ओखलढुङ्गा । ओखलढुङ्गामा आँखा उपचार सेवा प्रभावकारी बन्दै गएको छ । जिल्ला सामुदायिक आँखा केन्द्र र गाउँपालिका स्तरमा सञ्चालित उपचार सेवा केन्द्रबाट उपलब्ध हुने सेवाबाट जिल्लाका गाउँगाउँका नागरिकले सेवा पाएका हुन् । छ महिनायता चार हजार सात सय २५ जनाको आँखाको उपचार गरिएको छ ।
आँखा जाँच, औषधि तथा चस्मा वितरण सेवालाई जिल्लामा सञ्चालित अस्पताल र गाउँगाउँका पालिकास्तरमै पु¥याइएको छ । जीवनभर कहिल्यै आँखा परीक्षण नगरेकाले समेत आँखा जाँच गराएर सेवा लिएका छन् भने आँखा नदेख्ने कतिपय शल्यक्रियापछि आँखा देख्ने भएका जिल्ला सामुदायिक आँखा केन्द्रका प्रमुख टीका राईले जानकारी दिए।
केन्द्रबाट दुई हजार नौ सय २२, ओखलढुङ्गा सामुदायिक अस्पतालमा रहेको केन्द्रबाट ६ सय ६९, खिजीदेम्बाको ग्रामीण आँखा केन्द्रबाट पाँच सय १२, मोतिराज ग्रामीण आँखा केन्द्र मानेभञ्ज्याङबाट तीन सय ४१ र लिखु ग्रामीण आँखा केन्द्रबाट दुई सय ८१ जनाले आँखाको उपचार गराएको उनले बताए।
यस्तै केन्द्रले विगत ६ महिनामा रु ३८ लाख ५६ हजार आम्दानी गरेको छ । सेवा उपलब्ध गराउँदा रु ३३ लाख खर्च भएको प्रमुख राईले जानकारी दिए । सत्र वर्ष अघि स्थापना भएको उक्त केन्द्रमा सेवा लिनेको सङ्ख्या बर्सेनि वृद्धि हुँदै गएको छ ।
मासिक झण्डै ६ सयको हाराहारीमा सेवाग्राही उपचारका लागि आउने गरेका छन् । जिल्लामा आँखा जाँच तथा उपचार सेवा प्रभावकारी बन्दै गएको सिद्धिचरण नगरपालिकाका निवर्तमान नगरप्रमुख तथा रेडक्रसका पूर्वसभापति मोहनकुमार श्रेष्ठले बताए । उनकै पहलमा जिल्लामा सामुदायिक आँखा उपचार केन्द्र स्थापना भएको हो ।
“हाल गाउँगाउँमा सेवा पुगेको छ”, श्रेष्ठले भने। विद्यार्थीको आँखा जाँच तथा उपचार कार्यक्रमलाई जिल्लाका सबै स्थानीय तहले अवलम्बन गर्नुपर्ने उहाँको भनाइ छ । जीदेम्बा, मानेभञ्ज्याङ, लिखुलगायतका स्थानीय तहले आँखा केन्द्र स्थापना गरेर सेवा प्रवाह थालेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ४ गते, २०८२ - ०७:४८
गुल्मी । ट्याक्टरको ठक्करबाट मदाने गाउँपालिकाका एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर सारुका अनुसार म...
चैत्र ४ गते, २०८२ - ०७:३९
तेल र ग्यास जोगाउन अरू देशले कस्तो उपाय अवलम्बन गरेका छन्?
चैत्र ४ गते, २०८२ - ०७:२९
काठमाडौं । सरकारले सार्वजनिक सवारीसाधनको भाडादर समायोजन गर्ने तयारी थालेको छ। पेट्रोलियम पदार्थको मूल्य बढेसँगै यातायात व्यवस्था विभागले सार्वजनिक...
चैत्र ४ गते, २०८२ - ०७:२३
काठमाडौं । पूर्ववत् अभ्यास र परम्परा तोड्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले यसपटक सांसदको शपथपछि मात्रै सरकार निर्माण गर्ने तयारी गरेको छ । शपथ...
चैत्र ४ गते, २०८२ - ०७:१९
नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा जापानिज इन्सेफलाइटिसविरुद्ध सञ्चालन भइरहेको विशेष खोप अभियानअन्तर्गत हालसम्म ४६ हजार ७७८ जनाले खोप लगाएका...
चैत्र ४ गते, २०८२ - ०७:१६
भोजपुर । भोजपुरका किसानका लागि रुद्राक्ष खेती बलियो आम्दानीको स्रोत बनेको छ । विशेष गरी दिङ्ला क्षेत्रमा अधिकांशले रुद्राक्षलाई मुख्य आम्दानीको माध्यम...
चैत्र ४ गते, २०८२ - ०७:०९
दाङ । गए राति देउखुरीमा भएकाे मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । गढवा इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक डबलबहादुर बमका अनुसार ट्या...
चैत्र ४ गते, २०८२ - ०७:०७
चितवन । चितवनको बरण्डाभार जङ्गल क्षेत्रमा पर्ने टिकौलीदेखि पञ्चकन्या र चर्तुमुखी सामुदायिक वनसम्म करिब १२ किलोमिटर दुरीमा जिप सफारीसँगै हाइकिङ र सन्ध्...
चैत्र ४ गते, २०८२ - ०७:०१
काठमाडौँ । प्रि–मनसुनका कारण पछिल्लो एक साता बदली र वर्षा भइरहेको छ । नेपालमा आज केही सुधार भएको मौसम बुधबार पनि साधारणतया सफा नै रहने तर बिहीबारदेखि ...
चैत्र ४ गते, २०८२ - ०६:५७
रौतहट । केरा खेतीको बिमा नहुँदा रौतहटका किसान मारमा परेका छन् । जिल्लाका विभिन्न स्थानीय तहमा लगाइएको केरा खेतीमा बिमा नहुँदा यहाँका किसान प्रकृति प्र...


प्रतिकृया लेख्नुहोस्: