काठमाडौं । पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्ष प्रा.डा महेश दाहालमाथि कालोमोसो दल्नेहरुलाई नेपाल विद्यार्थी संघले निलम्बन गरेको छ । नेविसंघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले विज्ञप्ति जारी गर्दै कालोमोसो दलको पुष्टि भएकाले अनुशासनको कारबाही स्वरुप निलम्बन गरिएको बताएका हुन् ।
नेविसंघमा रहेर घटनामा संलग्न भएका केही विद्यार्थीहरुलाई भने नसियत दिइएको विज्ञप्तिमा भनिएको छ । घटना पश्चात नेविसंघ केन्द्रीय कार्य समितिले सत्यतथ्य छानविन गर्न समिति गठन गरेको थियो । नेविसंघका मागहरु जायज भएपनि कालोमोसो दल्ने कार्य खेदजनक रहेको विज्ञप्तिमा उल्लेख छ । उक्त कार्य नेविसंघको आदर्श, मूल्य, मान्यताको विपरीत भएकाले यस्ता कार्य गर्नेलाई संगठनले क्षमा दिन नसक्ने बताइएको छ ।
पूर्वाञ्चल विश्वविद्यालयको घटना नेविसंघमा आबद्ध केही व्यक्तिहरूको संलग्नता पुष्टि भएको हुँदा नेपाल विद्यार्थी संघको विधान, २०२७ (सातौं संशोधन २०७५) बमोजिम अनुशासनको कारवाही गरि केहीलाई निलम्बित गरिएको छ भने केहीलाई नसियत दिइएको छ,’– केन्द्रीय अध्यक्ष शेर्पाले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
नेविसंघको नाममा विधि, विधान र पद्धति विपरीतका कुनै पनि गतिविधि नगर्न/नगराउनसमेत आग्रह गरिएको छ । विधि र विधान विपरीतका गतिविधिमा संलग्न रहेको पाईएमा नेविसंघले संगठनमा रहेका जोकोहीलाई कारबाही गर्ने बताइएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ३ गते, २०८२ - १२:४३
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत बिहीबार बिहान सम्पन्न मतदानको मतगणना जारी छ। हालसम्म २,२७० भन्दा बढी मतमध्ये १,१३९ मत गनिसकिएको प्रार...
पौष ३ गते, २०८२ - १२:००
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उपमहासचिव पदको मतगणना जारी छ। प्रारम्भिक नतिजाअनुसार लेखराज भट्टले ४४० मत ल्याएर स्पष्ट अग्रता लिएका छ...
पौष ३ गते, २०८२ - ११:५४
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भृकुटीमण्डपमा जारी मतगणनामा महासचिव पदमा शंकर पोखरेलले स्पष्ट अग्रता लिएका छन्। पछिल्लो मतपरिणाम अ...
पौष ३ गते, २०८२ - ११:१५
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले नेपालको प्रशासनिक कार्यशैलीप्रति कडा असन्तुष्टि जनाउँदै सामाजिक सञ्जालमार्फत आक्रोश व्यक्त...
पौष ३ गते, २०८२ - ११:०४
काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनसँगै पार्टीभित्र नेतृत्व चयनको प्रतिस्पर्धा मात्रै होइन, भविष्यको राजनीतिक हैसियतबारे पनि गम्भीर बहस सुरु भएको ...
पौष ३ गते, २०८२ - १०:५४
काठमाडौं । नेकपा (एमाले)को ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि जारी मतगणनामा महासचिव पदमा कडा प्रतिस्पर्धा देखिएको छ। मतगणनाको सुरुवाती चरण...
पौष २ गते, २०८२ - १०:५५
मकवानपुर । वागमती प्रदेशले चालु आर्थिक वर्षको प्रथम पाँच महिनामा ४.४७ प्रतिशतमात्र पुँजीगत खर्च गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसा...
पौष २ गते, २०८२ - ०९:४६
विद्युतीय मतदानसहित एमाले नेतृत्व चयन प्रक्रिया सुरु
पौष २ गते, २०८२ - ०९:४३
काठमाडौँ । नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिनका लागि खुला रहने भएको छ। नागढुंगा–पिप्लामोड खण्डको साँघुरो भागमा दोस्रो तहको कालोपत्रको काम सकिएको ...
पौष २ गते, २०८२ - ०९:३९
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले आफ्नो यात्रा प्रतिबन्धको दायरा विस्तार गर्दै थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगाएको छ। य...




प्रतिकृया लेख्नुहोस्: