पोखरा । गण्डकी प्रदेशमा पशुपक्षीजन्य उत्पादनमा ह्रास आएको छ । पछिल्लो दुई आर्थिक वर्षको तुलनामा दूध, मासु र अण्डाको उत्पादन घटेको हो ।
आव २०७८/७९ मा दुई लाख ८२ हजार एक सय ८६ मेट्रिक टन दूध उत्पादन भएकामा गत आवमा दुई लाख ६४ हजार आठ सय ४९ मेट्रिक टनमात्रै उत्पादन भएको छ । जुन छ दशमलब १४ प्रतिशतले कमी हो ।
मासुको उत्पादनमा पनि आठ दशमलव ४७ प्रतिशतले कमी आएको छ । आव २०७८र७९ मा ६२ हजार दुई सय ६० मेट्रिक टन उत्पादन भएकामा गत आवमा जम्मा ५६ हजार नौ सय ८७ मेट्रिक टन मासु उत्पादन भएको प्रदेशको कृषि तथा भूमि व्यवस्था मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार आव २०७८/७९ मा ३४ करोड ३७ लाख गोटा अण्डा उत्पादन भएको थियो । गत आवमा त्यो सङ्ख्या घटेर २४ करोड ५० लाख गोटामा सीमित भएको मन्त्रालयको योजना तथा अनुगमन महाशाखा प्रमुख डा गृष्म न्यौपानेले जानकारी दिए । अण्डा उत्पादनमा एकै वर्षमा २८ दशमलब ७२ प्रतिशतले गिरावाट आएको उनको भनाइ छ ।
“दानाको मूल्यवृद्धि र चल्लाको उपलब्धतामा कमी आएका कारण अण्डाको उत्पादन घटेको हो”, डा न्यौपानले भने, “गाईभैँसीमा फैलिएको लम्पी स्किनका रोगको प्रकोपका कारण दूध उत्पादनमा कमी आएको हो, यो रोग छिट्टै नियन्त्रणमा आउन नसके यसवर्ष पनि दूध उत्पादनमा असर गर्न सक्छ ।” उक्त रोग नियन्त्रणका लागि प्रदेश सरकार, स्थानीय तह र किसान आफैले पनि खोप अभियान सञ्चालन गरिरहेका छन् । उक्त रोगको सङ्क्रमणका कारण गण्डकी प्रदेशमा हालसम्म तीन हजार दुई सय ४७ गाईवस्तु मरेका छन् भने ३१ हजार तीन सय पाँच निको भएका छन् । ३८ हजार पाँच सय ३६ गाईभैँसी अहिले पनि सङ्क्रमित अवस्थामा छन् ।
गत आवमा अफ्रिकन स्वाइन फ्लुका कारण ठूलो सङ्ख्यामा बङ्गुर मरेका कारण पनि मासुजन्य उत्पादनमा ह्रास आएको डा न्यौपानले बताए । “गत आवमा १८ हजार २० बङ्गुर मर्दा झण्डै रु २४ करोडको क्षति भएको हाम्रो अनुमान छ”, उनले भने, “अहिले अफ्रिकन स्वाइल फ्लु नियन्त्रणमा आइसकेको छ ।” उक्त रोगबाट प्रदेशभित्र २२ हजार ६६ बङ्गुर सङ्क्रित भएका थिए ।
संयक्त राष्ट्रसङ्घको खाद्य तथा कृषि सङ्गठनको मापदण्डअनुसार आवश्यकता र उत्पादनको अवस्थाका आधारमा भने गण्डकी प्रदेश पशुजन्य उत्पादनमा आत्मनिर्भर बनेको छ । मापदण्डअनुसार एक व्यक्तिलाई प्रतिवर्ष न्यूनतम ९१ लिटर दूध आवश्यक पर्नेमा आव २०७८/७९ मा एक सय १७ र गत आवमा एक सय १० लिटर दूध उपलब्ध भएको पाइएको छ ।
एक वर्षमा एक व्यक्तिलाई न्यूनतम १४ किलो मासु चाहिनेमा आव २०७८/७९ मा २६ किलो र गत आवमा २४ किलो उपलब्ध भएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ । वर्षमा एक व्यक्तिलाई न्यूनतम ४८ गोटा अण्डा आवश्यकता पर्नेमा आव २०७८र७९ मा एक सय ४३ र गत आवमा एक सय एक गोटा अण्डा उपलब्ध भएको भएको देखिन्छ ।
वर्षमा एक व्यक्तिलाई एक सय ५० लिटर दूध उपलब्ध गराउने प्रदेशको प्रथम पञ्चवर्षीय योजनाको लक्ष्य भने अझै पूरा हुनसकेको छैन । मासु २० किलो र अण्डा ६० गोटा पुर्याउने उक्त योजनाको लक्ष्य भने पूरा भएको पाइएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २९ गते, २०८२ - ११:३२
पर्सा। वीरगञ्ज महानगरपालिकाले घण्टाघर चोकसँगै रहेको बिपी उद्यान अतिक्रमण गरेर अस्थायी रूपमा सञ्चालन हुँदै आएका पसल हटाएको छ । मुख्य सहरमा रहेका फलफ...
मंसिर २९ गते, २०८२ - ११:१३
काठमाडौं । ११औं महाधिवेशनको बन्दसत्र सुरु हुनुअघि नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सुरु भएको छ । भृकुटीमण्डपमा केहिबेरअघि सुरु भएको बैठकमा पार्ट...
मंसिर २९ गते, २०८२ - ११:०२
काठमाडौँ। अमेरिकाको रोड आइल्यान्ड राज्यस्थित ब्राउन युनिभर्सिटीमा भएको गोलीबारीमा दुईजना विद्यार्थीको मृत्यु भएको छ । अमेरिकाको रोड आइल्याण्डको प्र...
मंसिर २९ गते, २०८२ - १०:४४
तनहुँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले तनहुँ र चितवन जोड्ने बहुप्रतिक्षित घुमाउने मोटरेबल पुलको निर्माण कार्य एक महिनाभित्र सुरु नग...
मंसिर २८ गते, २०८२ - १७:१४
काठमाडौँ। एसिसी यु–१९ एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा नेपाल श्रीलङ्कासँग ८ विकेटले पराजित भएको छ । दुबईको द सेभेन्स रङ्गश...
मंसिर २८ गते, २०८२ - १७:०८
काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपिएल) फाइनलमा लुम्बिनी लायन्सका कप्तान रोहितकुमार पौडेलले ह्याट्रिक पूरा गरेको छन् । ११ ओभरको चौथो, पाँचौँ र छैटौं...
मंसिर २८ गते, २०८२ - १६:४८
सुर्खेत । नेपाली कम्युनिस्ट पार्टीका नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले नेकपा (एमाले) का नेताहरूलाई नेकपामा समाहित हुन आग्रह गरेका छन्। सुर्...
मंसिर २८ गते, २०८२ - १६:१०
संयुक्त राष्ट। संयुक्त राष्ट्र महासचिव एन्टोनियो गुटेरेसले सुडानको साउथ डारफुरमा ड्रोन आक्रमणमा कम्तीमा ३० नागरिकको मृत्यु भएको खबरप्रति गहिरो चिन्ता ...
मंसिर २८ गते, २०८२ - १६:०४
काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनले एकताको सन्देश दिने बताएको छन्। नेकपा एमालेको ११ औँ मह...
मंसिर २८ गते, २०८२ - १४:००
काठमाडौं । नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले एमाले न्यातपोल दरबारजस्तै गौरव बोकेको र धरहराजस्तै अनेक धक्का चिरेर पनि पुन: उठ्न सक्ने शक्ति भ...




प्रतिकृया लेख्नुहोस्: