Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank

६४ वर्षपछि रित्तै घर फर्किए सिन्धुलीका काजीमान थिङ

खबरडबली संवाददाता

सिन्धुली। दाहिने हातको पाखुरा कन्याँउदै जिल्ला प्रशासन कार्यालय सिन्धुलीको प्रांगणमा कालो वर्णको वृद्ध निजी कारबाट ओर्लिए । शीरमा ढाकाटोपी, जीउमा गन्जी, पाइन्ट, खुट्टामा चप्पल लगाएका उनले चारैतिर हेरे ।

उनले अनौठो माने  नमान्नु पनि कसरी, ६४ वर्ष अघि बालक अवस्थामै गाउँ छाडेर मुग्लान भासिका ७८ वर्षीय काजीमान थिङ (साइला) आफ्नो जीवन उत्तराद्धमा जीर्ण भएर गाउँ फर्किएका थिए । १४ वर्षको उमेरमा घर छाडेर हिँडेका काजीमान आफन्तको जिम्मा लाग्न सोमबार एक संस्थाको पहलमा जिल्ला प्रशासन कार्यालय सिन्धुली आइपुगेका थिए । काजीमान ६४ वर्षपछि रित्तै घर फर्कीएका छन्  ।

दादले दाहिने हातको पाखुरामा कन्याइरहनु पर्ने भएका काजीमानलाई वहिनी चन्द्रमायाँ थिङले पहिचान गर्न मुश्किल पर्‍यो । सुनकोशी गाउँपालिका ६ को गौखर्कका काजीमानले आफ्नो स्मृतीमा रहेका पुराना कुराहरु ल्याएर भटाभट भन्न थालेपछि भने वहिनी र गाउँलेहरु परिचित हुँदै गएका थिए ।

काजीमानले घर छोडेर हिड्दा जिम्मा लिन आएकी वहिनी चन्द्रमाया जन्मिएकी रहिनछिन् । ०१६ सालमा दाइले घर छोडेर हिँडेपछि १० वर्ष खोजखबर बिनै नफर्किएकाले छोराको आशामा बाबुले ल्याएकी कान्छीआमाबाट ०२७ सालमा जन्मिएकी रहिछिन् चन्द्रमाया । तिमी म पट्टीको वहिनी हैन्, भनेर काजीमानले प्रश्न गरेपछि चन्द्रमायाँले हैन् म कान्छीआमाको छोरी हुँ भनेर अथ्र्याएकी थिइन् । काजीमानले घर छोडेर हिँड्दा दुईवटा वहिनी र बावु सनकमान मात्र थिए अरे । आमा सञ्चमायाँ घाँसदाउरा गर्न जाँदा भिरबाट लडेर मृत्यु भइसकेको थियो । एक वहिनीको मृत्यु भइसकेको र अर्को गोलन्जोर गाउँपालिका ५ खनियाँखर्कमा रहेको काजीमानलाई जानकारी दिइयो ।

१२ वर्षमा खोलो फर्किन्छ भन्ने लोकोक्तीलाइ समेत लत्याएर काजीमान फर्किएनन् । रहरमा मुग्लान भासिएका काजीमानले बेलिविस्तार यस्तो छ ।

सहरमा रमाइलो झिलीमिली हुने, गाडि दौडिने, मिठोमिठो खान, राम्रो लगाउन पाइने सुनेपछि बालसुलभ मष्तिस्कमा त्यहि छाप वस्यो । बुबा सनकमानले भैंसी विक्री गरेर राखेको पैसा पाँचसय रुपैंयाँ चोरेर उनले घर छाडे । गौखर्कबाट मझुवा, जलकन्या, गढी आडा भएर सदरमुकाम झरेका काजीमान हिँडेरै धनुषाको लालगढ निस्किए । त्यहाबाट विराटनगर ट्रक चढेर पुगेका उनले तीनवर्ष गोठालो काम गरेर बिताए । विराटनगर बसाइ झरेका छिमेकी डाँडागाउँको कार्कीको घरमा शरणमा परेर तीनवर्ष काम गर्दा खानलाउन बाहेक केही नभएपछि उनले त्यो थलो छाडे ।

त्यहाँबाट भुटानको फुन्चिलिङ पुगेका काजीमानले् दैनिक दुइ रुपैंयाँ ५० पैसा हाजिरीमा विजुली कारखानामा तीन वर्ष काम गरे । त्यहाँको रोजगारी पनि छोडेर आसामा हुँदै भारतको पश्चिम वंगालको काल्चिनीमा पुगेका उनले त्यहि घरजम गरे । खेतीको काममा लिप्त भएर लागेका काजीमानले सन्जुमायाँ वाइवालाइ ४५ वर्षको उमेरमा भित्राएका थिए। उनका छोराछोरी भने भएनन् । विष सेवन गरेर श्रीमतीको मृत्यु भएपछि काजीमान एक्लिए । विस्तारै खेतीको काम गर्न पनि नसक्ने भएर रोगले समात्यो । उनको काल्चिनमा जमिन, घर सबै थियो । तर काम गर्न नसक्ने भएपछि त्यो काम लागेन । स्थानीयहरुले नेपाल घर भएको थाहा पाएकाले रोगले थलिएका काजीमानलाइ विर्तामोडसम्म ल्याइदिए ।

पश्चिम बंगाल काल्चिनी निवासी भिमकुमार बाक्सालिस सुनुवारको साथमा उनी नेपाल आइपुगेका हुन् । आफू जन्मेको हुर्किएको ठाउँ स्पष्ट बताउन नसक्ने साईला लामालाई नेपाल ल्याउन माया घर संस्था अध्यक्ष शुभद्रा प्याकुरेल र संस्थाका प्रतिनिधि कौशल भण्डारीले सहजीकरण गरेका थिए ।उनीहरुकाे पहलमा काजीमानलाइ इटहरीमा रहेको मायाघरमा आफन्त नभेटिएसम्मका लागि शरणमा राखियो । मायाघरमा नै काजीमानले उपचार र खानलाउन पाए । १५ दिनमा नै राम्रोसँग बोल्न र आफनो घर ठेगाना भनेपछि जिम्मा लगाउन ल्याइएको मायाँघर संस्थाका व्यवस्थापक बाबुराम सुवेदीले बताए ।

उनको वहिनीलाइ हामीले पालनपोषणका लागि जिम्मा लगाएका छौं, अरु आफन्त खोजविन हुँदै गर्ला भनेका छौं, अप्ठेरो परेमा सम्झनुहाेस हामी सघाउँछौं, भनेका छौं, व्यवस्थापक सुवेदीले भने, “हामीसँग १४३ जना सहारा विहीनहरु छन् । हामी एकअर्काको सहयोगमा उहाँहरुको व्यवस्थापन गरिरहेका छौं ।”

काजीमान नफर्किएपछि किरिया भाग समेत छुट्याएको जग्गाजमिन आफ्नो पट्टिकी वहिनी विष्णुमायाले विक्री गरेको चन्द्रमाायाले सुनाएपछि काजीमानले आफुलाइ सम्पतीको लोभ नभएको र आफ्नै भुमिमा प्राण त्याग्ने हुटहुटीले याहाँसम्म ल्याइ पुर्‍याएको बताए । लाहुरे बन्न मुग्लान पसियो, चाउरे बनेर फिर्किएँ, भन्दै काजीमानले खित्का छोडेर हाँसे ।

नेपाली, तामाङ, हिन्दी, वंगाल भाषा बोल्ने काजीमानलाइ घिम खालाङ भनेर तामाङ भाषामा जिल्ला समन्वय समितिका संयोजक समेत रहेका कारसाङ लामाले सोध्नु भएको थियो । काजीमानले सहजै गौखर्क भनेर जवाफ फर्काए । उनीहरुको केहीबेर आफ्नै भाषामा कुराकानी भयो ।

प्रजिअ सुनिता नेपालले आफन्तहरु भेटिनेक्रममा भएको र भारतको कागजपत्र केही बनाएको भए त्यसलाइ त्यागेर नेपाली नागरिकता प्राप्त गरेपछि सामाजिक सुरक्षा भत्ता उपलव्ध हुने र त्यसबाट लालन पालनमा मद्धत मिल्ने बताइन् ।

'सिन्धुली सौगात'बाट साभार

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

धार्मिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा जुट्दै भोजपुर

भोजपुर ।  भोजपुर नगरपालिका–९ काफ्ले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा सक्रिय रूपमा जुटेको छ । वडाभित्र उल्लेख्य सङ्यामा ऐतिहासिक,...

वारणमा ऐतिहासिक सफलता: गलगाँडको समस्या शून्यमा

काठमाडौँ । पछिल्ला दशकमा नेपालले गलगाँड (इन्डेमिक गोइटर) अर्थात् कण्ठरोग निवारणमा ऐतिहासिक सफलता हासिल गरेको छ । विगतमा आयोडिनयुक्त नुनको अभावका कारण ...

स्थानीय उत्पादन प्रवर्धनमा सरकारले सहयोग गर्ने: मन्त्री परियार

पाँचथर । सरकारले कृषकले उत्पादन गरेका स्थानीय उपजको प्रवर्धन र बजार व्यवस्थापनमा सहयोग गर्ने निर्णय गरेको छ। शनिबार पाँचथरको फिदिम पुग्नुभएका कृषि ...

श्चिम नवलपरासीमा चिसो बढेसँगै चोक–चोकमा दाउरा वितरण

पश्चिम नवलपरासी । तराईमा विगत केही दिनदेखि बढेको अत्यधिक चिसो र शीतलहरका कारण जनजीवन प्रभावित भएपछि रामग्राम नगरपालिकाले राहत कार्य सुरु गरेको छ। न...

त्रिविको ५१ औँ दीक्षान्त समारोह : २५ विद्यार्थीले पदक र पुरस्कार पाउने

  काठमाडौँ  । त्रिभुवन विश्वविद्यालयको ५१ औँ दीक्षान्त समारोह यही पुस १० गते दशरत रंगशालामा आयोजना हुने भएको छ। विश्वविद्यालयले जारी गरेको सूचना...

ठेक्का तोडिएका सडक योजनाको नयाँ टेण्डर प्रक्रिया सुरु गर्न मन्त्री घिसिङको निर्देशन

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले ठेक्का तोडिएका सडक र पुल निर्माण योजनाको काम सुन...

अझै फर्किएनन् तनहुँका ६८ जना कैदीबन्दी

तनहुँ । भदौ २४ गतेको जेन्जी आन्दोलनका क्रममा तनहुँ कारागारबाट फरार भएका ६८ जना कैदीबन्दी अझै फर्किएका छैनन् । कारागारमा रहेका ३२७ जनामध्ये २ सय ५९ ...

फैजुल्लाह आलमको निधनले प्रेस सेन्टर नेपालमा शोक

काठमाडौँ ।  प्रेस सेन्टर नेपालका साधारण सदस्य र अनुभवी फोटो पत्रकार फैजुल्लाह आलमको ५३ वर्षको अल्पायुमै निधन भएको छ। उनका निधनले संगठन र नेपाली पत्रका...

चिनी माग्ने बहानामा घर पसेर ९० भन्दा बढी चोट

झापा विद्रोहको रक्तरञ्जित शिकार बने सहिद उद्रकान्त राजवंशी

शेयर बजारमा ठगी र कृत्रिम मूल्य वृद्धि: ४९ लाख अवैध नाफा कमाएको आरोपमा दिपेन्द्र अग्रवाल पक्राउ

काठमाडौँ । धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसूरमा संलग्न रहेको आरोपमा दिपेन्द्र अग्रवाल पक्राउ परेका छन् । नेपाल धितोपत्र बोर्ड (सेबोन)को प्रारम...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending