आफ्नो पुरानो अस्तित्वको खोजमा रहेको छ । आफ्नो लिपि छ, स्रष्टा छन् तर उपेक्षित छन् ।     
     
 हुन त मैथिली भाषाले मैथिली भाषाभाषीलाई जातीय व्यक्तित्व र पहिचान मात्र प्रदान गरेको छैन, राष्ट्रको साहित्य र संस्कृतिलाई समृद्ध तुल्याएको तथ्य छ । नेपाली भाषामा मैथिली भाषाको गहिरो छाप छ । मैथिल क्षेत्रका स्थान नाम, वनस्पति, खानपान, रहनसहन र दैनिक व्यवहारमा प्रचलित स्थानीय उपकरण बुझाउने जस्ता शब्दहरु नेपाली भाषामा पाइन्छ । ताापनि शासक वर्गको बक्रदृष्टिको शिकार भई मैथिली भाषीको सङ्ख्या घटदै जानुले भाषाको भविष्यमाथि गम्भीर चुनौती देखिन्छ ।     
     
 राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा बोलिने १२४ वटा मातृभाषामा नेपाली ४४.८६ प्रतिशत, मैथिली ११.०५ प्रतिशत, भोजपुरी ६.२४ प्रतिशत, थारु ५.८८ प्रतिशत, तामाङ ४.८८ प्रतिशत, बज्जिका ३.८९ प्रतिशत, अवधि २.६६ प्रतिशत, नेवारी २.९६ प्रतिशत, मगर धुत २.७८ प्रतिशत र डोटेली १.७ प्रतिशत देखिएको छ । यसमा मैथिली भाषीको सङ्ख्यामा क्षय भएको देखिएको छ । मूलभूत रुपमा भाषाका क्षयका कारकमा मातृभाषालाई परित्याग गरी अन्य प्रभुत्वशाली भाषालाई वरण गर्नु पनि मैथिलीका लागि चिन्तनीय पक्ष देखिन्छ । यसका साथै मैथिली भाषीको अवसरलाई सीमित अगुवा भनिनेले गरिरहेका गतिविधिप्रतिको आक्रोशले पनि मैथिली भाषीको क्षयको क्रमलाई मलजल दिइरहेको छ । स्थानीय तहमा पनि त्यही प्रवृत्तिले मैथिलीप्रति कुनै खास जातिको भनी यही भाषालाई ठेठी र अन्य भाषा नामाकरण गरी जनगणनामा मैथिली मातृभाषा नलेखाएको कटु सत्यलाई नकार्न सकिदैन ।     
     
 संस्कृति भन्नाले भाषाको प्रयोग, जीविकोपार्जन, शासन व्यवस्था, एक पुस्ताले अर्को पुस्तालाई छाड्दै गएको उपलब्धिलाई जनाउँछ । हिमालका शिखरदेखि लिएर तराई मधेशका विशाल फाँटसम्म बग्ने नदी सप्तकोशी, सप्तगण्डकी र सप्तकर्णालीका किनारामा बेलाबेलामा विकसित संस्कृतिको समष्टि रुप नै नेपाली संस्कृति हो । कोशी र गण्डकीको बीचको मिथिला संस्कृतिको आफ्नो महत्व छ । यहाँको बृहत् अरण्यलाई गङ्गापारबाट आउने आग्नेय जाति र अग्नि लिएर सदानीरा (गण्डकी) पारबाट आउने आर्य जातिले आवाद गुल्जार गरे । जनसंस्कृति र कृषि संस्कृतिको सारमन्थनबाट नै मिथिला संस्कृतिको जन्म भयो । ज्ञान, कर्म र शील नै यसको सारसिद्ध छ । यसैअन्तर्गत वंशगत शिल्प, वस्तु, धारणा, प्रक्रिया, अभ्यास तथा मूल्यहरू समावेश रहेको हुन्छ । त्यसैले संस्कृतिलाई जिन्दगीको तरिका र सभ्यताको परिचायक मानिएको छ ।     
     
 यसअन्तर्गत हामी जे गर्छौंँ त्यसमा हाम्रै संस्कृतिको झलक हुन्छ । मैथिल संस्कृतिको सरसता, समरसता एवं संवेदनशीलताप्रतिको जागरणका अर्थमा ग्रहण गर्नु पर्दछ । वर्तमानमा सङ्घ र प्रदेश सरकारको उपेक्षाको प्रसङ्ग मैथिली भाषाको क्षय एउटा पक्ष छ भने अधिकांश मैथिलीभाषी युवा मैथिलीको अर्धवक्ता हुनु, शिक्षकद्वारा शिक्षार्थीलाई तथाकथित अवस्तरीय, अमानक मैथिली भाषिकाको प्रयोगलाई निरुत्साहित गर्दै मैथिलीलाई स्पष्ट रुपमा अशुद्ध, ठेठ, गवार आदिले पक्षपातपूर्ण विशेषण, सामाजिक, राजनीतिक, सांस्कृतिक, मनोवैज्ञानिक परिवेशका कारण अभिभावकद्वारा बालबालिकालाई विकासको निहुँमा मातृभाषाबाट विमुख गर्नुले पनि क्षयको कारक मान्न सकिन्छ । अतः मैथिली भाषाभाषी आफ्नो भाषाप्रति अगाध श्रद्धा प्रदर्शन, विद्यालयी शिक्षामा मैथिली भाषाको प्रवेश, चयन र प्रयोग, बृहत् भाषा योजना, मैथिली भाषाभाषी क्षेत्रको समाजशास्त्रीय सर्वेक्षण आवश्यक छ । 

 (लेखक पत्रकार एवं मैथिली भाषा, साहित्यका अध्यता हुन)

 

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

भक्तपुरमा फर्निचर उद्योगमा भीषण आगलागी, ३५ लाखभन्दा बढीको क्षति

भक्तपुर – भक्तपुरमा स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा करिब ३५ लाख ८० हजार रुपैयाँ बराबरको सामग्री नष्ट भएको छ। आगलागीले उद्योगसँगै आसपासका पसल र ...

नेविसंघका ८ पूर्वअध्यक्ष कांग्रेसबाट प्रत्यक्षतर्फ प्रतिनिधि सभा उम्मेदवार

काठमाडौँ । नेपाली कांग्रेसको भ्रातृ संगठन ‘नेपाल विद्यार्थी संघ’ (नेविसंघ)का ८ पूर्वअध्यक्ष आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा प्रत्यक्ष...

परम्परागत दलका पुराना लडाकूले मैदान छाड्दा नयाँ उम्मेदवारले खोटाङमा कब्जा जमाउने

खोटाङ । आगामी फागुन २१ मा खोटाङमा प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि विभिन्न दलबाट नयाँ उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन्। यसपटक उम्मेदवारहरूले ...

कांग्रेस मधेश प्रदेश समितिको बैठक फागुन ७ मा, सभापति थापापनि सहभागी हुने

काठमाडौं । नेपाली कांग्रेस मधेश प्रदेश कार्यसमितिले आगामी फागुन ७ गते जनकपुरमा बैठक बोलाएको छ। मधेश प्रदेश प्रचार विभाग प्रमुख नितिशकुमा गुप्ताले बैठक...

नेपाल प्रहरीको रासन रकम वृद्धि गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले नेपाल प्रहरीका लागि रासन स्केल र रासनबापतको दैनिक रकम वृद्धि गर्ने निर्णय गरेको छ। यो निर्णय मन्त्रिपरिषद्को आजको बैठकमा अनुमोदन भए...

बागमतीमा सत्तारुढ दलको निद हराम: ३३ क्षेत्रमा कांग्रेस–एमालेमाथि रास्वपाको कडा दबाब

ललितपुर  । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा बागमती प्रदेशको राजनीति निर्णायक मोडमा पुगेको छ। परम्परागत रूपमा सत्ताको केन्द्र मानिँदै आएको बागमतीमा...

निर्वाचन आयोगको कडा निगरानी: १० दिनमा २१ स्पष्टीकरण, अधिकांश जवाफ बाँकी

काठमाडौँ । निर्वाचन आचारसंहिता, २०८२ लागू भएको १० दिनमै निर्वाचन आयोगले राजनीतिक दल, उम्मेदवार, सरकारी निकाय र सामाजिक संस्थालाई गरी २१ स्पष्टीकरण माग...

निर्वाचन सुरक्षामा कडाइ: कुकुरसहित सेना–प्रहरीको संयुक्त गस्ती

काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै जिल्ला प्रहरी परिसर काठमाडौंले कुकुरसहितको संयुक्त गस्ती सुरु गरेको छ। निर्वाचनलाई शान्ति...

ग्रीनल्यान्ड विषयमा अमेरिका–डेनमार्क वार्ता सकारात्मक दिशामा अघि बढ्यो : डेनमार्कका विदेशमन्त्री

ब्रसेल्स ।  डेनमार्कका विदेशमन्त्री लार्स लोके रास्मुसनले ग्रीनल्यान्ड विषयमा संयुक्त राज्य अमेरिकासँग प्राविधिक तहको वार्ता सुरु भएपछि आफू अझ आशावादी...

डेढ लाख घुससहित नगरपालिका इन्जिनियर अख्तियारको फन्दामा

बर्दिया । बारबर्दिया नगरपालिकाअन्तर्गत भवन तथा बस्ती विकास शाखामा कार्यरत एक इन्जिनियर घुस रकम लिँदै गरेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending