Khabar Dabali २५ पुष २०८२ शुक्रबार | 9th January, 2026 Fri
Investment bank

बाबुराम भट्टराई र जनार्दन शर्माको वैचारिक पतन

खबरडबली संवाददाता

भीष्म थापा

बाबुराम भट्टराई र जनार्दन शर्माले हालै नयाँ प्रगतिशील अभियान घोषणा गरेका छन् । उनीहरुले आफूहरुलाई फरक देखाउन कतिपय आरोप र आलोचना तेर्स्याएका छन् तर धेरैका लागि नयाँ यो राजनीतिक स्वरूप नयाँ होइन, बरु पुरानै भट्किएको यात्राको अर्को भङ्गुर मोड मात्र बनेर देखा परिरहेको छ।

नेपालको क्रान्तिकारी आन्दोलनमा एउटा समय थियो जब यी दुवै पात्र क्रान्तिको मुटुमा थिए, जनयुद्धको आदर्श बोकेर हजारौँ युवाका आशा फुलाएका थिए, तर आज उनीहरूको नयाँ घोषणाले धेरैलाई कठोर प्रश्न गर्न बाध्य बनाएको छ- —के वास्तवमै यी मानिसहरू फेरि जनताका लागि आएका हुन्, या आफ्नो भट्किएको राजनीतिक अस्तित्वलाई जिउँदो राख्न मात्र नयाँ नामको वस्त्र ओढिरहेका छन्? के इतिहासले किनारा लगाइसकेको पुराना व्यक्तित्वहरू ‘प्रगतिशील' शब्दमा पुनर्जीवन खोजिरहेका छैनन्? अनि महत्वपूर्ण प्रश्न—के त्यो ‘प्रगतिशीलता' स्वयं प्रगतिशील छ, कि केवल भ्रमको अर्को अध्याय? जनार्दन शर्माले माओवादी आन्दोलनबाट बाहिरिएका छन्, र बाबुराम भट्टराईसँग हात मिलाएका छन्, त्यसले अर्को गहिरो प्रश्न उठाउँछ—जनयुद्धका नारा र उर्जाले तिनलाई नेतृत्वसम्म पुर्‍यायो, तर त्यही जनयुद्धका आदर्शलाई पछाडि सारेर यिनीहरू कहाँतिर हिंडिरहेका छन्?

जनयुद्ध एउटा राजनीतिक घटना मात्र थिएन; त्यो असमानतासँगको ऐतिहासिक विद्रोह थियो। त्यसका प्रत्येक पाइलामा शहीदहरूको आँसु थियो, घाइतेहरूको जीवनभर नबिस्ताउने पीडा थियो, र आम सर्वहारा वर्गको सपना थियो। अनि आज यही युद्धका दुई प्रमुख पात्रहरू आफ्नै विरासतबाट भाग्दै, आफ्नै भूमिबाट विचलित हुँदै नयाँ ‘प्रगतिशीलत' बनाउँदै हिँडेको दृश्य देख्दा—के यो केवल राजनीतिक विचलन हो, या गहिरो नैतिक पतन?

दार्शनिक हेराक्लाइटस भन्थे— “एकै नदीमा दुईपटक खुट्टा राख्न सकिँदैन।” तर बाबुराम र जनार्दन दुबैले बारम्बार त्यही नदीमा फर्केर नयाँ नामका पुल बनाउने अभिनय गर्दै छन्। कहिले नयाँ शक्ति, कहिले समाजवादी मोर्चा, कहिले गठबन्धन, अनि अहिले फेरि ‘प्रगतिशील अभियान। प्रश्न उठ्छ—के राजनीतिक सिद्धान्त एक प्रकारको टुंगो होइन? के नेतृत्व निरन्तरताको संवेदनशीलता होइन? के इतिहासले प्रमाणित गरेको वैचारिक मार्ग त्यागेर, अनुशासन र विश्वासलाई ध्वस्त पारेर, नयाँ नयाँ प्रयोग गर्नु नै क्रान्तिकारीपन हो? निस्सन्देह होइन। यस्तो प्रयोगशीलता केवल आत्म-भ्रम हो। एक दार्शनिकले भनेका छन्— “जसले सिद्धान्त छोड्छ, अन्ततः उसले आफैँलाई छोडेको हुन्छ” आज यी नेतृत्वहरू यही वाक्यको जीवित उदाहरणजस्तै देखिन्छन्।लेनिनकै भनाईमा, राष्ट्र पुनर्निर्माणको नाममा जुनसुकै नयाँ बाटो खोज्दा पनि, सिद्धान्त विना हिँडियो भने अन्त्यमा दिशाहीन अँध्यारो मात्र भेटिन्छ—के अहिलेको विचलन यही मार्ग होइन?

सबैभन्दा पीडादायी प्रश्न जुन आज जनताको मनमा उब्जिएको छ —किन उनीहरूले शहीद र घाइतेहरूलाई धोका दिए? जब जनयुद्ध चलिरहेको थियो, उनीहरू स्वयम् अगाडि थिए, नारा दिंदै, सिद्धान्त लेख्दै, कार्यक्रम बनाउँदै, सर्वहाराको भविष्य चित्रित गर्दै। त्यही युद्धमा अनगिन्ती युवाले जीवन दिए। घाइते बनेका हजारौं योद्धाहरू आज पनि घाउ बोकेर बाँचिरहेका छन्। मार्क्सले भन्नुभएको थियो—“वर्गसंघर्ष कुनै विकल्प होइन, इतिहासको गतिशीलता हो।” तर बाबुराम भट्टराई नै पछि आएर भन्न थाले —वर्ग संघर्ष अब उपयोगी छैन, समाजवाद पुरानो भयो, मार्क्सवाद अप्रासंगिक भयो। प्रश्न उब्जिन्छ —के विचारको "आधुनिकीकरण" वास्तवमा यही हो? के ‘परिमार्जन या अद्यावधिक" हुनु भनेको मूल आधार त्याग गर्नु हो? मार्क्सवादलाई आफैले दशकौं प्रचार गरिसकेपछि त्यसलाई पुरानो भन्ने व्यक्तिमा वैचारिक स्थिरता कसरी देख्न सकिन्छ? मार्क्सवाद त्याग गर्नु केवल एक सिद्धान्त त्याग्नु होइन—सर्वहारा वर्गको दृष्टि, इतिहासको उत्पीडनप्रतिलो संघर्ष, र क्रान्तिको आत्मालाई नै त्याग्नु हो। यस्तो परित्यागले नेतृत्वलाई केवल वैचारिक भ्रमको अन्धकारमा पुर्‍याउँछ, जहाँ न त सिद्धान्त बाँकी रहन्छ, न जनता, न इतिहास। के यस्तै अन्धकारमा आज बाबुराम–जनार्दनको राजनीतिक छवि हराएँको छैन?

नीत्शेले भन्थे—“मानिसले आफू नै भएको सत्य धान्न सकेन भने, उसले परिवर्तनकै नाममा धेरै झूट बोकेर बाँच्न थाल्छ।” बाबुराम र जनार्दनको हालको गतिविधिलाई हेर्दा यो वाक्य अत्यन्त सान्दर्भिक लाग्छ। उनीहरूले आफू बोलेका आदर्श, आफू लेखेका सिद्धान्त, र आफू उठाएका नारालाई नै अस्वीकार गर्दै नयाँ ‘तर्क’ बनाइरहेका छन्। तर त्यो तर्क विचारको विकास होइन; त्यो तर्क आफूबाट भाग्ने कला मात्र हो। आफूले कोरेको इतिहास आफैँले नचिन्ने नेतृत्व कस्तो नेतृत्व हो? आफूले बनाएको क्रान्तिको संरचना आफैँले भत्काउन खोज्ने व्यक्तिलाई जनताले कसरी विश्वसनीय ठानून्?

अर्को गहिरो प्रश्न—आज घोषणा गरिएको प्रगतिशील अभियान वास्तवमै प्रगतिशील छ? कि केवल निराश राजनेताको पुनरागमनको प्रयास? यदि प्रगतिशीलता जनयुद्ध छोडेर, मार्क्सवाद अस्वीकार गरेर, सर्वहारा दृष्टि परित्याग गरेर, आफूलाई अघिल्लो राजनीतिक असफलताबाट बचाउन बनाइएको आवरण मात्र हो भने—के यस्तो प्रगतिशीलता वास्तवमै प्रगतिशील हो? के प्रगतिशीलता इतिहासविहीन हुन सक्छ? के सिद्धान्तहीन प्रगतिशीलता सम्भव छ? प्रगतिशीलताको आत्मा त समाजको संरचनात्मक रूपान्तरणमा हुन्छ, न कि नयाँ नाम र नयाँ जालमा। यसैले प्रश्न उठ्छ—के यी दुवै नेताले वास्तवमै समाज परिवर्तन खोजिरहेका छन्, या आफ्नो राजनीतिक अस्तित्व पुनर्जीवित गर्न नयाँ वस्त्र ओढिरहेका छन्?

सोक्रेटसले भनेका थिए—“अनैतिक नेतृत्वले ज्ञानको आवरण त ओढ्छ तर सत्य वहन गर्न सक्दैन।” बाबुराम र जनार्दनले आज ज्ञान, लेखन, भाषण सबै राखे पनि—के सत्य राख्न सकेका छन्? यदि सत्य राख्थे भने, जनयुद्धको इतिहासलाई यसरी छाड्थे? शहीद र घाइतेलाई यसरी बिर्सन्थे? आफ्नो नै विचारलाई यसरी अस्वीकार गर्थे? आफ्नो नै सिद्धान्तलाई यसरी खारेज गर्थे? कतै उनीहरू ज्ञान त राखिरहेका छन्, तर सत्य गुमाइसकेका त होइनन्?

राजनीतिक पतन केवल बाहिरबाट देखिने अवनति होइन; त्यो भित्रैबाट जन्मिने वैचारिक थकान, नैतिक बिर्सन, जनप्रतिको दायित्व नबुझ्ने अन्धकार हो। बाबुराम–जनार्दनको हालको कदम यही थकान र अन्धकारको विस्तारझैँ देखिन्छ। सिद्धान्त भनेको मौसमअनुसार बदलिने वस्त्र होइन; सिद्धान्त जीवनभरका लागि उठाइएको उत्तरदायित्व हो। तर जब सिद्धान्त त्यागिन्छ, विचार भासिन्छ, अनि नेतृत्व केवल नाम र बाटामा सीमित हुन्छ। आज उनीहरू ठीक यस्तै मोडमा उभिएका छन्—जहाँ न त आदर्श छ, न दिशा, न जनता। केवल शब्द छन, अभियान छ, तर आत्मा छैन।

क्रान्तिमा लागेका हरेक घाइतेहरू सोधिरहेका छन् —हाम्रो बलीदानको मूल्य के? शहीदका आमाबाबु आँखा भिजाउँदै सोधिरहेका छन्—हाम्रो छोरा–छोरीको रगतले बनाएको मार्ग आज किन भत्काइयो? क्रान्तिमा उठेका युवाहरू भन्छन्—हामीले विश्वास गरेका गुरुहरू नै किन बाटोभ्रष्ट भए? के बाबुराम र जनार्दन यी प्रश्नहरूको सामना गर्न तयार छन्? यदि छैनन् भने—के नेतृत्वको नैतिकता अझै बाँकी छ?

यसरी हेर्दा उनीहरूको वैचारिक पतन केवल राजनीतिक अस्थिरता होइन; यो अस्तित्वगत विस्मरण हो। एउटा समय थियो, जब उनीहरूले आफूलाई इतिहासको धारामा ल्याएका थिए। आज उनीहरू इतिहासकै विरुद्ध उभिएका छन्। एउटा समय थियो, जब उनीहरू सर्वहाराको आवाज बनिरहेका थिए। आज उनीहरू त्यो आवाजबाट टाढिँदै छन्। एउटा समय थियो, जब उनीहरू क्रान्तिको मार्गदर्शक थिए। आज उनीहरू त्यो मार्ग नै अन्धकारले छोपिएको ठाउँमा फरक दिशातिर मोड्दै छन्।

अन्ततः प्रश्न यही छ—के नेतृत्वले आफ्नो नै विरासत छोडेर नयाँ इतिहास लेख्न सक्छ? के विचार त्यागेर प्रगतिशीलता सम्भव छ? के शहीदहरूको बलिदान बिर्सेर नयाँ अभियान सफल हुन सक्छ? के मार्क्सवाद परित्याग गरेर सर्वहारा वर्गको प्रतिनिधित्व गर्न सकिन्छ? र सबैभन्दा ठूलो प्रश्न—के इतिहासले अन्ततः यिनलाई क्षमा गर्नेछ?

यी प्रश्नहरू उत्तर खोजिरहेका छन्। र अहिलेको अवस्थादेखि स्पष्ट यस्तो देखिन्छ—नेता बाटोभ्रष्ट हुँदा इतिहास मौन बस्दैन; इतिहास बोल्छ। र आज इतिहास बोल्दै छ—कि बाबुराम र जनार्दनको वैचारिक पतन केवल राजनीतिक पुनर्संयोजनको घटना होइन, यो नैतिक विघटनको गहिरो दाग हो, जसलाई समयले भुल्दैन, र जनताले माफ गर्दैन।

एगेल्सले भन्नुभएको थियो: क्रान्तिको विशाल थ्योरी बोकेर हिँड्ने तर व्यवहारमा त्यसको प्रतिकूल कदम चाल्नेहरूलाई यो वचन कति चोट लाग्ला? साभार: एभरेष्ट दैनिक डटकमबाट-सम्पादक

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending