रावाखोला र तापखोलापारिका भूगोल पुग्न बाँकी थियोे । संवत् २०६४ को दसैंलगत्तै लक्ष्मण राई ‘सागर’ र सीता राईसँगै उँभोखोलातिर लाग्यौं । यात्रामा पंक्तिकार, सागर, सीता राई (सागरकी श्रीमती) र उनीहरूका छोरा निश्चल थियौं । भाउजूले निश्चललाई कोक्रोमा बोकेकी थिइन् ।
च्यास्मिटारबाट हिँडेको तीन दिनमा बाक्सिला बजार पुग्यौं । बाक्सिलामा तीन दिन सँगै बितायौं । मलाई त्यस क्षेत्रको पार्टी सम्पर्कका केही व्यक्तिमार्फत पार्टी कामबारे ‘मुभ’ गर्ने योजना सुनाए । सागर श्रीमती सीतालाई माइती दोभाने भोजपुर पुर्याउनेगरी कार्यक्षेत्रमा हिँडेका थिए । साता दिनपछि फर्कनेगरी सागरदम्पती र छोरा दोभाने भोजपुरतिर लागे । सागर र सीता भाउजू सहिद परिवारका सदस्य हुन् । सागरको काइँला भाइ सुकराज राई ‘विधान’ जनमुक्ति सेनाको प्लाटुन कमान्डर थिए । उर्लाबारी मोरङमा तात्कालिक शाही सेनासँगको भिडन्तमा सहिद भए । उता भाउजूकी सहोदर दिदी पनि जनयुद्धकी सहिद हुन् ।
म साता दिनसम्म बाक्सिलामै बसें । पार्टीसम्बद्ध र स्थानीयसँग चिनजान र भलाकुसारीमा व्यस्त रहें । बजारमा मुना तामाङ, कुमार परियार, मौलकुमार राई, संगीता राई, रणबहादुर राई, कोमल रिमाल, भुवन निरौला, चन्द्र परियार र विमल राई ९खाद्यान्न कार्यालय बाक्सिलामा कार्यरत राई मेरो गाउँ दाम्लीकै काका०सँग भलाकुसारी गरें ।
बाक्सिला बजार तल्तिर रावापट्टि ९ गैरीगाउँ र पीपलडाँडा पर्छ । दुर्गाबहादुर राई (साइनोले सोल्टी पर्ने) र पदम राई छिमेकी हुन् । राईद्वयको गाउँदेखि अझै तल खड्गबहादुर तामाङ, गोपाल तामाङ, टेकु तामाङ र पीपलडाँडामा रहेको निम्नमाध्यमिक विद्यालयका प्रधानाध्यापक रेशम अधिकारीसँग पनि भेटघाट भयो ।
पार्टी कार्यालयले हाम्रो कार्यक्षेत्र त्यता तोकेको थियो । नयाँ भूगोलमा पार्टीको काम गर्न पाउँदा असाध्यै खुसी लागेको थियो । कमरेड सागरले सो क्षेत्रमा पहिल्यै भूमिका निर्वाह गरिसकेका थिए । पार्टीले त्यस क्षेत्रलाई जनयुद्धको आधार इलाका घोषणा गरी विशेष जिल्ला बनाएको थियोे ।
म बाक्सिलाको गैरीगाउँमा छु । सिर्जना तोलाङ्गे ‘एकता’ (निर्मलीडाँडा) र नौसरी राई ‘सावित्रा’ (च्यास्मिटार) यही ठाउँमा ढलेको सुनेको थिएँ । त्यस घटनामा लक्ष्मी तामाङ ‘ज्ञानु’ (खार्मी) पनि परेकी थिइन् । ज्ञानुले गैरीगाउँ घटनाबारे यसरी सुनाएकी थिइन्– दिक्तेलबाट आएका दुस्मनले हामीलाई अघिल्लो दिनदेखि पिछा गरिरहेको चाल पायौं । हामीले उच्च सतर्कता अपनायौं । दुस्मनले हामीलाई ‘सी’ आकारले घेरामा पारिसकेका रहेछन् । रोलकल सकेर हिँड्ने तयारीमा थियौं । बाकाचोलको हरिसे पुग्नु थियो । त्यहाँ क्षेत्रीय स्तरको प्रशिक्षण बैठक थियोे । नम्रता र म (ज्ञानु) रुट कमान्डर थियौं । हामी बाटो लाग्यौं । बाटो लागेको पाँच मिनेटमै दुस्मनले कमरेड रक्तिमले बोकिरहेको झोला च्याप्प समाते । उनी झोला छाडेर फुत्किन् । उनले सिमसिम–सिमसिम भन्दै कोड भाषा बोलिन् । सिमसिम–सिमसिम भनेको सेना आयो भन्ने सांकेतिक भाषा थियो । नम्रता, म र (मेरो म ज्ञानुको) स्टाफ पनि सिमसिम–सिमसिम भन्दै दौडियौं । रोलकल सकेर हिँडेको समूहमा जनसेनाका तीन प्लाटुन टुकडी, पार्टी सीसीएम सुरेशकुमार राई ‘हिमाल’, जिल्ला सेक्रेटरी पुण्यबहादुर मगर ‘हिरण्य’, जिल्ला सचिवालय सदस्य सिर्जना तोलाङ्गे ‘एकता’ थिए ।
दुस्मनले ‘ब्रस फायर ओपन’ गर्यो । दुस्मन र हामीबीचको दूरी २५ मिटरजति थियो । एकता, सावित्रा, केशरी ढकाल ‘प्रमोद’, मेनुका तामाङ ९उदयपुर० र स्थानीय थिरबहादुर अधिकारी ९लाटो० दुस्मनको गोली लागेर ढले । बालबाल जोगिएका हामी रावाखोला तरेर राखा हुँदै लिदिङखोला तर्यौं । दिम्माको उकालो उक्लेर हरिसे पार्टी सम्पर्कमा पुगेपछि पार्टीलाई बाक्सिला घटनाबारे जानकारी दियौं ।
बाक्सिला रहँदा कमरेड ज्ञानुले सुनाएको गैरीगाउँ घटनाले घोचिरह्यो । साता दिनपछि सागर बाक्सिला आइपुगे । उनले भाउजु र निश्चललाई सप्तेश्वरसम्म पुर्याएर फर्केका थिए । लगत्तै छिरिङ सर ९बाक्सिला बजारमा भन्दा माथि०को घरको माथिल्लो तलाको बरन्डापट्टिको एक कोठा पार्टी कार्यालयका लागि व्यवस्थापन गर्यौं । पार्टी गतिविधि अर्थपूर्ण र चलायमान बनाउन कार्यालयले सघाउ पु¥यायो । तोकिएको क्षेत्रको जिम्मेवारीमा व्यस्त रह्यौं । सप्तेश्वरबाट संगठन निर्माण, भेटघाट सुरु गरेर बाक्सिला, बासपानी, खार्तम्छा, फेदी हुँदै सुङ्देलसम्म पुग्यौं ।
सागरले पार्टीको क्षेत्रीय व्युरो कार्यालयमा रहेर काम गरिसकेका थिए । पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’ले पूर्वी कमान्ड इन्चार्जको भूमिका सम्हालेपछि उनले कमान्ड हेडक्वार्टरमा रहेर पार्टीको जिम्मेवारी पाए । उनी वर्ष दिनजति बादलको स्टाफ भए ।
तीन महिना सँगै काम गरेपछि सागर घर फर्के । घर गएका उनी कार्यक्षेत्र फर्केनन् । उनी निष्क्रिय रहे । उनी सेक्रेटरी थिए । सागर घर फर्केपछि दीपक पाण्डे ‘आकाश’ आए । उनी एरिया पार्टी इन्चार्जको जिम्मेवारीमा आएका थिए । यो पहिलो संविधानसभा निर्वाचनअघिको कुरा हो ।
सागर र आकाशसँग काम गर्दा मेरो कार्यक्षेत्र १ नम्बर एरियामात्रै थियोे । आकाश र होमप्रसाद आचार्य ‘विनोद’ आएपछि मेरो भूमिका थपियो । मलाई वाईसीएल खोटाङले तीन एरिया इन्चार्जको भूमिका दिएको खबर आकाशबाट थाहा पाएँ । त्यतिबेलाको पार्टी संरचनाअनुसार १ नम्बरमा आकाश, २ नम्बरमा दीपक तामाङ ‘बादल’, ३ नम्बरमा सीताराम अधिकारी ‘भूमि’ र ४ नम्बरमा ‘विनोद’ इन्चार्ज थिए । मलाई १, २ र ४ नम्बर एरियाको वाईसीएल इन्चार्जको भूमिका दिइएको थियो ।
१ नम्बर एरियाअन्तर्गत सुङ्देल, बाक्सिला, दारेगौंडा सप्तेश्वर, बासपानी, खार्ताम्छा र फेदी पथ्र्यो । महेश्वरी रिब्दुङ, जलेश्वरी सिम्ले, ऐंसलुखर्क, बाकाचोल, राखा र दिप्सुङ २ नम्बरमा पथ्र्यो । खार्पा, लामीडाँडा, धारापानी, ज्यामिरे, दुबेकोल, माक्पाबाहेक खोटाङको उत्तर–पूर्वका साबिक सबै गाविस ३ नम्बरमा पथ्र्यो भने ४ नम्बर एरियामा तापखोलावारि दिक्तेलतर्फका पाथेका, खार्मी, जाल्पा, हौंचुर र कुभिण्डेसम्म पथ्र्यो । उल्लिखित तीनवटै एरियामा वाईसीएलको संगठन लोभलाग्दो बनाएयौं ।
१ नम्बर एरियाका वाईसीएल अध्यक्ष लक्ष्मण राई तेक्वान्दो खेलाडी थिए । नवीन राईले २ नम्बर एरियाका अध्यक्षको भूमिका निर्वाह गर्थे । ४ नम्बरको अध्यक्ष चयनका लागि भेला गर्नै बाँकी थियोे ।
पहिलो संविधानसभा निर्वाचनमा जुट्नुपर्ने भयो । खोटाङ इन्चार्ज रामकुमार राई ‘पासाङ’ खोटाङ निर्वाचन क्षेत्र नम्बर १ बाट उम्मेदवार बने । म निर्वाचनका लागि खटिएँ । पासाङ ०६५ चैत २८ गते संविधानसभा सदस्यमा निर्वाचित भए । संविधानसभा निर्वाचनपछि जिल्ला पार्टीको पहिलो बैठक बुइपाको बसेरीमा रहेको धनपति भट्टराईको घरमा बस्यो । ०६६ जेठ ३ गते बसेको बैठकले म (सोनाम सज्जन किराती)लाई माओवादी जिल्ला कमिटी सदस्यमा मनोनीत गरेको थियो ।
प्रतिकृया लेख्नुहोस्: