Ntc summer Offer
Khabar Dabali ६ जेष्ठ २०८१ आईतवार | 19th May, 2024 Sun
NIMB

मङ्गलसेन नगरपालिकाद्वारा वडावडामा घुम्ती सेवा सञ्चालन

खबरडबली संवाददाता

अछाम । मङ्गलसेन नगरपालिकाले नागरिकलाई उनीहरूको घरदैलोमै आफ्नो सेवा प्रवाह गर्न  सुरुआत गरेको छ  । नगरपालिकाका विभिन्न शाखाबाट प्रवाह हुने सेवा स्थानीयलाई सहज होस् भन्दै नगरपालिकाले एकीकृत घुम्ती सेवा शिविर सञ्चालन गरी सेवा प्रवाह सञ्चालन गरिराखेको हो । 

घरआँगनमै पुगेर सेवा दिने लक्ष्यसहित कार्यक्रम सुरुआत गरेको मङ्गलसेन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुराम पौडेलले बताए । नगरपालिकाले यही साउन ५ बाट एकीकृत घुम्ती शिविर नगरको वडा नम्बर १ र २ बाट सुरुआत गरेको थियोे । हालसम्म ११  वडामा घुम्ती शिविर सम्पन्न भएको र बाँकी रहेका तीन वटा वडा नम्बर ३, ४ र ५ मा पनि लगत्तै घुम्ती शिविर सञ्चालन हुने प्रशासकीय अधिकृत पौडेलले जानकारी दिए ।

शिविरमा नगरपालिकाका सबै शाखाबाट हुने सेवा प्रवाह गरेको थियो । एकीकृत घुम्ती शिविरमा नगरले शाखा स्थापना गरी वडाका सेवाग्राहीलाई सेवा प्रदान गरेको हो । सामाजिक सुरक्षा लाभग्राहीको हालसम्म नवीकरणअन्तर्गत ६८ वर्ष बढी उमेर पुगेका नागरिक एक हजार तीन सय ५७ , ज्येष्ठ दलित दुई सय ८३ , ज्येष्ठ एकल एक सय ६० , विधवा चार सय एक , पूर्ण अपाङ्ग ९क० वर्ग  आठ , ९ख० वर्ग अपाङ्ग ३७ , बालबालिका क्षेत्र तोकिएका नौ सय ३६ बालबालिका दलित तीन सय ७३ जनाले नवीकरण गरेका छन् भने ९१ नयाँ दर्ता भएका छन् । गत वर्षको अन्तिम त्रैमासिकमा लाभग्राही सङ्ख्या पाँच हजार नौ सय ८४ जना कायम भएको प्राविधिक होमबहादुर साउदले बताए ।

त्यस्तै एकीकृत सम्पत्ति कर (मालपोत) बुझाउने तथा व्यापार व्यवसाय दर्ता ११ वडामा एक हजार एक सय सात जनाले गरेका छन् । यसमा दुई लाख ३७ हजार सात सय ८४ राजस्व सङ्कलन गरिएको छ । मंगलसेन नगरबासीको समस्यालाई मध्यनगर गरी हरेक वडामा सेवा प्रवाह गर्ने उद्देश्यले घुम्ती शिविर माफर्त कार्यक्रम अघि सारिएको नगरपालिकाले जनाएको छ । 

नगरपालिकासम्म जानुपर्ने बाध्यतालाई हटाएर आफूले आफ्नो घर आँगनमै सेवा पाउँदा खुशी महसुस भएको मङ्गलसेन –६ का गङ्गाराम भण्डारीले बताए । नगरपालिकाले सञ्चालन गरेको घुम्ती सेवा शिविरले नगरपालिकाबाट टाढा रहेको वडा नम्बर १३ बस्तीको बाँडा, डाँडीगडे, कालागाँका नागरिकले गाउँमै सेवा पाएपछि उनीहरु खुसी भएका छन् । 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

हार्दिकलाई एक खेलको प्रतिबन्ध, अर्को आइपिएलको पहिलो खेल गुमाउने

काठमाडौँ । मुम्बई इन्डियन्सका कप्तान हार्दिक पाण्डेयालाई एक खेलको प्रतिबन्ध लागेको छ । मुम्बईको यस सिजनको अन्तिम खेलमा लखनउ सुपरजाइन्ट्सविरुद्धको खेलम...

कामपाका सहकारीमा सूचना अधिकारी

काठमाडौँ । काठमाडौँ महानगरपालिकामा सञ्चालित सहकारीहरुले पछिल्लो समय सूचना अधिकारीको व्यवस्था गरी सहकारी विभागमा जानकारी गराउन थालेका छन् । कामपाको ...

सन्तानब्बे वर्षीया वृद्धाको स्तन क्यान्सरको सफल शल्यक्रिया

भरतपुर । चितवनमा ९७ वर्षीया वृद्धाको स्तन क्यान्सरको सफल शल्यक्रिया गरिएको छ । म्याग्दी स्थायी घर भई हाल चितवनको वीरेन्द्रनगर बस्दै आएकी तमिसरा पुन मग...

गोदावरी मेयरकपको उपाधि काठमाडौँ महानगरपालिकालाई

ललितपुर । गोदावरी मेयरकपको उपाधि काठमाडौँ महानगरपालिकाले हात पारेको छ । गोदावरी बहुउद्देश्यीय रङ्गशालाको झ्यालुन्टार मैदानमा आज भएको फाइनल खेलमा चन्द्...

बागलुङमा गर्भपतन गराउने बढे, प्रजनन स्वास्थ्यमा जटिल समस्या

बागलुङ । बागलुङमा पछिल्लो समय गर्भपतन गराउनेको सङ्ख्यामा वृद्धि भएको छ । जिल्लाका विभिन्न स्वास्थ्य संस्थाबाट उमेर नपुगी गर्भपतन गराउनेको सङ्ख्या वृद्...

एपीएफले जित्यो ललितपुर मेयर्स महिला टी-२० को उपाधि

काठमाडौँ । एपिएफ क्लबले अपराजित रहँदै ललितपुर मेयर्स महिला टी- २० को उपाधि जितेको छ । एपीएफले शनिवार भएको फाइनलमा सुदुरपश्चिम प्रदेशमाथि २ रनको रोमाञ्...

काठमाडौँ महानगरको सार्बजनिक सुनुवाई: डुबानबाट जोगाउन, पार्किङ् मिलाइदिन माग

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको वडा नं. १ का स्थानीयबासीले ढल निकास र व्यापारीले पार्किङ् व्यवस्थापनलाई प्राथमिकतामा राखेर योजना माग गरेका छन् । ...

उत्पादकत्व बढाउन गोरखाका किसानलाई अनुदानमा ट्र्याक्टर

गोरखा । जिल्लाको गण्डकी गाउँपालिका–५ का १९ जना किसानलाई ५० प्रतिशत अनुदानमा हाते ट्र्याक्टर वितरण गरिएको छ ।  गाउँपालिकाका अध्यक्ष दीपक तिमल्सिनाका...

वन्यजन्तु सिकारी जनप्रतिनिधिको दबाबमा २४ घण्टा नबित्दै छुटे

बारा । बाराको कोल्हवी सव डिभिजन वन कार्यालय क्षेत्रबाट नियन्त्रणमा लिइएका ९ जना वन्यजन्तु सिकारी जनप्रतिनिधिको दबाबमा २४ घण्टा नबित्दै छुटेका छन् । ...

टोलटोलमा पुगेर सामाजिक सुरक्षाभत्ता वितरण पुगेर सामाजिक सुरक्षाभत्ता वितरण

गोरखा । गोरखाको भीमसेन थापा गाउँपालिकाले पालिकाभित्रका लाभग्राहीलाई टोलटोलमा पुगेर सामाजिक सुरक्षाभत्ता वितरण गरेको छ ।    गाउँपालिकाभित्रका सबै...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies