भक्तपुर । भक्तपुरलाई 'सडक मानव'मुक्त बनाउने अभियान सुरु गरिएको छ । महानगरीय प्रहरी परिसर भक्तपुरको समन्वयमा जिल्लालाई सडक मानवमुक्त जिल्ला बनाउने सातदिने अभियान सुरु गरिएको हो ।
साताव्यापी अभियानमा भक्तपुर, मध्यपुरथिमि, चाँगुनारायण र सूर्यविनायक नगरपालिकाका सार्वजनिकस्थल, मठ, मन्दिरलगायतका क्षेत्रमा अलपत्र अवस्थामा रहेका परिवार एवं घरबारविहीन, अनाथ, असहाय मानवको उद्धार गरी आश्रममा आश्रय दिने र जिल्लालाई सडक मानवमुक्त बनाउने गरी अभियान सञ्चालन गरिएको अभियानकर्मी नवराज काफ्लेले बताए ।
अभियान अन्तर्गत पहिलो दिन शनिबार राति पाँचतले मन्दिर क्षेत्रबाट सुरु गरिएको सडक मानव उद्धारमा एक महिला र चार पुरुषसहित पाँच जनाको उद्धार गरिएको जानकारी दिँदै अभियानकर्मी काफ्लेले तीन जनालाई आफ्नो आम सेवा घरमा र दुई जनालाई मानवआश्रम सेवा घरमा राखिएको जानकारी दिए । उद्धार गरिएकाको परिवार हुनेहरुको परिवारसँग पुर्नमिलन गराउने र नहुनेलाई जिल्लामा सञ्चालित विभिन्न आश्रममा आश्रय दिइने उनले जानकारी दिए ।
अभियानमा अभियानकर्मी नरेश रञ्जितले भक्तपुर नगरपालिकाबाट सुरु गरिएको अभियान यही साउन १९ गते रातिसम्म चारवटै नगर क्षेत्रमा सडक मानवको खोजी एवं उद्धार कार्य जारी राख्ने बताए । उनले पाटीमा बस्ने सबै सडक मानव सडक मानव नभएको शनिबारको उद्धारमा पाइएको जनाउँदै मठ मन्दिर र पाटीमा बस्ने धेरै जस्ता दिनभर प्लाष्टिक तथा कवाडी टिप्ने र राती कोठा भाडा तिर्न नपरोस् भनेर बाहिर सुत्ने गरेको पाइएको बताए ।
कतिपयले कोठा भाडामा लिएको तर कोठामा नगई पाटी र मठमन्दिरमा बस्ने गरेको पाइएको जनाउँदै उनले त्यस्ता व्यक्तिलाई अबदेखि मन्दिर, पाटीमा नबसी कोठामै गएर बस्न भनिएको बताए । सडक मानवमुक्त बनाउने अभियानमा सबैको सहयोग आवश्यक रहेको उल्लेख गर्दै उनले सडक मानव आफ्नो टोलमा भए खबर गर्नसमेत आह्वान गरे ।
केही दिन अगाडि जिल्ला समन्वय समितिको आयोजनामा सडक मानवमुक्त बनाउने अभियानका बारेमा भएको सरोकारवालाबीचको छलफलमा प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले भक्तपुरमा स्थापना भएका आश्रमले यो अभियान सञ्चालन गर्दै सडक मानव मुक्त बनाउन निर्देशन दिएका थिए ।
सडक मानवको उद्धार गर्ने भनेर संस्था सञ्चालन गर्ने तर पारदर्शी नहुने, सडकमा रहेका मानवको प्रहरीले उद्धार गरेर आश्रममा पठाउँदा विभिन्न बहाना बनाएर आश्रममा राख्न नमान्ने गरेको पाइएको जनाउँदै उनले त्यस्ता कार्य नगर्न संस्थालाई निर्देशनसमेत दिएका थिए । जिल्ला प्रहरी परिसर, मानस सेवा घर झौखेल, मानव सेवा आश्रम कौशलटार, आफ्नो वडा नेपाल, गैर सरकारी संस्था महासङ्घ, लायन्स क्लब, पतञ्जली योग सेवा केन्द्र, वेभ ग्रुप, आफ्नो घर आफ्नो आश्रम, स्वच्छ हावा सञ्जाल, तौमढी यूथ क्लबलगायतका सङ्घ संस्थाको संयुक्त आयोजनामा सात दिने अभियान सुरु गरिएको र पहिलो चरणको अभियान साउन १९ गते राति सम्पन्न गरिने अभियानकर्मी काफ्लेले जानकारी दिए ।
कार्यक्रमका बारेमा बागमती प्रदेशसभा सदस्य सुरेश श्रेष्ठले प्रदेशलाई नै सडक मानवमुक्त बनाउने सरकारको लक्ष्य रहेको बताउँदै प्रदेशमा पहिलो भक्तपुर जिल्लालाई सडक मानव मुक्त जिल्ला बनाउने अभियान सफल पार्न आह्वान गरे ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ३ गते, २०८२ - १७:०१
रुपन्देही । उच्च अदालत बुटवलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्व उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई रिहा गर्न आदेश ...
पौष ३ गते, २०८२ - १६:३५
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले लगानीका लागि सकारात्मक वातावरण बनाउनु पर्ने बताएको छन् । उनले वर्तमान सरकारको मुख्...
पौष ३ गते, २०८२ - १६:२५
काठमाडौँ । सरकार र जेनजीबीच गत मंसिर २४ गते सम्पन्न १० बुँदे सम्झौताविरुद्ध गम्भीर संवैधानिक प्रश्न उठाउँदै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरिएको छ...
पौष ३ गते, २०८२ - १६:१७
काठमाडौँ। सरकारले भदौ २३ र २४ गतेको घटनामा घाइते भएकाहरूको वर्गीकरण प्रक्रियालाई तीव्रता दिएको छ । जेनजी प्रदर्शन तथा आन्दोलनमा घाइते भएका व्यक्तिको अ...
पौष ३ गते, २०८२ - १६:१३
काठमाडौँ। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले समयमा संकट समाधान नभए विष्फोटको अवस्था आउने बताएको छन्। मन्त्री भण्डारीले...
पौष ३ गते, २०८२ - १५:३५
काठमाडौं । नेकपा एमालेको एघारौं महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि भएको मतदानमा महासचिवमा पराजित भएका सुरेन्द्र पाण्डे केन्द्रीय सदस्यमा पनि पराजित ...
पौष ३ गते, २०८२ - १५:२९
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फ उम्मेदवारका लागि मंसिर मसान्तसम्म कुल ...
पौष ३ गते, २०८२ - १५:२१
म्याग्दी। म्याग्दी र राहुघाट वेसिनका जलविद्युत् आयोजनाबाट उत्पादन हुुने विद्युतलाई केन्द्रीय प्रणालीमा आवद्ध गराउन सञ्चालन भएको डाडाखेत–राहुघाट प्रसार...
पौष ३ गते, २०८२ - १५:१२
काठमाडौँ । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले स्थानीय तहलाई काम गर्न कसैले रोक्न नसक्ने प्रष्ट पारेको छन् । ‘‘स्थानीय पालिका हरेक काम ...
पौष ३ गते, २०८२ - १५:०१
काठमाडौं। नेकपा (एमाले) को ११ औं महाधिवेशनमा सर्वाधिक मत ल्याएर तीन जना पदाधिकारी निर्वाचित भएको छन् । पहिलो सर्वाधिक मत ल्याएर पृथ्वीसुब्बा गुरुङ निर...




प्रतिकृया लेख्नुहोस्: