Khabar Dabali ५ पुष २०८२ शनिबार | 20th December, 2025 Sat
Investment bank

साउनको चौथो सोमबार : देशभरका शिवालयमा भक्तजनको लाम

खबरडबली संवाददाता

काठमाडौँ । सौरमास अनुसार साउने सोमबारको चौथो हप्ता आज बिहानैदेखि पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको लाम देखिन्छ । साउने झरीमा रुझ्दै लाखौँ भक्तजन बिहानैदेखि पशुपतिनाथलगायत देशभरका शिवालयमा पूजा, आराधना एवं दर्शनका लागि लाममा बसेका हुन् ।

साउनको सोमबार पशुपतिनाथमा भक्तजनको भीड लाग्ने भएकाले बिहान ३ बजेदेखि नै चारै ढोका खुला गरिएको पशुपति क्षेत्र विकास कोष संस्कृति संरक्षण महाशाखा प्रमुख गौरीशङ्कर पराजुलीले जानकारी दिए ।

पशुपतिनाथ मन्दिरमा रातो र हरियो पहिरनमा सजिएका सोमबारका बर्तालु महिला भक्तजनको बढी भीडभाड देखिन्छ । सोमबारकै अवसरमा सुन्दरीजलबाट शुद्ध जल ल्याई पशुपतिनाथ मन्दिरमा अर्पण गर्ने भक्तजनको लाम पनि लामो रहेको उनले जानकारी दिए । बोल बम यात्रीका लागि एउटै ढोकाबाट जल चढाएर फर्कने व्यवस्था गरिएको छ । 

बोल बम यात्री सुन्दरीजलमा शुद्ध जल लिन आइतबार बेलुकी नै वाग्मतीको मुहानस्थल पुगेका थिए । बिहान सबेरै स्नान गरी शुद्ध जल लिएर आएका भक्तजनले अहिले जल अर्पण गरिरहेका छन् । आज बेलुकी भक्तजनको लाम रहेसम्म चारै ढोका भक्तजनको दर्शनका लागि खुला गरिने कोषले जनाएको छ ।

यस वर्ष साउन महिनामा अधिकमास परेकाले व्रत बस्नु हुने वा नहुनेमा धर्मशास्त्रीबीच मतान्तर रहेको छ । प्रत्येक वर्ष साउन महिनाको सोमबार नियमित रुपमा गरिने कर्म भएकाले यो व्रत गर्नुहुने विश्वासमा धेरै भक्तजनको शिवालयमा लाम लागेको हो ।

यस वर्ष साउन महिनामा पाँच सोमबार परेको छ । साउनको सोमबार व्रत गर्नेले अन्तिम सोमबार व्रत उद्यापनका लागि गोदान, पूर्णपात्र वा पूजा लगाउने धार्मिक विधि रहेको छ । 
 
साउन महिना र सोमबार भगवान् शिवको महिना एवं बार मानिने भएकाले यस दिन शुद्ध जल चढाएमा आशुतोष भगवान् प्रसन्न भई मनोकामना पूरा गरिदिनुहने धार्मिक विश्वास रहेको छ ।

यस अवसरमा आज बिहानैदेखि राजधानीका गोकर्णेश्वर, नागेश्वर, डोलेश्वर, वसन्तपुरस्थित सानो पशुपतिनाथ भनेर चिनिने मक्खन महादेवस्थानलगायत शिव मन्दिरमा पनि भक्तजनको भीड लागेको छ । देशभरका ठूला, साना शिवालयमा पनि भक्तजनको लाम लागेको जनाइएको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

देशका लागि जुनसुकै त्याग गर्न तयार छु : रवि लामिछाने

अन्तिममा मिल्नुपर्नेहरू हामी मिलेरै छाड्छौं, सबै साथीहरू संवादमै हुनुहुन्छ

नेकपाको र्‍यालीसहित काठमाडौंमा प्रदर्शन, एकता सन्देश सभा सुरु

काठमाडौं। नेपाली कम्युनिस्ट पार्टीले काठमाडौंमा आयोजना गरेको बागमती प्रदेशस्तरीय एकता सन्देश सभा सुरु हुनुअघि र्‍यालीसहित प्रदर्शन गरेको छ। विभिन्न स्...

कार्की ब्याङ्क्वेटमा ईश्वर पोखरेल समूहको भेला

काठमाडौँ। नेकपा एमालेका नेता ईश्वर पोखरेल समूहको भेला काठमाडौंमा सुरु भएको छ। काठमाडौँको बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा उक्त समूहको भेला सुरु भएको ह...

शेखर कोइरालाको प्रश्न: पूर्वप्रधानमन्त्रीलाई उपत्यका बाहिर जान नदिएर कस्तो चुनाव गर्न खोजिएको हो

काठमाडौं। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पूर्वप्रधानमन्त्रीलाई उपत्यका बाहिर जान नदिने निर्णयप्रति आपत्ति जनाउँदै सरकारसँग कस्तो चुनाव गराउ...

रवि लामिछाने आज काठमाडौँ फर्किँदै

काठमाडौँ। तुलसीपुर उच्च अदालतको आदेशअनुसार थुनामुक्त भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज काठमाडौँ फर्किने भएका छन्। ...

नेपाली कम्युनिस्ट पार्टीको सन्देश सभा सुरु

काठमाडौं। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले काठमाडौंमा आयोजना गरेको बागमती प्रदेशस्तरीय एकता सन्देश सभा आज सुरु हुँदैछ। भृकुटीमण्डपमा हुने सभाका लाग...

अमेरिकाद्वारा सिरियामा आईएसविरुद्ध अहिलेसम्मकै ठूलो हवाई आक्रमण

वासिङ्टन डिसी। अमेरिकी सेनाले सिरियामा सक्रिय इस्लामिक स्टेट (आईएस) समूहविरुद्ध अहिलेसम्मकै ठूलो र ‘शक्तिशाली’ हवाई आक्रमण सुरु गरेको छ। आफ्ना सैनि...

मधेशमा अचानक चिसो बढ्यो, शीतलहरको अनुभूति

बर्दीबास। मधेश प्रदेशमा शुक्रबारदेखि एकाएक चिसो बढेपछि शीतलहरको अनुभूति हुन थालेको छ । अघिल्लो दिनसम्म झलमल्ल घाम लागेको महोत्तरीको मौसमले अचानक को...

मर्स्याङ्दीबेँसी बनाउन अति प्रभावित क्षेत्रका बासिन्दाको माग

लमजुङ । ५० मेगावाटको मर्स्याङ्दीबेँसी जलविद्युत आयोजनाको अति प्रभावित क्षेत्र बेसीशहर नगरपालिका–१० का बासिन्दाले आयोजना निर्माणको काम तत्काल सञ्चालन ग...

जेनेरेटरमा कपाल फसेर घाइते भएकी बालिकाको मृत्यु

सप्तरी। सप्तरीको बोदेबर्साइन नगरपालिकामा आयोजित एक विवाह समारोहमा नाच्ने क्रममा जेनेरेटरमा कपाल फस्दा गम्भीर घाइते भएकी एक बालिकाको उपचारका क्रममा मृत...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending