Khabar Dabali ५ पुष २०८२ शनिबार | 20th December, 2025 Sat
Investment bank

विराटनगरमा डेंगु नियन्त्रण र रोकथामका लागि ‘खोज र नष्ट गर’ अभियान सुरु

खबरडबली संवाददाता

विराटनगर । विराटनगर महानगरपालिकाले डेंगु रोकथाम र नियन्त्रणको अभियान सुरु गरेको छ । महानगरले डेंगु सार्ने लामखुट्टेको लार्भा खोज्ने र नष्ट गर्ने अभियान शुक्रबारदेखि सुरु गरेको हो ।

कार्यबाहक नगर प्रमुख शिल्पा निराला कार्कीको उपस्थितिमा वडा नम्बर १ बाट अभियान सुरु गरिएको महानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख हैदर अलीले जानकारी दिए । १९ वटै वडाबाट बिहान ७ देखि ९ बजेसम्म खोज्ने र नष्ट गर्ने अभियान एकै साथ सञ्चालन गर्ने तयारी भए पनि प्रतिकूल मौसमका कारण केही वडामा मात्रै अभियान सञ्चालन गरिएको उनकाे भनाइ छ । प्रतिकूल मौसमका बाबजुत पनि जिल्ला प्रहरी कार्यालय आसपासको क्षेत्रमा डेंगुको लार्भा खोज्ने र नष्ट गर्ने अभियान सञ्चालन गरिएको छ ।

टायर, ड्रम, गमला, फ्रिज, कुलरसहित लामो समयदेखि जमेको पानीमा डेंगु सार्ने लामखुट्टे बस्ने गर्दछ । डेंगु नियन्त्रणको सबैभन्दा प्रभावकारी उपाय घरभित्र र वरिपरि पानी जम्न नदिनु नै रहेको कार्यबाहक मेयर कार्कीले बताइन् । मौसम अनुकूल हुने बित्तिकै हप्तामा दुई दिन सबै वडामा सरोकारवालाहरुको उपस्थितिमा अभियान सञ्चालन गरिने जानकारी दिईन् । कार्कीले महानगर मातहतका कार्यालयहरुमा हरेक दिन बिहान १० देखि साढे १० बजेसम्म ‘खोज र नष्ट गर’ अभियानसमेत सञ्चालन गरिने उल्लेख गरिन् ।

कार्यक्रममा वडा नम्बर १ का अध्यक्षसमेत रहनुभएका सामाजिक विकास समितिका संयोजक काजीबहादुर बस्नेतले अभियानअन्तर्गत घरघरमा पुगेर सचेतनासमेत जागृत गराउने उद्देश्य रहेको बताए । खोज र नष्ट गर अभियानमा स्वास्थ्य महाशाखा प्रमुख हैदर अली, वातावरण तथा सरसफाई शाखा प्रमुख पुनम दाहाल, जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक डिएसपी छेदीलाल कामतसहित कर्मचारी, स्वास्थ्य स्वयमसेविका, प्रहरीलगायतको सहभागिता रहेको थियो ।

धरानलगायतका विभिन्न स्थानमा डेंगु रोगको संक्रमण फैलिएपछि महानगरले डेंगुको संक्रमण रोकथाम र नियन्त्रणको अभियानलाई तीव्रता दिएको छ । यसअघि महानगरले मेयर नागेश कोइरालाको उपस्थितिमा जनप्रतिनिधि, स्वास्थ्यकर्मी, सफाई शाखाका कर्मचारीसहित विभिन्न संघसंस्थाका प्रतिनिधिहरुलाई राखेर अभिमुखीकरण कार्यक्रम सञ्चालनसमेत गरेको थियो ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

धार्मिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा जुट्दै भोजपुर

भोजपुर ।  भोजपुर नगरपालिका–९ काफ्ले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा सक्रिय रूपमा जुटेको छ । वडाभित्र उल्लेख्य सङ्यामा ऐतिहासिक,...

वारणमा ऐतिहासिक सफलता: गलगाँडको समस्या शून्यमा

काठमाडौँ । पछिल्ला दशकमा नेपालले गलगाँड (इन्डेमिक गोइटर) अर्थात् कण्ठरोग निवारणमा ऐतिहासिक सफलता हासिल गरेको छ । विगतमा आयोडिनयुक्त नुनको अभावका कारण ...

स्थानीय उत्पादन प्रवर्धनमा सरकारले सहयोग गर्ने: मन्त्री परियार

पाँचथर । सरकारले कृषकले उत्पादन गरेका स्थानीय उपजको प्रवर्धन र बजार व्यवस्थापनमा सहयोग गर्ने निर्णय गरेको छ। शनिबार पाँचथरको फिदिम पुग्नुभएका कृषि ...

श्चिम नवलपरासीमा चिसो बढेसँगै चोक–चोकमा दाउरा वितरण

पश्चिम नवलपरासी । तराईमा विगत केही दिनदेखि बढेको अत्यधिक चिसो र शीतलहरका कारण जनजीवन प्रभावित भएपछि रामग्राम नगरपालिकाले राहत कार्य सुरु गरेको छ। न...

त्रिविको ५१ औँ दीक्षान्त समारोह : २५ विद्यार्थीले पदक र पुरस्कार पाउने

  काठमाडौँ  । त्रिभुवन विश्वविद्यालयको ५१ औँ दीक्षान्त समारोह यही पुस १० गते दशरत रंगशालामा आयोजना हुने भएको छ। विश्वविद्यालयले जारी गरेको सूचना...

ठेक्का तोडिएका सडक योजनाको नयाँ टेण्डर प्रक्रिया सुरु गर्न मन्त्री घिसिङको निर्देशन

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले ठेक्का तोडिएका सडक र पुल निर्माण योजनाको काम सुन...

अझै फर्किएनन् तनहुँका ६८ जना कैदीबन्दी

तनहुँ । भदौ २४ गतेको जेन्जी आन्दोलनका क्रममा तनहुँ कारागारबाट फरार भएका ६८ जना कैदीबन्दी अझै फर्किएका छैनन् । कारागारमा रहेका ३२७ जनामध्ये २ सय ५९ ...

फैजुल्लाह आलमको निधनले प्रेस सेन्टर नेपालमा शोक

काठमाडौँ ।  प्रेस सेन्टर नेपालका साधारण सदस्य र अनुभवी फोटो पत्रकार फैजुल्लाह आलमको ५३ वर्षको अल्पायुमै निधन भएको छ। उनका निधनले संगठन र नेपाली पत्रका...

चिनी माग्ने बहानामा घर पसेर ९० भन्दा बढी चोट

झापा विद्रोहको रक्तरञ्जित शिकार बने सहिद उद्रकान्त राजवंशी

शेयर बजारमा ठगी र कृत्रिम मूल्य वृद्धि: ४९ लाख अवैध नाफा कमाएको आरोपमा दिपेन्द्र अग्रवाल पक्राउ

काठमाडौँ । धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसूरमा संलग्न रहेको आरोपमा दिपेन्द्र अग्रवाल पक्राउ परेका छन् । नेपाल धितोपत्र बोर्ड (सेबोन)को प्रारम...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending