चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष तथा चितवन निर्वाचन क्षेत्र नम्बर–२ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य रवि लामिछानेले दाबी गरे जस्तो ना ५ ख ३१३८ नम्बरको ब्लु बस पनि समस्यारहित छैन । बसको पनि रङ परिवर्तन र रुटका सम्बन्धमा समस्या देखिएको छ ।
यातायात कार्यालय नारायणी, वीरगन्जमा २०७० मा दर्ता भई त्यहाँ र यातायात व्यवस्था कार्यालय, भरतपुरमा समेत रहेको विवरणअनुसार हाल भीमबहादुर तामाङको नाममा दर्ता कायम रहेको बसको रङ हरियो, सेतो, सिल्भर, पहेँलो’ हुनुपर्नेमा स्वीकृतिबिना नै नीलो बनाइएको हो । यी दुवै कार्यालयमा रहेको रेकर्डमा रङ परिवर्तनका लागि निवेदनसमेत दिएको देखिँदैन ।
यातायात व्यवस्था कार्यालय, वीरगन्जका कार्यालय प्रमुख उमेश रेग्मी र यातायात व्यवस्था कार्यालय, भरतपुरका अधिकृत गोविन्द पौडेलले कुनै पनि कार्यालयमा रङ परिवर्तनका लागि निवेदन नपरेको बताए । यातायात व्यवस्था कार्यालय, भरतपुरका अधिकृत गोविन्द पौडेलले अनुमति नलिई सवारीसाधनको रङ परिवर्तन गरे कारबाही हुने बताए । यातायात कार्यालय, भरतपुरका अधिकृत सुरेश चपाई पनि सवारीसाधनले कार्यालयको अनुमति लिएर मात्रै रङ परिवर्तन गर्न पाउने बताउँछन् ।
तर बसका सञ्चालक तामाङले भने आफूलाई कार्यालय भरतपुर ले दिएको जाँचपास प्रमाणपत्रमा नीलो रङको पनि अनुमति दिएको दाबी गरे । आजको गोरखापत्र दैनिकमा समाचार छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ४ गते, २०८२ - ०७:४८
गुल्मी । ट्याक्टरको ठक्करबाट मदाने गाउँपालिकाका एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर सारुका अनुसार म...
चैत्र ४ गते, २०८२ - ०७:३९
तेल र ग्यास जोगाउन अरू देशले कस्तो उपाय अवलम्बन गरेका छन्?
चैत्र ४ गते, २०८२ - ०७:२९
काठमाडौं । सरकारले सार्वजनिक सवारीसाधनको भाडादर समायोजन गर्ने तयारी थालेको छ। पेट्रोलियम पदार्थको मूल्य बढेसँगै यातायात व्यवस्था विभागले सार्वजनिक...
चैत्र ४ गते, २०८२ - ०७:२३
काठमाडौं । पूर्ववत् अभ्यास र परम्परा तोड्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले यसपटक सांसदको शपथपछि मात्रै सरकार निर्माण गर्ने तयारी गरेको छ । शपथ...
चैत्र ४ गते, २०८२ - ०७:१९
नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा जापानिज इन्सेफलाइटिसविरुद्ध सञ्चालन भइरहेको विशेष खोप अभियानअन्तर्गत हालसम्म ४६ हजार ७७८ जनाले खोप लगाएका...
चैत्र ४ गते, २०८२ - ०७:१६
भोजपुर । भोजपुरका किसानका लागि रुद्राक्ष खेती बलियो आम्दानीको स्रोत बनेको छ । विशेष गरी दिङ्ला क्षेत्रमा अधिकांशले रुद्राक्षलाई मुख्य आम्दानीको माध्यम...
चैत्र ४ गते, २०८२ - ०७:०९
दाङ । गए राति देउखुरीमा भएकाे मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । गढवा इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक डबलबहादुर बमका अनुसार ट्या...
चैत्र ४ गते, २०८२ - ०७:०७
चितवन । चितवनको बरण्डाभार जङ्गल क्षेत्रमा पर्ने टिकौलीदेखि पञ्चकन्या र चर्तुमुखी सामुदायिक वनसम्म करिब १२ किलोमिटर दुरीमा जिप सफारीसँगै हाइकिङ र सन्ध्...
चैत्र ४ गते, २०८२ - ०७:०१
काठमाडौँ । प्रि–मनसुनका कारण पछिल्लो एक साता बदली र वर्षा भइरहेको छ । नेपालमा आज केही सुधार भएको मौसम बुधबार पनि साधारणतया सफा नै रहने तर बिहीबारदेखि ...
चैत्र ४ गते, २०८२ - ०६:५७
रौतहट । केरा खेतीको बिमा नहुँदा रौतहटका किसान मारमा परेका छन् । जिल्लाका विभिन्न स्थानीय तहमा लगाइएको केरा खेतीमा बिमा नहुँदा यहाँका किसान प्रकृति प्र...


प्रतिकृया लेख्नुहोस्: